Thursday, June 4, 2026

व्यवसायीकाे लाहपरवाहिले निर्माण याेजना अलपत्र : मन्त्री ज्ञवाली

0

हुमाकान्त पाेखरेल
गुल्मी, २८ भदाै । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले निर्माण व्यवसायीकाे लाहपरवाहिका कारण निर्माणका कामले गति लिन नसकेकाे बताएका छन् । जिल्लाकाे सत्यवती गाँउपालिका ६ मा निर्माणाधिन उल्लिखाेला पुलकाे अनुगमन गर्दै उनले यस्ताे बताएका हुन् । ठेक्का लामाे समयसम्म कामै नगरिकन राख्ने, एउटै व्यवसायीले धेरै ठाँउकाे जिम्मा लिने तर काम नगर्ने, विभिन्न बाहाना पारेर काम नगर्ने जस्ता निर्माण व्यवसायिका कारण याेजनाहरू समयमै सम्पन्न हुन नसकेकाे आराेप लगाए । `पाएकाे जिम्मामा काम नगरिकन बस्ने र अनेक बाहाना बनाएर तर्कन खाेज्नु राम्राे हाेइन ।´ उनले भने, `देश र जनताकाे हितलाई केन्द्रमा राखेर काम गर्नु उचित हुन्छ ।´ निर्माण व्यवसायीमा ठुलाे समस्या भएकाे भन्दै त्यसलाई व्यवसायीहरूले गम्भीर रूपमा लिनुपर्ने उनले बताए । मन्त्री ज्ञवालीले व्यवसायीका पनि केही समस्या भए सरकार समाधान गर्न तयार रहेकाे तर अनेक बाहानामा जनतालाई दुख दिन नपाइने बताए ।

`व्यवसायीकै कारण धेरै याेजना अलपत्र परे, जनताले दु:ख पाए । ज्ञवालीले भने,`समयमै काम नगर्ने व्यवसायीलाई कारवाहि गर्छाै ।´ समयमै काम नसक्ने निर्माण व्यवसायीकाे ठेक्का रद्द गर्ने र कम्पनी कालाे सुचिमा राख्ने पनि उनले बताए । भारतबाट पाइपबाट तेल ल्याउने, भेरी बंबई सिँचाई आयाेजना, विभिन्न विमानिस्थल, कालिगण्डकी करिडाेर लगायतका अायाेजनाहरू समयमै सम्पन्न भएकाेले चाहेमा समयमै काम गर्न सकिने उनले बताए । शनिबारदेखि जिल्लाकाे रूरू गाँउपालिका १ रिडीमा सुरू हुने धार्मिक महायज्ञकाे उद्घाटन गर्न मन्त्री ज्ञवाली गुल्मी आएका हुन् । साेहि क्षेत्रका सासंद समेत रहेका मन्त्री ज्ञवालीले विभिन्न आयाेजनाकाे समेत अवलाेकन गरेका छन् ।

आजदेखि सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै पितृको सम्झना

0

काठमाडौं : आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ।  आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले आजैदेखि सोह्रश्राद्ध सुरु भएको हो। आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो।  सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए।  चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। पितृ पक्षमा अपराह्नको समयमा श्राद्ध गर्नुपर्छ।  धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको अध्यक्ष गौतमले बताउनुभयो। एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनु हुँदैन र अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् भन्ने मान्यता छ।  सोह्रश्राद्धका अवसरमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया,  चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावकासाथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ।

अबकास भएका ब्याक्तिको नाममा समायोज पत्र

0

 

 

 

तिलाचन पाण्डे
भदौ २७, २०७६ गुल्मी ः जिल्ला बन डिभिजन कार्यलय गुल्मीबाट गत बैशाखमा उमेरहद बन्दीका कारण अबकास लिएका बन रक्षक चन्द्र बहादुर बस्नेतको नाममा समायोजन पत्र आएको पाइएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई संघमा समायोजन भएको पत्र पठाएको छ ।
यता डिभिजनबन कार्यलय गुल्मीका प्रमुख बोधराज सुबेदीले भने भुलबस आएको बताउदै यसलाई केन्द्रमा जानकारी गराउने बताए ।

 


यता संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुचना अधिकारी जिबलाल भुसालका अनुसार पुसबाट समायोजनको प्रत्रिया सुरु भएको र माघ देखी फागुन सम्ममा समायोजनको पत्र तयार भएका कारण यस्तो भएको बताए । अबकास हुने ब्याक्तिले निजामती किताब खानामा पत्र दिएता पनि कर्मचारी समायोजन शाखामा जानकारी नआएका कारण यस्तो समस्या भएको भन्दै संबन्धित कार्यलयले अबकास भएको आधिकारीक पत्र समायोजन शाखामा पठाए पश्चात समस्याको समाधान हुने दाबी गरे ।

पहिरोमा पुरिएका ६ जनाकै शव निकालियो

0

 

 

 

भदौ २७, २०७६ रोल्पा रोल्पाको थबाङमा पहिरोमा पुरिएका ६ जनाकै मृत्यु भएको छ। थबाङ(२ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा थबाङ(२ छेर्लबाङ का २८ वर्षीय शीर कुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, ९ वर्षीय देवस्थी बुढा र २ वर्षीय करिश्मा बुढाको शव पहिरोबाट बाहिर निकालिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लीला आचार्यले टेलिफोनमा जानकारी दिए। पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। सदरमुकाम बाट ७० किलोमिटर उत्तरमा थबाङको घटनास्थल निकै विकट भएकाले उद्दार गर्न निकै कठिन भएको थबाङ इलाका प्रहरी कार्यालयका सई मोतिराम खड्काले जानकारी दिए। विकट क्षेत्र भएका कारण घटनास्थल वरिपरि टेलिफोन सम्पर्क हुन नसक्दा उद्दारकार्यमा निकै समस्या भएको खड्काले बताए। दुईतले ढुंगे घरको माथिल्लो तला र तल्ला तलामा सुतिरहेका ६ जनालाई पहिरोले पुरेको थियो। घरमा रहेका चौपाया पनि पुरिएका छन्। गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। जानकारी पाउनेबित्तिकै थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र गाउँलेहरू घटना स्थल पुगेर उद्दार गरेका थिए। घटनास्थल नजिकैका प्रहरी चौकि बाट पनि प्रहरी टोली घटनास्थलमा पुगेर उद्दार गरिएको जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरूङले बताए। घटनास्थल बाट शव पोष्टमाटम गर्न सदरमुकाम ल्याउन गाडीमा झन्डै २ दिन समय लाग्ने प्रहरी निरीक्षक आचार्यको भनाइ छ। घटनास्थलबाट गाडी चल्ने सडकसम्म आउन मानिसलाई करिब डेढ दिन लाग्ने र गाढि चढेर सदरमुकाम आउन आधा दिन समय लाग्ने हुँदा पूरा २ दिन सव सदरमुकाम ल्याउन लाग्ने उनको भनाइ छ।

सिद्धबाबामा पहिरोले जिप पुरिँदा एकजनाको मृत्यु,

0

 

 

 

भदौ २७, २०७६

सिद्धबाबामा पहिरोले दुईवटा गाडी पुरिँदा एक जनाको मृत्यु भएको छन्। चार जना घाइते भएका छन् । पाल्पा तानसेन–बुटवल सडकखण्र्ड अन्तर्गत सिद्धबाबामा पहिरोले दुई वटा जिप पुरेको छ। बुटवलदेखि गुल्मीको पूर्तिघाट जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५९३८ नम्बरको जिप पुरिएका हुन्। दुर्घटनामा जिप चालक स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ छापचौरका २६ वर्षीय कमल परियारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार चारजना घाइते भएका छन्। घाइतेमध्ये बुटवल उपमहानगरपालिका नयाँगाउँका २० वर्षीय नगेन्द्र हमालको अवस्था गम्भीर रहेको छ। अन्य घाइमा नयाँगाउँकै मिलन शाह, गुल्मीको पूर्तिघाटका २२ वर्षीय प्रेम सुनार, रुपन्देहीको तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल रहेका छन्। घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेत्रज्योति संघ, प्रदेश पाँचको सभापतिमा राणा

0

 

 

 

तिलाचन पाण्डे
भदौ २५ , २०७६ गुल्मी ः नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा रुपन्देही शाखाका सागरप्रताव राणालाई चयन गरेको छ ।
मंगलबार देखि गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले राणालाई सर्वसम्मत सभापति पदमा चयन गरेको हो ।
अधिबेशन ब्यवस्थापन समितिका सदस्य पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी , कोषाध्यक्षमा दाङ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।
सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य , गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय सहित ९ सदस्य प्रदेश कार्य समिति गठन गरेको छ ।
अधिबेशन ब्यवस्थापन समितिका संयोजक तथा रेसङ्घाु नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले अधिवेशन गुल्मीमा सम्पन्न गर्न पाएको आफुहरुले ऐतिहासिक रुपमा लिएको बताए । कार्य समितिको कार्यअबधि २ बर्षको रहने छ ।

रुखले किचेर दाङमा एक बालकको मृत्यु

0

 

भदौ २५, २०७६ दाङ स् दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु भएको हो। विद्यालयवाट घर फर्कदै गर्दा मंगलवार अपरान्ह रुख ढलेर किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। रुखले लागेर सोही ठाउँका अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको र उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए।

दुई बालिका दुई सातादेखि बेपत्ता

0

 

 

भदौ २५, २०७६ सल्यान स् बन्गाड कुपिन्डे नगरपालिका–१० माझकाँडाकी दुई बालिका एक सातादेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन्। श्री भगवती आधारभुत विद्यालयमा माझकाँडामा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खीमा वली र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएकी हुन्। भदौ १९ बेलुका ७ बजेसम्म घरमै खेलिरहेका उनीहरु अकस्मात हराएको खिमाका बुवा अम्बर वलीले बताए। छरछिमेक, वरपर खोजबिन गर्दा पनि फेला पार्न नसकेको वलीको भनाइ छ। दुवै बालिकाको खोजी कार्य भइरहेको प्रहरी चौकी बालुवासंग्रहीका इन्चार्ज दीपक शाही ठकुरीले बताए। दुवै बालिकाको फोटो र हुलियाका आधारमा खोजी भइरहेको र हालसम्म फेला पार्न नसकिएको उनले बताए।

 

थाहा खबरबाट

कति मूल्यमा भयो सुनको कारोबार

0

 

 

भदौ २५, २०७६ काठमाडौं स् बुधबार सुनको मूल्यमा स्थिर रहेको छ। नेपाली सुनचाँदीको बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी तोलामा भने मंगलबारको तुलनामा दश रूपैयाँ बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशसहित १५ विद्यार्थी पक्राउ

0

 

 

भदौ २५, २०७६ चितवन स् सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ परेका छन्। चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। उनिहरु सबै मेडिकल कलेजका विद्यार्थी हुन्। केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।