कति मूल्यमा भयो सुनको कारोबार

0
318

 

 

भदौ २५, २०७६ काठमाडौं स् बुधबार सुनको मूल्यमा स्थिर रहेको छ। नेपाली सुनचाँदीको बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी तोलामा भने मंगलबारको तुलनामा दश रूपैयाँ बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।

SHARE