Saturday, June 6, 2026

पाल्पाको मिसन र प्रभास स्वास्थ्य बीमा बोर्डबाट हटे

0

भदौ ८,२०८० पाल्पा : स्वास्थ्य बीमा बोर्डबाट युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको बीमा कार्यक्रमबाट हटेका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सेवा स्थगित भएपछि यी दुई अस्पताललाई बीमा बोर्डले हटाएको जनाएको छ ।

 

लुम्बिनी मेडिकल कलेजले एक वर्ष अघिदेखि स्वास्थ्य बीमा सेवा बन्द गरेको थियो भने मिसन अस्पताले गत साउनदेखि स्थगित गरेको थियो ।

 

बीमा बोर्डले सेवा उपलब्ध गराएवापतको भुक्तानी दावी गरिएको रकम समयमा नपठाएको भन्दै सेवा बन्द भएको थियो । स्वास्थ्य बीमा बोर्डले प्रकाशित गरेको सूचनामा बीमा कम्पनीबाट हटाइएको उल्लेख गरिएको छ ।

माछा मार्ने क्रममा थारुको ज्यान गयो

0

भदौ ८,२०८० कपिलबस्तुः कपिलवस्तुमा माछा मार्ने क्रममा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका –८ ढोडेकालेस्थित बाणगङ्गा नदीबाट सिंचाइँका लागि बनाइएको कुलोमा माछा मार्ने क्रममा  बगाएको प्रहरीले जनाएको छ ।

 

मृत्यु हुनेमा बाणगङ्गा नगरपालिका –८ की ५० वर्षीया गुड्डी थारु रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलालाई बिहीबार बिहानको समय कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । थारुको शव करिब एक किलोमिटर तल फेला परेको थियो ।

नदीले बगाउँदा बाबुछोरा बेपत्ता

0

भाद्र ८,२०८०बैतडी : नेपाल–भारत सीमा भएर बग्ने नदी महाकालीमा बगेर बाबुछोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपालसँगको सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय छोरा तनुज चन्द रहेका छन्।

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबुछोरा बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बल, नेपाल नं। ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए।

दिनदिनै ट्युब लगेर नदीमा खेल्ने बाबुछोरा शुक्रबार एक्कासी बगेको खबर आएको पुजाराले बताए। उनले भने, ‘नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्। आज एक्कासी नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ।’

घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन। बेपत्ता दुबैजनाको खोजीमा नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं। ५१ गुल्म हेड क्वार्टर बैतडीले जनाएको छ।

केन्द्रको शन्देस लिएर माओवादीका केन्द्रिय सदस्य वडामा

0

दिवाकर पोख्रेल
भदौ ८ ,२०८० : केन्द्रिय समीतिको बैठक सकेर केन्द्रिय समितको बैठकका शन्देश सहित नेकपा मओवादी केन्द्र पालिका हुँदै वडा स्तरमा पुगेको छ । केन्द्र र प्रदेश स्तरको कार्य विभाजन गरी पालिका पालिकामा केन्द्रिय सदस्य पुग्ने,घरघरमा माओवादी जनतासंग माओवादी कार्यक्रम लिएर माओवादीले कार्यक्रमलाई तल्लो तह सम्म नग्न थालेको हो । यसरी कार्य विभाजन गरी केन्द्रिय सदस्य अनिवार्य एएटा वठडामा पुग्ने गरी काम थालिएको छ ।

भदौ १४ गते भित्र वडा समितिको बैठक बस्ने र वडाबाट जिम्मेवारी वाँडफाँड गरी घरघरमा जाने गरी कार्यक्रम तय गरेको माओवादीले नेताहरुको यस भन्दा पहिलेको कार्य क्षेत्र समेत परिवर्तन गरी नेता कार्यकर्तालाई फरक फरक भुगोलमा खटाएको छ ।

केनिद्रय समीतिको निर्देशन बमोजिम नेकपा माओवादी केन्द्र दाङले पनि पालिका स्तरको विस्तारति बैठक थालेको छ । दाङको घोराही उप महानागरपालिकाबाट शुरु भएको बैठक कार्यकर्ताको गुनासो,समस्या र आलोचना सुन्ने केन्द्रको नेतृत्वको भावलाई केन्द्रिय समीति र प्रदेश समीतिका नेताहरुबाट स्पस्ट्र पार्ने योजना अनुसार बैडकहरु भइरहेका हुन । बैठकमा कार्यकर्ताले सरकारले थालेको भष्ट्रचार नियन्त्रणको अभियानमा कसैलाई छाड्न नहुने बताए । नेकपा माओवादीका केन्द्र जिल्ल समन्वय समीतिका सदस्य ओमप्रकाश सुवेदीले भष्ट्राचार नियन्त्रणको अभियान माओवादी पार्टीबाटै शुरुवात गर्न नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले बर्तमान सरकारको काम र शुसासन कायम राख्न देखाएको सक्रियताले सबै उत्साही भएको बेला कसैलाई छाड्ने हुँदैन, हाम्रा नेता परेपनि रोकिनु हुदैन,पार्टीलाई सच्चाउन पनि यो अभियान सहयोगी बन्नेछ ।’

यस्तै लमही नगरपालिका वडा नम्बर ५ का वडा स्तरका कार्यकर्ता कृष्ण चौधरीले सरकारले गरेका सकरात्मक कामको बारेमा आफुहरु खुलेरै जनताको घरघरमा जाने र पार्टीलाई आवश्यक सुझाव संकलन गरी नेतृत्वलाई दिने बताउनुभयो । नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य जयपुर घर्तिले पार्टिको केन्द्रिय समितिको बैठकमा पार्टीलाई बलियो बनाउन पार्टी जनतासंग जानुपर्ने निर्णय भएकाले कार्यकर्तालाई जनसेवामा लाग्न्ेगरी घरघरमा जान निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘ अब पार्टी बनाउने तपाइहरुले हो माथि नेतृत्वले अशल काम गर्ने तल कार्यकर्ताले प्रचार गर्दै जनतासंगै रहने कुरालाई हामीलाई बलियो बनाउँछ,तपाइहरु माओवादीका एजेन्डा लिएर घरघरमा जानुस ।’

नेकपा माओावादी केन्द्र लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारीले मााअ‍ेवादीको आधार इलाका लुम्बिनी प्रदेश पार्टि पहलिेको तुलनामा कमजोर बनेको स्किार्दै नेतत्व देखि कार्यकर्तामा परिवर्तन आउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जताको साथ भएमा बर्तमान सरकारले सजलै भष्ट्रचार नियन्त्रणमा थालेको प्रयास सफल हुन्छ, त्यसको लागि जनतालाई माओवादीको एजेण्डा पुन स्मरण गराउँदै जान आवश्यक छ ।’

नेकपा माओवादी केन्दले बर्तमान पार्टी सदस्यलाई दोब्बर बनाउने अभियानमा लागेको दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,‘ हामी पार्टी सदस्य थप्ने र दाङमा पहलिो पार्टी बनाउने उदेश्यका साथ लागेका छौ,अबको तीन महीनामा तपाइ हाम्रा काम जन सेवा र जन भेटघाटमा व्यस्थ हुनेछ ।’

स्वास्थ्य शाखाको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी नरैनापुरमा सम्पन्न

0

भदौ ८,२०८० बाँके : बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।

बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए ।
समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए ।

गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गोष्ठीको समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थय कार्यालय बाँकेका दुर्गा गौतम, संघीय सासद किशोर सिंह राठोरका स्वकिय सचिव ज्ञानु जोशी लगायतले नरैनापुरले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए ।

जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा

0

भदौ ६,२०८० गुल्मीः जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्र गुल्मीको पूर्ण बैठकमा जिल्लाका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे र उपाध्यक्ष पदम खत्री (श्याम) लाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महराले पार्टीमा स्वागत गरेका हुन् ।

केही दिन अगाडी नेकपा एमाले चन्द्रकोट गाउँपालिका सहइन्चार्ज तथा जिल्ला सदस्य बाबुराम बोहोराले (विपिन) एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

पार्टीमा स्वागत गर्दै महराले माओवादी केन्द्र सबैको आशा र भरोसाको पार्टी भएकोले सबै नेता तथा कार्यकर्ता जनताको घरघरमा गई समस्या बुँझन र समस्या समाधान गर्दै पार्टीमा जोडन आग्रह गरे ।

प्रधानमन्त्रीलाई भेटेर अध्यक्ष शाहले मागे शिक्षा,स्वास्थ्यका लागि बजेट

0

भदौ ५,२०८०बाँके : नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौ फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाह सहितको टोलीसँग भेट भएको थियो । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट बिनियोजन गर्न माग गरेका हुन् ।

अध्यक्ष शाहका प्रेस विज्ञ आलम खानका अनुसार भेट सकारात्मक भएको र प्रधानमन्त्री प्रचण्डले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाह संग प्रतिबद्धता गरेका बताए ।
भेटमा अध्यक्ष शाहले प्रधानमन्त्री संग नरैनापुरको इलाका प्रशासन कार्यालय संचालनका लागि पहल गरी दिन समेत आग्रह गरेका थिए।
प्रधानमन्त्री प्रचण्डलाई भेटन अध्यक्ष शाह संगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायत रहनु भएको अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड काठमाडौ जाने क्रममा सुर्खेतबाट नेपालगंज पुगे पछि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य पूर्ण सुबेदी, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, बाँकेका संयोजक नरेन्द्र पाण्डे लगायतले स्वागत गरेका थिए ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई भेटेर बधाई ज्ञापन गरे।

सबै हिसाबले माओवादी केन्द्र सक्षम छ : नेता महरा

0

हुमाकान्त पोखरेल
भदौ ५,२०८० गुल्मीः नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता एवम् पार्टीका स्थायी कमिटी सदस्य जोखबहादुर महराले सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम रहेको बताएका छन् ।

मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा माओवादी केन्द्रद्धारा आयोजित पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता महराले पार्टी विचार, कार्यदिशा, कार्यशैलि एवम् नेतृत्व सबै हिसाबले बलियो र सक्षम रहेको दाबी गरे ।

पार्टीको तीन महिने कार्यक्रमलाई लक्षित गर्दै नेता महराले पार्टी कुनै पनि हिसाबले कमजोर नभएकोले सबै नेता तथा कार्यक्रताहरु पार्टी काममा उत्साहपूर्वक लाग्न निर्देशन दिए । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देशका ठुला ठुला भ्रष्टाचारका काण्डहरुको फाइल खुलेको भन्दै नेता महराले अब देशमा सुशासन आउने आशा व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रले ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ तीन महिने जनतासँग माओवादी कार्यक्रम यही भदौ १६ गतेबाट संचालन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा माओवादी केन्द्र, गुल्मीले मंगलबार पूर्ण बैठक सम्पन्न गरेको हो ।

यसैबीच जनता समाजवादी पार्टी गुल्मीका दुई नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै जसपा गुल्मीका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे र उपाध्यक्ष पदम बहादुर खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिएका हुन् ।

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

0
फाइल फोटो

भदौ ३,२०८०काठमाडौँ : आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको वर्षमानको दाबी

0

भदौ २,२०८०काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जततामा लोकप्रिय भएको बताएका छन्।

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै वर्तमान सरकार उनले इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी गरेका हुन्।

सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो। ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ। सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने, ‘इतिहासमा पहिलोपटक सरकार लोकप्रिय भएको छ।’

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन्।

प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो। ‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं’, पुनले भने, ‘राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो। कांग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ।’

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो। ‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ। तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन्।’

पुनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए।

ठूला भ्रष्टाचार र बेथितिहरुमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ थियो।

पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा पुनले गरे। तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको उनले बताए।

‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको र कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो’, पुनले भने।

सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने यद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए। पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एकएक वडामा आफैं गएर संगठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको उल्लेख गरे।

उनले आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिँड्न सक्ने कौशलता रहेकै कारण गत निर्वाचनमा पार्टी ३३ सितसहित तेश्रो शक्तिमा खुम्चिए पनि मुलुकको नेतृत्व गर्ने मौका आएको बताए। थाहाबाट