गुल्मीमा तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुने

0
75

असोज ८,२०८० गुल्मीः गुल्मीमा आईटिएभ तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुनेभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरुले टेक्निकल सेमिनार गर्न लागेको जिल्ला आईटिएभ तेक्वान्दो संघ गुल्मीले जानकारी दिएको छ ।

यही असोज २० गते जिल्लाको सदरमुकाम तम्घासस्थित इन्द्रेणी पार्टी प्यालेसमा तेक्वान्दोको टेक्निकल सेमिनार हुने संघका उपाध्यक्ष अजय बुढामगरले जानकारी दिए । उनका अनुसार, सेमिनारमा तेक्वान्दोमा नयाँ टेक्निकल विधिबाट खेल्नको लागि सहयोग पुग्नेछ ।

सेमिनारमा आईटिएभ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापामगर आउनेछन् । उनले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरु सिकाउनेछन् । आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसको तयारी पुरा गरेको छ । सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरु सदरमुकाम तम्घासमा आउनेछन् ।

सेमिनार असोज २० गते एक दिन मात्र चल्नेछ । पत्रकार सम्मेलनमा आईटिएभ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले सेमिनारको बारेमा जानकारी गराएका थिए । आईटिएभ तेक्वान्दो संघ गुल्मीका सचिव अमृत रसाइलीले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।

आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरु खेलाउने र राष्ट्रिय साथै अन्तराष्ट्रिय स्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुराएको छ । भने संघले तेक्वान्दो मार्फत गुल्मीको परिचयलाई माथि उठाउन पनि देन दिएको छ ।

SHARE