Thursday, June 4, 2026

गुल्मीका सिहंदरबार : घरभाडामै खर्चिए डेढ करोड

0

हुमाकान्त पोखरेल, गुम्मी असोज ८ ।
गुल्मीका सिंहदरबारले घरभाडामै डेढ करोड खर्च गरेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले हालसम्म कुल एक करोड ३७ लाख ५२ हजार १३५ घरभाडामै खर्च गरेका छन् ।
२०७३ फागुन २७ गते स्थानीय तह स्थापना भए । त्यस समयदेखि २०७५ असार मसान्तसम्म जिल्लाका सबै स्थानीय तहले घरभाडाबापत सो रकम बुझाएका हुन् । चन्द्रकोट गाउँपालिकाले हालसम्म घरभाडास्वरुप २२ लाख ६६ हजार ६ सय खर्च गरेको छ । यो रकम जिल्लाका सबै स्थानीय तहले बुझाउने मध्येको सबैभन्दा धेरै हो । गाउँपालिकाको वडा नम्बर ६ समेत भाडामै संचालित छ ।
गाउँपालिकाको कार्यालय संचालनको लागि १६ कोठासहितको स्थानीय क्याम्पस भाडामा लिइएको छ । भने प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी सहितका केहि कर्मचारी र गाउँपालिका उपाध्यक्ष राधिका अर्याल बस्ने कोठा पनि भाडामै लिइएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७३/७४ मा ६० हजार घरभाडामै बुझायो । त्यस्तै आर्थिक बर्ष ०७४/७५ मा ८ लाख ९२ हजार तथा आ.व. ०७५/७६ मा १३ लाख १४ हजार ६ सय खर्च भएको लेखापाल बाबुराम भुसालले जानकारी दिए ।
मदाने गाउँपालिकाले ०७५ असार मसान्तसम्म कुल ६ लाख ४५ हजार भाडा बुझाएको छ । गाउँपालिकाका दुई वडा समेत भाडामै संचालित छन् । जसमध्ये आ.व. ०७३/७४ मा ३ महिनाको ७५ हजार गाउँपालिकाको घरभाडा बुझाएको छ । ०७४/७५ मा मासिक २५ हजारका दरले तीन लाख तथा ०७५/७६ मा मासिक १५ हजारका दरले एक लाख ८० हजार घरभाडामा खर्च भएको सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

कालिगण्डकी गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ का कार्यालय भाडामै संचालन भएका छन् । भने गाउँपालिकाको कार्यालय पनि भाडामै संचालित छ । वडातर्फ आ.व. ०७३/७४ मा १ लाख ५ हजार, ०७४/७५ मा २ लाख ५२ हजार तथा ०७५/७६ मा २ लाख ५२ हजार बुझाएको छ । भने गाउँपालिकाको भाडास्वरुप आ.व. ७३/७४ मा ४८ हजार बुझाएको छ । त्यस्तै आ.व. ०७४/७५ मा १ लाख ४४ हजार र आ.व. ७५/७६ मा पनि १ लाख ४४ हजार बुझाएको छ । गाउँपालिकाले ०७५ असार मसान्तसम्म वडा तथा गाउँपालिका कार्यालयको गरी कुल ९ लाख ४५ हजार बुझाएको सुचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिए ।

सत्यवती गाउँपालिकाले आ.व. ०७३/७४ मा ४ महिनाको घरभाडा ३ लाख १० हजार बुझाएको छ । आ.व. ०७४/७५ मा ७ लाख ९५ हजार तथा ०७५/७६ मा ९ लाख ४५ हजार बुझाएको सुचना अधिकारी नेत्र प्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिका कार्यालय स्थापना भएदेखि ०७५ असार मसान्तसम्म कुल २० लाख ५० हजार घरभाडामै खर्च भएको पाण्डेले बताए । छत्रकोट गाउँपालिकाका पनि गाउँपालिका कार्यालय सहित विषयगत सबै शाखा भाडाकै घरमा संचालित छन् । सबै विषयगत शाखासहित आ.व. ०७४/७५ देखि मासिक ४८ हजार १ सय का दरले गाउँपालिकाले भाडा बुझाउदैँ आएको छ । यसरी २४ महिनाको ११ लाख ५४ हजार ४ सय घरभाडामै खर्च भएको सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

जिल्लाको रुरु गाउँपालिकाको वडा नम्बर ४ को स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र लगायत अन्य विषय गत शाखाका कार्यालय पनि पनि भाडामै संचालित छ । गाउँपालिका कार्यालय वडामा संचालन गरिएको छ । यसभन्दा अगाडी संचालन गरिएको गाउँपालिका कार्यालयमा अहिले अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष छ । गाउँपालिकाले कुल १० लाख १० हजार ५३५ घरभाडामै खर्च गरेको स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिए । इस्मा गाउँपालिका गठन हुँदा सुरुमा इस्मा स्वास्थ्य चौकी भवनमा कार्यालय व्यवस्थापन ग¥र्यो । त्यसपछि ०७४ असार १ गतेदेखि ०७५ मंसिर मसान्तसम्म प्रतिकोठा ३ हजारका दरले ७ कोठाको मासिक २१ हजार बुझाउने गरी घर भाडामा लिएको सुचना अधिकारी नारायण महतले जानकारी दिए । ०७५ पुष १ गतेबाट ३ कोठा थप गरी भाडा बुझाउने सम्झौता भयो । जसअनुसार दुई आर्थिक बर्षमा कुल ५ लाख ८८ हजार भाडामा खर्च भएको सुचना अधिकारी महतले बताए ।

मालिका गाउँपालिकाका वडा नम्बर ४ र ५ का कार्यालय समेत भाडामै संचालित छन् । आ.व. ७३/७४ मा वडा कार्यालयको भाडास्वरुप २५ हजार र ०७४/७५ मा ७५ हजार खर्च भयो । आ.व. ०७५/७६ मा ५ नम्बर वडा कार्यालयको मात्रै ३२ हजार तथा सोहि आ.व.मा गाउँपालिका कार्यालयको ८८ हजार भाडामा खर्च भयो । वडा तथा गाउँपालिकाको गरी मालिका गाउँपालिकामा २ लाख २० हजार खर्च भएको सुचना अधिकारी जगत बहादुर पौडेलले जानकारी दिए । २०७६ वैशाख २५ गतेबाट गाउँपालिकाले बहुउदेश्यीय सभाहलबाट कार्यालय संचालन गरेको पौडेलले बताए । रेसुगां नगरपालिकाले सात वडासहित नगरपालिकाको भवनको घरभाडा बुझाउदै आएको छ । भवन तथा वडासहितको ०७५ असार मसान्तसम्म कुल १४ लाख ५७ हजार ४० घरभाडा बुझाएको छ । नगरपालिका सुरुमा तम्घास बृहत खानेपानी आयोजनाको घर भाडामा लिएर बसेको थियो ।

त्यहाँ मासिक १४ हजार ६६५ का दरले १६ महिनाको कुल २ लाख ३४ हजार ६४० बुझाएको सुचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिए । त्यसपछि खानिगाउँको एक घरमा अहिले नगरपालिकाले मासिक ७६ हजार भाडा बुझाउछ । एक वडासहित नगरपालिकाले हालसम्म घरभाडाबापत ९ लाख ९८ हजार ६४० खर्च भएको छ । यो बाहेक नगरपालिकाका सात वडा भाडामा छन् । गत आर्थिक बर्षमा मात्रै नगरपालिकाका वडा कार्यालयको भाडा ४ लाख ५८ हजार ४ सय खर्च भएको छ । यसरी हिसाव गर्दा नगरपालिकाका सबै वडासहित हालसम्म कुल १४ लाख ५७ हजार ४० खर्च भएको सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिकाले ७ लाख ५० हजार र धुर्कोट गाउँपालिकाले ७ लाख ८० हजार घरभाडामै खर्च गरेका छन् ।

तीन गाउँपालिकाको केन्द्र नै टुङ्गिएन

जिल्लाका तीन गाउँपालिकाले गाउँपालिकाको केन्द्र नै टुङ्गाउन सकेका छैनन् । जिल्लाको इस्मा, मालिका र मदाने गाउँपालिकाले हालसम्म गाउँपालिकाको केन्द्र नै टुङ्गो लगाउन सकेका छैनन् । मदानेको केन्द्रबारे खासै चर्चा नभएपनि आधिकारिक रुपले टुङ्गाउन भने गाउँपालिकाले अझैसम्म पनि सकेको छैन् । मालिका गाउँपालिकाको केन्द्रको विषयमा अहिले अदालतमा मुद्धा छ । मुद्धाको केहि छिनोफानो नभएपनि गाउँपाकिा भने बहुउदेश्यीय सभाहलमा कार्यालय संचालन गरेको छ । इस्मा गाउँपालिकाको केन्द्र टुङ्गगो लगाउन अहिले कार्यदल पनि गठन भएको छ । तर कार्यदलको काम पनि अहिलेसम्म केहि आएको छैन् । प्राविधिकले सुरुमा चाप्टारीलाई केन्द्र बनाउन उपयुक्त हुने बताएका थिए । पछि गाउँपालिका कार्यालय वडा नम्बर ५ रजस्थलमा संचालन भयो । तर गाउँपालिकाको केन्द्र तोकिने समयबारे आफुहरु पनि अनविज्ञ रहेको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । मदाने गाउँपालिका हाल वडा नम्बर ६ को वडा कार्यालयमा संचालन भएको छ ।

कसैको छैन आफ्नै घर

जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै भवन बनाउन सकेका छैनन् । धुर्कोट गाउँपालिकाले तालिम केन्द्र भनेर बनाएको भवनमा अहिले गाउँपालिका कार्यालय संचालन गरेको छ । मदाने गाउँपालिका वडा कार्यालयमा बसेको छ भने मालिका गाउँपालिका बहुउदेश्ययीय भवनबाट काम गरेको छ । सबैभन्दा धेरै घरभाडा बुझाउने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले आफुहरुले क्याम्पसलाई सहयोगस्वरुप रकम दिएको बताए ।

दुई महिनाभित्र जग्गाको टुङ्गो लगाउने र केन्द्रले रकम दिए भवन बनाउने खत्रीले जानकारी दिए । रेसुङ्गा नगरपालिका केहि महिनापछि आफ्नै घरमा जाँदै छ । अन्य स्थानीय तहको केन्द्र टुङ्गो लागेपनि जग्गाको पहिचान हुन नसक्दा भवन निर्माण कार्य सुरु हुन सकेको छैन् । जसले गर्दा अझै पनि धेरै रकम घरभाडामै खर्च हुने देखिएको छ ।

तम्घासमा देवि भागवत महायज्ञ आयोजना हुँदै ।

0

गुल्मीको सरदमुकाम तम्घासमा देवि भागत महायज्ञ आयोजना हुने भएको छ । भवगवती मन्दिर व्यवस्थापन समिती खानी गाउँको आयोजनामा देवि भागवत महायज्ञको आयोजना गरिएको हो । परम्परागत रुपमा चार रचार वर्षको अवधीमा महायज्ञ आयोजना गरिदै आएता पनि विगत केही वर्ष देखि यता महायज्ञले निरन्तरता पाउन सकेको थिएन । परम्परागत रुपमा गरिदै आएको सस्किर्ती लाई संरक्षण गर्न र निर्माणधिन दिवा जेष्ठ नागरिक गृहलाई पुर्ण रुपमा सम्पन्न गर्न उद्देश्यले देवि भागवत महायज्ञको आयोजना गरिएको भगवती मन्दिर व्यवस्थापन समितीका अध्यक्ष श्रीप्रसाद भलामीले बताए।
महायज्ञ आउदो असोज १२ गते देखि असोज २० गते सम्म चल्ने छ । । महायज्ञ बाट सङकल भएको रकम मन्दिर व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ ।

गुल्मीमा बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झार्न नपाइने

0

तिलाचन पाण्डे
असोज ८ , २०७६ गुल्मी ः वडा दशैं नजिकिदै जानथालेसँगै गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन गर्न बिभिन्न योजना तय भएका छन् । बुधवार जिल्ला ट्राफिक कार्यालय गुल्मीमा बसेको सरोकारवालाहरुसँगको छलफल पछि बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई चाडपर्वको बेला व्यवस्थित गर्न बिभिन्न निर्णयहरु भएको हो ।
चाड पर्वको समयमा अन्य समयमा भन्दा धेरै भिडभाड वढने र सवारी चाप पनि वढने भएकाले ट्राफिक व्यवस्थापनलाई मध्य नजर राखेर जिल्ला ट्राफिक कार्यालय गुल्मीले सक्रियता बढाएको छ । बजार क्षेत्रमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म ठूला तथा साना सवारी साधनले माल समान लोड अनलोड गर्न नपाउने भएका छन् । बजार क्षेत्रमा कुनैपनि सवारी साधन चालक बिना लामो समय पाकिङ्ग गरेर राख्न नपाइने,बजरमै मालसमान एक अर्को गाडीमा पल्टी गर्न नपाइने भएको छ । सवारी साधनमा माल लोड गर्दा धेरै सवारी साधन एउटै पसलमा राखेर लोड गर्न नपाइने भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै सदमुकाम बाहिरबाट बजार क्षेत्रमा प्रबेश गर्नेसवारी साधनले बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झार्न नपाइने निर्णय भएको छ । बजार क्षेत्रको पुतली बजार क्षेत्रको शहिद चोकसम्म मोटरसाइकल लामोसमय समम पाकिङ्ग गरेर राख्न नपाइने निर्णय भएको छ । सडक छेउ, पेटीमा राखेर माल समान बिक्री गर्ने, निर्माण सामाग्री तोकिएको समयमै हटाउने गरि झार्ने र राख्ने निर्णय भएको छ । बजार क्षेत्रमा चाडपर्वको बेला अत्यधिक चाप वढ्ने र सवारी साधनले जाम समेत हुने भएकाले त्यसलाई मध्य नजर राखेर ट्राफिक व्यवस्थापन गर्न निर्णयहरु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक प्रबिन आचार्यले जानकारी दिनुभयो ।

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि

0

 

असोज ८, २०७६ काठमाडौंः केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघले बुधबार प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ। संघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम गरिएको छ। यसैगरी तेजाबीको मूल्य प्रतितोला सुन ७१ हजार ७०० रुपैयाँ छ। यस्तै‚ चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४०० र तेजाबी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो।

नागरिक समाजको भूमिका रचनात्मक साझेदारी

0

हीरा कुवँर

नागरिक समाजको काम कर्तब्य पहिला नै डिजाइन गरिएको त हुँदैन । समय परिस्थितिअनुसार स्वस्फुर्त रुपमा नागरिकका सवालहरु उठान गर्ने र नागरिकको अधिकारका लागि बहस पैरवी गर्ने काम नागरिक समाजको हो । नागरिक समाज कुनै एउटा व्यक्ति पनि हुनसक्दछ, संगठित संस्था पनि हुनसक्दछ । यो विषय उठाइने मुद्धा र सवालमा भर पर्ने कुरा  हो । सतहमा बुझ्दा नागरिक समाजलाई राज्यको आलोचना गर्ने निकायको रुपमा बुझ्ने गरीन्छ । त्यसकारण राज्यको पुनसंरचनासंगै नागरिक समाजको परिभाषा र भूमिका पनि केही बदल्नुपर्ने आवश्यकता छ । नेपालमा राजनीतिक र सामाजिक आन्दोलनमा नागरिक समाजको भूमिका जसरी अग्रपंक्तिमा           रह्यो , यसरी नै देशमा गणतन्त्रको स्थापनामा समेत महत्वपूर्ण रहेको देखिन्छ । देशमा संघ, प्रदेश र स्थानीय तहको सरकारमार्फत राज्य सञ्चालन भइरहेको अवस्थामा नागरिक समाजको भूमिका ३ वटै तहमा प्रभावकारी हुन जरुरी छ । अहिलको सन्दर्भमा नागरीक समाजका मुद्धा   नागरिकमैत्री  ऐन, नीति, कार्यविधि, कानुन निर्माण र तिनको प्रभावकारी कार्यान्वयनका लागि  हुनुपर्दछ । विकास निर्माणका काम र राज्यका स्रोत साधन र सेवाप्रवाह नागरिकमैत्री छन् कि छैनन् < नागरिकको सहभागिता कस्तो छ <  यी र यस्ता यावत् विषयमा नागरिक समाजको ध्यान जानु आवश्यक   देखिन्छ । तसर्थ सडकमा नाराजुलुस नगर्दैमा, आन्दोलन नगर्दैमा नागरिक समाज निष्क्रिय भयो भन्न मिल्दैन । नागरिक समाजको भूमिका कहिल्यै पनि मदैन, हिजो पनि थियो, आज छ र भोलि पनि आवश्यक हुन्छ  । बरु राज्यको भूमिका, नागरिकको पहुँच र अवस्था लगाएतका विषयको अवस्थाका आधारमा भूमिका फरक फरक  हुनसक्दछ ।

नेपालमा २०६२÷६३ को जनआन्दोलनमा लोकतन्त्र प्राप्तिको लागि सडकमा धर्ना, जुलुस, भाषण गर्दै हिंड्ने नागरिक समाज आज खोजेर पाइँदैन । किनकि  देशमा लोकतन्त्र आइसक्यो । जुन विषयमा फेरी बहस, पैरवी गर्दै हिड्न जरुरी नै छैन । फेरी नागरिक समाज भन्ने बित्तिकै माइतीघर मण्डला, रत्नपार्क र काठमाण्डौका मुख्य मञ्चमा भाषण गर्दै हिंड्ने जमातमात्र होइन । नागरिक समाज संगठित वा असंगठित रुपमा हरेक बस्तीमा, टोलमा, गाउँमा छ । नागरिक समाज एक व्यक्ति पनि हुनसक्दछ, यदि उसले सिंगो समुदाय, समाजलाई प्रभाव पार्ने मुद्धाको वकालत गरिरहेको छ भने । तसर्थ नागरिक समाजको क्रियाशिलता त्यतिबेला देखिन्छ, जतिबेला उसले उठाइरहेको मुद्धामा आम नागरिक र सरोकारवालाको यथेष्ट चासो र साथ रहन्छ ।       मुद्धा कसले उठायो भन्ने कुरा गौण हो तर कस्तो मुद्धा उठेर बहस, पैरवी हुँदैछ भन्ने विषय प्रमुख कुरा हो । बदलिएको राज्य संरचनासंगै नेपालमा नागरिक समाजको भूमिकालाई थप प्रभावकारी बनाउने विषय अबको प्राथमिकता देखिन्छ ।

नागरिक समाजको अबको बाटो 

१. रचनात्मक साझेदारी Constructive Engagement) :  कतिपय अवस्थामा नागरिक समाजलाई राज्यको स्थायी प्रतिपक्षकोरुपमा लिने गरीन्छ । तर यसले नागरिक समाज र राज्यबीच रचनात्मक र प्रभावकारी सम्बन्ध राख्न सक्दैन । नागरिकका सवाल र मुद्धाको प्रकृतिका आधारमा राज्यलाई खबरदारी गर्ने कि सहयोग गर्ने भन्ने विषय नागरिक समाजका अगुवाहरुले पहिचान गर्न जरुरी छ । सबै अवस्थामा  राज्यलाई सहयोग गर्न सकिदैन यो स्वभाविक हो, त्यसैले त राजनीतिक दल र राज्यभन्दा भिन्न स्वतन्त्र पक्ष नागरिक समाज चाहिएको हो । तर रचनात्मक सहयोग र समन्वय गर्न सकिने मुद्धामा पनि विरोधका लागि विरोध गर्नुहुँदैन, सहकार्य गर्नुपर्दछ । यही नै रचनात्मक साझेदारी                   -Constructive Engagement)  हो ।

२. नीति निर्माण, आवधिक योजना तर्जुमा, बजेट विनियोजन र कार्यान्वयनमा रचनात्मक सहयोग M  राज्यले संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकारमार्फत काम गरिरहेको सन्दर्भमा राज्य सञ्चालनका लागि विभिन्न ऐन, कानुन, नीति नियम बनिरहेका छन्, कतिपय बन्ने क्रममा छन् । यो अवस्थामा नागरिक समाजजस्तो बौद्धिक जमातले नागरिक मैत्री कानुनी प्रावधानहरु समावेश गर्नका लागि सम्बन्धित सरकारसंग निरन्तर छलफल, बहस, पैरवी गर्न जरुरी छ । नयाँ कानुनहरुलाई कसरी स्थानीयकरण यिअबष्शिभ गर्ने, वास्तविक वस्तुस्थिति, धरातलमुखी कसरी बनाउने भन्ने सन्दर्भमा नागरिकको प्रतिनिधिको हैसियतले सुझाव दिनुपर्ने देखिन्छ । यसैगरी आवश्यकताको आधारमा योजना तर्जुमा र बजेट बिनियोजन, प्रभावकारी कार्यान्वयन  गर्नका लागि समेत स्थानीय सरकारसंग छलफल चलाउन जरुरी छ । असारे विकासलाई रोक्न र विकासको क्रममा खर्च भएको सार्वजनिक स्रोतको पारदर्शिताको लागि नागरिक निगरानी र खबरदारी         आवश्यक छ । जसले सुशासन प्रवद्र्धनको लागि महत्वपूर्ण सहयोग गर्दछ ।

३. खुल्ला सरकार साझेदारी Open Government Partnership-OGP)  शासन व्यवस्थामा नागरिकको अर्थपूर्ण सहभागिता लोकतन्त्रको आधारभुत शर्त हो । सरकार, नागरिक समाज र निजि क्षेत्रको समान साझेदारीमा शासन व्यवस्थालाई प्रभावकारी बनाउने माध्यमको रुपमा खुल्ला सरकार साझेदारीलाई लिने गरिन्छ । सरकारलाई नागरिकसंग नजिक बनाउँदै राज्यका कामलाई पारदर्शी, जवाफदेही बनाउनका लागि विश्वव्यापी अभियानको रुपमा खुल्ला सरकार साझेदारीलाई लिने गरिन्छ । जुन अभियानले भर्खरमात्र ३ तहका सरकारमार्फत राज्यसञ्चालन गरिरहेको नेपालजस्तो मुलुकलाई पनि सहयोग पुग्ने देखिन्छ । यो अवधारणाअनुसार मुख्यत नागरिकको सहभागिता, राज्य र नागरिक समाजबीचको सहकार्य तथा सहसिर्जना, समावेशीकरण, खुल्ला तथ्यांक, पहुँच र सहजता, सुचनाको हक, पारदर्शिता र जवाफदेहिता लगाएतका विषयहरु पर्दछन् । यस अवधारणाअन्तर्गतका धेरैजसो विषयहरु नेपालमा अभ्यासमा छन् र ती भइरहेका अभ्यासहरुलाई थप प्रभावकारी बनाउनका लागि नागरिक समाजको समन्वयात्मक भूमिकाको खाँचो छ ।

४.संविधान, ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि बहस पैरवी    अहिलेको सन्दर्भमा नयाँ ऐन कानुन निर्माणमा नागरिक समाजको जति सुझाव र सहयोगको खाँचो छ, उत्तिकै विद्यमान ऐन कानुनको कार्यान्वयनका लागि छ । नेपालको संविधानको २०७२ को धारा १८ देखि ४८ सम्म नागरिकका ३१ वटा मौलिक हकहरुको व्यवस्था छ । ती व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनको लागि नागरिक समाजको पैरवी आवश्यक देखिन्छ ।  यसरी नै मानवअधिकारको सुनिश्चितता, सुशासन, दण्डहीनताको अन्त्य लगाएत नागरिक सरोकारका विषयहरुमा विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयनको लागि निरन्तर छलफल, सचेतना र खबरदारी नागरिक समाजले नै गर्नुपर्दछ ।

५. नागरिक समाजको रणनीतिक योजना र दायराको विस्तार        राज्य, नीजि क्षेत्र र सरोकारवालाहरुसंग प्रभावकारी समन्वय, साझेदारी र खबरदारीका लागि नागरिक समाज आफै पनि थप सक्षम र एकीकृत हुन जरुरी छ । नीतिगत पैरवीका लागि नागरिक समाजको आफुनै क्षमता विकासको जरुरी छ, तबमात्र अन्य पक्षलाई सुझाव दिन सजिलो हुन्छ । अब नागरिक समाज केन्द्र, जिल्लामा मात्रै केन्द्रित भएर हुँदैन । स्थानीय तहसम्म नागरिक समाजले विभिन्न मुद्धाहरुमा छलफल चलाउन गर्नुपर्दछ । उक्त छलफल केन्द्र वा जिल्लाकै अगुवाले होइन कि स्थानीय तहकै नागरिक अगुवाहरुले चलाउनुपर्दछ । स्थानीय सरकारसंगको साझेदारीका लागि नागरिक समाजको स्थानीय नेतृत्व तयार पार्नुपर्दछ ।   जसले स्वस्फुर्त रुपमा नागरिकका सवाल उठान गर्न सक्दछ । नागरिकको दैनिक जीवनसंग जोडिएका आर्थिक, सामाजिक, राजनीतिक सवालहरु स्थानीय तवरबाटै उठेर समाधान भयो भने यसले नागरिक समाजको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पुग्दछ ।

फेरिएको राजनीतिक अवस्थासंगै नागरिक समाजको भूमिकालाई परिमार्जित गर्दै लैजानुपर्ने अहिलेको आवश्यकता हो । एकीकृत रुपमा उठाउनुपर्ने नागरिकका मुद्धाहरु के के हुन् < स्थानीय स्तरसम्म नागरिक समाजको उपस्थिति कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा नागरिक समाजका अगुवाहरुको ध्यान जानुपर्ने देखिन्छ । अहिलेको सन्दर्भमा नागरिक समाज संस्था र सिंगो नागरिक समाजको रणनीतिक दिशा के हो < भन्ने सन्दर्भमा अलमल भइरहेको अवस्थामा स्थानीय तहदेखि केन्द्रसम्म छलफल चलाई समान बुझाईको विकास गर्नुपर्ने देखिन्छ । जसले नागरिक समाजको भूमिका स्थायी प्रतिपक्ष होइन कि रचनात्मक साझेदारी हुनुपर्दछ भन्ने विषयमा स्पष्टता ल्याउन  सकोस् ।

 

हीरा कुवँर समसामयीक बिषयमा कलम चलाउनुहुन्छ ।

 

 

जंगली च्याउ खाँदा पाल्पामा पाँच जना बिरामी

0

 

 

असोज ८, २०७६ पाल्पा ः पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन्। बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनीहरुको रुपन्देहीको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ। बिरामी मध्य ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। यद्यपी उनीहरुको अवस्था खतरामुक्त रहेको छ। २ जनाको भने अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए। बिरामी भएका उनीहरु २ घरपरिवारको भएको उनले बताए।

नेपाल ुखुला दिसामुक्त मुलुकु घोषणा हुँदै

0

 

 

 

 

 

असोज ७, २०७६ काठमाडौं
सरकारले नेपाललाई खुला दिसामुक्त मुलुक घोणणा गर्ने भएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयले नेपाललाई खुला दिसामुक्त मुलुक घोषणा गर्ने तयारी गरिरहेको छ। खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लागेको बताइन्। खुलादिसामुक्त मुलुक घोषणा गर्ने नेपाल दक्षिण एसियाको पहिलो मुलुक बन्नेछ। नेपाल खुला दिसामुक्त भएलगत्तै असोज १५ मा भारतले पनि आफूलाई खुलादिसामुक्त मुलुक घोषणा गर्न लागेको छ। मन्त्री मगरले नेपालका ७७ ओटै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेकाले मुलुकलाई नै खुला दिसामुक्त बनाउन लागिएको बताइन्। उनले २०६८ सालदेखि सुरु भएको खुला दिसामुक्त अभियान असोज १३ गते समापन गर्न लागिएको जानकारी दिइन्। उनले उक्त अभियान सफल भएको पनि दाबी गरिन्। ुहामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान रुपान्तरणको लागि सफल सावित भएको छु, मन्त्री मगरले थपिन्, ुसरकारभन्दा माथि उठेर नेपाली जनताले यो अभियानमा सहभागी भएर संचालन भएको थियो। यो विश्वका अन्य मुलुकका लागि पनि प्रेरणादायी हुनेछ।ु मन्त्री मगरले खुला दिसामुक्त अभियान र सरसफाइ अभियान नेपाली जनताका दैनन्दिक क्रियाकलापसँग जोडिएको भएकाले पनि सफल भएको बताइन्। मन्त्री मगरले खुला दिसामुक्त मुलुक घोषणा गरेपछि ुपूर्ण सरसफाइुअभियान संचालन गर्ने जानकारी दिइन्। पूर्ण सरसफाइ अभियानको राष्ट्रिय मार्गदर्शन तयार भएर मन्त्रिपरिषदबाट पनि पारित भइसकेको पनि मन्त्री मगरले जानकारी दिइन्। मन्त्रालयका सचिव माधव बेल्वासेले स्वास्थ्यसँग जोडिएको अभियान भएकाले सबैको चासो भएर उक्त अभियान सफल भएको हो।

गाउँपालिकामा झण्डा र अण्डा कार्यक्रम

0

 

 

तिलाचन पाण्डे
असोज ७ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गर्भबती महिलाहरुको घरमा झण्डा र अण्डाको कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाले आफनै सभाहलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी गर्भवती महिलाहरुको घरमा हरियो झण्डा राख्ने र गर्भवती भएकी महिलाले चौथो पटक स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउने महिलाहरुको लागि एक क्यारेट अण्डा उपलब्ध गराउने कार्यक्रम सुरु गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
गर्भबती भएका महिलाहरुको घर पहिचानका लागि घरमा हरियो झण्डा राख्ने र शुन्य होम डेलिबरी बनाउनका निम्ति यस्तो अभियान संचालन गरिएको गाउँपालिकाका प्रबत्ता शोभाखर गिरीले जानकारी दिए । यस्तै गाउँपालिकाले गर्भबती महिलाहरुको घरदेखी स्वास्थ्य संस्थासम्म जानका लागि र स्वास्थ्य संस्थादेखि घरसम्म जानका लागि निशुल्क रुपमा ५ वटा एम्बुलेन्सको समेत ब्यबस्था गरेको जानकारी दिएको छ ।

 


यस्तै गाउँपालिकामा धेरै स्थानहरुमा चट्याङ पर्ने गरेको पाइएको भन्दै यसलाई न्यूनीकरण गर्नका लागि भन्दै यस आर्थिक बर्षमा स्थानहरु पहिचान गरी अर्थिङको ब्यबस्था गर्नका लागि प्रारम्भिक चरणमा ५ लाख रुपैयाँ बिनीयोजन गरीएको गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समयमा युवाहरुलाई स्बदेसमानै स्वरोजगार बनाउन र कृषि संगै उत्पादनमा जोड दिई ब्यबसायीक बनाउनका लागि गाउँपालिकाले प्राथमिकताका साथ राखेको र त्यसकिा लागि १५ लाख रुपैयाँ बिनीयोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । केही हप्ता पहिले गाउँपालिकाका युवाहरुलाई पालिकामा बोलाई युवाहरुलाई स्वरोजगार बनाउनका निम्ति गाउँपालिकाले के गर्न सकेमा राम्रो र फलदायी हुन्छ भन्दै युवाहरुसंग पनि अन्र्तक्रिया कार्यक्रम गरेको गाउँपालिकाका प्रमुख रित बहादुर थापाले जानकारी दिए । उत्पादनमा जोड दिई उत्पादनमा आधारित अनुदानको कार्यक्रमलाई पनि प्रभाबकारी बनाउने भन्दै सिमलटारीमा कृषि तथा फलपुल हाटबजार केन्द्रको समेत स्थापना गर्न लागेको पालिकाले जनाएको छ ।

सूचना अधिकारीलाई अपडेट गराइने

पछिल्लो समयमा गाउँपालिकामा तोकीएका सूचना अधिकारीहरु नामका मात्रै भएको सन्र्दभमा सूचना अधिकरीलाई गाउँपालिकाका गतिबिधिहरुमा उपडेट गराउनका लागि कार्यपालिकाको बैठकमा समेत उपस्थित गराउन लागेको गाउँपालिकाका प्रमुख रित बहादुर थापाले बताए । थापाका अनुसार पालिकामा भएका गतिबिधीहरुको बारेमा र कार्यपालिकाको बैठकमा भएका निर्णणहरुको बारेमा सूचना अधिकारीहरुलाई उपडेट गराउनका लागि र जनतालाई सुचनाको अधिकारबाट बञ्चित नगराउनका लागि सूचना अधिकारीलाई पनि कार्यपालिकाको बैठकमा समाबेश गर्ने गरेको गाउँपालिकाले दाबी गरेको छ ।
यस्तै गाउँपालिकाले यस आर्थिक बर्षमा संचालन गर्ने योजनाहरु र अघिल्लो आर्थिक बर्षमा संचालन भएका योजनाहरुको समेत समिक्षा गरेको हो । गाउँपालिकाले न्यून जनशक्ति , भौगोलिक बिकटता , समयमै बिकास निर्माणका कार्यहरु निर्माण ब्यबसायीहरुले सम्पन्न नगर्नु , नागरिकको चेतनाको स्तर कमजोर रहेको र गरिबीका ब्यापकताका हुनु गाउँपालिकाको समस्या रहेको जनाएको छ ।

नवलपरासी दुर्घटना पाँचै जनाको पहिचान

0

 

 

 

असोज ७, २०७६ नवलपरासी
,नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। सोमबार राति १०ः१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्किदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो। नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार रातिनै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन्। यस्तै आज बिहान ४ः४० को समयमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा सात जना घाइते भएका छन्।

कक्षा ११ को परीक्षाफल प्रकाशित

0

 

 

 

असोज ७, २०७६ काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।