Thursday, June 4, 2026

व्यवस्थापन समितिको निर्णय नगरपालिकाद्धारा खारेज

0

भदौ १३ , २०७६ गुल्मी ः रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति बैठकको निर्णय रेसुङ्गा नगरपालिकाले खारेज गरेको छ ।
समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको हो । ९ गते बसेको बैठकले प्रध्यानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय खारेज गरेको हो । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई नियुक्ती गरिएको छ । ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरीमाथि छलफल गर्दै नगरपालकाले विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गर्दै थापालाई नै प्रःअ बनाउने निर्णय गरेको हो ।
नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर सो नियमबिपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको नगरप्रमुख डिल्लिराज भुसालले जानकारी दिए ।

पुर्ब प्र.अ. बिदामा बसेको बेला नयाँ प्र अ
कुनै पनि व्यवस्थापन समितिमा प्रध्यानाध्यापक नियुक्त गर्दा बहुमत अनिवार्य हुनुपर्छ । उक्त निर्णयमा प्रअ हुने व्यक्तिले गरेको हस्ताक्षर मान्य हुँदैन । तर ९ गतेको बैठकमा विद्यालयका प्रध्यानाध्यापक थापा विदामा थिए । शिक्षक प्रतिनिधिको रुपमा ज्ञवालीले नै हस्ताक्षर गरे र अध्यक्षसहित पाचँ जनाको बहुमत बनाई ज्ञवाली प्रध्यानाध्यापक बने । अर्का प्रध्यानाध्यापक विदामा भएकोले उनले पनि राजिनामा दिएका थिएनन् । त्यसकारण महेन्द्र नमुना माविमा केहि समयसम्म थापा र ज्ञवाली गरी दुईजना नै प्र.अ. रहे । ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउदा समितिमा उपस्थित अन्य तीन जना सदस्यले बैठक नै बहिस्कार गरेका थिए । पछि व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थी, सदस्य अखिलेश्वर प्रसाद पाण्डे, घनश्याम पाण्डे र पार्वती गौतमले हस्ताक्षर गरी ज्ञवालीलाई प्र.अ. बनाएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीले नगरपालिकाले हस्तक्षेप गरी निर्णय खारेज गरेको बताए । नियमसङ्गत ढङ्गले प्रध्यानाध्यापक नियुक्त गरेपनि नगरपालिकाले स्वीकार नगरेको उनको भनाई छ । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले बैठकको निर्णय कानुनविपरित भएकोले खारेज गरीएको प्रतिक्रिया दिए ।

पशुपतिमा आरती अघि राष्ट्रिय गीत, राष्ट्रिय झण्डा राखियो

0
kz'kltdf ;GWof cf/tLsf7df8f}Fsf] kz'kltgfy dlGb/ cufl8 ;GWof cf/tL x'Fb} . kz'kltdf ;GWof cf/tLsf] bz{g ug{ lbgx"F eQmhgsf] eL8 nfUg] ub{5 . t:jL/ M gjLg kf}8]n, /f;;

भदौ १३, २०७६ काठमाडौं स् पशुपतिमा अब हरेक दिन राष्ट्रिय गीत बज्ने भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि अनिर्वाय राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएका थिए। सोही अनुसार आज साँझको आरती अगाडि राष्ट्रिय गीत बजाइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। उनले भने ‘यस अघि नै भएको छलफलमा आरती गर्ने ठाउँ नजिक नेपालको राष्ट्रिय झण्डा राखिसकिएको र आजैबाट राष्ट्रिय गित बज्ने छ।’ त्यस्तै १५ दिन भित्र आरतीको प्रत्यक्ष प्रशारण गरिने मन्त्री भट्टराईका प्रेस संयोजक प्रेम गुरागाइँले बताए।

ग र घ वर्गका अपाङ्गता भएकालाई पनि सामाजिक सुरक्षा भत्ता

0

भदौ १३, २०७६ बाँके स् डुडुवा गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई पनि विशेष सेवा सुविधा दिन परिचयपत्र वितरण थालेको छ। सरकारले ‘क’ र ‘ख’ वर्गका लागि मात्रै सेवा उपलब्ध गराए पनि गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई पनि सेवा सुविधा दिन परिचयपत्र वितरण थालिएको हो। ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकाले सेव ासुविधाबाट बन्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले ‘ग’ वर्गलाई ५०० र ‘घ’ वर्गलाई ४०० रुपैयाँ मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गरेको हो। गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। परिचयपत्रका लागि अहिलेसम्म १३० जनाभन्दा बढीले निवेदन दिएको समितिले जनाएको छ। निवेदनमध्ये साउन महिनामा मात्रै ११० जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए। उनका अनुसार गाउँपालिकामा ‘क’ वर्गका १७ जना, ‘ख’ वर्गका २४ जना, ‘ग’ वर्गका ३२ जना र घ वर्गका ३७ जना रहेका छन्।

प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

0

भदौ १३, २०७६ भद्रपुर ९झापा० प्रहरीलाई घुस दिन खोज्ने एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–११ का ५१ वर्षीय कबिरबहादुर तामाङ रहेका छन्। पश्चिमबाट गाईगोरु लोड गरी ल्याएको को १ ज २४४५ नम्बरको पिकअप भ्यानलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१३ स्थित चारआली चोकमा चेकजाँचको क्रममा प्रहरीले रोकेका थिए। चेकजाँचका क्रममा चालक तामाङले ५०० रुपैयाँ घुस दिन खोज्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए। तामाङले चलाएको पिकअप भ्यानमा आठवटा गाईगोरु रहेको प्रहरीले जनाएको छ। घुस दिने चालक तामाङलाई भ्यानसहित आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय चारआलीमा राखिएको छ।

मालपोत कार्यालय गुल्मीमा अनलाईन सेवा शुरु

0

अनिल खत्री, गुल्मी भदौ  १२ ।

सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउन मालपोत कार्यालय गुल्मीले अनलाईन मार्फत सेवा शुभारम्भ गरेको छ । लिखित माध्यमबाट रजिष्टरमा लेखेर काम हुँदै आएको कार्यालयमा कम्प्युटर मार्फत सेवा शुभारम्भ भएको हो ।

सेवाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख अनलाईन सेवाको शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगरप्रमुख भुसालले अनलाइन सेवासँगै गलत काम सबै समाप्त भएको बताउनु भयो ।उहाँले जग्गा लिनदिन गर्ने सवाल लिखतबाट केहि त्रुटि हुने गरेतापनि अनलाइन सेवाले सेवा प्रवाहमा सहजता ल्याउने बताउनु भयो । सेवा ग्राहीका सम्पती पनि सुरक्षीत र स्पष्ट रहने बताए ।

सेवा सञ्चलनमा आएसँगै एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने नगर प्रमुख भुसालको भनाई छ । सेवा शुभारम्भ कार्यक्रममा भूमी व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतम अनलाईन मार्फत सेवा हालसम्म ८४ वटा कार्यालयले शुरु गरेको बताउनु भयो । डिजिटल प्रबिधि मार्फत काम हुँदा किर्ते कामको अत्य र राजश्व संकलनमा पारदर्शीता आउने गौतमले बताउनु भयो ।

प्रबिधिमैत्री सेवा भएकाले मालपोत कार्यालयले गर्ने कार्य दैनिक केन्द्रबाट अनुगमन गर्न हेर्न सकिने भएकाले यसले सेवा प्रवाहमा अत्यन्तै पारदर्शीता ल्याउने बताउनु भयो । यहाँ भएका दैनिक कामहरु सिधै केन्द्रमा जाने भएकाले डाटा सुरक्षीत रहने निर्देशक गौतमले बताउनु भयो । अनलाइन सेवाको पहिलो सेवाग्राही रुपमा इस्मा गाउँपालिका वडा नम्बर ३ का पबित्रा कुँवर लाल बहालदुर कुँवरले पुर्जा लिनुभयो । पहिलो सेवाग्राही कुँवरलाई नगर प्रमुख भुसाल र निर्देशक गौतमले लालपूर्जा प्रदान गर्नु भयो ।

कम्प्युटर मार्फत प्रिन्ट गरिएको लालपुर्जा पाएकोमा सेवाग्राही पबित्रा कुँवरले खुसी व्यक्त गर्नुभयो । अनलाइन सेवा मार्फत सेवा लिदा हार्डकपी र सफ्टकपीगरी दुबै तरिकाले सेवा प्रदान गरिने कार्यालय प्रमुख रामचन्द्र गौतमले बताउनु भयो । यो सेवाले काममा पादर्शी र सजिलो बनाउने कार्यालय प्रमुख गौतमले बताउनु भयो । मालपोत कार्यालयमा सेवाप्रवाहलाई सहज र सजिलो बनाउन ग्लोवल आइएमइ बैंकको शाखा कार्यालयमै स्थापन गरिएको छ ।

कार्यालयमा उठने सम्पूर्ण रकम दैनिक रुपमा बैंक मार्फत हुने गरेको छ । कार्यालयबाट सेवा लिदा सेवाग्राहीले तिनुपर्ने राजस्वर वापतको रकम बैंकमा सिधै दाखिला गरेर मात्रै जग्गाको कारोवार हुने कार्यालयका लेखापाल पुरन नेपालीले बताउनु भयो । यसले सेवाग्राहीलाई सजिलो र बढि रकम तिर्नु पर्ने ठगिनु पर्नेबाट पनि जोगिने लेखापाल नेपालीले बताउनु भयो ।

गुल्मीको ऐतिहासिक धार्मिकस्थल रिडीमा बृहत पत्रकार सम्मेलन सम्पन्न

0

गुल्मीको रुरुधाम रिडिमा बृहत पत्रकार सम्मेलन सम्पन्न भएको छ । मुल समितिका सदस्य तथा रुरु–१ का वडा अध्यक्ष रामलाल बिकको अध्यक्षता, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेस कुमार अर्यालको प्रमुख आतिथ्यता, पत्रकार महासंघ पाल्पाका पुर्ब अध्यक्ष भगवान भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गुल्मीको ऐतिहासिक धार्मिकस्थल रिडी क्षेत्रलाई रुरुधामको रुपमा विकसित गर्न भाद्र २८ गतेदेखी विराट ज्ञानमहायज्ञ हुनेभएको छ । नेपालमै पहिलो पटक ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लिलामय श्रीमद्भागवत, पितृ मोक्ष, विराट ज्ञानमहायज्ञ हुने भएपछि तयारीलाई तिव्र स्वरुप पत्रकार सम्मेलन गरिएको हो । कार्याक्रममा जनप्रतिनिधी, पत्रकार, महिला समूह र संघसंस्था लगायतको उपस्थिति रहेको थियो । महायज्ञमा पाल्पा, स्याङ्जा, गुल्मी लगायतका जिल्लाका पत्रकार हरुको सगभागिता रहेको थियो । महायज्ञमा झन्डै १० लाख भक्तजन आउने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै विव विख्यात बाल योगेश्वर महाराजले टाढाका तिर्थ यात्रीहरुलाइ यातायात, भोजन र आवासको व्यवस्था गरिने जानकारी गराउनु भएको छ । कार्यक्रमको भाद्र २८ गतेका दिन हेलिकप्टरबाट पुष्पवृष्टी गरी उद्घाटन गरिने छ ।

पाकिस्तानमा यसकारण विवादमा तानिइन् सारा खान (फोटो फिचर)

0

एजेन्सी– चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सारा खान बेला बखत चर्चासँगै विवादमा आउने गर्छिन् ।

पछिल्लो समय उनले लगाएको पोसाकका कारण विवादमा तानिएको विषयले चर्चा पाएको हो । उनको ड्रेसअपका कारण पाकिस्तानमा चर्को विरोध भएको थियो ।

पाकिस्ताननी टिभी शोमा समेत काम गरेकी उनले अन्तर्वार्ताका क्रममा आफ्नो विवादबारे खुलासा गरेकी हुन् । पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो। एक पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले निकै छोटो कपडा लगाएकी थिइन्। उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे। एकैछिनमा उनलाई स्थानीयले घेरे ।

उनको त्यही ड्रेसअपको विरोध भयो । त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा छोटो कपडा लगाउन पाइँदैन। यस विषयमा जानकारी हुनासाथ उनी कोठामा गएर कपडा परिवर्तन गरेकी थिइन् । सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरासँग डेट गरिरहेकी छन्।

सन्तोषको फिल्ममा अनमोल र प्रदीप ?

0

अहिलेका जल्दाबल्दा अभिनेता हुन्, अनमोल केसी र प्रदीप खड्का । दुईलाई एकअर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ । उनीहरुबीच पारिश्रमिकमा समेत अघोषित प्रतिस्पर्धा चल्ने गरेको छ । बजारको चर्चालाई आधार मान्ने हो भने अहिले दुईले एक फिल्मका लागि ४० लाखभन्दा बढी डिमान्ड गर्ने गरेका छन् । यो रकम तिर्न मेकर्सलाई पनि कुनै आपत्ति छैन । किनकि, दुईको चार्म र स्टारडम गजब छ ।

संख्यात्मक हिसाबले लगभग बराबरी फिल्म गरिसकेका अनमोल र प्रदीपलाई एउटै स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छा छ । केही मेकर्सले यो प्रयास नगरेका पनि होइनन् । तर, अहिलेसम्म सम्भव हुन सकेको छैन । गएको दुई वर्षअघि एक अवार्ड समारोहमा उनीहरु पहिलो पटक आमने-सामने भएका थिए । भेटको क्रममा उनीहरु एकअर्कासँग तर्किएनन् । मिठो भलाकुसारी गर्दै मिडियाका लागि तश्विर खिचाए ।

गत वर्षको फागुनमा अभिनेता प्रदीपले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो अधिकारिक फेसबुकमा साझेदार गर्दै गजबको प्रशंसा गरेका थिए । अनमोलले पनि कमेन्टमा प्रदीपलाई धन्यवाद दिँदै ‘लभ स्टेशन’ को सफलताको शुभकामना दिए । फिल्मकर्मीमा भाईचारको सम्बन्ध हराउँँदै गएको अवस्थामा दुईले एकअर्काप्रति गरेको सम्मान र प्रोत्साहनले फिल्म क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको थियो ।

एकअर्कासँग नजिक हुँदै गएका अनमोल र प्रदीपलाई एउटै फिल्ममा टिमअप गराउने प्रयास असफल भइरहेको अवस्थामा ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेन अगाडि सरेका छन् । प्रदीप खड्कालाई लिएर फिल्म ‘प्रेमगीत ३’ निर्माणको तयारीमा रहेका निर्माता सेनले आइतबार राजधानीको एक रेस्टुराँमा अनमोलसँग दोस्रो पटक भेट गरेका छन् । भेट संयोगले भएको थिएन । दुईको भेट प्लानिङ थियो ।

निर्माता सेनले अनमोलसँग भेट गरेको तश्विर सामाजिक सञ्जालमा साझेदार गरेपछि यसले फिल्मवृतमा ठूलै तरंग ल्याएको छ । ‘प्रेमगीत ३’ मा अनमोललाई पनि ज्वाइन गर्न सन्तोषले भेट गरेका हुन् ? वा, नयाँ फिल्ममा अनमोलसँग सहकार्य गर्दैछन् ? अनमोल र प्रदीपलाई टिमअप गराउने प्रयास त होइन ? हरेकको मनमा जिज्ञासा पलाएको छ । निर्माता सेनले अनमोलसँग फिल्मसँगै अभिनय र व्यक्तिगत जीवनबारे कुरा भएको बताए ।

‘हाम्रो यो दोस्रो भेट हो । यसअघि धेरै पटक भेट्ने प्रयास भए पनि विभिन्न कारणले हुन सकेको थिएन । कहिले मेरो समय नमिल्ने कहिले अनमोल व्यस्त । हिजो चाहिँ हामीले औपचारिक रुपमा भेट गर्यौं’, सेनले फिल्मीखबरसँग भने, ‘मलाई अनमोल जेन्टलम्यान लाग्यो । उसको बोली र व्यबहारबाट म प्रभावित भएँ ।’ यसअघि उनले आफू निर्मित सफल फिल्म ‘प्रेमगीत’ प्रदीपभन्दा अगाडि अनमोललाई अफर गरेका थिए ।

निर्माता सेनले आफूलाई अनमोलसँग पहिलादेखि नै फिल्ममा सहकार्य गर्ने इच्छा रहेको बताए । ‘हामीले अनमोललाई ‘प्रेमगीत’ अफर गरेका थियौं । तर, विभिन्न कारणले सहकार्य हुन सकेन । अहिले म ‘प्रेमगीत ३’ बनाउँदैछ । अनमोल पनि चाँडै नयाँ फिल्ममा व्यस्त हुँदैछ । यसपछि हामीबीच टिमअप हुनसक्छ’, उनले भने । नयाँ फिल्ममा अनमोल र प्रदीपलाई लिने आफ्नो सोच रहेको पनि उनले स्पष्ट पारे ।

सेन भन्छन्, ‘अनमोल र प्रदीप दुबैलाई एउटै फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ । त्यो मेरो पनि हो । राम्रो कन्टेन्ट भेटियो र दुबै गर्न राजी भएको खण्डमा नयाँ फिल्ममा सहकार्य हुनसक्ने सम्भावना छ ।’ उनी अनमोलसँगको भेट निकै राम्रो भएको बताउँछन् । निर्माता सेनले अनमोल र प्रदीपबीच टिमअप गराउने पहल आरम्भ गरेसँगै दर्शक र फिल्मकर्मीमा उक्त प्रोजेक्टप्रति चासो सुरु भएको छ । के सम्भव होला त दुईबीच सहकार्य ?

सिसिटिभीको निगरानीमा गुल्मीको तम्घास , मुख्यमन्त्रीद्धारा उद्घाटन

0

गुल्मी । तम्घास बजारमा सिसिटिभी जडान गरिएको छ । प्रदेश न। ५ सरकारको आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित बजेटबाट जडान गरिएका सीसीटिभीको मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्नुभएको छ । क्यामराको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यसबाट प्रहरीलाई दोषि पत्ता लगाउन आवश्यक पर्ने प्रमाणहरु पनि उपलब्ध भई अपराध नियन्त्रणमा कमी आउने विश्वास व्यक्त पनि गर्नुभयो ।

त्यसका साथै उहाँले सिसिटिभी क्यामराको सहि सदुपयोगका लागि पनि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभयो । मन्त्रालयको १५ लाख बजेटमा तम्घास बजारका विभिन्न ८ स्थानमा सिसिटिभी जडान गरिएको सुचना प्रविधि व्यवसायी कृष्ण खनालले जानाकारी दिनुभयो ।

बसपार्कमा दुईथान, भगभति मन्दिर चोकमा दुईथान, पुतलिबजार चोकमा एकथान, नयाँबजार एकथान र शहिदचोक दुईथान सिसिटिभी क्यामरा जडान गरिएको हो । यस क्यामराले बजारको गतिविधि प्रहरी कार्यालयको कन्ट्रोल कक्ष जुम र फोकसमार्फत अवलोकन गर्न सकिने प्रहरी प्रमुख दीपक कुमार बस्नेतले जानकारी दिनुभयो ।

अपराध नियन्त्रण, दोषि पत्ता लगाउने, दुर्घटना न्यूनिकरण लगायतका पक्षमा जडान गरिएको क्यामराले सहयोग पुग्ने बस्नेतले जानकारी गराउनुभयो । यस किसिमको क्यामराबाट तीन महिना अगाडीसम्मको भिडियो हेर्न सकिनेछ ।

आदर वा इज्जत पाउँनका लागि अरुसँग कुन तरिकाले कुरा गर्ने ? १४ तरिकाहरु

0

उहिलै नेपोलियनको समयको कुरा हो । एक पटक एकजना चित्रकार सम्राट नेपोलियनकोमा गएछन् । दरवारमा सबैका लागि भोजको आयोजना गरिएको थियो । भोजमा खाने मात्र होइन, स्वयम् सम्राट नेपोलियनसँग भलाकुसारी पनि गर्न पाइने अवसर राखिएको थियो । त्यसको फाइदा उठाउँदै ति चित्रकार सम्राट नेपोलियनकोमा गएका थिए ।

तर गाउँमा जन्मे हुर्केका चित्रकारसँग राम्रा लुगा कपडाहरु थिएनन् । उनी व्यक्तिगतरुपमा पनि त्यति सफा देखिदैनन् थिए । फोहोरी र राम्रा कपडा नलगाएका चित्रकारलाई नेपोलियनले त के, अरु पाहुनाहरुले यादसम्म गरेनन् । चित्रकार केहि समय एउटा कुनामा बसेर भोजको वातावरण र सम्राट नेपोलियनलाई हेरिरहे ।

केहि समयमा नेपोलियनसँग उनको भेट भयो । चित्रकारले आफ्नो ज्ञान र कलाका बारेमा सम्राट नेपोलियनलाई बताए । चित्रकारले आफुले छानेर ल्याएका आफ्ना केहि कलाकृति पनि सम्राटलाई देखाए । उनको कुरा उत्सुकतापुर्वक सुनेर नेपोलियन अरु पाहुनातर्फ मोडिए ।

भोज सकियो । चित्रकार हिड्न लागेका थिए तर उनको अगाडी नेपोलियन आइपुगे । उनलाई ससम्मान छोड्न भोज भइरहेको कोठाको ढोकासम्म नै पुगे । त्यो सबै देखिरहेका एकजना मन्त्री छक्क पर्दै सम्राटलाई सोधे, “अघि आउँदा तपाईले ति मान्छेलाई यादै गर्नु भएन तर अहिले छोड्न दैलोसम्म नै पुग्नु भयो । किन सम्राट ?”

“आउँने बेला जुन आदर गरिन्छ, त्यो मानिसको पोशाक, पद वा वैभव देखेर गरिन्छ तर जाने बेलामा जुन आदर गरिन्छ, त्यो उसको गुण देखेर गरिन्छ ।” नेपोलियनले मुस्कुराउँदै भने, “मैले पनि उनीसँग बोलिसके पछि उनको गुण थाहा पाएँ ।”

सम्राट नेपोलियनको परख र ज्ञान सुनेर मन्त्री दंग परे ।

यहाँ म पोशाक, पद वा वैभवको कारण प्राप्त हुने ‘आउँने बेलाको’ आदर वा इज्जत पाउँन के के गर्ने भन्ने बारेमा लेख्न लागिरहेको होइन । म यहाँ मानिसमा हुनु पर्ने त्यस्ता गुणहरुका बारेमा लेख्न लागिरहेको छु, जसले जाने बेलामा अरुले आदर वा इज्जत दिउन् । यी तरिकाहरु त्यस्ता अफ्ठ्यारा पनि छैनन् । विश्वास छ, यो लेख पढेर तपाईले ति तरिकाहरु आफ्नो जीवनमा प्रयोग गर्नुहुनेछ । त्यस्तै, यो लेख सेयर गरेर धेरै भन्दा धेरैसम्म यो जानकारी फैलाउँनु हुनेछ ।

१. सुन्ने

एउटा भनाई छ – संसारमा सबै भन्दा गाह्रो उठेर बोल्न र बसेर सुन्न हुन्छ । पक्कै पनि हामी धेरैले अनुभव गरेको कुरा हुनु पर्छ । हामी आममानिसहरुमा उठेर बोल्ने गुण हुदैन । यो फरक विशेषता भयो । उठेर बोल्नका लागि बानी हुनु पर्छ, तालिम चाहिएला तर बसेर सुन्नमा के गाह्रो हुन्छ र ? बसेर सुन्नलाई के तालिम लिनु पर्छ र ? पक्कै पनि केहि पर्दैन ।

बिना तालिम र बिना परिश्रम पाउँन सक्ने यो गुण नभएका कारण हामीले आदर वा सम्मान पाउँनबाट बञ्चित भइराखेका हुन्छौँ । धेरै बोल्नु वा आफ्ना कुरामात्रै राख्नु राम्रो बानी होइन । अरुका कुरा ध्यान दिएर सुन्ने गरेमा कुरा सुनाउँनेको मनमा तपाई प्रति राम्रो धारणा बन्छ ।

२. व्यक्तिलाई महत्व दिने

कसैसँग कुरा गर्दा जोसँग कुरा गरिएको छ, सोही व्यक्तिलाई ध्यान दिने गर्दा मानिसहरुले तपाईलाई राम्रो मान्छन् । कोहीसँग बोलिरहदा अन्तै ध्यान दिने, अरु तिर हेर्ने, घोप्टिएर मोबाइलको स्क्रिन स्क्रोल गर्न थाल्ने जस्ता कुराहरुले बोल्दै गरेको व्यक्तिलाई महत्व नदिए जस्तो हुन्छ । यसले गर्दा उसको मनमा तपाईप्रति आदरभाव घट्छ ।

२.वाक्य विन्यास

बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु भन्ने उखानसँग मिल्ने कुरा हो यो । बोल्नु अगाडी सम्बन्ध अनुसार कतिको औपचारिक हुने भन्ने तय गर्नु पर्छ । ठाडो भाषामा बोल्दा धेरै ठाउँमा आफ्नो वजन घट्न पुग्छ ।

जस्तै कुनै भोजमा हुनुहुन्छ । यस्तोमा ‘पेट पुटुस्स हुने गरि हानियो नि’ भन्नु भन्दा ‘मिठो रहेछ, अलिक बढि नै लिएँ’ भन्दा ठिक हुन्छ । परिस्थिती, व्यक्ति वा समय अनुसार आफ्नो वाक्य विन्यास कस्तो हुनु पर्छ भन्ने हेक्का हुनु पर्छ । यसो भयो भने मानिसहरु तपाईसँग बोल्नु पर्ला कि भनेर तर्किदैनन् ।

३. तेस्रो मान्छेको प्रयोग

खास गरि आफु भन्दा उपल्लो तहका मानिसहरुका सामुन्ने उनीहरुको तारिफ गरियो भने चाप्लुसी गरिएको भान पर्न सक्छ । यस्तोमा सोझै तारिफ गरिरहनु पनि राम्रो होइन । त्यस्तै अरु सबै मानिसहरुसँग कुराकानी हुँदा उनीहरुका अगाडी उनीहरुको काम वा व्यक्तित्वको आवश्यक प्रशंसा गर्दा उनीहरुको आदर जित्न सकिन्छ ।

यसका अतिरिक्त उनीहरुको अनुपस्थितीमा तेस्रो मान्छेसँग उनीहरुको प्रशंसा गरिदिने हो र यो खबर प्रंशसा गरिएको मानिससम्म पुग्ने हो भने तपाईप्रतिको सम्मानभावको रेखाचित्र आकासिन्छ । पछाडी कुरा काट्नुको साटो तारिफ गर्ने मानिसहरु कमै हुन्छन् । यस्तो व्यवहार जसले सुने पनि मन पराउँछन् । सम्मान गर्छन् ।

४. विनम्रता

सकेसम्म विनम्र हुनुहोस् तर चाप्लुसी नगर्नुहोस् ।

५. इज्जत पाउँने हाउभाउ

हाउभाउ पनि इज्जत वा आदर पाउँन लायक बनाउँनु पर्छ । विचार गर्नुहोस् त, सार्वजनिक स्थानमा बसेको छ तर जिउका अनेक ठाउँ तिर कन्याएको छ वा नाक भित्र औँला हालेर सिंगानका पाप्रा निकाल्दै फ्याल्दै गरेको छ, यस्तो व्यक्तित्व भएको मानिसलाई आदर गर्नु पर्यो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै पनि ठिक लाग्दैन ।

यसैले कसैको आदर वा इज्जत पाउँनु छ भने यस्ता अशोभनिय हर्कतहरु गर्नु हुदैन ।

६. असाध्यै राम्रो हुन बन्द गर्नुहोस्

विनम्र वा राम्रो मान्छे हुने लहडमा अस्वभाविक राम्रो मान्छे हुनु पनि ठिक हुदैन । व्यवहारिक नभएर आदर्शवादी हुदै राम्रो देखिन खोज्नु प्रत्युतपादक हुन सक्छ । सकेसम्म व्यवहारिक हुनु पर्छ । आवश्यकता अनुसार रुखो हुन पनि जान्नु पर्छ ।

७. कुरा नकाट्नुहोस्

कसैको कुरा काट्दै नकाट्नुहोस् । अरुको कुरा काट्दा कुरा काटिने मान्छेले थाहा पायो भने इज्जत गुम्ने मात्र होइन, झगडै पर्ने सम्भावना पनि हुन्छ । यस्तै, जोसँग कोही अर्को मान्छेको कुरा काट्नु हुन्छ, त्यो सुन्ने मान्छेको नजरमा पनि तपाईको इज्जत रहदैन ।

मानिसले सोच्छन्, मेरो अगाडी अरुको कुरा काट्नेले अरुको अगाडी मेरो पनि त कुरा काट्ला, यस्तो मानिससँग बच्नु पर्छ ।

८. खुल्ला सोच राख्नुहोस्

पुरातनवादी भएर नबस्नुहोस् । संसारमा परिवर्तन नहुने कुरा केहि पनि छैन । अनि, लोकतान्त्रिक हुनुहोस् । सबैको विचारको सम्मान गर्नुहोस् । अरुको विचारको सम्मान गर्न सक्ने गरि खुला सोच बनाउँनु भयो भने मानिसहरुले पनि तपाईको विचारको सम्मान र तपाईको आदर गर्न थाल्छन् ।

९. आफ्नो काम गर्नुहोस्

आफ्नो काममा बढि ध्यान दिनुहोस् । अरुको काममा अनावश्यक चासो नलिनुहोस् तर यदि कसैले आफ्नो काम वा घटनाका बारेमा तपाईसँग कुरा गर्न चाहन्छ भने त्यसमा उत्सुक हुनुहोस् । उनीहरुको कुरा सुन्नुहोस् ।

अर्काको कुरा सुन्ने बारेमा मैले तरिका नम्बर १ मा लेखिसकेको छु ।

१०. हुन्न भन्न सिक्नुहोस्

राम्रो हुनका लागि जो सुकैको जे सुकै कुरामा हुन्छ भन्ने बानी छोड्नुहोस् । कहिलेकाँही हुन्न भन्न पनि जान्नु पर्छ । आफुले नसक्ने कुरा अथवा गर्न नहुने कुरालाई प्रस्टसँग हुन्न भन्न सक्ने मानिसलाई अरुले मन पराउँछन् । बोलीको पक्का ठान्छन् ।

यदि आफुले गर्न नसक्ने वा गर्न नहुने कामलाई हुन्छ भन्नु भयो र गर्न सक्नु भएन अथवा गर्दा अफ्ठ्यारो हुने अवस्था भयो भने मानिसहरुको नजरमा तपाईको आदर गुम्छ ।

११. अपमान भए बोल्नुहोस्

आफ्नो अपमान भइरहेको छ भने त्यसको विरुद्धमा बोल्न नहिच्किचाउँनुहोस् । यसले तपाईको आफ्नो मर्यादा र इज्जत बचाइराख्छ । आवश्यकता भन्दा लचिलो हुँदा आफ्नो इज्जत रहदैन तर इज्जत पाउँने होडमा नचाहिदो कुरामा अपमान भएको नठान्नुहोस् । आफुलाई अरु भन्दा फरक किसिमले व्यवहार नगर्दैमा अपमान भएको सोच्नु चै गलत हुन सक्छ ।

१२. अरुका लागि बोल्नुहोस्

अरुका लागि बोलिदिने मानिसहरु नै समाजमा इज्जतदार छन् । अरुको अफ्ठ्यारो वा अरुलाई आवश्यक पर्दा बोलिदिनु भयो भने जसको बिषयमा बोलिदिनु भएको हो उसको नजरमा तपाईको इज्जत बढ्छ । यसका अतिरिक्त अरु मानिसले पनि तपाईको बहादुरी र न्यायप्रियताको कदर गर्छन् ।

तर, सत्य पुरा नबुझी वा कुनै पक्षपोषक भइ बोल्नु भने खराब हुन सक्छ । आफुले बोलेको कुरा केवल निकटता वा कुनै पुर्वाग्रहका कारण नहोस् भन्ने कुरामा भने हेक्का राख्नु पर्छ ।

१३. आवेग रोक्नुहोस्

इज्जतदार मान्छे त्यो हो, जो दुखमा आत्तिदैन र सुखमा मात्तिदैन । अर्थात, अवस्था फरक परे पनि मानिसको स्वभाव समान हुनु पर्छ । यस्तो शान्त स्वभावको मानिसलाई सबैले मन पराउँछन् । कुनै कुराबाट आवेगमा आइ तत्काल प्रतिक्रिया दिने गर्नु हुदैन । झट्ट सुन्दा गलत लागेका कुराहरुको बारेमा राम्ररी बुझे पछि ति कुराको बारेमा आफ्नो सोचाइ चै गलत भएको थाहा पाउँन पनि सकिन्छ ।

आफ्नो आवेगलाई रोक्नुहोस् । पुरा कुरा थाहा पाउँन धैर्य गर्नुहोस् । तत्काल प्रतिक्रिया दिदै नदिनुहोस् । संसारमा सबै कुरामा प्रतिक्रिया दिनै पर्छ भन्ने हुन्न ।

१४. इज्जत दिनुहोस्

अन्तिम तरिकामा लेखिएको भए पनि यो अरु भन्दा कम महत्वपुर्ण तरिका होइन । तपाईले कसैबाट इज्जत चाहनु हुन्छ भने पहिलो शर्त हो, उसको पनि इज्जत गर्नु । तपाई जति अरुलाई इज्जत गर्नुहुन्छ, मानिसहरुले तपाईलाई उति नैतिक वा असल मानिसका रुपमा बुझ्छन् र फिर्तामा तपाईलाई इज्जत नै दिन्छन् ।

यी भए अरुबाट इज्जत पाउँन गर्नु पर्ने १४ वटा तरिकाहरु । यसका अतिरिक्त अरु तरिकाहरु पनि हुन्छन् । हामीले ति तरिकाहरुमा पनि ध्यान दिनु पर्छ । र मुख्य कुरा, यी कुनै पनि तरिकाहरु बनावटी हुनु हुदैन । विस्तारै आफ्नो स्वभाव यीनै तरिकाहरुबाट चल्ने बनाउँन सके राम्रो हुन्छ ।