Thursday, June 4, 2026

गुल्मीमा ओलीले गरे रेसुंगा र रुरु क्षेत्रको भ्रमण

0

१४ चैत, गुल्मी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।

सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन् ।रेसुङ्गा क्षेत्रमा ओलीसँगै उनकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुगेका थिए ।

 

रेसुङ्गामा ओलीले यो क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताए ।हिन्दु धर्मशास्त्र रामायणको प्रसंग उठाउँदै उनले राजा दशरथका सन्तान नभए पछि अयोद्या पुगेर ऋषि ऋष्यशृंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेको बताए ।

मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैनन् : केपीशर्मा ओली

0

चैत १२,२०७९ अर्घाखाँची : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।”

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उहाँले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताउनुभयो । एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “मिसन ग्रासरुटमार्फत एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ ।”

अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिनुभयो । एमाले जस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उहाँको भनाइ थियो ।

व्यक्तिसँग अन्तर्विरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तर्विरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा

0

चैत१२,२०७९गुल्मी :नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्‍यवसायीहरु संकटमा परेको बताएका छन्।

शनिबार गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्‍यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्।

राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै बैंकको ब्याजसमेत तिर्न नसकेर व्‍यवसायीहरुलाई समस्या परेको बताएका छन्।

देशमा राजनीतिक स्थिरता रहेमा व्‍यवसायीहरु फस्टाउन सक्ने दाबी गर्दै शर्माले वर्षाको भेल जस्तै आउने राजनीतिक परिवर्तनले गर्दा व्‍यवसायीहरु निराश हुँदै गरेको बताएका हुन्।

गुल्मीको पवित्रस्थल रेसुंगाको पोखरीमा साधारणसभा गर्दा रेसुंगाको प्रचार हुने भएकाले आफूहरुले रेसुंगामा कार्याक्रम आयोजना गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए।

चन्द्रकोट गाउँपालिकामा मौसम स्टेशन स्थापना

0

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा आइतबार मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ ।

 

यो (Weather station)  मौसम मापन यन्त्रले विद्यालयमा मौसम सम्बन्धि सैद्धान्तिक अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान उपलब्ध गराउन सहज हुने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु तथा कृषकहरुलाई यस क्षेत्रको बर्ष भरिको सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र बर्षाको तथ्याङ्किय जानकारी उपलब्ध हुने हुँदा कुन समयमा कुन बाली लगाउन उपयुक्त हुने र कस्तो बाली लगाउदा राम्रो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा समेत कृषि बिशेषज्ञ र प्राविधिकहरुले यसको तथ्याङक अध्ययन गरेर योजना निर्माण गर्न सजिलो हुने समेत विश्वास लिईएको छ।

 

चन्द्रकोट ४ शान्तिपुरमा परियोजना संचालन गरिरहेको रुरु जलविद्युत परियोजनाको प्राविधिक र आर्थिक सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा स्थापित यस प्रकारको मौसम स्टेशन (Weather station)  सम्भवत नेपालका विद्यालयस्तरका शैक्षिक संस्थामा स्थापना गरिएको पहिलो स्टेशन भएको रुरु जलविधुत परियोजनाका म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । वातावरणिय परिवर्तन  (Climate change) ले हुने रेसियोको बारेमा जानकारी दिने हुदाँ वातावरणिय प्रभाव न्यूनीकरणका कार्यक्रम गर्न सजिलो हुनुका साथै हाल सम्म यस क्षेत्रमा कुनै मौसम स्टेशन (Weather station)  नभएकोले यस क्षेत्रका लागि उक्त प्रविधि उपयुक्त हुने विश्वास गरिएको छ ।

उक्त उपकरणमा जोडिएको सबै सेन्सरहरु अमेरिकन कम्पनी Sparkfun electronic बाट निर्मित गरिएको र नेपाल सरकारको  जल तथा मौसम विज्ञान विभाग Department of Hydrology and metrology  ले त्रिभुवन युनिभर्सिटीमा जडान गरिएको मौसम स्टेशन  (Weather station) बाट Caliberation गरिएको रुरु जलविधुत परियोजनाले जनाएको छ । उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो

एफसी क्लब क्यामरुनले जित्यो प्रथम कोहलपुर गोल्डकपको उपाधि

0

डिल्ली शाही
चैत ११,२०७९बाँके :बाँकेको कोहलपुर नगरपालिका—२ मा भएको प्रथम कोहलपुर गोल्डकपमा एफसी क्लब क्यामरुन (क्यामरुन) ले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतियोगितामा ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो ।

गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) ले दोस्रो पुरस्कारमा भने ३ लाख ५० हजार रुपैयाँमा नै चित्त बुझाएको छ ।

फुटबल प्रतियोगिताको निर्धारित समयमा एफसी क्लब क्यामरुन (क्यामरुन)का ११ नम्बर जर्सीका खेलाडि रिचर्ड विल्सन र ७ नम्बर जर्सीका खेलाडि मोसेस टुमले ७७ मिनेटमा १÷१ गोल गरी (२—०) मा ब्वाईज यूनियन क्लब (काठमाण्डौं)लाई पराजित गर्दै प्रथम उपाधी हात पार्न सफल भएको हो ।

यस्तै प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडी एफसी क्लब क्यामरुन (क्यामरुन) का ७ नम्बर जर्सीका खेलाडि मोसेस टुमले जितेका छन् । टुमले बेष्ट फरवार्ड घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले म्यान अफ द म्याच क्यामरुनका मोसेस टुवालाई नगद ५ हजार हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा उदाउँदो खेलाडिमा रेसिङ साहारा क्लबका खेलाडि मुकेश घर्ती गुरुङ, गोल्डकप कै उत्कृष्ट खेलाडिमा रेसिङ साहारा क्लबका कप्तान हरि कठायत, बेष्ट मिड फिल्डरमा क्यामरुनका जिओ एल्डो, बेष्ट डिफेन्डरमा ब्वाईज यूनियन क्लबका मनोज श्रेष्ठ, बेष्ट किप्परमा ब्वाईज यूनियन क्लबकै मनोज परियारले जितेका छन् । उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीद्धारा गोल्डकपमा प्रथम र द्धितीय भएका क्लबहरुलाई पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. २ को १३ विगाहमा रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा ४ गतेदेखि संचालन गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।
समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले खेलकुदका माध्यमबाट बाँकेको पहिचान चिनाउन सफल भएको हार्दिक धन्यावाद दिए । कोहलपुरको १३ विगाह क्षेत्रमा रहेको यस फुटबल खेलकुद मैदानलाई स्तरउन्नतीका लागि पालिकाले बजेटको व्यवस्थापन गर्ने आचार्यले बताए ।

यस्तै रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले गोल्डकप सञ्चालनमा सहयोग पु¥याउनुभएको सम्पूर्ण मुख्य प्रायोजक, सहप्रायोजक तथा प्रायोजक, बाँकेका ८ वटै पालिका, खेलाडि, सुरक्षाकर्मी, स्वास्थ्यर्मी, सञ्चारकर्मी, रेफि, क्लबका पदाअधिकारी तथा सदस्यहरु, फिल्ड मार्सल, स्वयमसेवक लगायत आम सम्पूर्ण दर्शकहरुमा हार्दिक धन्यवाद व्यक्त गरे । आगामी दिनमा यस मैदानलाई अझै व्यवस्थित गरी गोल्डकपलाई निरन्तरता दिने विश्वास दिलाएका थिए । अहिले खेल सञ्चालन भएको दिनदेखी करिब दैनिक ५ हजार भन्दा बढि दर्शक आएको उनको दावी थियो ।

रेसिङ साहारा क्लबका अध्यक्ष सचिव नवकिरण शाहले १३ विगाह क्षेत्रको खेलकुद मैदानलाई स्तरउन्नती गर्न यहाँका सबै आम सरोकारवालाहरुमा ध्यानाकर्षण गराएका थिए ।

कोहलपुर गोल्ड कपलाई मध्यपश्चिम पानी उद्योगका सञ्चालक उदिप रेग्मी र रातो भाले कटेजका सञ्चालक टेकनाथ तिमिल्सेनाले पानीको सहयोग गरेको थियोे भने इन्टरनेटको लागि बेल्डलिंक कम्यूनिकेशन कोहलपुर शाखाले इन्टरनेटको व्यवस्थापन मिलाएको थियो ।
टेक नाथ तिमेल्सेना रातो भालेका सञ्चालक मध्यपश्चिम पानी उद्योगका सञ्चालक उदिप रेग्मी, पानीको स्पोन्सर गरेका थिए । वेल्डलिंक कम्यूनिकेशन कोहलपुर ब्राच्चले सहयोग गरेका थिए ।

क्रिकेट खेलाडी अर्जुन कुमाललाई उद्योग वाणिज्य संघ गुल्मीद्धारा सम्मान

0

अनिल खत्री
चैत ११,२०७९ गुल्मीः गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ ।

क्रिकेट खेलाडी कुमाललाई तम्घासमा सम्पन्न गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको ३१ औं साधारण सभाको अबसरमा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गर्नु भएको हो ।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । उहाँले कुबेत बिरुद्ध सतक समेत प्रहार गर्नुभएको थियो ।

गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै सम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताउनु भयो । उहाँले खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको पौलेलले बताउनुभयो ।

उद्योग वाणिज्य संघ गुल्मीले गरेको सम्मानले खेल क्षेत्रमा थप प्रगती गर्न हैसला मिलेको खेलाडी अर्जुन कुमालले बताउनुभयो । उहाँलाई केहि दिन अघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार सहित सम्मान गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीद्धारा प्राथमिकतामा रहेका कार्यक्रम सार्वजनिक

0

 

चैत ११,२०७९ गुल्मीः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि प्राथमिकतामा रहेका कार्यक्रमहरुलाई सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रबार जिल्ला समन्वय समिति गुल्मीमा भएको समिक्षा कार्यक्रममा उक्त कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख गंगन पोखरेलका अनुसार चक्लाबन्दी,मकै,कफी,सुन्तलाज फलफूलको क्षेत्र बिस्तार,स्रोत बिउ उत्पादनमा सहयोग,साना सिंचाई निर्माण तथाा मर्मत सुधार,प्रविधियुक्त बाख्रा खोर निर्माणमा सहयोग,नर्सरी तथा स्किन घर निर्माण,कृषि यान्त्रीकरण सहयोग, फलफूलका लागि प्याकेजिङ संगै ग्रडिङ,प्रविधि प्रदर्शन तथा बिस्तार र प्राविधिक सहयोग जस्ता कार्यहरुमहरु रहेका छन् ।

कार्यक्रममा जिल्लाका १२ वटै स्थानीयका प्रमुख तथा उपप्रमुख, निमित्त जिल्ला समन्वय अधिकारी,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख ,प्रमखु लगायतको उपस्थिति रहेको थियो ।

बिपिसीको विद्युत् महसुल वृद्धि गर्नु आवश्यक छैन

0

चैत १०,२०७९ रुपन्देही : बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत् महसुल निर्धारणका लागि पेस गरेको प्रस्तावमाथि जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्।

विद्युत् नियमन आयोगद्वारा शुक्रबार आयोजित विद्युत् खरिद बिक्री निर्धारणसम्बन्धी सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले विद्युत् महसुल वृद्धि गर्न आवश्यक नरहेको भन्दै असन्तुष्टि जनाए।

कार्यक्रममा गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले महसुल वृद्धि गर्न उपयुक्त समय नभएको बताए। उनले भने, ‘उत्पादन भएको विद्युतको सुविधा स्थानीयले पाउनुपर्छ। आयोगले स्थानीय सुनुवाइबिना निर्णय गर्नु उचित हुँदैन।’ उनले स्थानीय तहमै गएर सार्वजनिक सुनुवाइ गर्नु माग गरे।

कम्पनीका कार्यकारी निर्देशक उत्तमकुमार श्रेष्ठले सुरक्षित, गुणस्तरीय विद्युत् वितरणका लागि ठूलो लगानी आवश्यक रहेको र हालको आम्दानीबाट सो पूरा हुन नसक्ने भन्दै विद्युत महसुल दर समायोजन आवश्यक भएको जिकिर गरे।

आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले कम्पनी र स्थानीयको रायअनुरुप नै विद्युत् महसुल निर्धारण हुने बताए। उक्त ठाँउमा ग्राहक सङ्ख्या वार्षिक २ दशमलव ५ प्रतिशत वृद्धि हुँदै गइरहेको र वितरणमा छरिएर रहेका बस्तीका कारणले ठूलो लगानी आवश्यक भएको कम्पनीको भनाइ छ।

आँधीखोला वितरण केन्द्रले ग्राहकलाई औसत ५ दशमलव ८ रूपैयाँका दरले विद्युत् बिक्री गर्दै आइरहेको र यसबाट प्रतियुनिट औसत ३ दशमलव ३ रूपैयाँ घाटा भइरहेको कम्पनीको दाबी छ। कम्पनीले हाल प्रतियुनिट ११ रूपैयाँ कायम हुने गरी वितरण महसुल समायोजनका लागि आयोगसमक्ष प्रस्ताव पेस गरेको छ।

आँधीखोला जलविद्युत् आयोजनाबाट ९ दशमवल ४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि प्रदर्शनी फलदायी : महामन्त्री थापा

0

चैत १०,२०७९ काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताए ।

नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापनाका गर्न चाहनेका लागि यो राम्रो अवसर हुनसक्ने उनको भनाई छ ।

‘खास गरेर यो क्षेत्रको ९५ पी रिलेटेड ० काम गर्नेहरूलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो र अर्को सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाहरूका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने शिक्षा यस प्रदर्शनीले दिन्छ भन्ने मलाई लाग्छ,’ थापाले भने।

चैत १२ गतेसम्म चल्ने प्रदर्शनी स्थलमा भेटिएका अवलोकनकर्ताहरूले नयाँ व्यवसाय गर्न चाहने र नयाँ ज्ञान लिन चाहनेका लागि प्रदर्शनी फलदायी हुने बताएका छन् ।

प्रदर्शनी स्थलमा भेटिएका मोरङका राजेन्द्र न्यौपानेले आफू जस्तो नयाँ व्यापार सुरु गर्ने प्लान गरिरहेका युवालाई यो प्रदर्शनीले उत्साह र ज्ञान दुवै दिने प्रतिक्रिया दिए ।

उनले भने ‘ हामीहरू जस्ता नयाँ व्यवसाय गर्ने सोच बनाएकाहरूलाई प्रदर्शनीले धेरै ज्ञान दिने रहेछ र नयाँ प्रविधिसँग अपडेट हुने मौका पनि मिलेको छ ।’
त्यस्तै प्रदर्शनीमै भेटिएकी काठमाडौँकी सानले नयाँ प्रविधिबारे जान्न र बुझ्न चाहनेका लागि प्रदर्शनी फाइदाजनक रहेको बताइन् । उनले भनिन् ‘ विशेष गरी नयाँ प्रविधिबारे जान्ने चाहने युवाहरूका लागि यो इभेन्ट निकै फलदायी छ, धेरै नयाँ नयाँ प्रविधि हेर्ने र जान्ने मौका मिलेको छ ।’

कैलाली टीकापुरबाट आएर प्लास्टिकको डोरी लगायतका सामाग्रीको स्टल राखेर बसेका टीकापुर प्लास्टिक उद्योगका सञ्चालक मुकेश बहादुर बमले, प्रदर्शनीले व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो प्लेटफर्म प्रदान गरेको बताए । यस्ता प्रदर्शनीले उनी जस्ता व्यापारीलाई ब्रान्डको मार्केटिङ गर्न सहयोग पुग्ने उनको भनाई छ । ‘नेपालमा नाइलनको डोरी उत्पादन हुन्छ, त्यो पनि राम्रो क्वालिटीको भनेर धेरैलाई थाहा नै छैन । यस्ता प्रदर्शनीले हामीलाई आफ्नो मार्केटिङ गर्नका लागि सहयोग मात्र पुग्दैन, ग्राहकलाई प्रत्यक्ष भेटेर बुझाउन पनि सकिन्छ ।’ उनले भने ।

त्यस्तै भारतको नयाँ दिल्ली बाट आएर प्रिन्टिङ मसिनको स्टल राखेका यश ब्लोअर्स प्रा।लि।का आलोक त्रिवेदीले पनि प्रदर्शनीले मार्केटिङका साथै नेपाली मार्केटको अवस्था बुझ्न निकै सहयोग पुग्ने बताए । उनले एक्स्पो अवलोकनका लागि आएकाहरूले निकै रुचि देखाएको प्रतिक्रिया दिए ।

देश तथा विदेशमा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ व्यवसायसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी तथा नवीनतम प्रविधि प्रदर्शनमा सघाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकको दाबी छ । प्रदर्शनीले उद्योगी तथा व्यवासायीबीच मात्रै नभई देश विदेशका नविनतम प्रविधिबारे जान्न चाहने र नयाँ उद्योग स्थापना गर्न चाहानेलाई पनि ठुलो फाइदा पुग्ने आयोजकको विश्वास छ ।

प्रर्दशनीमा १५ भन्दा बढी नेपाली स्टलहरु राखिएका छन् । जसमा प्लास्टिक जन्य उत्पादनमा आधारित सामाग्री धेरै छन् । प्रर्दशनीमा, नेपालमै उत्पादन भएका नाइलनका डोरी, डिस्पोजेवल कप, गिलास, प्लेट, प्लास्टिकका बोत्तल, फुड प्याकेजिङका लागि आवश्यक पर्ने कभर, औषधीका लागि चाहिने कभर, जस्तापाता लगायतका विविध सामग्रीहरुको अवलोकन तथा आवश्यक जानकारी लिन पाइने छ ।

विशेषगरि प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका व्यवसायीले सहभागिता जनाएको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी स्टलहरु राखिएका छन् ।

आजबाट सुरु भएको नेपालको तेस्रो अन्तराष्ट्रिय फाइभ पी प्रदर्शनी १२ गतेसम्म चल्नेछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको प्रदर्शनीको आज शुक्रवार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका हुन् ।

गुल्मीमा स्मार्ट कृषि गाउँ कार्यक्रको समिक्षा

0

चैत१०,२०७९ गुल्मी : कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनमा आर्थिक वर्ष २०८०÷०८१ को योजना तर्जुमा तथा स्मार्ट कषि गाउँ कार्यक्रमको समिक्षा गोष्ठी गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा कृषि ज्ञान केन्द्रका गतिविधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाईका वर्षभरमा गतिविधिको समिक्षा गरिएको हो ।

कृषि ज्ञान केन्द्र गुल्मीमा प्रमुख नवराज भण्डारीले कार्यालयबाट भएगरेका कामहरु र आगामी आर्थिक वर्षमा गर्न सकिने कामहरुको बारेमा जानकारी गराएका थिए । जिल्लाका छ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको छ ।

धुर्कोट, छत्रकोट, गुल्मीदरवार, रुरुक्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा हाल स्मार्ट कृषि कार्यक्रम चलिरहेका छन् । जहाँ भएका गतिविधिको जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख, १२ पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष लगायतको उपस्थितीमा जानकारी गराइएको हो ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि सुझाव पेश गरेका थिए । जसमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालकहरुले पनि आफुहरुले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले कार्यालयलाई जवाफदेही बनाउनुका साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नको लागि राजनीतिक दलका प्रतिनिधिसहितको समिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

शुक्रबार जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, १२ पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको सहभागितमा समिक्षा कार्यक्रम गरिएको हो ।