मंसिर ११, २०७६ काठमाडौं : जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्। बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्। कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हँुदै छ। दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन्। देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए। भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ। सभमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दैछन्। उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुझ्न र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ। वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन्। अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ५ को अध्यक्षको चुनावी सभालाई नेकपाका नेता भीम रावलले सम्बोधन गरे। उक्त वडाको चुनावी सभालाई कांग्रेसका एनपी साउदले पनि सम्बोधन गरेका थिए। कास्की–२, भक्तपुर १ (१), बागलुङ २ (२) र दाङ ३ (२) मा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका छन् भन्ने खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ। निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्। आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। आयोग प्रवक्ता नरेन्द्र दाहाल स्थानीय तहमा राजनीतिक दलका नेतासमेत राखेर आचारसंहिता अनुगमन समिति बनाइएकाले पनि आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताउँछन्।थाहाखबरबाट
महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाब पार्ने
भैरहवा, १० मंसिर ।
नीजिस्तरबाट सञ्चालित मेला महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाब पार्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले सरकारले सञ्चालन गर्नुपर्ने महोत्सव नीजि क्षेत्रले सञ्चालन गरे पनि त्यसले सरकारको नीतिलाई सहयोग पु¥याइरहेको बताए ।
भैरहवा बाट प्रकाशित गौतमबुद्ध सन्देश दैनिक तथा रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको संचालन संस्था गौतमबुद्ध मिडिया प्रा.लि.ले आयोजना गरेको आर्थिक तथा पर्यटन क्षेत्रमा महोत्सवले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताए । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सञ्चालित पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्ने सहभागिहरुले प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन महोत्सवले सहयोग पु¥याइरहेको बताए ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका संयोजक तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले भैरहवाको पहिचान र बजार प्रबद्र्धनमा महोत्सवको भुमिका महत्वपूर्ण रहने बताए । उनले ४ सय स्टलमा स्वयंसेवक, कर्मचारी गरी २ हजार बढीले महोत्सवमा रोजगारी पाएको बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान बनाउने बताए ।
मेला मूल आयोजक समितिका सह–संयोजक गिरिषचन्द्र त्रिपाठीले छरिएर रहेको पैसालाई महोत्सवले एकीकृत बनाएको बताए । सह–संयोजक रामचन्द्र रेग्मीले महोत्सवमा दैनिक करौडौं आर्थिक कारोबार हुँदा निश्चय नै यसले आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको बताए । सह–संयोजक दर्पण श्रेष्ठले खेलकुद प्रतियोगितामा सहभागि हुन आउने खेलाडी र दर्शकले निश्चय नै आर्थिक क्षेत्रलाई छुने बताए ।
सचिवालय व्यवस्थापन उपसमिति संयोजक अनिल कुमार ज्ञवालीले महोत्सवमा राखिएका विभिन्न स्टलहरुबाट हुने व्यापारले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए ।
आर्थिक व्यवस्थापन परिचालन तथा स्पोन्सर व्यवस्थापन उपसमिति संयोजक सचिन रोक्काले स्थानीय उद्योगको प्रबद्र्धन गर्ने कुरामा खासै ध्यान नपुगेको अवस्थामा महोत्वसले स्थानीय उत्पादनमा जोड दिएको बताए ।
प्रचारप्रसार उपसमिति संयोजक कृष्ण बहादुर गुरुङले पर्यटकीय स्थलको प्रचार हुन नसके त्यो क्षेत्र ओझेलमा पर्ने भएकोले महोत्सवले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गरेर पर्यटन प्रबद्र्धन गरेको बताए ।
खाना तथा आवास व्यवस्थापन उपसमिति संयोजक गणेश प्रसाद बेल्बासेले महोत्सव विभिन्न उत्पादनको प्रचारप्रसार स्थल समेत बनेको बताए ।
अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजक विन्दु न्यौपानेले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याएको बताइन् । स्थानीय कला संस्कृति तथा व्यवस्थापन उपसमिति संयोजक बाबुराम शर्मा खनालले मेलाले संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेलेको बताए । विज्ञापन उपसमिति संयोजक केशवराज ज्ञवालीले महोत्सवले पर्यटन क्षेत्रको प्रबद्र्धन गरेको बताए ।
गौतमबुद्ध मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक माधब न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीले प्रकाश पारेका थिए । मिडिया प्रा.लि.ले केही वर्ष देखि महोत्सवहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको पत्रिकाका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ताले बताए ।
गुल्मीमा जिप दुर्घटना एक को मृत्यु , ४ घाइते
तिलाचन पाण्डे
मंसिर १० , २०७६ गुल्मी ः
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुल्मीको रिडीदेखि सत्यवती गाँउपालिकाको ठुलोलुम्पेक जाँदै गरेको लु १ ज २७८४ नं को जिप बुटिस गैरामा दुर्घटना हँुदा सत्यवती गाउँपालिका वडा नं तीन सिङदीकी बर्ष ६८ की ललिति सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेहरुमा २३ बर्षका साजन राहदी , २२ बर्षका देब बहादुर बिक , २३ बर्षका अनिल बिक , र ७ बर्षका बिरेन्द्र सिंजाली रहेको घलेले बताए । चालक कपिल बिक फरार रहेका छन् । घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको घलेले जानकारी दिए । जिप सडकदेखी करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ घटनाको बारेमा अनुसन्धान भइरहेको घलेले बताए ।
कहाँबाट आउँछन् अवैध हतियार ?
काठमाडौं । मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला पर्यो ।
त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद गर्यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ ।
विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् । प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढङ्गले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक वर्ष करिब छ सय अवैध हतियार बरामद हुने गर्छन् । तीमध्ये लामो हतियारको संख्या बढी छ । छोटो हतियारमा कटुवा पेस्तोल र स्वचालित पेस्तोल बढी भेटिने गरेको छ ।
चालू आर्थिक वर्षको असोजसम्ममा लामो ४२ थान, छोटो ३७ थान, गोली चार हजार ८६९ राउन्ड बरामद भएको छ । बरामद हतियारसँगै एक सय तीन जना पक्राउ परेका छन् । गोरखापत्र दैनिकबाट
प्रदेश ५ मा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना
प्रदेश नं ५ मा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना देखिएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कायक्रममार्फत ऊर्जाको सम्भावना खोजी गर्दै अध्ययन तथा अनुसन्धानमा जोड दिएको छ ।
सरकारले प्रदेश ५ मा पाँच वर्षभित्रमा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने योजना बनाएको छ भने वैकल्पिक र अन्य ऊर्जाको सन्दर्भमा फोहरलाई ऊर्जामा परिणत गर्ने रणनीतिसमेत तय गरेको छ । प्रदेश सरकारले वायु ऊर्जाको सम्भावनालाई मध्यनजर गर्दै त्यसको अध्ययनमा ध्यान केन्द्रित गरेको छ । प्रदेश ५ का स्थानीय तहका सरकारको परिचालनबाट बायो ग्यासको उत्पादनमा जोड दिने र सामुदायिक वनमार्फत ब्रिकेट निर्माण गरी त्यसलाई ऊर्जाको स्रोतको रुपमा प्रयोगमा ल्याउन सकिने सरकारको विश्वास छ ।
रासससँग कुरा गर्दै प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले ऊर्जाका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्रसँग सहमति तथा समझदारी भएको जानकारी दिँदै ऊर्जाका विभिन्न कार्यक्रममा निजी क्षेत्रको सहभागितालाई समेत प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । नेपालमा वर्षेनी खपत हुने ऊर्जाको करिब तीन प्रतिशत मात्रै विद्युतीय ऊर्जा छ । दश वर्षमा विद्युत्को खपत हालको ११० मेगावाटबाट एक हजार ५०० किलोवाट पु¥याउने नीति नेपाल सरकारले प्रस्तुत गरेको छ ।
राष्ट्रियस्तरमा पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट जडित क्षमता पु¥याउने नीतिसित तादाम्य हुने गराउँदा जनसङ्ख्याको अनुपातमा प्रदेश नं ५ ले पाँच वर्षमा ७५० मेगावाट विद्युत् प्लान्ट थप्नुपर्ने देखिन्छ । राष्ट्रियस्तरमा ऊर्जा मिश्रणको हिसाबले र प्रदेशको जलविद्युत् सम्भाव्यताको हिसाबले यस प्रदेशमा जलविद्युत्लाई विद्युत् ऊर्जा उत्पादनको एक हिस्साको रुपमा विकास गरिने तथा उत्पादनको वृद्धिसँगै विद्युत् सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशको जलविद्युत् सम्भाव्यता तुलनात्मक रुपमा कमजोर छ र हालसम्म ३६ मेगावाटको हाराहारी मात्रै जलविद्युत् उत्पादन भएको छ ।
प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले अबको तीन वर्षभित्र उज्यालो नपुगेको ठाउँमा उज्यालो बनाउने बिजुली नपुगेको ठाउँमा वैकल्पिक ऊर्जामार्फत बिजुली पु¥याउने लक्ष्य लिएको जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग मिलेर ग्रिड नपुगेको ठाउँमा ९० प्रतिशत अनुदानमा रु १२ करोडको लागतमा काम भइरहेको उल्लेख गर्दै वायो ग्यास, सोलार, लघु जलविद्युत् आयोजनालगायत कार्यक्रमका लागि रु ३५ करोड बजेटको व्यवस्था भएको बताए ।
प्रदेश योजना आयोगका सदस्य डा विष्णु गौतमले ऊर्जाको क्षेत्रमा केही फरक रणनीति तय हुन लागेको जानकारी दिँदै सौर्य ऊर्जामा लगानी आर्कषण गर्न कार्यक्रम सञ्चालन गरिने छ भने । उनले प्रदेश ५ को ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनका लागि पूर्वाधार विकास प्राधिकरण प्रदेश सरकारको मन्त्रिपरिषद्बाट पास भएको र त्यसमार्फत सौर्य ऊर्जाका काम पनि प्रभावकारी बनाइने उल्लेख गरे । उनले ऊर्जाको क्षेत्रमा काम गर्न निजी क्षेत्रको सहभागितालाई समेत जोड दिइने बताए । प्रदेश ५ को सरकारले भनेको छ, “इन्धनको तीन चौथाइभन्दा बढी हिस्सा ओगट्ने ऊर्जालाई वैकल्पिक ऊर्जाभित्र समेटी त्यसलाई विकासको प्राथमिकतामा नपार्नु प्रमुख समस्या हो ।
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड १० दिन बन्द गरिने ँ
अर्घाखाँची जोड्ने मुख्य सडकको रूपमा स्थापित गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड मंसिर १० गते मंगलबार देखि १० दिन बन्द हुने भएको छ। उक्त सडकखण्डको नरपानी देखि घुम्टीसम्मको साघुरा घुम्टीहरु फराकिलो गराउने योजना अनुसार मंसिर १० देखि बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो १ बजे देखि ४ बजे सम्म निरन्तर कम्तिमा १० दिन सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ। सोमबार सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको संयोजकत्वमा बसेको यातायात ब्यवसायीसँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय भएको हो। सडक साघुँरो तथा धेरै घुम्ति भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा फराकिलो गर्न सडक बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए। नरपानी देखि घुम्ति सम्मको सडकखण्ड धेरै साघुरा घुम्ति एक तर्फी भएका कारण सवारी साधन दुर्घटना हुदा बर्सेनि दर्जनौं नागरिकको मृत्यु हुने गरेको छ। सयौं जना घाईते भएका छन्। धेरैको अङ्ग भङ्ग भएको छ। सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले साधुरा घुम्ति काट्न सुरू गरिएको बताईएको छ। राती तथा दिउँसो २ घण्टा भने सडक सञ्चालन हुने छ। साना सवारी साधनहरूलाई बैकल्पिक सडक प्रयोग गरि यात्रा गर्न सुझाईएको छ। थाहाखबरबाट
मोटरसाइकल दुर्घटनामा १ को मृत्यु १ जना घाइते
मंसिर १०, २०७६ पाल्पा ः जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ अधेरीगैरामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ सादनाबुटाका ४० वर्षीय लक्ष्मण नेपाली रहेको इलाका प्रहरी कार्यालय मुझुङका प्रहरी नायब निरीक्षक गोपालबहादुर पुनले बताए। नेपालीको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका ३ हार्थोकका ३० वर्षीय लेखबहादुर गैरे रहेका छन्। उनको अवस्था गम्भीर रहेको र अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीको गोखुङ्गाबाट हार्थोकतर्फ आउँदै गरेको लु २८ प ३५७ नम्बरको मोटरसाइकल अपरान्ह ४स्३० बजेतिर दुर्घटना भएको प्रहरी नायब निरीक्षक पुनले बताए। मोटरसाइकल सडकभन्दा करिब ५० मिटर तल खसेको छ। उनिहरू रैनदेवी मन्दिरमा पूजा गरेर फर्किदै थिए।
इनास चेक रिपब्लिकको अध्यक्षमा अन्जना रायमाझी चयन
रामकृस्ण कंडेल,मंसिर१०
अन्तरास्ट्रिय नेपालि कलाकार समाज चेक रिपब्लिक को दोस्रो अधिबेसन भब्यताका साथ सम्पन्न भएको छ।भेलाले श्रीमति अन्जना रायमाझी (पर्दुबिस्से)अध्यक्षतामा २१ सदस्यिय समिति चयन गरेको छ।समितिको उपाध्यक्ष यदुराम पन्थी (प्राग), उपाध्यक्ष दुर्गा प्रसाद तिवारी (कादन),महिला उपाध्यक्ष श्रीमती जमुना अधिकारि रायमाझी (प्राग) महासचिबमा श्री ग्रिस कडेल ( प्राग) सचिबमा विजय गुरुङ (प्राग) कोषाध्यक्ष अशोक परियार (पर्दुबिसे) सह कोषाध्यक्ष अप्सरा थापा (चेस्केहो बुदेओबिस्से ) कार्यकारी सदस्य हरु श्री कारण बोहोरा (उस्ती नालब्बेम ),श्रीमति कोपिला कार्की ,रायमाझी (चेस्केहो बुदेओबिस्से) अमित सारु (पिल्जेन),श्री ओम छेत्री (पर्दुबिसे),सुश्री आशा काउछ,( पिल्जेन),सुजन देबकोटा (कादन) सुरज कार्की (कादन),चेत बहादुर कार्की (कादन),चक्र रायमाझी (कादन), सरुना सक्य ( ब्र्नो), भुवन स्रेस्ट ( ब्र्नो),सुश्री रोजिना स्रेस्ट (प्रग),सुश्री अम्बिका पाण्डे (प्रग) रहनु भएको चेक रिपपब्लिक बाट बैकुन्ठ रायमाझिले बताऊनु भयो। अन्तरास्ट्रिय नेपालि कलाकार समाज नेपालि कला,संस्कृती,भाषा,भेसभूसा को संरक्षण र प्रवर्दन गर्दै नेपालि कलासंस्कृती लाई संसारभरी प्रचार प्रसार गर्ने एक छाता संगठन हो ।बिस्वभर छरिएर रहेका नेपालि हरुको छाता संस्था को रूपमा यो संस्था प्रख्यात रहदै आएको छ।यसै अनुसार चेक रिपब्लिक मा पनि यसको शाखा संगठन छ।यस संस्थाको भावना र मर्म अनुशार विभिन्न समयमा बिभिन्न कार्यक्रम हुदै आएका छन।
पर्यटनमन्त्रीलाई रिबन काट्ने चटारो , २० हजारले अवलोकन गरेपछि ‘रुख घर’को उद्घाटन
हुमाकान्त पोखरेल
गुल्मी९ मंसिर । कुनै पनि नयाँ योजनाको उद्घाटन कतिबेला गरिन्छ ? योजना सम्पन्न भइसकेपछि, प्रयोगमा आउनुपुर्व । आजकाल उच्च ओहोदाको व्यक्तिले कुनै पनि योजनाको उद्घाटन गर्ने अर्थात रिबन काट्नेको प्रतिस्पर्धा नै हुने गर्दछ ।
त्यसैको पहिल्लो उदाहरण बनेको छ, रेसुङ्गा नगरपालिका वडा नम्बर ७ उनायचौरको ‘ट्रि हाउस’ अर्थात रुख घर । सर्वसाधारणका लागि खुल्ला गर्नुपुर्व नै उद्घाटन हुनुपर्ने उक्त ट्रि हाउसको भने २० हजार दर्शकको अवलोकनपछि मात्र उद्घाटन गरिएको छ । गत जेठ ११ गतेबाट सुरु भएको ट्रि हाउस निर्माण कार्य भदौ ११ गते सम्पन्न भएको थियो । निर्माण कार्य सम्पन्न भएदेखि नै आम नागरिकको लागि खुल्ला गरिएको उक्त ट्रि हाउसको ५ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरीले तीन महिनापछि मंसिर ७ गते मात्रै उद्घाटन गरे । नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले आफ्नो नाम र काम मिडियामा आउने भएकोले भिआइपि मन्त्रीहरुले प्रयोगमा आइसकेका संरचना उद्घाटन गर्ने आरोप लगाए ।

‘एकातर्फ भिआइपि जनप्रतिनिधिलाई मिडियामा छाउने रहर छ, भने स्थानीय कार्यक्रतालाई पनि त्यसको जस लिने प्रतिस्पर्धा छ ।’ उनले भने, ‘प्रयोगमा आइसकेको संरचना मन्त्रीकै हातबाट उद्घाटन गराउनु प्रतिष्ठाले नसुहाउने विषय हो ।’ मुख्यमन्त्री आउदा समेत उद्घाटन नभएको तर प्रयोगमा आइसकेको योजना तीन महिनापछि उद्घाटन गराउदाँ मन्त्री पद नै हलुका भएको उनले बताए । यससम्बन्धमा रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेले योजना निर्माण सम्पन्न भएलगत्तै ठुलो सङ्ख्यामा मानिसहरु जान थालेकोले सर्वसाधारणको लागि खुल्ला गरेको प्रतिक्रिया दिए । त्यसका साथै उनले दसैँ, तिहार जस्ता चाडपर्व आएको र मन्त्रीको समय नमिलेको कारणले पनि उद्घाटनमा ढिलाई भएको बताए । उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले ५ नम्बर प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको हो । ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । ‘ट्री हाउस’ मा चढ्न टिकटस्वरुप विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ ।

कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन . नेता पौडेल
मंसिर ९, २०७६ दाङ . नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पोटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार गम्भीर नभएको बताए। भारतले सार्वजनिक गरेको नक्सा सच्चाउनेप्रति सरकारले चासो नदेखाएको उनको आरोप छ। ‘भारतले सार्वजनिक गरेको नक्साबारे कुटनीतिक रुपबाट समाधान गर्नुपनेमा सरकार बाहिर–बाहिर बोलेर हिँड्यो,’ पौडेलले भने, ‘जुन कुटनीतिक रुपमा टेबुल गर्नु पर्ने हो, सरकारसँग त्यो क्षमता छैन।’ नेता पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको समेत आरोप लगाए। कम्युनिस्टहरु वंश परम्परा र नातावादलाई महत्त्व दिएर अहिलेको चुनावमा जुटेको उनको दाबी छ। उनले भने, ‘सरकारको कुनै विचार, सिद्धान्त, निष्ठा आधार छैन।’ जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिस्टको सरकार अहिले झुटो सावित भएको उनले बताए। थाहाबाट

















