गुल्मीको कफी र सुन्तलालाई ब्यबसायीक रुपमा लैजान चेम्बर अध्यक्ष श्रेष्ठको आग्रह

0
468

तिलाचन पाण्डे
मंसिर ७ ,२०७६ गुल्मी ः नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले गुल्मीमा कफी र सुन्तलालाई ब्यबसायीकरण गर्न आग्रह गरेका छन् । गुल्मी चेम्बर अफ कमर्शको प्रथम जिल्ला अधिबेसनलाई सम्बोधन गर्दै श्रेष्ठले गुल्मीमा कफी र सुन्तलाको माध्यमबाट आय आर्जन गर्न सकिनेमा जोड दिएका छन् ।
गुल्मीबाट कफीको सुरुवात जिल्ला भएको र देश बिदेसमा कफीको चर्चा चलेको भन्दै ब्यबसायीक रुपमा कफी खेती गर्न आग्रह गर्दै सुन्तलाको पनि ब्यबसायीक रुपमा खेती गरि जुसहरु उत्पादन गर्न सकिने बताएका छन् । यस संग संगै गुल्मीलाई पर्यटनको माध्यमबाट पनि अगाडी बढाउन सकिने उल्लेख गरे । उनले पर्यटन बिकास संगै होटल र अन्य ब्यबसाय गर्न सकिने भन्दै अब निर्वाहामुखी नभई ब्यबसायीक रुपमा ब्यबसाय गर्न आग्रह गरेका छन् । हामीहरु अझै पनि निर्वाहमुखीमै भएकाले ब्यबसायी नभई आर्थिक रुपमा सम्पन्न बन्न नसकिने भन्दै ब्यबसायीक बन्न उनले आग्रह गरेका हुन् ।
पछिल्लो अबस्थामा सरकारले सबैलाई पान नं अनिवार्य गरेको सन्र्दभमा काठमाण्डौमा बसेर बनाउने नीतिले गाउँमा सम्भब नभएको दाबी गरे । उनले पान नं के देशमा नागरिकता त सहज रुपमा लिन नसक्नेले कसरी प्यान नं लिने भन्दै प्रश्न समेत गरेका छन् ।
सरकारले देशमा उधोगहरु स्गापना गर्नका लागि अझैसम्म पनि आवश्यक कानुनहरु निर्माण गर्न नसकेको र भएका कानुनहरु पनि अपुर्ण भएको श्रेष्ठले बताए ।

SHARE