नेपालमा राजनीतिक स्थायीत्व देख्दा देश बिदेशी शक्तिहरुले नकारात्मक प्रचार गरे ः मन्त्री गिरी

0
399

तिलाचन पाण्डे
मंसिर ७ , २०७६ गुल्मी ः प्रदेश नं ५ का उधोग बन तथा प्रर्यटन मन्त्री लिला गिरीले अहिले नेपालमा राजनीतिक स्थायीत्व देख्दा देश तथा बिदेशी शक्तिहरुले नकारात्मक प्रचार गर्न लागेको आरोप लगाएका छन् ।
गुल्मीको रेसुंगा नगरपालिकाको उनायचौरमा ट्री हाउसको उद्घाटन गर्दै मन्त्री गिरीले देशमा राजनीतिक स्थायीत्व संगै दु्रत गतिमा बिकास हुन लागेकाले कतिपय शक्तिहरुले देशको बिकास र भलो नचाँहनेहरुले नकारात्मक प्रचार गर्दै हिडेकाले उनीहरुलाई बिकास गरेर देखाइदिने बताएका छन् ।
पछिल्लो समयमा स्थानीय स्तरमा हुने गरेका बिकासका योजनाहरुको बारेमा कसैले थाहा छैन कसले गरो भनेर उम्कने छुट कसैलाई नभएको उनले दाबी गरे । केन्द्र , प्रदेश र स्थानीय स्तरबाट जसको बजेट भएपनि कसैले दुरुपयोग गर्ने अधिकार नभएकाले स्थानीय स्तरमा त्यसको बारेमा धेरै जानकार हुनुपर्नेमा समेत जोड दिए । केन्द्र प्रदेश र स्तानीय स्तर जसको बजेट भएपनि सदुपयोग हुनुपर्ने र त्यसमा बढी जिम्मेवार स्थानीय हुनुपर्नेमा जोड दिए । पहिले जस्तो बजेटको दुरुपयोग हुने अबस्था अबको नभएकाले कतिपय शक्तिहरुले बर्तमान सरकारको नकारात्मक प्रचार गर्दै हिडेको आरोप लगाए ।
मन्त्री गिरीले पर्यटन संगै आय आर्जजमा बृद्धि गर्नुपर्नेमा जोड दिए । पर्यटनको बिकास संगै स्थानीय स्तरको जनजीबनमा आय आर्जनमा समेत बृद्धि हुनुपर्नेमा जोड दिएका छन् । राज्यको लगानीमा पर्यटकिय स्थलहरु बन्ने तर त्यसलाई सदुपयोग गरि आय आर्जन नभएमा त्यस्को कुनै आर्थ नहुने भएकाले पर्यटन बिकास संगै होटल , नास्ता पसल लगायतको माध्यमबाट स्थानीय आय आर्जनमा बृद्धि गर्ने गरी लाग्न आग्रह गरे ।
अर्को एक फरक प्रसंगमा मन्त्री गिरीले हालसम्म प्रदेश सरकारले प्रदेसलाई आवश्यक पर्ने कानुनहरु निर्माण गर्न समय लागेकाले अब जनताले अनुभुति गर्ने गरी बिकास गर्ने दाबी गरे । हालसम्म हामी कानुन निर्माणमा समय खर्च गर्यौ अब जनताको आबश्यकता र देखिने गरी बिकास गर्ने दाबी गरे ।
कुल १३ लाख ३८ हजार ९११ रुपैयाँमा ट्रीहाउस निर्माण भएको डिभिजन बन कार्यलय गुल्मीका प्रमुख बोधराज सुबेदीले जानकारी दिए ।

SHARE