Saturday, June 13, 2026

एक महिनाभित्र बिद्युतको समस्या समाधान हुन्छ : उर्जामन्त्री बस्नेत

0

असोज १०,२०८० बाँके : उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १ महिना भित्रमा बाँकेको नरैनापुरमा विद्युतको पोल र ट्रान्सफर्मरको समस्या समाधान हुने बताएका छन् ।

नरैनापुर गााउपालिका र वडा नं १ को कार्यालयले मंगलबार छुट्टाछुट्टै आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा काम सूचारु गर्ने प्रतिबद्धता जनाउदै नरैनापुरमा उर्जा जल स्रोत तथा सिचाईको सबै प्रकारको समस्या समाधान गर्न तर्फ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओबादी केन्द्रको तिन महिने अभियानको क्रममा नरैनापुरमा प्रशिक्षण दिन पुग्नु भएका मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने उल्लेख गरे ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्त्री बस्नेतलाई स्वागत गर्दै नरैनापुरको विबासका लागि १२ सय वटा विद्युतका पोल,१८ वटा ट्रान्सफर्मर,१८ वटा डिप बोरिङ्ग,केरुनिया खोला र सौरी नालामा तटबन्ध निर्माण,सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा कार्य सूचारु गर्न, राप्ती नदिमा तटबन्ध निमार्ण, र नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल स्थापना गर्न मन्त्री बस्नेतलाई माग पत्र हस्तान्त्रण गरेका थिए ।


यसै गरी वडा नं। १ का अध्यक्ष इसाक जोलाहले शौर्य उर्जा सहितको वोरिङ्गको व्यवस्था गरी दिन मन्त्री बस्नेत संग आग्रह गरे ।

नरैनापुर गाँउपालिकाले गरेका स्वागत कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना,संविधान सभा सदस्य अशोक रोकाय, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, वडा नं। २ का अध्यक्ष मसूद शाह, ४ का अध्यक्ष मनोज शर्मा, वडा सदस्यहरु,नेकपा माओबादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे,सचिव डिल्ली बराल, नेता प्रकाश सुबेदी, दामोदर अधिकारी, कस्मीरा खातुन, नरैनापुर गाँउपालिकाको महिला विकास शाखा प्रमुख कृष्ण चन्द, लेखापाल प्रकाश अधिकारी, जिन्सी शाखा प्रमुख भरत महतो लगायतको सहभागिता रहेको थियो ।

भीरबाट लडेर दीपकको मृत्यु

0

असोज ९,२०८०सल्यान :सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो।

 

बालुवा संग्रहीस्थित बांगिरह नजिकै मंगलबार बिहान कामी भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए। घटनाको बारो थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बाबु छोराको एउटै चितामा अन्त्येष्टि

0

असोज ९,२०८०दाङ : सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ। सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताए।

दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो।

दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो। आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो।

छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए। दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा बिक्री गर्दै आएका थिए।

उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए। “उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो”, वडाध्यक्ष वलीले भने, “रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो।”

रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो। सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए।

 

गुल्मीमा तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुने

0

असोज ८,२०८० गुल्मीः गुल्मीमा आईटिएभ तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुनेभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरुले टेक्निकल सेमिनार गर्न लागेको जिल्ला आईटिएभ तेक्वान्दो संघ गुल्मीले जानकारी दिएको छ ।

यही असोज २० गते जिल्लाको सदरमुकाम तम्घासस्थित इन्द्रेणी पार्टी प्यालेसमा तेक्वान्दोको टेक्निकल सेमिनार हुने संघका उपाध्यक्ष अजय बुढामगरले जानकारी दिए । उनका अनुसार, सेमिनारमा तेक्वान्दोमा नयाँ टेक्निकल विधिबाट खेल्नको लागि सहयोग पुग्नेछ ।

सेमिनारमा आईटिएभ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापामगर आउनेछन् । उनले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरु सिकाउनेछन् । आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसको तयारी पुरा गरेको छ । सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरु सदरमुकाम तम्घासमा आउनेछन् ।

सेमिनार असोज २० गते एक दिन मात्र चल्नेछ । पत्रकार सम्मेलनमा आईटिएभ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले सेमिनारको बारेमा जानकारी गराएका थिए । आईटिएभ तेक्वान्दो संघ गुल्मीका सचिव अमृत रसाइलीले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।

आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरु खेलाउने र राष्ट्रिय साथै अन्तराष्ट्रिय स्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुराएको छ । भने संघले तेक्वान्दो मार्फत गुल्मीको परिचयलाई माथि उठाउन पनि देन दिएको छ ।

गुल्मीमा पहिरोमा परी १७ वर्षीय मजदुरको मृत्यु, दुई जना घाइते

0

असोज ८,२०८० गुल्मीः गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ ।

जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

यस्तै पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

माओवादी रूपान्तरण अभियानः मालिकामा श्रमदान गरेर सडक मर्मत

0

असोज ८,२०८०म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रूपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् ।

अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिए ।

स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो, उनले भने, २० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी हुनुभयो ।

अदिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ ।

ुवडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ, वडाध्यक्ष बुढाले भने, सडक सञ्चालन भएपछि स्थानीयवासीसँगै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।यो समाचार हामीले लोकान्तर डटकमबाट लिएका हौं ।

जीप दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

0

असोज ८,२०८० सल्यान :सल्यानको कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा जीप दुर्घटनामा परेको हो।

मृतकको पहिचान हुन सकेको छैन। जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।

गुल्मीमा हेफरद्धारा लम्पी स्किन रोग नियन्त्रण गर्न औषधि सहयोग

0

असोज ८ ,२०८०गुल्मीः पछिल्लो समयमा पशुहरुमा देशभर फैलिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि एक संस्थाले औषधि सहयोग गरेको छ ।

जिल्लाको कालीगण्डकी, धुर्कोट र मालिका गाउँपालिकालाई हेफर इन्टरनेशनल नेपालले १८ प्रकारका औषधिहरु सहयोग गरेको कार्यक्रम अधिकृत नारायण भट्टराइले जानकारी दिनुभयो । जिल्लाका तीन स्थानीय तहमा एक एक लाख रुपियाँ बराबरका औषधि र शन्देशमुलक पर्चा ,पम्प्लेट सहयोग गरिएको भट्टराइले बताउनुभयोे ।

पशुहरुमा फैलिएको उक्त रोगलाई नियन्त्रण गर्नका लागि र विपद्मा स्थानीय सरकारसंग आफूहरु साथमा रहेको शन्देश प्रवाह गर्नका लागि सहयोग गरिएको निर्देशक डाक्टर तीर्थराज रेग्मीले बताउनुभयो । देशका २० भन्दा बढी स्थानीय तहलाई सहयोग गर्ने आफूहरुको योजना रहेको बताउँदै पहिलो चरण्मा गुल्मीका तीन स्थानीय तहलाई सहयोग गरिएको उहाँको भनाई छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले प्राप्त औषधिले लम्पी स्किन रोगलाई नियन्त्रण गर्नमा ठूलो टेवा पुग्ने बताउनुभयो । स्थानीय सरकार लम्पी स्किन रोग नियन्त्रण गर्नका लागि प्राथमिकता साथ लागेको बताउँदै प्राप्त औषधिले थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा ३९० गाइगोरु मरेको र नौ हजार ४४७ पशुहरु संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका डाक्टर मदन भण्डारीले जानकारी दिनुभयो ।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको भण्डारीले बताउनुभयो । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।
यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसीहरुमा बिरलै भएको भण्डारीको भनाई छ ।

दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमि आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको भण्डारीले बताउनुभयो ।

 

तालमा डुबेर ३५ वर्षीय युवाको मृत्यु

0

असोज ७,२०८०चितवन : माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

विभिन्न पार्टी परित्याग गरी एक हजार बढी माओवादीमा प्रवेश

0

असोज ७,२०८० गुल्मी :नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले पार्टीले संचालन गरेको रुपान्तरण अभियानमा विभिन्न पार्टी परित्याग गरी एक हजार जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरालले लुम्विनी प्रद्रेशभित्र अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । अभियानकै क्रममा पार्टी प्रवेश र पार्टी पुनःनिर्माण अभियान संगै चलेको बताएका छन् ।

पछिल्लो समयमा सरकारले गरेका राम्रा कामको प्रशंसा भएको भन्दै जनताले सरकार छाड्न परेपनि राम्रा कामको अभियान नरोक्न सुझाब दिएको बताए ।

अध्यक्ष बरालले जनताको काम गर्दा सरकार छाड्न परेपनि अभियान नरोकिने र अझ सशक्त रुपमा अगाडि बढ्ने दाबी गरे ।

माओवादी केन्द्रका जिल्ला संयोजक युवराज केशीले अभियान सगै पार्टी विस्तारको कार्य पनि अगाडि बढ्ने बताएका छन् । कार्यक्रम प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षतामा कार्यक्रमको संचालन सह सचिव महेश बोहराले गरेका थिए ।