पाल्पाको मिसन र प्रभास स्वास्थ्य बीमा बोर्डबाट हटे

0
136

भदौ ८,२०८० पाल्पा : स्वास्थ्य बीमा बोर्डबाट युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको बीमा कार्यक्रमबाट हटेका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सेवा स्थगित भएपछि यी दुई अस्पताललाई बीमा बोर्डले हटाएको जनाएको छ ।

 

लुम्बिनी मेडिकल कलेजले एक वर्ष अघिदेखि स्वास्थ्य बीमा सेवा बन्द गरेको थियो भने मिसन अस्पताले गत साउनदेखि स्थगित गरेको थियो ।

 

बीमा बोर्डले सेवा उपलब्ध गराएवापतको भुक्तानी दावी गरिएको रकम समयमा नपठाएको भन्दै सेवा बन्द भएको थियो । स्वास्थ्य बीमा बोर्डले प्रकाशित गरेको सूचनामा बीमा कम्पनीबाट हटाइएको उल्लेख गरिएको छ ।

SHARE