Friday, June 5, 2026

महराविरुद्ध थुनछेक बहस आज

0
फाइल फोटो

कात्तिक १५, २०७६ काठमाडौं . बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि आज थुनछेक बहस हुन लागेको हो। थुनछेक बहसमा आज महरा पक्षका वकिलहरुले बहस गर्नेछन् भने विपक्षमा सरकारी वकिलहरुले बहस गर्नेछन्। त्यसअघि न्यायाधीशसमक्ष महराको बयान हुनेछ। महराको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा परेको छ। गोलाप्रथाद्वारा महराको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा परेको अदालत स्रोतले जानकारी दिएको छ। पाण्डे काठमाडौं जिल्ला अदालतका १ नम्बर न्यायाधीश हुन्। थुनछेक बहस भएपछि अदालतले महरालाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ। महरालाई मुलुकी अपराध संहितअन्तर्गत जबरजस्ती करणी उद्योग र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नै सहकर्मी कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप गरी साढे ७ वर्षसम्म जेल सजायको माग गरिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका हुन्।
थाहाबाट

म्याग्दी र बाग्लुङमा भूकम्पको धक्का

0

कात्तिक १५, २०७६ म्याग्दी . म्याग्दी र बाग्लुङको पश्चिमी क्षेत्रमा शुक्रबार बिहानै भूकम्प गएको छ। बिहान ३ः५१ बजे बाग्लुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरंजलगायतका ठाउँमा एकाबिहानै गएको भूकम्प जाँदा स्थानीय त्रसित बनेको अर्मनका उमेश सापकोटाले बताए। त्यसैगरी बाग्लुङ, गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन। केही महिनाअघि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङलाई केन्द्रिविन्दु बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको थियो।

फोन गर्न तीन घण्टा उकालो चढ्छन् मुड्केचुलावासी

0

कात्तिक १५, २०७६ जाजरकोट . डोल्पाको मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन सम्पर्क गर्न तीन घण्टा उकालो कोठाना लेक चढ्छन्। आफन्तको खबर वुझ्न र घरको कुरा जानकारी गराउनका कोठाना लेक चढ्छन्। ‘मजस्तै यहाँका मानिसहरु फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता छ,’ उनले दुखेसो पोखे, ‘के गर्नु रु आफन्तको खबर सुन्न मन लाग्छ।’ मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि कार्यालयलगायतका कामका लागि फोन गर्नु परे यही लेकमा पुग्ने गरेको बताउँछन्। ‘दैनिक फोनमा धेरै काम पर्छ,’ उनले भने, ‘त्यसैले कोठाना डाडामा पुग्नु वाध्यता छ।’ फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना, आदानप्रदान गर्न मुस्किल भएको छ। अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने नर्कुका सोमराज शाहीले बताए। फोन नहुँदा कुनै पनि काम परे हिँडेर गई खबर गर्नु परेको छ। जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको पनि सीमाक्षेत्र हो। यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ। मुड्केचुला गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल फोन जसोतसो चल्थ्यो। तर, नेपाल दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि चिनियाँ पक्षले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काईके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ। गत असोज २५ देखि बन्द सेवा अझै सञ्चालन हुँदै छाँटकाट नभएको स्थानीयको गुनासो छ। सेवा बन्द भएसँगै यहाँका करिब १५ हजार नागरिक सञ्चार सम्पर्कविहीन भएका छन्। चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएको कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णय अनुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले बताए। मुड्केचुला गाउँपालिकाका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करिव दुई वर्षदेखि थन्किएको छ। भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिएको छ। तर, बेलैमा काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले बताए। पटक पटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उनको भनाइ छ।थाहाबाट

ब्राउन सुगरसहित चार युवक पक्राउ

0

कात्तिक १५, २०७६ लहान . सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाबाट ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजारका चार युवकलाई एक हजार १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २० वर्षीय रोशनकुमार यादव, सञ्जितकुमार यादव, १८ वर्षीय सञ्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन्। ती युवकहरुको साथबाट प्लाष्टिकमा प्याक गरिएको ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गर्ने स ५ प ३६०३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

गोलबजारबाट नौ पक्राउ

यसअघि पनि नगरका विभिन्न ठाउँबाट ब्राउन सुगर र खैरो हिरोइनसहित नौ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। गत असोज ३० मा गोलबजार–५ असनपुरस्थित दुर्गा यादवको कुखुरा फर्ममा लुकाइएको ४३० मिलिग्राम ब्राउन सुगरसहित गोलबजार–६ डोहोटियाका २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतो पक्राउ परेका थिए। यस्तै, गत भदौ २४ गते गोलबजार ६ स्थित लक्ष्मी मन्दिर आसपासबाट चार दशमलव पाँच ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका थिए। प्रहरीले स्थानीय स्थानीय राहुल भनिने जीवछ साहको घरको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्रीका लागि लुकाएर राखिएको ब्राउन सुगरसहित घरधनी जीवछ, स्थानीय १९ वर्षीय राजन विश्वकर्मालाई पक्राउ गरेको थियो। गत भदौ ११ मा गोलबजार–६ डोहोटियाबाट ९० पोकामा प्याक गरी लुकाएर राखिएको आठ ग्राम खैरो हिरोइनसहित २२ वर्षीय वीरेन्द्र यादव र २१ वर्षीय भरत पासवान पक्राउ परेका थिए। गत असार २३ मा गोलबजार–५ बाट ६ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय बलिराम महतोलाई पक्राउ परेका थिए। थाहाबाट

तरूण दलका नगर अध्यक्षसहित ६ जना पेस्तोलसहित पक्राउ

0

कात्तिक १५, २०७६ बाँके . नेपालगंज उपमहानगरपालिका–२० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट पेस्तोलसहित ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं। २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राति साढे ८ बजे पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको हो। नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको बा १८ च ४२११ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनि लुकाइराखेको मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल बरामद भएपछि उनीहरू पक्राउ परेका छन्। गोली भरिएको उक्त पेस्तोलसहित बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। शाहीका अनुसार पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१३ रामबाघ बस्ने ३२ वर्षीय सन्दीपजंग शाह, दिनेश शाही, राघव शाह सानु , माधव नेपाली, जयबहादुर बुढा र प्रीतम थापा मगर रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । पक्राउ परेका सन्दीपजंग शाह तरुण दल नेपालगन्जका नगर अध्यक्ष पनि हुन्।थाहाबाट

कपिलवस्तु गोलीकाण्ड : मृत्यु हुनेमा भारतीय नागरिक

0

कात्तिक १४, २०७६ कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ। कर्फ्यू तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्‍यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो। त्यसरी गोली लागेर मृत्यु भएका व्‍यक्ति भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्‍यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए।  कृष्णनगरमा भएको दोहोरो झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीको दाबी छ। प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयको भनाइ छ। प्रदर्शनका क्रममा करिब १२ प्रहरी र स्थानीय घाइते भएका छन्। प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बिहीबार ३५ राउन्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ।

कर्फ्यू तोडेपछि गोली

यता कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्ने क्रम शुरु भएसँगै प्रहरीले चलाएको गोलीबाट सुरजकुमार पाण्डेको मृत्यु भएको छ। मूर्ति बिसर्जन गर्न पाउनुपर्ने मागसहित पाण्डे सहितका व्‍यक्तिहरू प्रदर्शनमा उत्रिएसँगै कर्फ्यू तोडेको भन्दै प्रहरीले गोली हानेको हो। मृतक पाण्डे विगत १० वर्षदेखि कृष्णनगरमा चियापसल सञ्‍चालन गर्दै आएका थिए। लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्न मस्जिदको बाटो प्रयोग गर्न रोक लगाइएपछि शुरु भएको असमझदारीले दोहोरो झडपको रूप लिँदै गएपछि कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्तिकालीन कर्फ्यू आदेश जारी गरेको छ।

हिंसा भड्किने खतराले कर्फ्यू

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको आदेशमा जारी कर्फ्यूमा धार्मिक हिंसा भड्किने खतरा आएकाले ‘कर्फ्यू’ जारी गर्नु परेको उल्लेख छ। उनका अनुसार समस्यालाई वार्ताको माध्यमबाट मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि ‘कर्फ्यू’जारी गरिएको हो। बिहीबार बिहान ११ बजेबाट ‘कर्फ्यू’ जारी गरिएको छ। कृष्णनगर भन्सार कार्यालय देखी उतरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्ब तर्फ ३ सय मिटर क्षेत्रभित्र अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदंगा नगर्न आदेश दिइएको छ।

मूर्ति विसर्जनको निहुँमा तनाव

कृष्णनगर नगरपालिकाको झण्डेनगरबाट लक्ष्मी पूजाका मूर्तिसहित निकालिएको र्‍यालीलाई स्थानीय मस्जिद नजिकको बाटोबाट बिसर्जन गर्ने दिशातर्फ रोक लगाईएसँगै गएराति १० बजेदेखि १ बजेसम्म कृष्णनगर बजार तनाव उत्पन्न भएको थियो। सो क्रममा रातिमा थप हिंसा नहोस भन्ने हिसाबले सुरक्षा निकायले आज बिहान बिसर्जन गर्ने गरि सडकमै मूर्तिहरु राख्न गरेको आग्रहलाई हिन्दू धर्मपक्षधरहरुले स्वीकारेका थिए। तर रातिदेखि भएको वार्तामा शान्तिपूर्ण रूपमा विसर्जनको माहोल नबनेपछि आक्रोशित भएका हिन्दूधर्मपक्षधरहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्दै कृष्णनगरस्थित प्रहरी बिटमा आक्रमण गरेका थिए। त्यसैगरी मुस्लिम पक्षधरहरू पनि थप तनाव सिर्जना गर्ने क्रम सुरु भएसँगै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

नागरिक समाजको चिन्ता,

राजनीतिक दलहरुको स्वार्थ यता नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाइले घटना विषयप्रति चिन्ता व्‍यक्त गरेका छन्। उनले सबै पक्षलाई संयमित हुन वार्ताद्धारा समस्या समाधान गर्न अनुरोध गरेका छन्। उनले सबैमा आपसी सहयोग सद्भाव कायम गर्न आग्रहसमेत गरेका छन्। विगतमा कृष्णनगर क्षेत्रमा पटकपटक हिन्दू र मुस्मिलहरूबीच द्वन्द्व गराउने र राजनीतिक फाइदा लिने क्रम त्यहाँका राजनीतिक दलहरूमा रहेको स्थानीय अगुवाहरुको भनाइ छ। सबै पक्षलाई सद्भावपूर्ण राजनीति गर्न नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले विज्ञप्तिमार्फत अपिल गरेका छन्। उनले राज्यका सुरक्षा निकायलाई संयममतापूर्वक अघि बढेर सहज सहमति खोज्न अनुरोध गरेका छन्।

सञ्चारकर्मीमाथि हातपात

यसैबीच पाण्डेको मृत्युपश्चात् कृष्णनगरमा पुगेका सञ्चारकर्मीमाथि स्थानीय आक्रोशित समूहले हातपातसमेत गरेका छन्। आक्रोशित जत्थाले प्रेस युनियन कपिलवस्तु शाखा सभापति गोपाल भण्डारीलगायत सञ्‍चारकर्मीमाथि अभद्र व्‍यवहार प्रस्तुत गरेका छन्। समूहले क्यामेरासहितका सामान फुटाएको छ। यस घटनाप्रति पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरी र जिल्ला अध्यक्ष डिलाराम भुसालले विज्ञप्ति जारी गर्दै दु:ख प्रकट गरेका छन्। सञ्‍चारमाध्यम तथा सञ्‍चारकर्मीलाई संयमित भई समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरिएको छ।

थाहा खबरबाट

८ बर्षमा २४१ दुर्घटना : १५२ जनाको मृत्यु, ३८७ गम्भिर घाइते

0

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक १४।
गुल्मीमा सवारी दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य फेला परेको छ। जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना हुने दर र मानिसको मृत्यु सङ्ख्या पनि बढ्दै गएको हो । जिल्ला ट्राफिक प्रहरीको विगत आठ बर्ष अर्थात आर्थिक बर्ष २०६८/०७९ को तथ्याङ्क हेर्ने हो भने जिल्लामा कुल २४१ सवारी दुर्घटना भएका छन् ।

सोहि दुर्घटनामा परि १५२ जनाले ज्यान गुमाएका छन् भने ३८७ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा धेरै जीप÷कार ३७.९२ प्रतिशत अर्थात ८९ वटा दुर्घटनामा परेका छन् । भने ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरुष ६६.४४ प्रतिशत अर्थात १०१ जना पुरुषको ज्यान गएको छ । त्यस्तै विगत आठ बर्षमा महिला ३४ र बालबालिका १७ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक बर्ष ०६८/०६९ मा कुल २३ दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भिर घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये पुरुष १४ जना, महिला र बालबालिका दुई/दुई जना रहेका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, पाचँ महिला र एक बालबालिका रहेका छन् । सोहि बर्षमा ट्रक र ट्याक्टर तीन/तीन वटा, बस र जीप एक÷एक वटा तथा मोटरसाईकल सातवटा दुर्घटनामा परेका छन् ।

आर्थिक बर्ष ०६९/७० मा एउटा ट्रक, तीनवटा बस, १६ वटा जीप, १३ वटा ट्याक्टर र १४ वटा मोटरसाईकल गरी कुल ४७ दुर्घटना भए । उक्त दुर्घटना आर्थिक बर्ष ०६८/०६९ देखी ०७५/७६ सम्मकै उच्च दुर्घटना भएको बर्ष हो । सोहि बर्षमा कुल ३१ जनाले ज्यान गुमाए भने १०६ जना गम्भिर घाइते भए। ज्यान गुमाउनेमध्ये १९ पुरुष, ११ महिला र एक बालबालिका रहेका छन् । भने गम्भिर घाइतेमध्ये ६७ पुरुष, ३१ महिला र आठजना बालबालिका रहेका छन् ।

आर्थिक बर्ष ०७०/७१ मा भएका ४६ दुर्घटनामा परि १८ जनाले ज्यान गुमाए भने ८५ जना गम्भिर घाइते भए । दुर्घटना भएका सवारीमध्ये १८ वटा जीप, बस र ट्याक्टर छ/छ वटा, ट्रक तीनवटा तथा मोटरसाईकल १३ वटा रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमध्ये पुरुष १० जना, महिला छ जना र बालबालिका दुईजना रहेका छन् । भने गम्भिर घाइते हुनेमध्ये पुरुष ४२ जना, महिला ३० जना र बालबालिका १३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार देवी पौडेलले जानकारी दिए ।

आर्थिक बर्ष ०७१/७२ मा कुल ४० वटा सवारी दुर्घटना भए । दुर्घटनामा परि १७ मानिसको मृत्यु भयो भने ४९ जना गम्भिर घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप/कार १६ वटा, ट्याक्टर १० वटा, मोटरसाईकल सातवटा, ट्रक चारवटा, बस एउटा तथा अन्य सवारी दुईवटा रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमध्ये पुरुष ११ जना, बालबालिका पाचँजना तथा एकजना महिला रहेका छन् । गम्भिर घाइतेमध्ये २७ पुरुष, १५ महिला र सात बालबालिका रहेका छन् ।

सोहि आर्थिक बर्षमा ३९ जना सामान्य घाइते भएका छन् । जसमध्ये १६ पुरुष, ११ महिला तथा १२ बालबालिका रहेका छन् । आ.व. ०७२/७३ मा जीप सातवटा, मोटरसाईकल ११ वटा, ट्याक्टर छ वटा तथा बस पाँचवटा गरी कुल २८ सवारी दुर्घटना भए । दुर्घटनामा परि १९ जनाले ज्यान गुमाए । ३७ जना गम्भिर घाइते भए भने १४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मृत्यु हुनेमध्ये १५ पुरुष तथा महिला र बालबालिका दुई/दुईजना रहेका छन् । गम्भिर घाइते हुनेमध्ये २८ पुरुष, आठ महिला र एक बालबालिका रहेका छन् । भने सामान्य घाइते हुनेमध्ये पुरुष र महिला छ/छ जना तथा बालबालिका दुईजना रहेका छन् । आ.व. ०७३/७४ मा ट्रक र बस दुई/दुईवटा, जीप र ट्याक्टर सात/सातवटा तथा मोटरसाईकल तीनवटा दुर्घटना भए । दुर्घटनामा परि कुल ११ जनाको ज्यान गयो । २६ जना गम्भिर घाइते भए भने १६ जना सामान्य घाइते भए ।

आ.व. ०७४/७५ मा एक डोजर, दुई बस, चार जीप तथा पाँच/पाँच वटा ट्याक्टर र मोटरसाईकल गरी कुल १७ सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा परि १४ पुरुष र पाचँ महिला गरी १९ जनाको मृत्यु भयो । त्यस्तै १७ पुरुष, छ महिला र पाचँ बालबालिका गरी कुल २८ जना गम्भिर घाइते भए । भने १७ पुरुष, चार बालबालिका र एक महिला गरी कुल २२ जना सामान्य घाइते भए । त्यस्तै आ.व. ०७५/७६ मा दुर्घटना भएका २९ सवारीमा परि १९ जनाको ज्यान जानुका साथै ३३ जना गम्भिर र २५ जना सामान्य घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप/कार १२ वटा छन् । त्यस्तै ट्याक्टर १०, मोटरसाईकल ६ तथा एउटा बस दुर्घटना भयो ।

ज्यान गुमाउनेमध्ये पुरुष ११ जना तथा महिला र बालबालिका चार÷चार जना रहेका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, १० महिला तथा ६ जना बालबालिका रहेका छन् । भने सामान्य घाइतेमध्ये ११ पुरुष तथा महिला र बालबालिका सात/सातजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार पौड्यालले जानकारी दिए ।

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते, मृतक र घाइतेको पहिचान खुल्यो

0

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा लु १ च ३५१४ नम्बरको जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङकोटका ७५ बर्षिय राम प्रसाद खरेल र रेसुङ्गा नगरपालिका ३ की ५८ बर्षिया मसुरी बिक रहेका छन । घाइते हुनेमा मसिकोट नगरपालिका ७ का २३ बर्षिय भानुभक्त पौडेल, मुसिकोट ९ की ८ बर्षिया सोनिया बि.क र मुसिकोट ९ कै ३५ बर्षिय बिष्णु बि.क छन । घाइतेलाई उपचारको लागी बाग्लुङ्ग हटिया लगिएको छ भने शवहरुलाई पोष्टमर्टमको लागी जिल्ला सदरमुकाम तम्घास ल्याइदै छ ।

गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते

0

तिलाचन पाण्डे
कात्तिक १३ , २०७६ गुल्मी ः गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलैमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । लु १ च ३५१४ नं को जिप मुसिकोट नगरपालिका वडा नं ९ को दाङसिङबाट ददल्का तर्फ जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा वडा नं ९ का अन्दाजी ७० बर्षिय राम प्रसाद खरेल र अन्दाजी ४५ बर्षकी नाम नखुलेकी महिला रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलले जानकारी दिए । घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं ७ का २४ बर्षिय भानुभक्त पौडेल , ८ बर्षिय सोनिया बिक , २६ बर्षकी बिष्णु बिक रहेका छन् । घाइतेहरुको बाग्लुङको हटियामा उपचार भइरहेको घलेले जनाए । जिपका चालक ज्ञान बहादुर बिक फरार रहेका छन् उनको खोजी कार्य जारी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जुवाडेहरुलाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको आदेश

0
फाइल फोटो

कात्तिक १३, २०७६ काठमाडौं . सर्वोच्च अदालतले दुई करोड ६७ लाख रुपैयाँसहित महाराजगञ्‍जबाट गत आइतवार बिहानै पक्राउ परेका जुवाडेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। पक्राउ परेका २५ जनामध्ये ६ जनाले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले ती जुवाडेलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो। महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए। उक्त रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ति लामालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले आइतबार बन्दी प्रत्यक्षीकरण रिट हालेका बलेसहित ६ जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। भण्डारीको इजलासले यही सोमबार र आज ९बुधबार० बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका अन्य ८ जनालाई पनि म्याद तामेल गरेर हाजिर गराउन आदेश दिएको हो। भण्डारीको यो आदेशसँगै जुवाडेहरुविरुद्ध मुद्दा अघि बढाउन प्रहरीलाई सजिलो भएको छ। यही सोमबार पक्राउ परेकाहरु इन्द्र श्रेष्ठ, प्रेम थापा मगर, रामकृष्ण श्रेष्ठ र अशोक श्रेष्ठले थुनामुक्त गरी पाऊँ भन्दै रिट हालेका थिए। आजै शम्भु बुढाथोकी, होमप्रसाद चौलागाईँ, साङगे शेर्पा र ग्यालजे लामाले पनि बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। ुगत आइतवार रिट हालेकाले माग गरे बमोजिम आदेश भएन। उनीहरु हिरासतमै रहनेछन्ु, सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले थाहाखबरसँग भने, ुसोमबार र बुधबार रिट निवेदन दिएकालाई २४ घण्टा भित्र उपस्थित गराउन आदेश भएको छ। अब तीनै रिटको सुनुवाइ एकै ठाउँबाट हुनेछ।थाहाबाट