Friday, June 5, 2026

गुल्मीमा पनि मनाइयो धान दिवस

0

अनिल खत्री
असार १६,२०८० गुल्मीः गुल्मीमा सामुहिक धान रोपेर २०औं धान दिवस मनाइएको छ । गुल्मीदरबार गाउँपालिकाको आयोजना र कृषि ज्ञानकेन्द्र गुल्मीको समन्वयमा सामुहिक धान रोपेर दिवस मनाइएको हो ।

जिल्लाको गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ५ को खर्ज्याङमा राखिएको कार्यक्रममा कृषकदेखि पालिका प्रमुख, ज्ञानकेन्द्र कार्यालयका प्रमुख लगायत विभिन्न क्षेत्रका सहभागीले सामुहिक धान रोपेको थिए । त्यस्तै इस्मा गाउँपालिकाले पनि वडानम्बर १ छिनुवामा सामुहिक धान रोपेर दिवस मनाएको छ ।

कृषकको समस्यामा पालिका सँगै छ भन्ने सन्देश दिन र धान उत्पादन बढाउन, धान खेती प्रति प्रोत्साहन गर्न कृषकसँगै सामुहिक धान रोपाइँ कार्यक्रम दिवस मनाइएको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

शहरीकरण लगायत विभिन्न कारणले उब्जाउयोग्य धेरै जग्गाजमिन बाझिने क्रममा छ । उब्जाउयोग्य जमिन बाँझो राख्ने क्रमको अत्य गर्न र कृषकलाइ धान खेती उत्पादनमा प्रोत्साहन गर्न सामुहिक धान रोप्ने कार्यक्रम राखिएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।

अहिले कृषक काम गर्ने जनशक्तिको अभाव, लागत बढी उत्पादन कम र मौसम प्रतिकुलताले गर्दा समस्यामा छन् । कृषकलाई धान खेतीमा आकर्षण गराउने र उत्पादन बढाउने उदेश्यले धान दिवसको अवसरमा कृषकसँगै सामुहिक धानरोपण कार्यक्रम राखिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

यसवर्ष खडेरीका कारणले ढिलो गरि रोपाइँ सुरु भएको छ । जिल्लामा असारको तेस्रो साता लाग्दै गर्दा ९ प्रतिशत रोपाइँ भएको छ । खडेरीले धानको व्याड राख्न ढिलाइ भएको कारणले रोपाइँ प्रतिशत कम भएको भण्डारीले बताउनुभयो । नेपाल टेलिभिजनबाट

बाँकेका भूमिहीनलाई लालपूर्जा वितरण

0

असार १६,२०८० बाँके : भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले कुनै पनि नागरिकलाई भूमिविहीन हुन नदिने बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार आयोजित जग्गाधनी प्रमाणपूर्जा ९लालपुर्जा० वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले देशभर भूमिहिन र अव्यवस्थित बसोबासीलाई सरकारले ब्यवस्थापन गर्ने बताउनुभयो ।

लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अब कुनै पनि नेपाली नागरिक भूमिहिन भएर लामो समयसम्म बस्नुपर्ने छैन ।’ सो अवसरमा मन्त्री श्रेष्ठले वडा –४ का ७४ घर परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभयो ।

प्रक्रिया पुगाएर देशैभरका भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने मन्त्री श्रेष्ठको भनाइ छ । लालपूर्जा वितरण देशभर सञ्चालन गरेर केही समयभित्रै सबै भूमिहीनका हातमा लालपूर्जा उपलब्ध गराउने सरकारको नीति रहेको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले नरैनापुरमा मन्त्रालय अन्तर्गतका नापी र मालपोत कार्यालय स्थापना गरिने बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, भूमि आयोग बाँकेका अध्यक्ष श्रवण यादवले भूमिहीन समस्या समाधानका लागि प्राथमिकता दिएर काम गर्न सुझाव दिनुभयो ।गोरखापत्रबाट

 

लायन्स क्लव अफ रामपुरको पद हस्तान्तरण

0

सुशीला रेग्मी
रामपुर(पाल्पा), १६ असार :लायन्स क्लव अफ रामपुर पाल्पाको पद हस्तान्तरण कार्यक्रम भएको छ । होटल नमस्ते पाल्पामा एक कार्यक्रम गरी वर्ष २०२३÷२०२४ का लागि पद हस्तान्तरण गरिएको छ ।

लायन्स क्लव अफ रामपुरका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ रामपुरका संस्थापक अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले यस संस्था बिशुद्ध मानवीय सेवा गर्ने संस्था भएको बताउनुहुदै स्थापना देखि रामपुर क्षेत्रमा विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा काम गरेको बताउनुभएको छ । संस्था स्थापनाका समय कोभिड १९ को सङ्क्रमणका बाबजुद पनि राहत वितरण, रक्तदान कार्यक्रम, कालीगण्डकी आँखा उपचार केन्द्रसंग समन्वय गएर आँखा जाँच लगायतका कामहरु गरेको बताउनुहुदै संस्थापक अध्यक्ष ढकालले अबपनि समाजमा देखिने गरी काम गर्न क्लवमा आबद्ध सदस्यलाई सुझाव दिनुभएको छ ।

लायन विष्णुमाया ढकालले राष्ट्रिय झण्डा अभिवादन गरेर कार्यक्रमको सुरुवात गर्नुहुदै पाल्पाको रामपुरमा लायन्स क्लव जन्मेर समाजमा गरेको सकारात्मक कार्यले यसप्रति नागरिकले केही रचनात्मक कार्यको अपेक्षा गरेको हुदा सोही अनुसार सामाजिक तथा मानवीय सेवामा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सन् २०२३ र २०२४ का लागि लायन्स क्लव रामपुरको अध्यक्षमा खिमनारायण काफ्लेलाई क्लवका अध्यक्ष विष्णुप्रसाद बस्यालले पद हस्तान्तरण गर्नुहुदै आफु जिम्मेवारीबाट बाहिर भएपनि संस्थाका गतिबिधिमा सक्रिय रुपमा लाग्ने बताउनुभएको छ । अध्यक्षको जिम्मेवारी लिनुभएका काफ्लेले संस्थापक तथा पूर्व अध्यक्ष सबैको साथ सहयोग लिएर संस्थालाई चलायमा र गतिशिल बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

क्लवका पूर्व अध्यक्ष खिमबहादुर क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष दोवराज तिवारी, क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराईले संस्थाले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा धेरै कुरा सिक्ने अवसर दिलाएको बताउनुभएको छ । कार्यक्रमको अवसरमा लायन्स क्लवको नयाँ सदस्यता लिनुभएका राजेन्द्र बास्तोला, कमल पाण्डेयलाई स्वागत गरिएको छ । कार्यक्रमको संचालन संस्थाका सचिव गोविन भट्टराईले गर्नुभएको हो

शिलन्यासमा तामझाम ,कहिले बन्लान् अस्पताल रामराम

0
इश्मा गाउँपालिकामा निर्माणधिन अस्पताल ।

तिलाचन पाण्डे
असार १५,२०८० गुल्मीः २०७७ साल मङसिर १५ गते तामझामका साथ हतार हतारमा शिलन्यास गरीएका १५ वेडका अस्पतालको अवस्था दयनीय छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरुमा एकै दिन अस्पतालहरुको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था दयनीय अवस्थामा छन् ।

अस्पतालको शिलन्यास गर्न केन्द्रिय मन्त्री, पुर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरुले गाउँ–गाउँमा पुगेर एकै दिन दुई तीन वटा अस्पतालको शिलन्यास गर्न आतुर थिए । शिलन्यास भएको झण्डै तीन वर्ष पुग्न लाग्दा पनि थुप्रै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन सकेको छैन् ।

शिलन्यासमै सीमित छत्रकोट
छत्रकोट गाउँपालिकाको १५ वेडको अस्पताल लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलन्यास गरे । वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलन्यास गरेको झण्डै तीन वर्ष पुग्न लाग्दा समेत अस्पताल बन्नेको नाम निसाना नै छैन् ।
शिलन्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलन्यास गरिएको जग्गाको करिव तीन सय मिटर पर लामो कसरत पश्चात जग्गाको ब्यबस्थापन गर्ने कार्य अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।
असार महिनाभरमा जग्गा प्राप्त हुने आफूले विश्वास लिएको पाण्डेको भनाई छ ।
मालिकामा जग्गा बिवाद
मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री गोकर्णराज बिष्टले तामझामका साथ अस्पतालको शिलन्यास गरे । उक्त शिलन्यास गरिएको अस्पताल शिलन्यासमै मात्र सीमित भएको छ ।
शिलन्यास गरिएको जग्गामा मापदण्ड नपुेको र अस्पताल निर्माण कार्य हुन नसक्ने भएकाले नजिकै जग्गाको ब्यवस्थापन गरी टेण्डरको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख बसन्त भुसालले जानकारी दिए ।
धुर्कोटको घडेरीमा पहिरो
धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको वेस (घडेरी मा)पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
लामो समयको कसरत पश्चात मन्त्रालयबाट डिपिआर र नक्सा परिवतर्न गरी आएकाले अस्पतालको निर्माण कार्य सुरु गरिएको उनको भनाई छ । पूर्वमन्त्री समेत रहनुभएका गोकर्णराज बिष्टले शिलन्साय गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।
इश्मामा बल्ल पिल्लर
इस्मा गाउँपालिका ४ दोहली स्थित गुरुङगाडेमा १५ वेडको अस्पताल निर्माणको कार्य बल्ल बेसमेन्टको कार्य भइरहेको इन्जिनियर सुनिल भण्डारीले जानकारी दिए ।
सुरुमा डिपिआर लगायतका केही समस्या भएको भन्दै त्यसको समस्या पश्चात निर्माणको कार्यमा पनि ढिलाई भएको उनको भनाई छ । १० करोड ८५ लाखमा सुनिल समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको हो ।
रुरुक्षेत्रमा घडेरी सम्याउँदै
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा घडेरी सम्याउने कार्य बल्ल सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका तत्कालिन सामाजिक बिकासमन्त्री सुदर्शन बरालले शिलन्यास गरेको अस्पतालको अवस्था दयनीय छ । अस्पतालको भौतिक प्रगति हेर्दा मुस्किलले १० प्रतिशत पुग्ने गाउँपालिकाका प्राविधिक रोमकान्त पाण्डेले जानकारी दिए । कटिङ गरेको माटो राख्ने ठाउँका अभावका कारण पहिले समस्या भएको र त्यसको समस्या समाधान भएको गाउँपालिकाले जनाएको छ ।
प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।
कालीगण्डकीमा ३० प्रतिशत भैतिक प्रगति
तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलन्यास गरेको अस्पतालमा अहिले तेस्रो तला ढलानको कार्य भइरहेको छ । गाउँपालिकाको वडा नम्वर तीन कनौटामा करिव साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको कार्य गरेको छ । सो अस्पतालको करिब ३० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सत्यनारायण राईले जानकारी दिए । सो अस्पतालको शिलन्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्री परिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँे फर्किएका थिए ।

सत्यवति गाउँपालिकामा १५ वेडको अस्पताल वडा नं ६ जुहांङ्गमा निर्माण दोस्रो तलाको ढलानको तयारी भइरहेकोे पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिए ।
अस्पताल निर्माणको कार्य हाल त्रिव गतिमा अगाडि बढेको भन्दै हाल सम्म करिव ४५ प्रतिशत भौतिक प्रगतिको काम सम्पन्न भएको उनको दाबी छ । १५ करोडको लागतमा आशिष एगेश्वर जेभी काठमाण्डौले निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।

मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको काम भवनको एक ब्लकको तेस्रो तला ढलानको कार्य सकिएको र अन्य कार्यभइरहेको सब इन्जिनियर तीर्थराज पन्थीले जानकारी दिए । भवनको करिब ५० प्रतिशत भौतिक र आर्थिक प्रगति भएको उहाँको दाबी छ । हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

तीन स्थानीय तहमा निर्माणको आशा
जिल्लाका तीन पालिकामा भने अस्पताल निर्माणका कार्यले गति लिएको पाइएको छ । गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको अस्पताल निर्माणमा सक्रियता देखिएको छ ।
गुल्मी दरवार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ वेडको अस्पताल निर्माण कार्य करिब ९५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए ।
बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको हो ।

मुसिकोट नगरपालिका वडा नं ७ मा १५ वेडको अस्पतालको निर्माण कार्य ७५ प्रतिशत भौतिक प्रगति भएको स्वास्थ्य शाखा प्रमुख डिबी जिशीले जानकारी दिए ।
खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुरमा अस्पताल निर्माणको भौतिक प्रगति ७० प्रतिशत भन्दा माथि पुगेको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए । कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले अस्पताल निर्माणको जिम्मा पाएको हो ।

 

आज देशभर वर्षा

0
फाइल फोटो

असार१५,२०८०काठमाडौँ : मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका

उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारीदेखि भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जनरचट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ

गुल्मीमा चोरीका घटना वृद्धि, पक्राउ प्रर्दैनन् चोर

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार १४,२०८० गुल्मीः जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैंक ,सहकारी लगायत घरहरु तोडफोड गरी नगद ,गरगहना चोरी भए , त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा चोरी भएको छ ।

सोमबार राती कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङको खमरे पाटा बस्ने सकुल थापाको घरबाट एक हजार पाँच सय नगद, रेनुका थापाको घरबाट मोवाइल सेट, कोपिला थापाको घरबाट आधा तोलाका सुनकोे औठी, देगराज पुनको घरबाट मोवाइल सेट, लुमबहादुर मगरको घरबाट मोवाइल सेट चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राती १२ः ३० बजे आफूहरुलाई चोरी भएको भन्ने सूचना आएको र लगत्तै जिल्लाको टोली घटनास्थल तर्फ गएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । प्रहरीको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गरी रहेको पाण्डेले बताउनुभयो ।
सुरक्षा दिने राज्यको दायित्व : नागरिक समाज
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चोरीका घटनाहरुलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । जनताको जिउ धनको सुरक्षा दिनु राज्यको दायित्व भएको भन्दै जनताले सुरक्षाको प्रत्याभूति पाउनु पर्ने उहाँको तर्क छ ।

जेठ ३२ गते राती सत्यवती गाउँपालिका वडा नम्वर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले संचालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन , मति पाण्डेको घरबाट पुराना सामग्रीहरु चोरी भएको थियो

शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकंको ब्रान्चलेस बैकिङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको थियो ।

हुन त गुल्मीका लागि यो कुनै नौलो घटना भने होइन ,विगतका वर्षहरुमा पनि चन्द्रकोट ,गुल्मीदरबार , मालिका र सत्यवतीका विभिन्न स्थानहरुमा घर ,वडा कार्यालय तोडफोड गरी चोरी भयो । त्यी घटनामा संलग्नहरुलाई अझै सम्म पनि प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविन किशोर प्रधानले चोरीका घटनामा स्थानीयहरुको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उहाँले स्थानीयहरुलाई आग्रह गर्नुभएको छ ।

आफूहरुसंग प्रयाप्त स्रोत साधन नभएकाले पनि अनुसन्धानमा केही समस्या भएको उहाँको भनाई छ । चोर नसमातिदा प्रहरीले काम गरेन जस्तो जनतालाई लागेको हुन सक्ने भन्दै आफूहरु अनुसन्धानमै रहेको दाबी गर्नुभयो ।
उक्त क्षेत्रमा स्याङजा र गुल्मीको सीमाना पनि भएकाले चोरीका घटनाहरु बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उहाँको भनाई छ ।

अस्लेवामा चोरी हुँदाको केही दिन पहिले स्याङजाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरुमा तोडफोड गरी चोरी भएको थियो ।

मदन भण्डारीको स्मरणमा प्रेस चौतारी गुल्मीद्धारा फलफूलका बिरुवा रोपण

0

सूर्य सुनार
असार १४,२०८० गुल्मीः तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले बिभिन्न फलफूलका वृक्षरोपण गरेको छ । जन्म जयन्तीको अबसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–९ उपल्लो तम्घास स्थित बालउद्यान पार्कमा फलफूलका वृक्षरोपण गरिएको हो ।

पार्कमा अम्बा, स्टोबेरी, सुन्तला, मौसम, धुपीसल्ला, टीम्मुर लगायत २ दर्जन फलफूलका बिरुवा रोपण गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीमा सचिव अजय खड्काले बताए । भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल केन्द्रिय समितिले देशभर बिभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको थियो ।

 

सोहि कार्यक्रम अनुसार जिल्ला शाखा गुल्मीले वृक्षरोपण गरेर मनाइएको खड्काले बताए । वृक्षरोपण कार्यक्रम नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र प्रेस चौतारी गुल्मी जिल्ला शाखामा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । वृक्षरोपण कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अर्यालले मानव जीवनसँग वोट विरुवाको सम्बन्ध रहेकाले वातावरणिय सन्तुलनका लागि पनि वृक्षरोपण आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय विकास निर्माणका क्रममा बर पिपल जस्ता धेरै वोट विरुवाहरु नष्ट हुँदै गएकाले अहिलेको समयमा वृक्षरोपणको आवश्यकता झन बढदै गएको बताए । कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्रीले प्रकृतिक सन्तलन ल्याउन र बाढि पहिरो जस्ता प्रपोकको न्यूनिकरणका लागि पनि वृक्षरोपण आवश्यक रहेको बताए ।

पार्कमा पुग्नेहरु फलफूलका विरुवाहरुसँग रमाउन भन्ने उदेश्यले बालउद्यान पार्कमा फलफूलका वृक्षरोपण गरिएको बताए । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

गुल्मीका १२ वटै स्थानीय तहको बजेट ,कुन स्थानीय तहमा कति?

0

तिलाचन पाण्डे
असार १२,२०८० गुल्मी : आर्थिक वर्ष २०८०।८१ का लागि गुल्मीका १२ वटै स्थानीय तहहरुले बजेट प्रस्तुत गरेका छन् ।
असार १० गते प्रस्तुत गरेको बजेटमा रेसुङगा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि ७१ करोड ८८ लाख ७६० रुपियाँको बजेट ल्याएको छ ।

उपप्रमुख अमृतादेवी कुँवरले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० र पुँजीगत तर्फ १७ करोड २० लाख १२ हजार रहेको छ । बजेटमा ब्यवसायीक कृषि,पशुपालन , शिक्षा, स्वास्थ्य , पर्यटन र रोजगारलाई प्राथमिकता दिइएको छ ।

यस्तै मुसिकोट नगरपालिकाले ६६ करोड ५७ लाख १२ हजार ८९६ रुपियाँको बजेट ल्याएको छ ।
उपप्रमुख गंगा श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४४ करोड २१ लाख ४० हजार हजार र पुँजीगत तर्फ २३ करोड ९० लाख ७८ हजार रहेको छ ।

धुर्कोट गाउँपालिकाले ५५ करोड ६६ लाख २९ हजार ९५० को बजेट प्रस्तुत गरेको छ ।उपाध्यक्ष सीता गिरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३५ करोड ७५ लाख ५७ हजार र पुँजीगत तर्फ १३ करोड ९० लाख ९५० रुपियाँ रहेको छ ।

गुल्मीदरबार गाउँपालिकाले ४४ करोड ५७ लाख ३४ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गरेको छ । जस मध्ये चालुतर्फ ३३ करोड ६५ लाख ९६ हजार सात सय र पँुजीगत तर्फ १० करोड ८८ लाख ३७ हजार पाँच सय रुपियाँ रहेको छ ।
उपाध्यक्ष तारा थापाले प्रस्तुत गर्नुभएको बजेटमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पूरुषलाई निर्वाहा भत्ताको ब्यबस्था गरिएको छ ।

रुरुक्षेत्र गाउँपालिकाले ५३ करोड ५४ लाख ९७ हजार २३० रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष मिनादेवी गौतमले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६४ दशमलब ७५ प्रतिशत र पँुजीगत तर्फ ३५ दशमलब २५ प्रतिशत रहेको छ ।
चन्द्रकोट गाउँपालिकाले ५१ करोड ३० लाख ९७ हजार ४५ रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ ३४ करोड ४९ लाख ५५ हजार १४३ र पुँजीगत तर्फ १६ करोड ८१ लाख ४१ हजार ९०१ रुपियाँ बजेट रहेको छ ।

सत्यवती गाउँपालिकाले कूल ५५ करोड ४ लाख ९३ हजार ५३३ रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले ४८ करोड ९० लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
छत्रकोट गाउँपालिकाले ५५ करोड ५ लाख ६० हजार ६७१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । पालिकाले बाँदरलाई भुलाउन जङगलमै फलफूलका बिरुवाहरु रोपण गर्ने नयाँ कार्यक्रम ल्याएको छ ।

यस्तै इश्मा गाउँपालिकाले ४३ करोड ५३ लाख ६३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले प्रस्तुत गरेको बजेटमा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने ,शिक्षा,स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिइएको छ ।

मदाने गाउँपालिकाले ५० करोड २६ हजार बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष सरिता खडकाले प्रस्तुत गरेको बजेटमा कृषि ,पर्यटन , शिक्षा,स्वास्थ्य र पुर्वाधारलाई जोड दिएको छ ।

मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले प्रस्तुत गरेको बजेटमा ५३ करोड ६ लाख २६ हजार ७५० को बजेट ल्याएको छ ।

स्थानीय तहहरुले प्रस्तुत गरेको बजेटमा कृषि ,पशुपालन ,शिक्षा , स्वास्थ्य ,पर्यटन र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

 

 

पाण्डेको स्मृति सभा : धुर्कोटमा स्वर्गीय पाण्डे र खड्काको शालिक निर्माण गरिने

0

असार १२ ,२०८० काठमाण्डौ :नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डेको ७० औं जन्मदिन पारेर काठमाडौंमा धुर्कोट काठमाडौ सम्पर्क मंचले स्मृती कार्यक्रम गरेको छ ।

शनिवार शंखमुल स्थित एआईए स्कूलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा पाण्डेका समकक्षीले टोमलाल पाण्डेको राजनीतिक सामाजिक जीवनका विविध पक्षमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले टोमलाल पाण्डेका विविध राजनीतिक र सामाजिक सेवाका पक्षमा प्रकाश पारेका थिए । उपमहासचिव ज्ञवालीले लामो समय गुल्मी जिल्लाको राजनीतिक र सामाजिक सेवामा आवद्ध पाण्डे नयाँ पुस्ताका लागि अनुकरणिय व्यक्ति रहेको स्मरण गरे । राजनिति म केन्द्रित बनिरहेको समयमा टोमलाल जस्ता त्यागी नेता सधै र सबैका उत्प्रेरणाका श्रोत रहेको उपमहासचिव ज्ञवालीले बताए ।

पाण्डेलाई सम्झदै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले लामो समयदेखी आफू उहाँकै सानिध्यमा रहेर काम गरेको स्मरण गरेका थिए । पार्टीको काममा लमजुङमा रहेका सचीव विष्टले फोन मार्फत सम्बोधन गर्दै बिष्टले आफु सानैदेखि टोमलालको सरल र सहयोगी सोचबाट प्रभावित भएको बताउदै विद्यार्थी कालमा गरेको सहयोगको स्मरण गरे ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराइले धेरै मान्छे पद र शक्तिले अरुमाथि राज गर्ने तर टोमलाल त्याग र समर्पणले आम मानिसको दिलमा बसेको सच्चा इमान्दार नेता भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेका पुराना मित्र तथा वरिष्ठ बामपन्थी नेता लोककृष्ण भट्टराईले पुस्पलाल माओजस्ता र टोमलाल चाउएनलाई जस्ता नेता भएको बताए ।

०२७ सालमा पुस्पलालको हातबाट कम्युनिस्ट पार्टिको सदस्यता लिएर राजनितिमा होमिएका पाण्डेलाइ नेपाली काङ्ग्रेसका नेता त्रैलोक्य प्रताप शेनले आदर्श बामपन्थी नेताको रुपमा सस्मरण गरे । पाण्डे गुल्मी जिल्ला बार एसोसिएसनको अध्यक्ष समेत रहनु भएको थियो । पाण्डेका पुराना मित्र तथा वरिष्ठ अधिवक्ता रबिनारायण खनालले पाण्डे राजनिती, न्याय नीति र समाजसेवाको अथक योद्धा रहेको सम्झना गरे । माओबादी केन्द्रका केन्द्रीय सदस्य निलकण्ठ तिवारीले राष्ट्रियता अफठ्यारो परेको अहिलेको अवस्थामा टोमलाल पाण्डेजस्ता राष्ट्रबादी नेताको अभाव खड्किएको बताए ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थी, एमाले केन्द्रिय सदस्य गणेश खनाल, केन्द्रिय लेखा आयोग सदस्य भिम पौडेलले पनि पाण्ड्ेको जीवनका बिबिध आयाम बारे प्रकाश पार्नु भएको थियो ।

नेपाली काङ्ग्रेसका नेता छन्द पहराई, गुल्मीका पुर्व सांसद टङ्क पोखरेल, नेकपा मालेका नेता ओम अर्याल र बाम बुद्धिजीवी खिमानन्द पन्थी, एमाले नेता सुशील भट्टराई र गणेश श्रीपालीले पनि कार्यक्रममा टोमलाल पाण्डेको बारेमा बोलेका थिए ।

पाण्डे बि.स २०३१ देखि २०३५ सम्म अबिभाजित अनेरास्ववियुको केन्द्रिय नेता हुनुहुन्थ्यो । यस्तै एमालेका हालका अध्यक्ष केपी ओली सस्थापक अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको सस्थापक सचिव हुनुहुन्थ्यो । नेकपा एमाले धुर्कोट गाउँपालिका काठमाण्डौ सम्पर्क मन्चको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष विमल घिमिरेले गर्नु भएको थियो । भने संचालन मंचका सचीव रमेश काउछाले गर्नु भएको थियो ।

त्यस्तै सम्पर्क मंचले गुल्मीको धुर्कोटमा निर्माणधिन टोमलाल बोमलाल स्मृती भवनमा नेताद्वयको शालिक निर्माण गर्ने घोषणा गरेको छ । गुल्मीको वामपन्थी आन्दोलनमा अमूल्य योगदान दिएका नेताहरु स्वर्गीय टोमलाल पाण्डे र बोमलाल खड्काको शालिक निर्माण गरि धुर्कोटमा निर्माणाधिन भवनमा राख्ने मंचका अध्यक्ष विमल घिमिरेले जानकारी दिए । साथै नेताहरुको स्मृती ग्रन्थ प्रकाशनको तयारी गरिएको पनि घिमिरेले बताए । शालिक निर्माण र स्मृति प्रकाशनका लागि विभिन्न उपसमिति बनाएर काम शुरु गरिसकिएको मंचका सचिव रमेश काउछाले बताए ।

रामपुर नगरको वजेट रु ६९ करोड ७२ लाख ५० हजार

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ असार : पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वजेट ल्याएको छ । आईतवार भएको १३ औँ नगर सभामा उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्नुभएको छ ।

आयतर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) एक करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३४८, प्रदेश समपुरक एक करोड ५० लाख, प्रदेश ससर्त एक करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ पाँच करोड ५० लाख, अल्या एक करोड ६३ लाख ६५ हजार ६५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई ४२ लाख विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकासतर्फ एक करोड ९५ लाख ५० हजार, सामाजिक विकासतर्फ ३४ करोड २३ लाख, पूर्वाधार विकासतर्फ नौ करोड ७८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि दुई करोड ९३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरेको उपप्रमुख थापाले जानकारी दिनुभयो । उपप्रमुख थापाले नगर सभामा प्रस्तुत गर्नु भएको विनियोजन विधेयक, आर्थिक विधेयक पारित भएको छ ।

नगर सभाका अध्यक्ष तथा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन, पूर्वाधार विकास र पहुँच विस्तार गर्ने, पर्यटन गन्तव्यहरुलाई एकितृत गरी पर्यटन प्याकेज निर्माण गरी पर्यटक आकर्षित गर्ने, कालीगण्डकी किनार संगै रामपुर ४ को बौद्धविहार देखि रेवती पोखरासम्म पदमार्ग निर्माण गर्ने, राम कथा संग सम्बन्धीत क्षेत्रलाई जोडी रामायण सर्किटको रुपमा विकास गर्ने, जिपलाईनको सम्भाव्यता अध्ययन गर्ने, रामपुरको पहिचानका लागि उपयुक्त स्थानमा राम र सीताको मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको नगर प्रमुख थापाले बताउनुभयो ।
अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्र्धनको लागि खाद्यान्नको विउविजनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने, तरकारी, फलफुल तथा पुष्प खेती गर्ने कृषकहरुलाई विउ,विरुवा तथा सामाग्री अनुदान प्रदान गर्ने, भण्डारणको व्यवस्था गर्ने, अण्डा, दुध, मासु र तरकारीमा आत्मनिर्भर बनाउँदै लगिने, विपन्न परिवारका सदस्यलाई कृषि तथा पशुपंक्षी पालनमा पूर्ण अनुदान उपलब्ध गराईने, कृषि तथा पशुपालनमा उत्पादन र क्षेत्रफलको आधारमा अनुदानको व्यवस्था गर्ने, आँप , लिचि लगायतका स्थानीय मुख्य कृषि उत्पादन प्रयोग गरी जुस वा कुनै उत्पादन गर्ने उद्योगलाई प्रोत्सहान अघि बढाईने भएको छ ।

शिक्षाको विकासको लागि कार्यसम्पादनको आधारमा शिक्षक कर्मचारीलाई पुरस्कृत गरिने, झोला रहित शुक्रबार प्रतिभाको पहिचान भन्ने नारा सहित अतिरिक्त क्रियाकलपालाई व्यवस्थित गरिने, सामुदायिक विद्यालयको सुन्दरता बढाउन विद्यार्थीहरुको सहभागिता हुने गरी सुन्दर विद्यालय परियोजना सञ्चालन गर्ने, विद्यालयका बालविकास सहायक र कर्मचारीको तलब थप गर्ने थापाले बताउनुभयो । नगरपालिकाले २०८३ मंसिर ५ भित्र बालमैत्री नगर घोषणा गर्ने नीति लिएको छ । नगरपालिकाले राष्ट्रिय तथा जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुको दुर्घटना विमा गर्ने र प्रोत्साहनका लागि उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने नीति लिएको छ ।

नगरको हरेक सडकको दायाँबायाँ वृक्षरोपण गरी हरियाली सडकको रुपमा विकास गर्न प्राथमिकता दिने, एकघर एक विरुवा, एक वडा एक हरियाली पार्क कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोर अन्तर्गतका सडकमा ट्राफिक प्रहरी पोष्ट, पैदलमार्ग, जेब्रा क्रस, यात्रु प्रतिक्षालय र सार्वजनिक शौचालय निर्माणको योजना बनाई रिफ्रेसमेन्ट केन्द्रका रुपमा विकास गर्ने, चक्रपथ निर्माण कार्य अघि बढाउने, पूर्वाधार एम्बुलेन्स स्थापना गरी सेवा प्रवाह गर्ने, पर्यटकिय नगरपालिका भित्रका सबै वडामा एउटै प्रणलीको विद्युत उपलब्ध गराउने नीति लिएको छ । नगरलाई यसै वर्षभित्र खरको छाना रहित बनाउनको खरको छानो भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गरिने उल्लेख गर्नुभयो । पिउनेपानीको लागि ग्रेभेटी फ्लोको योजनालाई प्राथमिकता दिने र सम्भव नभएका स्थानमा लिफ्टीङ्गको माध्यमबाट योजना सञ्चालन गरिने नीति लिएको छ । नगरपालिकाले घरनक्सालाई विद्युतिय स्वीकृतितर्फ लैजान तथा वडाबाटै राजश्व तथा मालपोत कर संकलनको व्यवस्था मिलाउने नीति लिएको छ ।

नगरपालिकाले आठ जना वा सो भन्दा बढी रोजगार दिने गरी उद्योग व्यावसाय सञ्चालन गर्ने उद्योगीलाई ३० लाखसम्मको व्याज अनुदान दिने, महिला तथा युवाहरुको आर्थिक समृद्धि संगै गरिबी निवारणका लागि मेयर उपमेयर उद्यम विकास कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिईएको छ । नगरका सबै स्वास्थ्य संस्थालाई क्रमश पूर्वाधार सम्पन्न बनाउने, बालमैत्री पालिका बनाउन स्वास्थ्यका सूचक पुरा गर्दै लगिने, नवनिर्मित आयुर्वेद अस्पतालमा प्रयोगशाला तथा फार्मेसी सेवा सहित चिकित्सकिय सेवा प्रदान गरिने उल्लेख छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले स्वागत, कार्यक्रमको सञ्चालन सूचना अधिकारी रामहरी पाण्डेयले गर्नु भएको हो ।
पत्रकार, खेलाडी, उत्कृष्ट विद्यालय, कर्मचारी, निवर्तमान जनप्रतिनिधि सम्मानित
पाल्पाको रामपुर नगरपालिकाको १३ औँ नगर सभाका अवसरमा पत्रकार, खेलाडी, उत्कृष्ट विद्यालय, कर्मचारी, निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । नगरपालिकाको विकास र समृद्धिका लागि सञ्चार तथा पत्रकारिताको माध्यमबाट पु¥याउनु भएको योगदानको कदर गर्दै पत्रकार सुशीला रेग्मी सम्मानित हुनुभएको छ । पत्रकार रेग्मीलाई नगद रु पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । नगर सभाको अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गर्नुभयो । पत्रकार रेग्मी एक दशक देखि पाल्पाको रामपुरमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले हाल राष्ट्रिय समाचार समिति (रासस), सामुदायिक रेडियो रामपुर, सेरोफेरो न्युज डटकममा आबद्ध रहेर काम गर्नुभएको छ । रेग्मीसहित नगरपालिकाभित्रका उत्कृष्ट शैक्षिक संस्था, खेलाडी, कर्मचारी, निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

नगरपालिकामा कार्यरत नगर प्रहरी ताराबहादुर सेन, जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल रामतुलसी माविका छात्रा सुरक्षा घिमिरे, उत्कृष्ट मावि विद्यालयतर्फ रामतुलसी नमुना मावि, आधारभुत विद्यालयतर्फ रामपुर आधारभुत विद्यालय, प्रावितर्फ ज्ञानमञ्जरी प्राथमिक विद्यालयलाई सम्मान गरिएको छ । यस्तै ब्याडमिन्टन विद्यामा रामपुर ६ का मुस्कान कुमाल, क्रिकेट विद्यामा रामपुर ७ बस्ने सुनिल क्षेत्री, पुरुष फुटवल विद्यामा रामपुर ७ बस्ने सन्दिप मल्ल, पुरुष भलिवल विद्यामा रामपुर ४ बस्ने सन्दिप थापा, महिला भलिवलमा रामपुर ६ बस्ने अस्मिता थापा पुरस्कृत हुनुभएको छ । जनही नगद रु पाँच हजार, दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो ।

रामपुर नगरपालिकाभित्रका निवर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यसहित वडाध्यक्षहरुलाई सम्मान गरिएको छ । नगरपालिकाको विकास निर्माणको क्षेत्रमा विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिलाई नगर सभामा सम्मान गर्ने कार्यक्रम अनुसार सम्मान गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।