Saturday, June 6, 2026

हर्मिचौरमै पशु स्वास्थ्य शिविर, एक हजार ५८६ पशुपंक्षीको उपचार

0

तिलाचन पाण्डे
कात्तिक १,२०८० गुल्मीः कालीगण्डकी गाउँपालिका वडा नम्वर १ मा संचालन गरिएको पशु स्वास्थ्य शिविरबाट एक हजार ५८६ पशुपंक्षीको उपचार भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीको आयोजना र कालीगण्डकी गाउँपालिकाको समन्वयमा हर्मिचौरमा संचालन गरिएको एक दिने शिविरबाट १५४ घरधुरीका कृषकहरुले सेवा लिएको विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिनुभयो । शिविरबाट २४१ गाई भैसी, ५५२ बाख्रा, ४० सुँगुर वंगुर , कुकुर बिरालो १७ र कुखुरा ७६६ गरी एक हजार ५८६ पशुन्छीको स्वास्थ्य उपचार गरिएको पाण्डेयले जानकारी दिनुभयो ।

कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अन्र्तगत दुई लाख रुपियाँको बजेटबाट हर्मिचौरमा पशु स्वास्थ्य शिविर संचालन गरिएको र अन्य तीन स्थानीय तहमा पनि शिविर संचालन गर्ने योजना रहेको विज्ञ केन्द्र गुल्मीका प्राविधिक डाक्टर मदन भण्डारीले बताउनुभयो ।

शिविरमा उपचार गर्न आएका पशुपंक्षीहरुमा छाला,बाँझोपन, नाम्ले र माटेका समस्याहरु आएकोले सोही अनुसारको निशुल्क औषधि वितरण गरिएको कार्यालयले जनाएको छ ।


यस्ता शिविरहरु पुनः ल्याउन आग्रह गर्दै शिविरबाट पशुहरुको रोग पहिचान गरी निशुल्क औषधीले आफूहरुलाई ठुलो राहत मिलेको हर्मिचौरका कृर्षकहरुले बताएका छन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतले शिविर प्रभावकारी भएको बताउनुभएको छ ।

 

शीतभण्डार नै पानीमा डुब्यो

0

विकास डाँगी

असोज २९,२०८०तुलसीपुर : दंगीशरण गाउँपालिका(४ का लोकबहादुर भण्डारीलाई हेकुलीमा कोल्ड स्टोर ९चिस्यान केन्द्र० बन्न लाग्दा धेरै खुशी लागेको थियो। घरमा उत्पादित तरकारी लगायतका बस्तु कोल्ड स्टोरमा राख्ने पाइने भएपछि उनी शुरुमा निर्माण हुँदादेखि पटक पटक हेर्न पनि गए। भवन पनि निर्माण भयो। अब त राख्न पाइन्छ भन्ने वेला भवन भासिएर पानीमा तैरिएको डुंगा जस्तै भएपछि उनी खिन्न छन्।

भवनको त्यस्तो अवस्था देखेपछि स्थानीय बासिन्दा ट्वाँ परेका थिए। बाहिरबाट हेर्दा भवनको सबै काम पूरा भएको देखिए पनि भवन भासिएर प्रयोगविहीन बनेको छ। स्थानीय बासिन्दा भवन प्रयोग गर्नै नपाई बाहिरबाट हेरेर चित्त बुझाउन बाध्य छन्।

उनले भने, ‘अहिले भवन पूरै भासिएको छ। चारैतिरको जग भासिएपछि हाम्रो आशा निराशामा परिणत भएको छ। गाउँपालिकामा कोल्ड स्टोर बन्यो भनेर हामी खुशी थियौँ। हामीले उत्पादन गरेको सागसब्जी राख्न पाउने आशा थियो। अहिले निराश बनायो।’

अर्का स्थानीय रेशम वलीका अनुसार यो संरचना बनाउँदा नै समस्या देखिएको हुँदा सम्बन्धित निकाय गैरजिम्मेवार बनेको बताए।

उनले भने, ‘पहिला यसको जग खन्दा नै पानी आएको थियो। तलका पिलरहरू मात्र बनेको अवस्थामा पानीमा डुंगा हल्लिए जस्तै हल्लिन्थ्यो। बच्चाहरू त्यसमा खेल्न जान्थे। त्यो वेला ध्यान दिएको भए यस्तो हुँदैनथ्यो।’

सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा अहिले भवन पानी तैरिएको जस्तो भएको भन्दै उनले राज्यको लाखौँ पैसा बालुवामा पानी हालेको जस्तै भएको समेत बताए।

अब प्रयोग गर्न पाइन्छ भन्ने वेला भवन भासिँदा सबै छक्क परेको समेत उनले बताए। उनले भने, ‘शुरुमा बनाउँदा त जमिनबाट पानी आएको थियो। पछि असर गर्छ भन्ने सोचेको भए आज यस्तो हुने थिएन। यो डिजाइन गर्ने इन्जिनियर कस्ता हुन्। राज्यको पैसा सक्ने मात्रै काम भयो। अब यो प्रयोग गर्नै मिल्दैन। शुरुमा लापरबाही गर्दा अहिले भवनको बिजोग भयो।’

पानीको लेबल डिपिआर गर्दा ख्याल नगर्दा अहिले समस्या भयो : इन्जिनियर

कोल्ड स्टोर भवन २०७६ सालमा निर्माण सुरु भएको थियो। गत वर्ष असोजमा भवन निर्माण पूरा भएको हो। गाउँपालिकाका इन्जिनियर प्रमोद गौतमका अनुसार डीपीआर गर्दा जमिनमुनिको पानीको लेबल ख्याल नगरी काम गर्दा अहिले यस्तो समस्या भएको हुन सक्छ।

दुईतले कोल्ड स्टोर बनाउन गाउँपालिकाको आधा र लुम्बिनी प्रदेश सरकारको आधा गरी १ करोड ५ लाखमा टेन्डर आह्वान भएको थियो। यसको निर्माणको जिम्मा लोकमणि बिल्डर्स‚ घोराहीले करिब ९२ लाखमा जिम्मा पाएको थियो। यो भवनको डिजाइन गर्दा तत्कालीन समयमा इन्जिनियर अंकित आचार्य थिए।

दुईतले भए पनि अहिले इन्जिनियर गौतमले एक तलासम्म प्रयोग गर्न सकिन्छ कि भन्नेमा कोसिस गरिरहेको बताए। सकभर एक तलालाई मात्र सञ्चालन गर्ने आफूहरू सोचमा रहेको भन्दै अहिलेसम्म यस्तो घटना कहीँ नभएको समेत उनले बताए।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0

असोज २९,२०८०बर्दिया : बर्दियामा मोटसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

आइतबार राति करिब ७ बजे बर्दियाको गुलरिया नगरपालिका ११ का ६० वर्षीय इस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो।

घाइते भएका खाँलाई उपचारका लागि बाँकेको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधीरराज शाहीले जानकारी दिए।

उनले भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका ९ का सुकदेव थारुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जनाए।

समाजवादी मोर्चा गुल्मीको संयोजकमा युवराज चयन

0

असोज २७,२०८० गुल्मीः समाजवादी मोर्चा गुल्मीको अध्यक्षमा नेकपा (माओवादी केन्द्रका) जिल्ला संयोजक युवराज केशी चयन हुनुभएको छ ।

समाजवादी मोर्चा घटक दलका प्रमुखहरुबीच तम्घासमा भएको बैठककले पहिलो चरणमा केशीलाई संयोजकको जिम्मेवारी दिइएको र आलोपालो नेतृत्व गर्दै जाने गरी सहमती भएको हो ।

समाजवादी मोर्चालाई जिल्लामा गतिशिल बनाउँदै लैजाने र आउँदै गरेको विजया दशमी तथा शुभ दीपावली र छटको अवसरमा शुभकामना आदान प्रदान संगै वृहत समाजवादी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने गरी योजना बनाएको मोर्चाले जनाएको छ ।

बैठकले माओवादी केन्द्रका जिल्ला सचिव अशोक थापालाई मोर्चाको जिल्ला सचिवमा चयन गरेको छ ।
कार्तिक महिना भित्रैमा पालिका स्तरीय पालिका समन्वय समिति गठन गर्ने मोर्चाका जिल्ला सचिव थापाले जानकारी दिनुभयो ।

 

 

सरकारले सहकारी भित्रको समस्या हल गर्छः मन्त्री शर्मा

0

दिवाकर पोख्रेल
असोज २७ ,२०८०देउखुरी : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या हल गरेरै छाड्ने बताउनु भएको छ । शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेललाई शम्बोधन गर्दै सहकारीको ऋण प्रवाहको झन्झटली नीति र ऋणीको  वुझाईको अभावमा सहकारी समस्या पनि बन्दै गइरहेकाले यस्ता खालका समस्या हल गर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ केहि सहकारीले नमूना काम गरेर वास्तवीक रुपमा आर्थिक समृद्धिको काम पनि गरेका छन्, तर केहि सहकारी उभोक्तको लागि समस्या बनेका छन्,यस विषयमा सरकारले उचित छानवीन गरेर समस्या हल गर्छ ।’

नेपाल सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले सरकारले कार्यदल बनाएर सहकारीको समस्या अध्ययन गरेको र कार्यदलले पनि प्रतिबेदन सरकारलाई बुझाइसकेको अवस्थामा सरकारले अब प्रतिबेदनको अध्ययन गरेर वास्तविक पिडितलाई न्याय दिलाउने र सहकारी संस्थाको हकमा पनि उचित निर्णय दिने बताउनुभयो ।

गढवा गाउँपालिका द्धारा संचालित गढवा कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा यूवा उद्यमशिलता विकास साझेदारी परियोजना द्धारा प्रवर्धित सहकारीको दोस्रो भेलामा प्रमुख अतिथि शर्माले महिलाहरु अब स्वरोजगारमा जोडिन आवश्यक रहेको भन्दै सहकारीलाई माध्यम वनाएर आयआर्जनको काममा सक्रिय हुन समेत आग्रह गर्नुभयो । दाङ देउखुरीमा संचार र विधुतको हिसावले पूर्ण सेवा पु¥याउने उद्देश्यका साथ काम भइरहेको स्मरण गराउँदै महिला उद्यमीहरुलाई संचार र प्रविधिसंग जोडिन सहज रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘दाङलाई दुर संचार र बिद्युतिकरणका हिसावले पूर्ण सेवा यूक्त जिल्ला घोषण गर्ने गरी काम भइरहेको छ, संचार सेवा पुग्न वाँकी रहेका नेपाल भारत सिमावर्तीत क्षेत्रमा संचार, विधुत विस्तारको काम भइरहेको छ यस्ले महिला उद्यमलाई सहजता प्रर्दान गर्नछ ।’

दाङको कोइलावास नाका र कालाकाटे सिक्टा हुलाकी सडक खण्डको संचालन पछी देउखुरी क्षेत्रमा विकासमा थप टेवा मिल्ने भन्दै मन्त्री शर्माले कोइलावास नाका संचालनको लागि प्रक्रिया लामो भएकोले समय लागेको बताउनुभयो । कोइलाबास नाकाको विषयमा पटक पटक छलफल भएको जानकारी दिदै मन्त्री शर्माले उद्योग मन्त्रालयबाट प्रस्तावना उठाएर,आपुर्ती,अर्थ मन्त्रालय हूँदै मन्त्री मण्डलमा आउनुपर्ने भएकोले समय लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री इन्द्रजित थारुले भष्ट्रचारका कारण सरकारसंग साझा पूँजिको अभाव भएको भन्दै सरकारले भष्ट्रचार नियन्त्रण अभियान चालेर साझा पुँजि बढाउने कार्यमा लागेको बताउनुभयो । हेफर संस्थाको सहयोगमा दाङमा १४ वटा सहकारीमा करिव १२ हजार सातसय ४२ महिला उद्यमीहरु यस परियोजनामा आवद्ध छन् । छ सय ३७ वटा समूह वनाएर त्यही समुहमा आवद्ध महिला उद्यमीलाई पशु र कृर्षि उद्यम माफर्त उत्पदान बृद्धि,त्यसको वजारीकरणमा सहयोग पु¥याउन सहकारी मार्फत परियोजना सहयोग गर्दै आइरहेको छ । दाङको गढवा गाउँपालिकाले पालिका भित्र उत्पादन भएको कृषि तथा पशुको वजारीकरणको जिम्मा गाउँपालिकाले ल्याउने गाउँपालिका अध्यक्ष यम नारायण पोख्रेलले जानकारी दिनुभएको छ । पोख्रेलले यस्मा साथ दिन प्रदेश र संघीय सरकारलाई समेत आग्रह गर्नुभयो ।

 

 

समयमै काम सम्पन्न गर्न मन्त्री शर्माको आग्रह

0

दिवाकर पोख्रेल
असोज २६,२०८० गुल्मीः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा आफुहरुले समस्या बेहोरीएको भन्दै समयमै काम सम्पन्न गर्ने परिपाटीको विकास गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार दाङको राप्ती गाउँपालिकाको परिसरमा .एकिकृत कृषि पशुसेवा केन्द्रको भवन शिलन्यास गर्दै मन्त्री शर्माले मुस्कीलले श्रोत जुटाएर वजेट व्यवस्था गरेर कामको शुरुवात गर्ने तर निर्माणको काम पाएका निर्माण कम्पनी समयमै काम नगर्दा लामो समय देखि समस्या भोग्नु परेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,‘स्थानीय समस्यालाई देखेर बजेटको व्यस्था गर्ने बजेट विनिजयोजन गर्ने तर निर्माण कम्पनी पटक्कै काम नगर्ने,अझ कामको शुरुवात गर्ने र अर्कोतर्फ हात हाल्ने गर्दा समयमै काम सम्पन्न नभएर स्थानीयले दुःःख पाउनुभएको छ, यो परिपाटीको अन्त्य गर्नुपर्छ ।’

 

नेपाल सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले देउखुरी उपत्यका कृर्षिको लागि उर्वर भूमि रहेकाले कृषिको माध्यमबाट दाङ देउखुरीमा आर्थिक विकासको राम्रो सम्भावना रहेको बताउनुभयो । देउखुरीलाई खाद्यको केन्द्र वनाउने हिसावले उत्पादनसंग जोडेर जान सकिने प्रशस्त सभ्भावना देउखुरीमा र।हेको बताउँदै मन्त्री शर्माले देउखुरी उपत्यकाले खाद्य उत्पादन मात्रै होइन त्यसको बजारीकरण गरेर आर्थिक शशत्तिकरण गर्न दावी गर्नुभयो । एकिकृत कृषि पशु सेवा केन्द्रबाट यहाँका वास्तवीक ािसनले फाइदा लिन सक्ने भन्दै उहाँले यस्को सफल कार्यान्वयन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘देउखुरी उपत्यका आफैमा कृषिमा उर्वर भूमि पनि हो, त्यही कारणले पनि आयोजनाले यस्मा लगानी गरेको छ, लगानी गरेपछि त्यसको प्रत्यक्ष फाइदा यहाँका किसानले ल्याउनुपर्छ ।’

 

दाङको राप्ती गाउँपालिकको परिसरमा दुइ करोड ५० लाखको लगानीमा कृर्षि तथा पशुसेवा केन्द्रको भवन निर्माण हुन थालेको हो । कृषि उत्पादन,बजारीकरण गर्ने उद्देश्यले आधाुनिक प्रयोशादा सहितको भवन निर्माण हुनेछ । ग्रामिण उद्यम तथा आथिैक विकास आयोजना (रिड) आयोजना आर्थिक करिडोरका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद पोख्रेले लुम्बिन िर गण्डकी प्रदेशका नौ वठा जिल्लामा उक्त परियोजना लागु भएको जानकारी दिनुभयो ।

 

दुइवटा प्रदेशका ३० वटा पालिकामा कार्यक्रम लागु भएपनि दाङको राप्ती गाउँपालिका सहित १० वटा पालिकामा प्रयोगशाला सहितको एकिकृत कृषि तथा पशु सेवा केन्द्र निर्माण गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमका लागि विश्व बैंकले लागनी गरेको छ ।

 

 

घरमै घोप्टो अवस्थामा मृत भेटिए पूर्वमेयर पौडेल

0

असोज २६,२०८०बारा : बाराको जितपुर(सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिएका छन्।

उनी सिमरास्थित आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए।

उनी घरमै घोप्टो परेको अवस्थामा मृत भेटिएका जनाइएको छ। पौडेल २०७४ सालमा जितपुर सिमराको प्रमुख बनेका थिए। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिव थिए।

मोटरसाइकलमा १२ लाखको अवैध सामान

0

असोज २४,२०८० बाँके : बाँके जिल्लाको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

भारतबाट अवैधरुपले तीन वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नम्बर ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो।

सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए। बरामद सामान तथा मोटरसाइकल नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ।

बस दुर्घटनामा दुईको मृत्यु १४ घाइते

0

असोज २०,२०८० सल्यान : सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस आज दिउँसो कपुरकोट गाउँपालिका –३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका –६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका –६ की ४० वर्षीया अनिता बोहराको मुत्यु भएको जानकारी दिए ।

वसमा सवार यात्रुमध्ये १४ जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।

प्रहरीका अनुसार बस सडकदेखि करिब ५५ मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

गुल्मीमा ७७ हजार ७७७ राशिको भलिबल प्रतियोगिता हुने

0

अनिल खत्री
असोज २०,२०८० गुल्मीः गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रथम गुल्मी भलिबल कप २०८० को पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

भलिबल खेलको विकास तथा विस्तार एवं स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले खेल आयोजना गरिएको गुल्मी भलिबल संघका सचिव नारायण आचार्यले बताए । खेलमा जिल्ला स्थित १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपैयाँ द्धितिय हुनेले ५५ हजार ५५५ रुपैयाँ, तृतिया हुनेले ३३ हजार ३३३ रुपैयाँ र सानतना हुनेने ११ हजार १११ रुपैयाँ पाउने छन् । त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्धितिय हुनेले २५ हजार रुपैयाँ, तृतिय हुनेले १५ हजार रुपैयाँ र सानतना हुनेने १० हजार रुपैयाँ पाउने भएका छन् ।
खेलमा राष्ट्रिय स्तरमा खेल खेलेका खेलाडी बाहेक हुनुपर्ने आयोजकले जनाएको छ ।

भलिबल खेल पछिल्लो समय खेल्ने क्रम घटदै जान थालेकाले हराउदै जान समेत थालेको छ । पछिल्लो नयाँ युवा पिडी भलिबल खेल प्रतिको आकर्षण घट्दै जान थालेपछि त्यसलाई माथि उठाउनका लागि यो खेलले टेवा पुग्ने गुल्मी भलिबल संघका अध्यक्ष राजन कुँवरले बताए । भलिबलको मुख्य प्रायोजकमा गुल्मीका पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी प्रेम कुँवरले गरेका छन् ।

खेल सम्पन्न गर्न आयोजकले निजी क्षेत्रका खेलप्रेमीहरुबाट सहयोग संकलन गरिरहेको आयोजकले जनाएको छ ।