मालपोत कार्यालय गुल्मीमा अनलाईन सेवा शुरु

0
629

अनिल खत्री, गुल्मी भदौ  १२ ।

सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउन मालपोत कार्यालय गुल्मीले अनलाईन मार्फत सेवा शुभारम्भ गरेको छ । लिखित माध्यमबाट रजिष्टरमा लेखेर काम हुँदै आएको कार्यालयमा कम्प्युटर मार्फत सेवा शुभारम्भ भएको हो ।

सेवाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख अनलाईन सेवाको शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगरप्रमुख भुसालले अनलाइन सेवासँगै गलत काम सबै समाप्त भएको बताउनु भयो ।उहाँले जग्गा लिनदिन गर्ने सवाल लिखतबाट केहि त्रुटि हुने गरेतापनि अनलाइन सेवाले सेवा प्रवाहमा सहजता ल्याउने बताउनु भयो । सेवा ग्राहीका सम्पती पनि सुरक्षीत र स्पष्ट रहने बताए ।

सेवा सञ्चलनमा आएसँगै एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने नगर प्रमुख भुसालको भनाई छ । सेवा शुभारम्भ कार्यक्रममा भूमी व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतम अनलाईन मार्फत सेवा हालसम्म ८४ वटा कार्यालयले शुरु गरेको बताउनु भयो । डिजिटल प्रबिधि मार्फत काम हुँदा किर्ते कामको अत्य र राजश्व संकलनमा पारदर्शीता आउने गौतमले बताउनु भयो ।

प्रबिधिमैत्री सेवा भएकाले मालपोत कार्यालयले गर्ने कार्य दैनिक केन्द्रबाट अनुगमन गर्न हेर्न सकिने भएकाले यसले सेवा प्रवाहमा अत्यन्तै पारदर्शीता ल्याउने बताउनु भयो । यहाँ भएका दैनिक कामहरु सिधै केन्द्रमा जाने भएकाले डाटा सुरक्षीत रहने निर्देशक गौतमले बताउनु भयो । अनलाइन सेवाको पहिलो सेवाग्राही रुपमा इस्मा गाउँपालिका वडा नम्बर ३ का पबित्रा कुँवर लाल बहालदुर कुँवरले पुर्जा लिनुभयो । पहिलो सेवाग्राही कुँवरलाई नगर प्रमुख भुसाल र निर्देशक गौतमले लालपूर्जा प्रदान गर्नु भयो ।

कम्प्युटर मार्फत प्रिन्ट गरिएको लालपुर्जा पाएकोमा सेवाग्राही पबित्रा कुँवरले खुसी व्यक्त गर्नुभयो । अनलाइन सेवा मार्फत सेवा लिदा हार्डकपी र सफ्टकपीगरी दुबै तरिकाले सेवा प्रदान गरिने कार्यालय प्रमुख रामचन्द्र गौतमले बताउनु भयो । यो सेवाले काममा पादर्शी र सजिलो बनाउने कार्यालय प्रमुख गौतमले बताउनु भयो । मालपोत कार्यालयमा सेवाप्रवाहलाई सहज र सजिलो बनाउन ग्लोवल आइएमइ बैंकको शाखा कार्यालयमै स्थापन गरिएको छ ।

कार्यालयमा उठने सम्पूर्ण रकम दैनिक रुपमा बैंक मार्फत हुने गरेको छ । कार्यालयबाट सेवा लिदा सेवाग्राहीले तिनुपर्ने राजस्वर वापतको रकम बैंकमा सिधै दाखिला गरेर मात्रै जग्गाको कारोवार हुने कार्यालयका लेखापाल पुरन नेपालीले बताउनु भयो । यसले सेवाग्राहीलाई सजिलो र बढि रकम तिर्नु पर्ने ठगिनु पर्नेबाट पनि जोगिने लेखापाल नेपालीले बताउनु भयो ।

SHARE