मंसिर ९, २०७६ . राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजी विजयी भएका छन्। कास्कीको पोखरामा आइतबार राति सम्पन्न ७ औँ केन्द्रीय महाधिवेशनमा उनले प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पराजित गरेका हुन। बिजीलाई ५ सय ८४ मत प्राप्त भएकोमा खत्रीलाई ५ सय ४५ मत प्राप्त भएको थियो। कोषाध्यक्ष पदमा तारापति सुवेदीलाई पराजित गर्दै राजु ढकाल विजयी बनेका छन्। यस्तै सहकोषाध्यक्षमा घनश्याम रिजाललाई पराजित गर्दै ईश्वरीप्रसाद भुसाल विजयी बनेका छन्। एक जनाको पद रहेको प्रशासनिक सचिवमा पुरुषोत्तम थापा २ सय ४५ मत पाएर पराजित भएका छन् भने ८ सय ४६ मत ल्याउँदै कृष्ण रेउले विजयी भएका छन्।यसैगरी, ७ जनाको पद रहेको खुल्ला सचिवमा जीवन दाहाल, रमेश राज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जीसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका छन्। यी सात ओटा पदमा १२ जनाको उम्मेदवारी परेको थियो। ७ जना महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर , अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सिता राना निर्वाचित भएका छन्। यस्तै, १२ जना खुल्ला केन्द्रीय सदस्यहरूमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपूत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचि भए। केन्द्रीय सदस्य ९विदेश शाखा० मा रामकृष्ण बम मल्ल ९७६७० र दुर्गा पङ्गेनी चुनिए। यस्तै, ७ ओटा प्रदेशबाट १र१ जना गरी ७ जना केन्द्रीय सदस्यहरू भौगोलिक रूपमा छनोट भएका छन्। अन्य प्रदेशमा सहमति भएको भए पनि गण्डकी र ७ नं। प्रदेशका लागि भने निर्वाचन नै भयो। गण्डकी प्रदेशबाट तारानाथ आचार्य र सदूरपश्चिम प्रदेशबाट नमिनसिङ धामी विजयी भएका छन्। प्रतिष्ठानका ११ ओटा पदहरूमा भने निर्वाचन अगाडि नै सर्वसम्मत चयन भएको थियो। जसमा वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँण, तृतीय उपाध्यक्षमा दीपक खड्का, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास के।सी, उपमहासचिवमा शिव हमाल र शङ्कर बिसी, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह कोषाध्यक्षमा पुर्णकला बिसी रहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा कुल मतदाता सङ्ख्या १३ सय ४८ रहेको भए पनि ८४ दशमलव ३४ प्रतिशत अर्थात् ११ सय ३७ मत खसेको थियो।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु
मंसिर ९, २०७६
‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज सोमबारबाट शुरु भएकोलैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ ।
१६ दिने अभियान हरेक वर्ष अंग्रेजी महिना २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइँदै आइएको छ । नेपालमा बलात्कारका घटनामा बृद्धि भइरहेका कारण यस वर्ष १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ । यस वर्ष १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” रहेको छ ।
नेपालमा यो अभियान २०५४ सालदेखि मनाउन सुरु गरिएको हो । अभियानका अवसरमा यस क्षेत्रमा रहेका सरकारी गैर सरकारी संघ सस्थाहरुले लैङ्गिक मैत्री समाज निर्माणमा सहयोग पुग्ने खालका कार्यक्रमको आयोजना गरेका छन।
दाङमा उपनिर्वाचन : नेता कार्यकर्ता उत्साहित, मतदाता निराश
मंसिर ९, २०७६ दाङ : दाङमा उपचुनावको महोल निकै तातिएको छ। राजनीतिक दलहरुले दैनिक गाउँगाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न लागिपरेका छन्। दाङ क्षेत्र नम्बर ३ (ख)मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका लागि मंसिर १४ मा उपनिर्वाचनले यहाँको राजनीतिक सरगर्मी बढेको हो। चुनावी माहोल आफ्नो पक्षमा पार्न केन्द्रीय नेताहरु चुनावी सभामा सहभागी भइरहेका छन्। चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी, राप्रपा संयुक्तलगायतका पार्टीका १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन। तर, मतदाताहरु भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने झैं छन्। यसअघिका निर्वाचनहरुमा जिताए पठाए पनि नेताहरुले गाउँको विकासभन्दा आफ्नो विकास बढी गरेकाले उपनिर्वाचनप्रति कुनै चासो नभएको मतदाताहरु बताउँछन्। ‘जति पटक भोट हाल्दा पनि देशमा कुनै परिवर्तन भएन,’ दंगिशरण गाउँपालिका–७ का शरद पौडेलले भने, ‘चुनावको बेला जनता सामु आएर झुठा आश्वासन दिने, जितेर गएपछि आफ्नै दुनो सोझाउने काम मात्र गरे। हाम्रो समस्या कसैले हेर्दैनन् ।’ चुनावमा विभिन्न किसिमको विकासका नारा लिएर भोट माग्न आउने र जितेर गएपछि विकासको कुरा त परै जाओस् फर्केरसम्म पनि नआउने गरेको मतदाताहरुको गुनासो छ। तुलसीपुर उपमहानगरपालिका–२ का नोखीराम खड्काले ३६ वर्षअघिदेखि देखाएको विकासे योजना अहिलेसम्म पूरा नभएको बताए। हामीले प्रत्येक निर्वाचनमा सिंचाइका लागि पक्की कुलोको माग गरे पनि ३६ वर्षसमम पनि कसैले सुनुवाइ नगरेको उनको दुखेसो छ। यस्तै, दंगिशरण गाँउपालिका–५ का थकाली थारुले पनि निर्वाचनको बेला नेताहरु घरघरमा आएर भोट माग्ने गरे पनि जितेपछि कुनै चासो नदिएकाले निर्वाचनप्रति उत्साह नभएको बताए। दाङकै मन्त्री भएको बेला समेत आफुहरुले कुनै विकासको अनुभव गर्न नपाएको दंगिशरण गाउँपालिका–७ का झुल्प चौधरीले बताउँछन्।
थाहा खबरबाट
रसुवागढी नाकाबाट एक किलो सुनसहित दुई जना पक्राउ
मंसिर ९, २०७६ रसुवा . चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्। रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ।
बेनीमा १२ जना जुवाडे प्रकाउ
मंसिर ९, २०७६ म्याग्दी . सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ। बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो। पिपलचोकबाट ८ जना र मंगलघाटबाट ४ जना प्रकाउ प्रहरी टोलीले गरेको थियो। प्रकाउ पर्नेमा २ महिला र १० जना पुरुष रहेको बताईएपनि प्रहरीले अनुसन्धान जारी रहेको भन्दै उनीहरुको नाम खुलाउन अस्विकार गरेको छ।
सामूहिक बलात्कारका मुख्य अभियुक्त तीन वर्षपछि पक्राउ
मंसिर ७, २०७६ कपिलवस्तु . तीन वर्षअघि कपिलवस्तुको मायादेवी गाउँपालिका(१ पकडीमा एक युवतीलाई सामूहिक बलात्कारपछि फरार रहँदै आएका मुख्य अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले कलामुद्दीन मुसलमानलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। विस २०७३ माघ १६ गते कलामुद्दीनसहित पाँचजना युवाले सामूहिक बलात्कार गरी त्यसको भिडियो बनाई सामाजिक संजालमा राखेका थिए। घटनापछि उनी फरार रहँदै आएका थिए। घटनामा पाँचजनालाई अदालतले २०७५ असोजमा जिल्ला न्यायाधीश लोकजंग शाहको ईजलासले दोषी करार गरेको थियो। अदालतले घटनामा संलग्न पाँचजनालाई ११ वर्ष कैद तथा १र१ लाख रुपैयाँ जरिवाना तोकेको थियो। घटनालगत्तै कलामुद्दीनलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतले पहिलो पटक कलामुद्दीनलाई धरौटीमा रिहा गरेको थियो। पछि आफ्नै फैसलालाई उल्टाउदै पाँचजनालाई नै दोषी ठहर गरेको थियो। धरौटीमा रिहा भएपछि कलामुद्दीन फरार भएका थिए। अदालतले मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्दीन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरेको हो। फैसला कार्यान्वयनको लागि प्रहरी तथा कारागारलाई आदेश गइसकेको अदालत प्रशासनले जनाएको छ। भारत घर भई आफ्नो मामा घर पकडी बस्ने वर्ष २० कि युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ १६ गते पिर्चुखीस्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो। बलात्कारपश्चात युवतीको नग्न भिडियोसमेत बनाइ सामाजिक संजालमा हालिएको थियो। सोही आधार तथा प्रमाणअनुसार प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गरि मुद्दा दायर गरेको थियो। अझै दुईजना अभियुक्त फरार छन्। उनीहरूको खोजी भइरहको प्रहरीले जनाएको छ। पक्राउ परेको कलामुद्दीनलाई आइतबार अदालत हाजिर गरी कारागार चलान गरिने प्रहरी नायव उपरिक्षक मल्लले बताए।
भैरहवा मेलामा एकैदिन २५ हजार दर्शक, १ करोड कारोबार
भैरहवा, ७ मंसिर ।
भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा
एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा हिजो शनिबार पाचौं दिन मात्र २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । साथै शनिबार मात्र महोत्सवमा १ करोडको कारोबार भएको संयोजक भण्डारीले बताए । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा पर्यटन र कृषिलाई बिषेश प्राथमिकता दिइएको छ । शनिबार निकै भिडभाड रहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायाँदेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका थिए । साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो ।
विभिन्न क्षेत्रका गरी ४ सय स्टलहरु दर्ता भएको महोत्सवमा शनिबार व्यापार पनि सन्तोषजनक रहेको स्टल नं. २०० का वाइ बी सप्लायर्सका संचालक सुनिता न्यौपानेले बताइन् । जुम्लाको मार्सि चामल, विभिन्न समुदायका परिकारहरु, महिला हस्तकलाका विभिन्न समानहरु, पाल्पाली ढाकाका कपडाहरु लगायतमा दर्शकको भिड बढी रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए ।
शनिबार महोत्सवको आकर्षणको रुपमा रहेका नेपाल आइडलको पहिलो सिजनमा तृतीय हुन सफल कलाकार प्रताप दास, हास्य कलाकार सुबोध गौतम, भोजपुरी कलाकार प्रमोद जख्मी, विभिन्न स्थानीय कलाकार लगायतले दर्शकलाई निकै रमाइलो प्रदान गरेका थिए ।
आज आइतबार महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गायिका कृष्णा गुरुङ, गायक अर्जुन कौशल लगायत विभिन्न स्थानीय कलाकारको प्रस्तुती हुने साँस्कृतिक संयोजक बाबुराम शर्मा खनालले बताए ।
यसैबीच महोत्सवमा आज आइतबार देखि कुस्ती प्रतियोगिता हुने मेला मुल आयोजक समिति सह संयोजक तथा खेलकुद तथा स्वयमसेवक व्यवस्थापन उपसमिति संयोजक दर्पण श्रेष्ठले जानकारी दिए ।
नेपाल र भारतका पुरुष र महिला खेलाडि सहभागि हुने उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने संयोजक श्रेष्ठले बताए ।
१६ गतेसम्म संचालन हुने महोत्सवमा २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ अवलोकन गराउने आयोजकको लक्ष्य छ ।
गुल्मीको कफी र सुन्तलालाई ब्यबसायीक रुपमा लैजान चेम्बर अध्यक्ष श्रेष्ठको आग्रह
तिलाचन पाण्डे
मंसिर ७ ,२०७६ गुल्मी ः नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले गुल्मीमा कफी र सुन्तलालाई ब्यबसायीकरण गर्न आग्रह गरेका छन् । गुल्मी चेम्बर अफ कमर्शको प्रथम जिल्ला अधिबेसनलाई सम्बोधन गर्दै श्रेष्ठले गुल्मीमा कफी र सुन्तलाको माध्यमबाट आय आर्जन गर्न सकिनेमा जोड दिएका छन् ।
गुल्मीबाट कफीको सुरुवात जिल्ला भएको र देश बिदेसमा कफीको चर्चा चलेको भन्दै ब्यबसायीक रुपमा कफी खेती गर्न आग्रह गर्दै सुन्तलाको पनि ब्यबसायीक रुपमा खेती गरि जुसहरु उत्पादन गर्न सकिने बताएका छन् । यस संग संगै गुल्मीलाई पर्यटनको माध्यमबाट पनि अगाडी बढाउन सकिने उल्लेख गरे । उनले पर्यटन बिकास संगै होटल र अन्य ब्यबसाय गर्न सकिने भन्दै अब निर्वाहामुखी नभई ब्यबसायीक रुपमा ब्यबसाय गर्न आग्रह गरेका छन् । हामीहरु अझै पनि निर्वाहमुखीमै भएकाले ब्यबसायी नभई आर्थिक रुपमा सम्पन्न बन्न नसकिने भन्दै ब्यबसायीक बन्न उनले आग्रह गरेका हुन् ।
पछिल्लो अबस्थामा सरकारले सबैलाई पान नं अनिवार्य गरेको सन्र्दभमा काठमाण्डौमा बसेर बनाउने नीतिले गाउँमा सम्भब नभएको दाबी गरे । उनले पान नं के देशमा नागरिकता त सहज रुपमा लिन नसक्नेले कसरी प्यान नं लिने भन्दै प्रश्न समेत गरेका छन् ।
सरकारले देशमा उधोगहरु स्गापना गर्नका लागि अझैसम्म पनि आवश्यक कानुनहरु निर्माण गर्न नसकेको र भएका कानुनहरु पनि अपुर्ण भएको श्रेष्ठले बताए ।
एक इन्च भूमि कसैलाई नछाड्ने प्रचण्डको दाबी
मंसिर ७ , २०७६ गुल्मी ः नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताएका छन् ।
उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न बागलुङको बुर्तिवाङ जाने क्रममा गुल्मीको मुसिकोट नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकताको सन्देश दिँदै सरकारले राजनैतिक र कुटनैतिक प्रयास सुरु गरेको बताए । प्रचण्डले भने “कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकालि पूर्वको भुभाग नेपाल हो भन्ने सुघौलि सन्धिको वेलाको मान्यताको अतिक्रम भएको छ । जुन हामिलाई मान्य छैन, हामी एक इन्च भूमि कसैलाइ छोड्न सक्दैनौ र अर्काको एक इन्च भूमि हामिलाई चाहिएको छैन।” प्रचण्डले राज्यको गुणात्मक परिवर्तन भैरहेको भन्दै नयाँ संरचना भएकोले केहि समय लागेको अव विकासमा अगाडि बढ्न लागेको बताए । ७० वर्ष पछि नेपाली जनताले स्थीर सरकारको पाएको भन्दै ३ वर्षमा विकासले फट्को मार्ने बताए । हालै पार्टिको कार्यकारी अध्यक्ष बनेका प्रचण्डले तत्कालै स्थायी समितिको बैठक वसि देश व्यापी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगाएतको सहभागिता रहेको थियो। स्वागतको लागि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगायत पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो।
नेपालमा राजनीतिक स्थायीत्व देख्दा देश बिदेशी शक्तिहरुले नकारात्मक प्रचार गरे ः मन्त्री गिरी
तिलाचन पाण्डे
मंसिर ७ , २०७६ गुल्मी ः प्रदेश नं ५ का उधोग बन तथा प्रर्यटन मन्त्री लिला गिरीले अहिले नेपालमा राजनीतिक स्थायीत्व देख्दा देश तथा बिदेशी शक्तिहरुले नकारात्मक प्रचार गर्न लागेको आरोप लगाएका छन् ।
गुल्मीको रेसुंगा नगरपालिकाको उनायचौरमा ट्री हाउसको उद्घाटन गर्दै मन्त्री गिरीले देशमा राजनीतिक स्थायीत्व संगै दु्रत गतिमा बिकास हुन लागेकाले कतिपय शक्तिहरुले देशको बिकास र भलो नचाँहनेहरुले नकारात्मक प्रचार गर्दै हिडेकाले उनीहरुलाई बिकास गरेर देखाइदिने बताएका छन् ।
पछिल्लो समयमा स्थानीय स्तरमा हुने गरेका बिकासका योजनाहरुको बारेमा कसैले थाहा छैन कसले गरो भनेर उम्कने छुट कसैलाई नभएको उनले दाबी गरे । केन्द्र , प्रदेश र स्थानीय स्तरबाट जसको बजेट भएपनि कसैले दुरुपयोग गर्ने अधिकार नभएकाले स्थानीय स्तरमा त्यसको बारेमा धेरै जानकार हुनुपर्नेमा समेत जोड दिए । केन्द्र प्रदेश र स्तानीय स्तर जसको बजेट भएपनि सदुपयोग हुनुपर्ने र त्यसमा बढी जिम्मेवार स्थानीय हुनुपर्नेमा जोड दिए । पहिले जस्तो बजेटको दुरुपयोग हुने अबस्था अबको नभएकाले कतिपय शक्तिहरुले बर्तमान सरकारको नकारात्मक प्रचार गर्दै हिडेको आरोप लगाए ।
मन्त्री गिरीले पर्यटन संगै आय आर्जजमा बृद्धि गर्नुपर्नेमा जोड दिए । पर्यटनको बिकास संगै स्थानीय स्तरको जनजीबनमा आय आर्जनमा समेत बृद्धि हुनुपर्नेमा जोड दिएका छन् । राज्यको लगानीमा पर्यटकिय स्थलहरु बन्ने तर त्यसलाई सदुपयोग गरि आय आर्जन नभएमा त्यस्को कुनै आर्थ नहुने भएकाले पर्यटन बिकास संगै होटल , नास्ता पसल लगायतको माध्यमबाट स्थानीय आय आर्जनमा बृद्धि गर्ने गरी लाग्न आग्रह गरे ।
अर्को एक फरक प्रसंगमा मन्त्री गिरीले हालसम्म प्रदेश सरकारले प्रदेसलाई आवश्यक पर्ने कानुनहरु निर्माण गर्न समय लागेकाले अब जनताले अनुभुति गर्ने गरी बिकास गर्ने दाबी गरे । हालसम्म हामी कानुन निर्माणमा समय खर्च गर्यौ अब जनताको आबश्यकता र देखिने गरी बिकास गर्ने दाबी गरे ।
कुल १३ लाख ३८ हजार ९११ रुपैयाँमा ट्रीहाउस निर्माण भएको डिभिजन बन कार्यलय गुल्मीका प्रमुख बोधराज सुबेदीले जानकारी दिए ।

















