मंसिर १३, २०७६ सुनसरी . बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट हराएका भनिएका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो। गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो। एक प्रहरी अधिकारीका अनुसार गिरीलाई पत्रकारसामू सार्वजनिक गर्ने तयारी गरिएको छ। गिरीमाथि कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन्। शुत्रबार बिहानैदेखि आश्रम छोडेर उपचार गर्न भन्दै विराटनगर हिँडेका उनी प्रहरी हिरासतमा पुगेका हुन्। बलात्कारसम्बन्धी जाहेरी जिल्लाले लिन नमानेपछि पीडित पक्ष केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी०मा पुगेको थियो। जाहेरीपछि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय सुनसरी आएको थियो। सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए। ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको हो वा होइन, हामी अनुसन्धानकै क्रममा छौँ। थाहाखबरबाट
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ
मंसिर १३, २०७६ काठमाडौं . काठमाडौंमा फोटो स्टुडियो संचालन गर्ने र त्यसैको आडमा नक्कली शैक्षिक प्रमाणपत्र र अन्य कागजात बनाउने गिरोह पक्राउ परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीनजनालाई पक्राउ गरेको हो। ओखलढुंगा रानीवन–७ घर भई हाल काठमाडौंको गोंगबुमा श्रेष्ठ फोटो स्टुडियो संचालन गर्ने ३४ वर्षीय सविन कुमार तोलाङगी, चितवन रत्ननगर(१६ पिठुवा घर भई हाल सिनामंगलमा स्टार फोटो स्टुडियो संचालन गरिरहेका ३४ वर्षीय अमृत सुर्खेती र धादिङ नीलकण्ठ नगरपालिका(९ घर भई महाराजगञ्जमा दुवाडी डिजिटल फोटो स्टुडियो संचालन गर्ने २६ वर्षीय मधुसुदन दवाडी पक्राउ परेका हुन्। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार तीनैजनाले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ बमोजिम लिखतसम्बन्धी कसूरअन्तर्गत दफा २७६ विपरीत कसूर गरेको देखिएको हुँदा सोहीअनुसार मुद्दा अगाडि बढाइनेछ। दफा २७६ ९३ को ग० बमोजिम तीनैजनालाई बढीमा ७ वर्षको कैद र ७० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।थाहाखबरबाट
बिधुत महशुल नबुझाउने २० जना ग्राहकको लाइन काटियो
तिलाचन पाण्डे
मंसिर १३ , २०७६ गुल्मी ः नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमै बिधुत महशुल नबुझाउने २० जना ग्राहकको लाइन काटेको छ ।
बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीका प्रमुख नारायण अर्यालका अनुसार बिधुत महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्न सुरु गरिएको जानकारी दिए । सबै भन्दा बढी जोरपानी थालेमाले लिफटिङ खानेपानीले ८ लाख ४५ हजार ७७८ रुपैयाँ ४६ पैसा नबुझाएको कार्यलयले जनाएको छ । अन्य १९ जना ग्राहकहरुको ४ हजार देखि ८५ हजार सम्म रहेको र उनीहरु सबैको लाइन काटिएको अर्यालले जानकारी दिए ।
२० जना ग्राहकहरुबाट कुल ११ लाख एक हजार ९७२ रुपैयाँ ५१ पैसा बुझाउन पर्ने देखिएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रको महशुल शाखाले जानकारी दिएको छ । उनीहरुले बिधुत महशुल बापतको रकम नबुझाएसम्म लाइन नजोडिने अर्यालले जानकारी दिए ।
महशुल नबुझाएका ग्राहकहरुले महशुल बुझाए पश्चात लाइन जोडिदिनका लागि निबेदन दिनुपर्ने र सोही अनुसारको प्रक्रियाबाट लाइन जोडिने कार्यलयले जनाएको छ ।
अर्घाखाँची दुर्घटना अपडेट : मृतक सबैको सनाखत
अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित १९ जना मृतकको सनाखत भएको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र एकजनाको चौराहा अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मोनिका खड्का, शीतगंगा-२ सीतापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने गाढी धनी ३७ वर्षीय शन्तबहादुर बस्नेत, उनको भाइ बुहारी २७ वर्षीय सीता बस्नेत रहेका छन्। त्यसैगरी, कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री (वसन्त), अर्घाखाँची सन्धिखर्क-७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई, भूमिकास्थान नगरपालिका-९ का २७ वर्षीय शैलेस थापाको दुर्घटनामा मृत्यु भएको छ। त्यसैगरी, सन्धिखर्क-१० का ५४ वर्षीय छविलाल गैरे, गुल्मी धुर्कोट-२ घर भई हाल सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत, कपिलवस्तु बाणगंगा-७ का ३ महिनाको बालक शोभाखर पोखरेल, सनपा-२ की ५९ वर्षीया सिताकुमारी सार्की, भुनपा-९ का ५० वर्षीय सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीय विष्णुमाया गैरेको दुर्घटनामा मृत्यु भएको हो। त्यसैगरी, मत्यु हुनेमा भुनपा-७ का ५१ वर्षीय मेघनाथ जैसी भण्डारी, शीतगंगा १ का १५ वर्षीय मन्जु विक, छत्रदेव गाउँपालिका-८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, शीतगंगा-७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जि , ५५ वर्षीय हरि बहादुर दर्जी र भुनपा ९ ठुलाडेबा बस्ने २२ वर्षीय शैलेस थापा रहेका छन्। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिव तीन सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो। सडक नाजुक भएका कारण दुर्घटना भएको चालक रोसन परियारले बताए। उनले यो क्षेत्रमा निकै जोखिम मोलेर बस चलाएर आउँदा मनमा डर लागेर आउने बताए। घाइते एकजनाको बिएण्डबी अस्पताल काठमाडौंमा, ६ जनाको चौराहा अस्पताल प्रालि बुटवल र नौजनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किएका छन्। घाइते हुनेहरूमा अर्घाखाँची सनपा-५ वाङलाका ४२ वर्षीय विष्णुबहादुर अधिकारी, सनपाका ६० वर्षीय नन्दबहादुर विक, सनपा-६ का ३ वर्षीय रिजन कुवर, सनपा-६ खाँचिकोटका गणेश पुरी, २३ वर्षीया सपना कुवर, सनपा-२ की २५ वर्षीया अंकीता पौडेल, पाणीनी-७ का ४१ वर्षीय कृष्ण विक, ३५ वर्षीय विष्णु विक, भुनपा-९ डेवाका २५ वर्षीय जीवन विक, सनपा-५ वाङलाका ३७ वर्षीय हुमबहादुर अधिकारी रहेका छन्। त्यसैगरी सनपा-८ का २५ वर्षीय कमल मुखियाँ, सनपा-४ की २३ वर्षीय सरस्वती भट्टराई, १५ वर्षीय अंकित थापा, कपिलवस्तु बाणगंगाका ३ वर्षीय स्पर्श पोखरेल, २४ वर्षीया विमला पोखरेल र दाङ जिल्ला राप्ती गाउँपालिका-९ का ३३ वर्षीय प्रशान्त सुवेदी रहेको प्रहरीले जनाएको छ। सागुरो घुम्टीमा ओभरट्याक गर्दा ब्रेक नलागेपछि दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। पौडेलका अनुसार सागुरो सडकको घुम्टी काट्न नसकी एक्कासी बेक्र लगाउदा नलागेपछि सडकको छेउमा बस गएको र सडकको डिल भासिएर भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको बताए। उनले यस क्षेत्रको सडक फराकिलो बनाउन मंसिर १० गतेबाट मोडहरू कटिङको काम सुरु गरिएको बताए। यस क्षेत्रमा पटकपटक दुर्घटना हुने गरेका सडकको स्तरउन्नति बढाउन स्थानीयले माग गरेका छन्। निर्वाचन ताका नेताले सडक निर्माण गर्ने बाचा गरेर भोट ताने पनि साँघुरो सडकका कारण दैनिक जसो दुर्घटना हुँदासमेत यस दुर्घटनाग्रस्त क्षेत्रमा बेलैमा सडक बनाउन चासो नदिएको उनीहरूको गुनासो छ। उनीहरूले चालकको लापर्वाहीलाई रोक्नु पर्ने, गाडीको गति कम गर्नुपर्ने, योग्य र अनुभवि चालकलाई मात्र सवारी साधन चलाउन दिनुपर्ने, सडकको घुम्टी मोडहरू काटेर सडक तत्काल फराकिलो बनाउन सम्बन्धित निकायसमक्ष मागसमेत गरेका छन्। दुर्घटना बढेपछि सडक डिभिजन कार्यालय सिवपुरले घुम्टी कटिङको काम सुरु गरे पनि अझै पूरा हुन नसक्दा निकै जोखिम मोलेर यात्रा गर्नु परेको छ।
थाहाबाट
अर्घाखाँची दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो
मंसिर ११, २०७६ अर्घाखाँची : अर्घाखाँचीको नरपानीनजिकै बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १४ जना घाइते भएका छन्। सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा १२ जना पुरुष ६ जना महिला रहेको अर्घाखाँची प्रहरी सूचना अधिकृत सुरेश सुवेदीले बताए। घाइते १४ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ। मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। अहिले रातको समय भएकाले उद्धारमा समस्या भएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
अर्घाखाँची दुर्घटना अपडेट , मृतकको संख्या १७ पुग्यो,
११ मंसिर २०७६,
अर्घाखाँची(अर्घाखाँचीको सन्धिखक बाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा मृतकको संख्या १७ पुगेको छ भने १३ घाइते भएका छन् ।
लु २ ख २१४८ नम्वर बस सडकबाट करीब पाँच सय मिटर तल खसेका सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।घाइतेको उपचारका लागि बुटवल लगिएको छ । मृतकहरूको अझै सनाखत हुन सकेको छैन ।
अर्घाखाँचीमा बस दुर्घटना , मृत्यु हुनेको संख्या १५ पुग्यो
मंसिर ११ , २०७६ ःअर्घाखाँची(अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी १५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्।
अहिलेसम्म १५ जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए। उद्धारकार्य जारी रहेको छ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
११ मंसिर २०७६
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।
दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
गुल्मीमा भरुवा बन्दुकसहित एकजना पक्राउ
मंसिर ११, २०७६ गुल्मी : गुल्मीमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अवैधरूपमा राखिएको हतियारसहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। प्रहरीले रानालाई अवैध हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
दाङमा बस दुर्घटना, एक किशोरीको मृत्यु
मंसिर ११, २०७६ दाङ . दाङमा बस दुर्घटना हुदा एक किशोरीको मुत्यु भएको छ, भने २० जना घाइते भएका छन्। दाङको घोराही देखी प्युठानको ढिकावाङ तर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका ६ बचेनी भन्ने ठाउँमा मंगलवार दुर्घटना हुदा बसमा सवार प्युठान माण्डवी गाउँपालिका २ बस्ने वर्ष १६ की नेहा वलीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बस दुर्घटनामा परि अन्य २० जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ, भने अन्यको मध्यम र सामान्य रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि बंगलाचुली गाउँपालिका ६ रुपिनडाडा बस्ने ४० वर्षिय बसका सहचालक हिक्मत पुन गम्भिर घाइते भएका छन्। उनको उपचारका लागि कोहलपुर रेफर गरिएको छ। यस्तै बस चालक प्युठान माण्डवी गाउँपालिका १ बस्ने ३४ वर्षीय लोक बहादुर बुढा, घोराही उपमहानगरपालिका १ बस्ने ३२ बर्षिय सन्तोष परियार, घोराही १६ शर्रा बस्ने २२ वर्षया बिमला शर्मा गम्भिर घाइते भएका छन्। उक्त बस अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खसेको थियो।












