Friday, June 5, 2026

बडीगाड खोलामा बगेका युवा मृत फेला १ जना बेपत्ता

0

अनिल खत्री, गुल्मी असोज २९।
गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर बेपत्ता भएका युवा मृत फेला परेका छन् । मंगलवार खोला तर्ने क्रममा बेपत्ता भएका २ जनामध्ये १ जना बुधवार दिउँसो मृत अबस्थामा फेला परेको हुन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवाको खोल किनामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । खोलाले बगाएर ५ वर्षिय गरिमा बिक अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

उनको खेजी कार्य भइरहेको प्रहरीले जनाएको छ । छल्दी र बडिगाड खोलाको दोभान भन्ने स्थानमा खोलामा खोला तर्ने क्रममा ३ जना बगेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये ७ वर्षिय किसान बिकलाई स्थानी माछा मार्नेले देखेर उद्धार गरेका थिए । मृत फेला परेका युवाको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल तम्घास ल्याइदैँ छ ।

गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई

0

अनिल खत्री, गुल्मी असोज २९।
गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तातरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा तुलादानको रकम बिद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तातरण गरेका हुन् ।
चौरासी पूजाको अबसरमा आयोजीत कार्यक्रममा बृद्धा पन्थीले सोहि स्थानमा रहेको सरस्वती प्राबिलाई आफनी श्रीमती हिमकला पन्थीको नाममा रु २० हजार १ सय हस्तातरण गरेका हुन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम्मन घिमिरे र बिद्यालयका प्रधानाध्यापक थम्मनबहादुर केसीलाई पूजा कार्यक्रमै पन्थीले नगद हस्तातरण गरेका थिए । बिद्यालयमा पढ्ने अति बिपन्न एवं जेहेन्दा बिद्यार्थीलाई पढाउनको निम्ति खर्चिने गरि बिद्यालयलाई हस्तातरण गरेको पन्थीले बताए ।

अक्षयकोष रकम पछि थप्दै लगिने अक्षयकोष दाता परिवारका मेघराज पन्थीले बताए । क्षयकोष रकम बुझदै बिद्यालयका प्रधानाध्यापक केसीले चौरासी पूजाको अबसरमा तुलादान बापतको रकम बिद्यालयलाई दिएर उदाहरणीय काम गरेको बताए । उनले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एक जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृद्धि प्रदान गर्ने प्रधानाध्यापक केसीको भनाई छ ।

उनले गरिव तथा जेहेन्दार बिद्यार्थीलाई पढाउनको निम्ति बिद्यालय प्रति देखाएको योगदानको प्रशंसा गरे ।

प्रदेश ५ को दशैं : ८५ सवारी दुर्घटना‚ २४ जनाको मृत्यु

0

असोज २९, २०७६ अर्घाखाँची : दशैं बेला नेपालमा धेरै सवारी दुर्घटना हुने गरेको छ। यस पटकको प्रदेश ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ।  ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलका अनुसार असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र चार महिला गरी २४ जनाको मृत्यु भएको हो। सवारी दुर्घटना र मृत्यु हुनेको संख्या अघिल्लो वर्षको दशैंभन्दा बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रामप्रकाश शाहले बताए। यस पटक सवारी दुर्घटनामा रुपन्देही र पश्चिम नवलपरासीमा ४/४, कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३/३, बाँकेमा २, दाङ र बर्दियामा १/१ जनाको मृत्यु भएको शाहले जानकारी दिए। दुर्घटनामा परी ६२ जना गम्भीर घाइते र ५८ जना सामान्य घाइते भएका थिए।  दशैंको अवधिमा ८५ वटा सवारी साधन दुर्घटनामा परेका थिए। सबैभन्दा बढी ४१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। जिल्लागत तहमा सबैभन्दा बढी बाँकेमा १२ वटा, रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दाङमा ८/८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३/३, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १/१ दुर्घटना भएका थिए। पूर्वी रुकुममा भने सो अवधिमा कुनै दुर्घटना नभएको प्रहरीको तथ्यांक छ। ट्राफिक कार्यालयका अनुसार दुर्घटनाहरुमध्ये धेरै तीव्र गति र चालकका गल्तीका कारण भएका छन्। २५ दुर्घटना तीव्र गति र चालकको लापरबाहीले २२ घटना भएका छन्। त्यसैगरी ओभरटेक गर्ने क्रममा ४, मादक पदार्थ सेवन गरी सवारी हाक्दा ३, यान्त्रिक गढबढी ३, ओभर लोड र यात्रुको गल्तीका कारण एक एक दुर्घटना भएको शाहले बताए। समयको हिसाबले सबैभन्दा बढी दुर्घटना दिउँसो १२ बजेदेखि बेलुका ६ बजेको समयमा भएका छन्। सो समयभित्र २५ वटा दुर्घटना भएका थिए। त्यसैगरी बेलुका ६ देखि राति १२ बजेसम्म २१ वटा, राति १२ देखि बिहान ६ बजेसम्म २ वटा र बिहान ६ देखि दिउँसो १२ बजेसम्म १२ वटा दुर्घटना भएका थिए। ६ हजार ७६३ चालक कारबाही  दशैंको समयमा असोज १२ देखि असोज २४ सम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चालक चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७६३ सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ४० लाख ६० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा बढी कारबाही मोटरसाइकल चालकहरु परेका छन्। २३ सय ३९ वटा मोटरसाइकल/स्कुटर चालकलाई कारबाही भएको थियो। जसबाट १४ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।  त्यसै गरी सो अवधिमा १ हजार ५२ बस, १२ सय ७७ जिप कार, टेम्पो २२३, ट्रक १४ सय ४९, टेक्टर ४ सय २३ वटा चालक कारबाहीमा परेका छन्। थाहा खबरबाट । 

खोलामा डुबेर गुल्मीमा दुई जना बेपत्ता

0

गुल्मी – गुल्मीमा मंगलबार दिउँसो खोला तर्ने क्रममा एक बालिकासहित दुई जना बेपत्ता बनेका छन् ।

मुसिकोट नगरपालिका–५, अन्तर्गत दोभान छल्दीमा खोला तर्ने क्रममा डुबेका तीन जनामध्ये एक जना बालकको सकुशल उद्धार गरिएको छ ।

खोला तर्ने क्रममा डुबेका ७ वर्षीय किसान विकलाई माछा मार्न गएका स्थानीयहरुले तत्काल उद्धार गर्न सफल भएका थिए भने उनीसँगै गएका २१ वर्षीय जीवन विक र ५ वर्षीया गरिमा विक अझै बेपत्ता छन् । खोलामा डुबेकाहरुको अहिले स्थानीयवासी र सुरक्षाकर्मीहरुद्वारा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक(एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिनु भएको छ ।

उद्धार गरिएका बालक र डुबेर बेपत्ता बनेकाहरुकोे ठेगाना अझै खुल्न सकेको छैन । उनीहरु कहाँ जाँदै थिए भन्ने बारेमा समेत कुनै जानकारी प्राप्त नभएको प्रहरिले जनाएको छ ।

महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

0

काठमाण्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दिपककुमार दाहालको इजलासले यसअघिको १० दिन र अहिले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा गएको १९ गते सरकारी निवासबाटै महरालाई प्रहरीले पक्राउ गरेको थियो । दशैँका बेला पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको थियो ।

आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको थियो ।

महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो । त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरीले पक्राउ गरेसँगै महराको सांसद पद पनि निलम्बनमा परेको छ ।

उज्यालो अनलाईनबाट

दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा नागरिता लिनेहरुको चाप

0

अनिल खत्री, गुल्मी असोज २८।
दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्रहीको चाप सुरु भएको छ । कार्यालयमा खुलेसँगै मंगलवार जिल्ला प्रशासन कार्यालय गुल्मीम बिभिन्न सेवा लिनेहरुको चाप बढेको हो ।
दशैं सकिएपछि र तिहार आउन बाकी रहेको सयमा जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढने गर्दछ । दशैमा पाँच दिनसम्म मात्रै सरकारी कार्यालय बन्द रहेका थिए । दशैंको सप्तमीबाट बन्द रहेका कार्यालयहरु दशैं पछि असोज २३ गतेदेखि खुलेका थिए । बिचमा २ दिन बिदा भएसँगै दशैंको पूर्णिमासम्म दशैंको रौनक नसकिएकाले सेवाग्रहीहरु कार्यालयमा आएका थिएनन्।
दशैं सकिए लगत्तै सोमबारबाट प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको चाप बढेको छ । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ। चाडपर्वको बेला धेरैको बिदा भएकाले यो समयमा नागरिता लिनेहरुको भिडभाड बढने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सेवाग्रहीको चापलाई व्यवस्थित बनाउन नागरिक सहायता कक्ष पनि प्रशासनमा राखिएको छ। सेवाग्रहीको चापलाई व्यस्थित बनाउन र छिटो छरितो सेवा प्रवाह गर्ने उदेश्यले व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जनाले प्रतिलिपी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रकासकीय अधिकृत उद्धब पन्थीले बताए । दशैं पछि कार्यालय खुलेपछि पहिलो दिन ७५ जनाले नयाँ नागरिता ३५ जनाले नागरिताको प्रतिलिपी लिन सेवाग्रही आएको पन्थीले बताए ।

मंगलवार १ सय भन्दा वढिले नागरिता बनाउने पन्थीको भनाई छ । नागरिता लिनेहरुसँगै राहदानी (एमआरपी) बनाउनेहरुको संख्यामा पनि बृद्धि भएको छ। सामान्य समयमा २५ जनाले राहदानी (एमआरपी) लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । दशैंपछि भने सोमबार मात्रै ५९ जनाले राहदानी (एमआरपी)को लागि फारम पेस गरेको जिल्ला प्रशासन कार्यालल गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।काठमाडौंबाट राहदानी बनाउनको ४६ जनाले सिफारिस लगेको पशासकीय अधिकृत पाण्डेको भनाई छ ।

राहदानी (एमआरपी) बनाउनेहरुले एकै दिनमा २ लाख ८० हजार राजस्व जम्मा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अन्य समयमा भन्दा दशैं तिहारको बिचमा प्रशासनमा सबै सेवा लिनेहरुको संख्यमा बृद्धि भएको पाण्डेयले बताए ।

मालिका माविको शैक्षिक महोत्सव रौनक बढदो, दुई दिन मै जुट्यो १७ लाख ।

0

 जिल्ला कै विकट मानिने गुल्मीको मालिका गाउँ पालिका वडा नमूना आठ स्थित मालिका माध्यमिक विधालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवको रैनकता बढदै गएको छ । दोस्रो दिन मङलबार सम्म करिब १७ लाख रकम जुटेको विधालय स्रोत ले जानकारी दिएको छ । अहिले सम्म सुर्य ब जिसि बाट ५२,१०० , थम्मन ब जिसि बाट ५१,५०५ , राम प्रसाद शर्मा पौडेल बाट ५१,१९९ र प्रधानाध्यापक हेमराज पौडेल बाट ५१,१११ प्रात्त भएको महोत्सव को सचिवालय सोर्त ले जानकारी दिएकोको छ । मालिका मावी लाई सुविधा सप्पन्न स्मार्ट विधालय तथा प्राविधिक शिक्षा सन्चालनको लागि महायज्ञ को आयोजना गरिएको हो । महायज्ञ आउदो कात्तिक ४ गते सम्म चल्ने छ भने महायज्ञ बाट १ करोड पचास लाख रकम जुटाउने विधालयको उद्देश्य रहेको सन्चार कर्मी डिबि खड्का ले जानकारी दिनु भएको छ।

संरक्षणको अभावमा जीर्ण बन्दै एसियाकै ठूलो शालीग्राम

0

असोज २८, २०७६ गुल्मी : तीन  जिल्लाको संगम स्थलमा रहेको एसियाकै ठूलो शिला शालीग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी,  स्याङजा र पर्वतको संगम स्थलमा रहेको शालीग्रामलाई कालीगण्डकी नदीको कटानले जीर्ण बन्दै गएको हो।

भगवान विष्णुको अवतारको रुपमा रहेको शालीग्रामलाई नदीले कटान गर्दै लगेको र संरक्षणमा तीनै जिल्लाका स्थानीय सरकारहरुले केही चासो नदेखाएको स्थानीय केशवराज न्यौपाने बताउँछन्। यता, स्याङजाको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले भने शालीग्राको संरक्षणमा कसैको चासो नगएको भन्नेमा सत्यता नभएको बताउँछन्। चालु आर्थिक वर्षमा कार्य गर्ने गरी नगरपालिकाले बजेटको व्यवस्था गरेको अधिकारी बताउँछन्। उनले पर्यटकीय रुपमा रहेको शालीग्रामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेद थापा मगरले शालीग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पालिकाले योजना बनाएको बताउँछन्। शिलासम्म जानका लागि सडक निर्माण, प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संरक्षण समिति निर्माण गरी काम अघि बढाउने उनको भनाइ छ।  पर्वको वियादी गाउँपालिकाका प्रमुख कल भुसाल शालीग्रामलाई पुरानै अवस्थामा जगेर्ना गर्न आवश्यक रहेको बताउँछन्।

हाल रहेको शिला पहिलोको भन्दा करिब ६६ प्रतिशत तल रहेको र वाल लगाएर पहिलेकै स्थानमा माथि पुरानै संरचनामा ल्याउनुपर्नेमा सुझाव दिन्छन्।  शिलालाई कुल्चेर हामी परिक्रमा गरेकाले त्यसो गर्न नहुनेमा उनको भनाइ छ। स्थानीय सरकारले त्यसलाई संरक्षण गर्न नसक्ने भन्दै प्रदेश र संघले बजेटको व्यवस्थापन गर्ने र स्थानीय सरकारले समन्वयको भूमिका गर्नु पर्नेमा जोड दिएका छन्।  तयसका लागि गण्डकी प्रदेश र र संघीय सरकारसँग छलफल भइरहेको दाबी गरे।

राति शंख र घन्ट बज्छ

शालीग्रामभित्र रातको समय शंख, घन्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीका चन्द्रकान्त न्यौपानेले बताउँछन्। उनका अनुसार त्यस शिलाभित्र सुन रहेको भन्ने भनाइ पनि छ।  राजा महेन्द्रका पालामा त्यस शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको यस क्षेत्रका वृद्धवृद्धाहरु बताउँछन्। यस शालीग्रममा आएर पूजा गरेमा इच्छाएका कुार पुग्ने विश्वास छ। यस क्षेत्रमा नेपालका साथै भारतका भक्तजनहरु पूजाआजा गर्न आउन पूजारी हरि पराजुलीको बताउँछन्। यहाँ विशेषगरी कात्तिक एकादशी, मकर संक्रान्ती, नयाँवर्ष, असारे ठूली एकादशीमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।

मेला हेर्न जानेहरुको रोजाई जेरी

0

गुल्मी, असोज २८/दशैंको बेला जिल्लामा हुने मेला हेर्न पुग्नेहरुको रोजाई जेरी बनेको छ । चाडो मौसम सुरु भएपछि मेला हेर्न जानेहरुले तातो–तातो जेरीको चुस्की लिदै सराय मेला अवलोकन गर्ने गरेको पाइन्छ । दशैंको अवसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी अवलोकन कर्ताहरुको मुख्य आकर्षणमा पर्ने गरेको छ ।

जिल्लाका विभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुग्नेहरुले तातो जेरीको स्वाद लिने गर्दछन् । त्यति मात्रै होइन अवलोकनमा गएकाहरुले साझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरुको व्यवसाय राम्रो हुने गरेको जेरी व्यवसायीहरु बताउँछन् । दशैं सकिएपछि जिल्लाको पहिचानको रुपमा रहेको सराय नाँच देखाउने गरिन्छ । सराय नाँच देखाउने स्थलहरुमा प्रायजसो जेरीका पसलहरु मात्रै राखिने गरिन्छ । यो बेला अन्य समयमा भन्दा धेरै बिक्ने गर्दछ । जिल्लाका धेरै स्थलमा मेला अवलोकनमा पुग्नेहरुको मुख्य रोजाईमा गुलियो जेरी पर्ने गरेको हो । परापूर्वकालदेखि नाच्न थालिएको सराय मेलाले विभिन्न समयमा घरबाट टाढा भएकाहरु दशैंको बेला घरमा आएकाले साथीसंगीहरुसँग भेट्ने गतिलो अवसरको रुपमा पनि लिइन्छ । पहिलेदेखि नै सराय नाँच हुने स्थलहरु अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तु·, धागिथुम, जोगिथुम, चोयगा, उनाएचौर लगायत झण्डै २ दर्जन स्थानहरुमा चल्ने मेलाहरुमा मुख्य आकर्षण जेरी नै पर्ने गर्दछ । फरक ठाउँमा फरक समयमा मेलाहरु लाग्ने गरेकाले ती स्थानहरुमा धेरै ठाउँमा एकै व्यक्तिहरु पनि पुग्ने गर्दछन् । जेरी प्रति पिस १५ र २० रुपैयाँसम्ममा बेच्ने गरेको व्यवसायीहरु बताउँछन् ।                                  –अनिल खत्री

प्रदेश ५ का मठमन्दिरमा भिक्षा माग्न नपाईने

0

वुटवल। प्रदेश नम्बर ५ मा सोमबारदेखि मठ मन्दिरमा बसेर भिक्षा माग्न नपाईने भएको छ । मठ मन्दिर , सडक पेटिमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताउँनु भएको छ । प्रदेश ५ मा मागेर खाने प्रबृत्तिको अन्त्य हुने उँहाले दाबी गर्नुभयो ।

मानव सेवा आश्रमले आईतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि शिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गर्दै प्रदेशका सबै मठ मन्दिरमा लागु गरिने बताउँनु भएको हो । माग्ने काम अहिले पेशा जस्तै बन्दै गएको छ बरालले भन्नुभयो यसको अन्त्यको लागि प्रदेश सरकार लाग्ने बताउँनुभयो ।

मठ मन्दिरमा विकृत्ति कुरुप बढ्दै गएको उँहाले बताउँदै भिक्षा माग्न निषेध गर्दै काम गर्न नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याईने बताउँनु भएको छ । काम गर्न सक्ने मानिसले काम गरेरै खानु पर्छ उँहाले भन्नुभयो अब मागेर खान पाईने बरु सरकारले काम दिने दाबी गर्नुभयो ।

माग्न बाध्य भएका मानिसको सरकारले जिम्मेवारी दिने मन्त्री बरालले बताउँनुभयो । मागेर खानु पर्ने बाध्यताको सरकारले अन्त्य गरेर छाड्ने उँहाले दाबी गर्नुभयो ।