Thursday, June 4, 2026

गुल्मी उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिद्धारा आयोजित दरखाने कार्यक्रमको फोटो फिचर

0

नेपाली हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा गुल्मी उद्योग वाणिज्य को भवनमा शनिबार गुल्मी उद्योग वाणिज्य संघ ,  महिला उद्यमी विकास समितिद्धारा आयोजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ हेरौं केहि फोटो फिचरहरु

विप्लव समूहद्वारा जग्गा कब्जा

0

 

भदौ १४, २०७६ भद्रपुर , सरकारद्वारा प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ। विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुंगानाको घरसहित जग्गा कब्जा गरेको हो। जनपरिषद् झापाका प्रमुख यम गिरीले विज्ञप्ति जारी गर्दै प्रकाशन ढुङ्गानाको जमिनसहित घर कब्जामा लिएको जानकारी दिएको छ। विज्ञप्तिमा गौरदाह–९ का शहीद विष्णु हस्ताको परिवारले मोहियानी हकमार्फत भूपेन्द्र ढुङ्गाना एवं उनका परिवारबाट तत्कालीन जनसत्ताको रोहबरमा पीडित चादमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवं कथित अदालत समेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दी प्रति जिल्ला जनपरिसदको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तै, जनपरिषद् झापा, तत्कालीन जनसत्ता एवं सामाजिक रूपमा पटक—पटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पीडक भूपेन्द्र एवं उनका परिवारले भोगचलन गरिराखेको जग्गासहित घर कब्जा गरिएको घोषणा गरेको छ। कब्जा गरिएको जग्गामा ब्यानर पनि टाँगिएको छ।

 

 

ब्यानरमा पीडित चन्द्रमणि हस्ताको परिवारलाई मोहियानी हक बापत दिनुपर्ने जग्गा नदिएको, पीडित परिवारलाई अदालत र प्रशासन प्रयोग गरी घर संरचना खाली गर्न आतङ्क सिर्जना गरेको र तत्कालीन जनसत्ताको निर्णय एवं सामाजिक अगुवाहरूको रोहबरमा गरेको लिखित सहमति उल्लङ्घन गरेकोले १५ दिनभित्र पीडितले न्याय नपाए जिल्ला जनपरिषद् झापाद्वारा उचित जनकारबाही गरिने उल्लेख गरिएको छ। यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले यस विषयमा आफूलाई थाहा नभएको बताए। उनले त्यस क्षेत्रका प्रहरी टोलीलाई तत्काल त्यहाँ खटाएर यस बारेमा प्रतिक्रिया दिए।

गृहले गठन गर्‍यो ४ सदस्यीय गौहत्या प्रकरण छानबिन समिति

0

 

 

 

भदौ १४, २०७६ काठमाडौं , सुर्खेतमा भएको गौहत्यको घटनाप्रति गम्मीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्रालयले छानबिन गर्नका लागि चार सदस्यय टोली गठन गरेको छ। शनिबार मन्त्रालय सहसचिव एवं प्रवक्ता रामकृष्णले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन भएको समितिलाई १५ दिनको समयावधि दिइएको बताएका छन्। उक्त समितिमा सुरक्षाकर्मीका प्रतिनिधि पनि रहने बताइएको छ। समितिले १५ दिनभित्रमा गाईगोरुको ‌ओसारपसार, अस्वाभाविक मृत्यु तथा घाइते भएको सम्बन्धमा सत्यतथ्य बुझ घटनामा कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता रहेको भन्ने विषयमा छानबिन गरेर प्रतिवेदन पेस गर्ने छ। त्यस्तै, गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने पनि जनाइएको छ। साथै उक्त घटनाका दोषीलाई कुनै किसिमको उन्मुक्ति नदिइने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको छ। शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ कुटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा दुई दर्जनबढी गाईगोरु मरेको भेटिएका थिए भने अन्य केही गम्भीर घाइते भएका थिए। स्थानीयका अनुसार बिहीबार राति ट्रकमा लाइएका गाईगोरुलाई भीरबाट खसालिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा प्रयोग भएका पाँचवटा ट्रक र ट्रक चालकलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जनाएको छ। ट्रक चालकबाट प्राप्त पत्रमा नेपालगञ्ज उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयले नेपालगञ्ज कान्जिहाउसमा रहेका ३७० वटा गाइगोरु र बाच्छाबाच्छी नगर प्रहरीको कमाण्डमा दैलेखको श्रीस्थान लैजाने उल्लेख गरिएको थियो। तर, दैलेखका स्थानीय तहले यसबारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्। सोही घटनाका बारेमा छानबिन गर्नका लागि गृहमन्त्रालयले समिति गठन गरेको हो।

राति गाडीमा ल्याएर सयौँ गाई भीरबाट खसाइएको खुलासा ,,, दोषीलाई कार्वाही हुने डिएसपी रावल दाबी

0

भदौ १३, २०७६ सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवामा दर्जनौँ गाईको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारिएको छ। बिहीबार राति अज्ञात समूहले अन्यत्रबाट ट्रक तथा टिपरमा सयौँ गाई ल्याएर भीरबाट खसालेको पाइएको हो। वीरेन्द्रनगरको वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा झन्डै २ सय गाई छोडिएका छन्। वीरेन्द्रनगर–१४ का स्थानीय कृष्णप्रसाद पोख्रेलका अनुसार गाई बिहीबार राति गाडीमा ल्याएर भीरबाट खसाइएको हो। ट्रकबाट भीरमा खसाउँदा १६ वटाभन्दा बढी गाई मरेका छन् भने १ सय ३० भन्दा बढी गाई घाइते छन्। जिल्ला प्रहरी कार्यालयमा डिएसपी रवि रावलले १६ वटा गाईगोरु मरेका भेटिएको बताए। ‘४ गोरु र १२ गाई मरेका भेटिए, हामी पोष्टमार्टम, र डाटा अपडेट गर्दै छौँ। गाईको तथ्यांक थप पनि हुन सक्छ’ रावलले भने। पाँचवटा ट्रक बबईबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। ‘हामीले अनुसन्धान गरिरहेका छौँ, दोषीलाई आवश्यक कार्वाही हुन्छ’ डिएसपी रावलले भने। प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले लेखेको चिठी देखाएर नै गाँडी ल्याइएको जनाइएको छ। दैलेखको श्रीस्थान क्षेत्रमा सहयोग गर्ने भनेर गाई पठाएको बुझिएको छ। बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका आठ वटा ट्रक सुर्खेतको सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको पाइएको छ। स्थानीयले सामूहिक गौहत्या गरिएको बताएका छन्।

प्रेसलाई मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक

0

भदौ १३, २०७६ काठमाडौं स् सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पारेका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताएका हुन्। लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस् प्रणालीले काम नगरोस् भन्ने तहबाट हुने बाह्य आक्रमणहरू र मिडिया आफैँ बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनीयतामाथि प्रश्न उठाएको र त्यो आन्तरिक चुनौति डरलाग्दो रहेको भन्दै उनले ती सबै चुनौतिको सहज व्यवस्थापन गर्ने सोचमा रहेर विधेयमा आवश्यक व्यवस्था गरिएको बताए। उनले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पारे। स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मुल्य मुल्य पद्धति भित्र नपर्ने विषय भएको भन्दै उनले सरकारले कानुनी नियमन र स्वनियमनलाई विधेयकमा उठाइएको बताए। कारवाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टीकरण अनि क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै उनले क्षतिपूर्ति र दण्ड जरिवानाका कुरालाई अदालति प्रक्रियामा लैजान सकिने बताए। पत्रकारिताभन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको अचम्म अचम्मका प्रवृति देखिएको भन्दै उनले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताए। उनले भने “जसलाई जे पनि भनेको छ। जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन। उत्तरदायित्व छैन। संविधान खारेज गरौँ। संशोधन होइन खारेज। समाप्त गरौँ। अर्को चीज ल्याऊँ। यो पनि पत्रकारिता होरु यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने रु यो त्यस्तो होरु म सोध्न चाहन्छु। भन्न पनि चाहन्छु। हिजो निरकुंश कालमा जय जय गान गाएर हिँड्ने त्यसको विषयमा केही बोल्न नसक्ने त्यसका विरुद्ध लडेर आएको शक्तिलाई चाही अथ्र्यौकै गर्नका निम्ति यो चाँही लोकतन्त्ररु लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति हो। त्यसको समाप्तीका लागि त्यो छुट दिन सकिन्न। सकिन्छ ररु ” तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफूले ल्याएको दाबी गर्दै त्यसविरुद्ध विभिन्न बक्तव्य बाजी गर्दै हिडेकोमा पनि उनले आपत्ति जनाए। उनले राजतन्त्रका पक्षधर प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याई पुनर्स्थापित हुने प्रयास गरिरहेको दाबी गरे। उनले नेताहरूको मानमर्दन गरि स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रूपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बताए। उनले अनुजा, भक्तमान, दिलशोभालगायत प्रकरणबाट सरकार अनुशप्त रहेको स्मरण गराउँदै कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने चेतावनी दिए। उनले भने, “अनुजा, भक्तमान, दिलशोभा प्रकरण हेरौ न। अदालती काम प्रेसले गर्न सक्दैन। मिडिया ट्रयाल हुन सक्दैन। अदालती ट्रायल हुन्छ। पहिल्यै राय दिएर समाजलाई दिग्भ्रमित बनाउने कुरा, यस्तै कुराले हो अराजकता र स्वच्छन्दता मौलाउँदै गएपछि स्वतन्त्रता, लोकतन्त्र अप्ठ्यारोमा पर्ने।” आमसञ्चार सम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई समृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिबद्धता पनि उनले जनाए। छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।

गगन थापाको नेतृत्वमा सडक विभागअगाडि धर्ना

0

भदौ १३, २०७६ काठमाडौं , सांसद गगन थापासहित काठमाडौं क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन्। काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत कपन र बूढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनलगायतका निर्माण कम्पनीविरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन्। चावहिल कपनलगायत काठमाडैं क्षेत्र नं ४ का सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको छ। सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्। नेपाली काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन्। सांसद गगन थापाले आफूहरूको अनुरोधलाई बेवास्ता गरे सडक विभाग र मन्त्रालयको विरुद्ध सडक संघर्षलाई सिंहदरबारभित्र लाने चेतावनी दिए। काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ। शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को विकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ। चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आह्वान गरिएको छ। यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ।

भाइरल ज्वरोका कारण शिक्षक विरामी परेपछि विद्यालय बन्द

0

भदौ १३, २०७६ कञ्चनपुर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बैशाखामा रहेको श्रीराम आधारभूत विद्यालयका शिक्षक भाइरल ज्वरोका कारण विरामी परेपछि विद्यालय बन्द भएको छ। विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई भाइरल ज्वरो आएपछि तीन अघिदेखि विद्यालय बन्द भएको हो। विद्यालयमा दुई जना निजी र एक जना बालविकासमा गरी तीन जना शिक्षक कार्यरत रहेका छन्। वातावरणमा आएको परिवर्तन सँगै विद्यालयमा कार्यरत शिक्षक सबै जना विरामी परेपछि विद्यालय बन्द गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर कुँवरले बताए। ‘विरामी परेपछि शिक्षक उपचार गर्न गएका छन। त्यसैले विद्यालय बन्द गर्नु परेको होु उनले भने। विद्यालयमा दलित, निकुञ्ज विस्थापित र मुक्त कमैयाका गरी १५० जना विद्यार्थी अध्ययनरत रहेका छन। स्थानीय बासिन्दाको पहलमा विद्यालय सञ्चालन हुँदै आएको छ।

महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्ने मध्ये अधिकांशमा भाइरल ज्वरोको संक्रमण देखा परेको छ। उपचारका लागि पुग्ने मध्ये ७० प्रतिशत बढी विरामीमा भाइरल ज्वरोको संक्रमण देखा परेको हो। साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका विरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको हो अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भने, ‘हाल सम्म भाइरलका विरामी आउने क्रम रोकिएको छैन।’ ज्वरो आउने, टाउको, घाँटी, हात खुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्ने लगायतका लक्षण भएका विरामीको संख्या प्रति दिन बढदो रुपमा रहेको उनले बताए। उनका अनुसार अस्पतालमा दैनिक दुई सयको हाराहारीमा विरामी उपचारका लागि पुग्ने गरेका छन। जस मध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका विरामी हुने गरेका छन्। ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको संख्या अधिक रहने गरेको छ। लक्षणका आधारमा भाइरलको संक्रमण भएका विरामीको चिकित्सकले उपचार गर्दै आएका छन्। वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको संक्रमण हुने गरेको छ। यसैगरी ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका विरामीको संख्या बढदो छ। स्वास्थ्य चौकीमा दैनिक ६० जनाको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि पुग्ने गरेका छन। बजार क्षेत्रका निजी क्लिनिकमा भाइरल ज्वरोको उपचारका लागि पुग्ने विरामीको संख्या समेत उत्तिकै रहेको छ।

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

0

भदौ १३, २०७६ काठमाडौं , सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र संचालकमा श्री हसिना शर्मा नियुक्त भएकी छिन्। बिहीबार बसेको सञ्चालक समिति बैठकले श्री हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो। शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रूपमा कार्य गरिसकेको लामो अनुभव रहेको बैंकले जानकारी दिएको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १६३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ सेवा, १८० एटिएम र १,५०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

अपाङग भएकी सीतालाई घर

0

भदौ १३, २०७६ गुल्मी ः जन्मजात रुपमै अपाङ्ग रहेकी रेसुङ्गा नगरपालिका गुल्मीकी सीता पन्थीलाई गुल्मीका संघ संस्थाहरुले घर बनाइ दिएका छन् ।
जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर–७ सुकुम्बासी लाइनमा बस्ने शारीरिक अपाङ्गता भएकी सीता पन्थीलाई घर निर्माण गरिदिएका हुन् ।
तम्घासको पुतली बजारमा दुबै खुट्टा नचल्ने अबस्थामा रहेकी पन्थीलाई अपाङ्ग मैत्री घर पाएपछि उनी खुसी भएकी छिन् ।
तर यहाँका केहि सामाजिक अभियान्तको सहयोगले अपाङ्ग पन्थीलाई घर निर्माण भएको हो । बृद्धाआमासँग निकै कष्टपूर्ण अबस्थामा बस्दै आएकी पन्थीलाई तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सक्रियतामा तम्घासमा रहेका अरु आदा दर्जन संस्थाको सहकार्यमा घर निर्माण गरिदिएका हुन् ।
सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अबस्थामा रहेको घरमा बस्दै आएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी समाजसेवी अम्बीका श्रेष्ठ घर निर्माण गर्न बिभिन्न संस्थासँग सहकार्य गरेकी थिइन् ।
उनले सुरुमै आशा अपाङ्ग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो । समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुङ्ग नगरपालिका, प्रदेश नम्बर ५ सामाजिक बिकास मन्त्रालय सहित झण्डै ५० जना भन्दा वढि व्यक्ति एवं संघ संस्थाको सानो–सानो सहयोगमा घर निर्माण सम्पन्न भएको थियो ।
निर्माण भएको घरमा आर्थिक रकम सँगै निर्माण गर्न नेपाली सेना बिरभद्रजंग गुल्म गुल्मीले निर्माण सम्पन्न गर्न सम्पूर्ण श्रमदान गरेको थियो । सरकारी तथा गैर सरकारी एवं बिभिन्न व्यक्तिहरुको करिब चार लाख रकममा निर्माण भएको घरको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिका गुल्मीकी उपप्रमुख सीता भण्डारीले हस्तातरण गरिन् ।
निर्माण गरिएको घर हस्तातरण गर्दै नगर उपप्रमुख भण्डारीले घर निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले राज्यको तर्फबाट अपाङ्गहरुलाई सहयोग गर्ने निति अनुसार सहयोग हुँदै आएको बताइन् ।
घरमा आमाछोरी मात्रै त्यो पनि एक बृद्ध र अर्की अपाङ्ग रहेकाले सत्यशाही कला केन्द्र संगठनले खानाको लागि सहयोग गर्दै आएको बताइन् । उनले घर निर्माण भएपनि अरु थप सहयोगको जरुरी उनिहरुलाई आबश्यक रहेको बताइन् ।
घर हस्तातरण कार्यक्रममा निर्माण समिति, श्रमदान गर्ने बिरभद्रजंग गुल्मका नेपाली सेना, समाज सेवी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

सुनको मूल्य एक हजारले घट्यो

0

१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।

बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतातोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।