गुल्मीका १२ वटै स्थानीय तहको बजेट ,कुन स्थानीय तहमा कति?

0
233

तिलाचन पाण्डे
असार १२,२०८० गुल्मी : आर्थिक वर्ष २०८०।८१ का लागि गुल्मीका १२ वटै स्थानीय तहहरुले बजेट प्रस्तुत गरेका छन् ।
असार १० गते प्रस्तुत गरेको बजेटमा रेसुङगा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि ७१ करोड ८८ लाख ७६० रुपियाँको बजेट ल्याएको छ ।

उपप्रमुख अमृतादेवी कुँवरले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० र पुँजीगत तर्फ १७ करोड २० लाख १२ हजार रहेको छ । बजेटमा ब्यवसायीक कृषि,पशुपालन , शिक्षा, स्वास्थ्य , पर्यटन र रोजगारलाई प्राथमिकता दिइएको छ ।

यस्तै मुसिकोट नगरपालिकाले ६६ करोड ५७ लाख १२ हजार ८९६ रुपियाँको बजेट ल्याएको छ ।
उपप्रमुख गंगा श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ४४ करोड २१ लाख ४० हजार हजार र पुँजीगत तर्फ २३ करोड ९० लाख ७८ हजार रहेको छ ।

धुर्कोट गाउँपालिकाले ५५ करोड ६६ लाख २९ हजार ९५० को बजेट प्रस्तुत गरेको छ ।उपाध्यक्ष सीता गिरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३५ करोड ७५ लाख ५७ हजार र पुँजीगत तर्फ १३ करोड ९० लाख ९५० रुपियाँ रहेको छ ।

गुल्मीदरबार गाउँपालिकाले ४४ करोड ५७ लाख ३४ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गरेको छ । जस मध्ये चालुतर्फ ३३ करोड ६५ लाख ९६ हजार सात सय र पँुजीगत तर्फ १० करोड ८८ लाख ३७ हजार पाँच सय रुपियाँ रहेको छ ।
उपाध्यक्ष तारा थापाले प्रस्तुत गर्नुभएको बजेटमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पूरुषलाई निर्वाहा भत्ताको ब्यबस्था गरिएको छ ।

रुरुक्षेत्र गाउँपालिकाले ५३ करोड ५४ लाख ९७ हजार २३० रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष मिनादेवी गौतमले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६४ दशमलब ७५ प्रतिशत र पँुजीगत तर्फ ३५ दशमलब २५ प्रतिशत रहेको छ ।
चन्द्रकोट गाउँपालिकाले ५१ करोड ३० लाख ९७ हजार ४५ रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ ३४ करोड ४९ लाख ५५ हजार १४३ र पुँजीगत तर्फ १६ करोड ८१ लाख ४१ हजार ९०१ रुपियाँ बजेट रहेको छ ।

सत्यवती गाउँपालिकाले कूल ५५ करोड ४ लाख ९३ हजार ५३३ रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले ४८ करोड ९० लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
छत्रकोट गाउँपालिकाले ५५ करोड ५ लाख ६० हजार ६७१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । पालिकाले बाँदरलाई भुलाउन जङगलमै फलफूलका बिरुवाहरु रोपण गर्ने नयाँ कार्यक्रम ल्याएको छ ।

यस्तै इश्मा गाउँपालिकाले ४३ करोड ५३ लाख ६३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले प्रस्तुत गरेको बजेटमा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने ,शिक्षा,स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिइएको छ ।

मदाने गाउँपालिकाले ५० करोड २६ हजार बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष सरिता खडकाले प्रस्तुत गरेको बजेटमा कृषि ,पर्यटन , शिक्षा,स्वास्थ्य र पुर्वाधारलाई जोड दिएको छ ।

मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले प्रस्तुत गरेको बजेटमा ५३ करोड ६ लाख २६ हजार ७५० को बजेट ल्याएको छ ।

स्थानीय तहहरुले प्रस्तुत गरेको बजेटमा कृषि ,पशुपालन ,शिक्षा , स्वास्थ्य ,पर्यटन र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

 

 

SHARE