कात्तिक १०, २०७६ कञ्चनपुर . तिहार लगायतको चाड पर्वलाई मध्यनजर गरी कञ्चनपुरमा शान्ति सु व्यवस्था कायम गर्न र सामाजिक सद्भाव विग्रिन नदिनका लागि दुई दिन मदिरा बेचविखन गर्नमा रोक लगाईएको छ । तिहारको गोर्वद्धन पूजा र भाई टीकाका दिन मदिरा बेचविखन र सार्वजनिकस्थलमा सेवन गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशान कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए। प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यको अध्यतामा बसेको बैठकले मदिरा बिक्री वितरण गर्न र सेवनमा रोक लगाउने निर्णय गरेको हो। निर्णय कार्यान्वयन गराउनका लागि र प्रचार प्रसारका लागि आन्तरिक राजस्व कार्यालय र स्थानिय तह र सम्बन्धित व्यवसायीलाई पत्राचार दशैं अघिनै भइसकको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए। ‘देउसी भैली लगायतका कार्यक्रमहरु सञ्चालनका लागि राति नौ बजेसम्म मात्रै गर्न पाईने छ’ उनले भने।
थाहाबाट
दुई दिन मदिरा बेच्न र सेवन गर्न रोक
सरकारलाई बदनाम गराउने तत्त्वलाई चिर्दै समृद्धिमा लाग्छौँ . प्रचण्ड
कात्तिक १०, २०७६ काठमाडौं . नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरूलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन्। नेवाः मुक्ति मोर्चा नेपालले मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवं शुभकामना आदानप्रदान कार्यक्रममा आइतबार प्रचण्डले भने, ुअहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।ु प्रचण्डले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखेका थिए। उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए। अध्यक्ष प्रचण्डले नेपाल संवत्लाई नेवारहरूको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संवत्का रूपमा लैजानुपर्ने औँलयाएका थिए। आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको ३० हजार रुपैयाँको ऋण मिनाहा गरिदिएको बताए।थाहाबाट
प्रधानमन्त्री ओली बाकुबाट स्वदेश फिर्ता
फाइल फोटो
कात्तिक १०, २०७६ काठमाडौं . प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन नाम राष्ट्रहरूको सम्मेलनको १८औँ शिखर सम्मेलनमा सहभागिता जनाएर स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन ९नाम० राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फिर्ता भएको हो। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।
जुवाखालबाट दुई करोड ६७ लाखसहित पक्राउ
कात्तिक १०, २०७६ काठमाडौं . प्रहरीले काठमाडौंको महाराजगञ्जबाट शनिबार राति २ करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा उच्च पदस्थ, ठेकेदार र व्यापारीहरु रहेका छन्। एकजना पूर्वराज्यमन्त्री इन्द्र बानियाँ पक्राउ परेको बताए पनि उनैले त्यसको खण्डन गरेका छन्। महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका जुवाडेहरुमा क्यासिनो किङका रुपमा परिचित बले भनिने बलराम सापकोटा, शोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल र सोदेल कार्की रहेका छन्।
पाल्पामा जुवा खालबाट पाँच लाखसहित १३ जना पक्राउ

कात्तिक १०, २०७६ पाल्पा . रिब्दीकोट गाउँपालिका–७ डबकामा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट पाँच लाख ४९ हजार ८८७ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीको गाउँपालिका–७ का ४७ वर्षीय यमबहादुर कुँवर, ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कमल कुवँर, ५४ वर्षीय ताराबहादुर कुवँर, ३२ वर्षीय विष्णुबहादुर कुवँर, २२ वर्षीय सचिन कुवँर, २० वर्षीय समुद्र कुवँर, ५७ वर्षीय नारायण कुवँर, २२ वर्षीय गौरब कुवँर, ४५ वर्षीय शिव चौहान, ४० वर्षीय सुन्दर कुवँर रहेका छन्। प्रहरी निरीक्षक पौडेलका अनुसार उनीहरु आइतबार बिहान ४ बजे पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ। उनीहरु विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।
सम्पन्नताकी देवी लक्ष्मी पूजा आज
कात्तिक १०, २०७६ काठमाडौँ , यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ। लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि बताए। आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ। शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिए।
कात्तिक ११ गते लक्ष्मी पूजा शास्त्रविपरीत
यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ११ गते मनाउने भनी शास्त्रीय मान्यताविपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए। “केही समूहले राजनीतिक उद्देश्यप्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले”, उनले भने। राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म ९म्ह० पूजा र भाइटीका मनाएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गर्नुभएको छ। राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ। थाहाबाट
बागलुङमा जिप दुर्घटनामा दुईको मृत्यु
कात्तिक ९, २०७६ बागलुङ . बागलुङको तमानखोला गाउँपालिका–३ रिकलाङमा शुक्रबार राति भएको पिकअप जिप दुर्घटना परी सोही जिपका चालक र सहचालकको मृत्यु भएको छ। तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि बोङगादोभान बजारतर्फ आउँदै गरेको ध१ज ७०५ नम्बरको पिकअप जिप रिक्लाङमा दुर्घटनामा परेको हो। शुक्रबार राति ८ बजे भएको दुर्घटनामा परी जीपमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा तमानखोला गाउँपालिका–१ का जिप चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामे छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए। पिकअप सडकदेखि करिब एक हजार २०० मिटर तल खसेको बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ। यात्रु छोडेर फर्कदै गरेको जिप घुम्तीमा साँघुरो सडकमा मोड्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समयमा दुर्घटना हुँदा उद्दारमा निकै समस्या भएको प्रहरीले जनाएको छ। शव राति नै पोष्टमार्टमका लागि ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए।
अबैध गाँजाका बोट फडानी गरि नष्ट

तिलाचन पाण्डे
कात्तिक ९ , २०७६ गुल्मी ः जिल्ला प्रहरी कार्यलय गुल्मीले अबैध रुपमा रहेका चार सय गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ का बिभिन्न स्थानहरुबाट अबैधरुपमा रहेको चार सय गाँजाको बोटहरुलाई फडानी गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक चुडामणी पुनको कमाण्डमा १४ जनाको टोलीले शनिबार बिहान गाँजा फडानी गरि स्थानीयहरुको रोहबरमा नष्ट गरिएको प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए । खडकाका अनुसार अबैध रुपमा रहेको गाँजाका बोटहरुलाई अभियानकै रुपमा फडानी गरि नष्ट गरिने कार्यक्रम रहेको दाबी गरे । जिल्लाका बिभिन्न स्थानीय तहहरुमा कुन कुन ठाउँहरुमा यसरी अबैध रुपमा रहेका गाँजाहरुको पहिले पहिचान गर्ने र फडानी गरि नष्ट गर्नका लागि मातहतका चौकीहरुलाई निर्देशन दिइसकेको खडकाले दाबी गरे ।
संविधानसभा सदस्य कमला सुवेदीको निधन
कात्तिक ९, २०७६ काठमाडौं स् संविधानसभा सदस्य एवं तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ। सुवेदीको भक्तपुरको लोकन्थलीस्थित निवासमै शनिबार विहान निधन भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले जानकारी दिए। ५१ वर्षीया सुवेदी ब्रेन ट्युमरबाट पीडित थिइन्। गतको पुसमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको अप्रेशन पनि गरिएको थियो। सुवेदी २०६४ सालको संविधानसभा चुनावमा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेकी थिइन्। उनको बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सुवेदीको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए। अन्तिम श्रद्धाञ्जली दिन नेकपाका महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्यलगायत आर्यघाट पुगेका थिए। सुवेदीका श्रीमान्, एक छोरा र एक छोरी छन्।
थाहाबाट
आज धन्वन्तरि जयन्ती
कात्तिक ९, २०७६ काठमाडौं स् वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ। देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड।, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

















