सरकारले सहकारी भित्रको समस्या हल गर्छः मन्त्री शर्मा

0
194

दिवाकर पोख्रेल
असोज २७ ,२०८०देउखुरी : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या हल गरेरै छाड्ने बताउनु भएको छ । शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेललाई शम्बोधन गर्दै सहकारीको ऋण प्रवाहको झन्झटली नीति र ऋणीको  वुझाईको अभावमा सहकारी समस्या पनि बन्दै गइरहेकाले यस्ता खालका समस्या हल गर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ केहि सहकारीले नमूना काम गरेर वास्तवीक रुपमा आर्थिक समृद्धिको काम पनि गरेका छन्, तर केहि सहकारी उभोक्तको लागि समस्या बनेका छन्,यस विषयमा सरकारले उचित छानवीन गरेर समस्या हल गर्छ ।’

नेपाल सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले सरकारले कार्यदल बनाएर सहकारीको समस्या अध्ययन गरेको र कार्यदलले पनि प्रतिबेदन सरकारलाई बुझाइसकेको अवस्थामा सरकारले अब प्रतिबेदनको अध्ययन गरेर वास्तविक पिडितलाई न्याय दिलाउने र सहकारी संस्थाको हकमा पनि उचित निर्णय दिने बताउनुभयो ।

गढवा गाउँपालिका द्धारा संचालित गढवा कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा यूवा उद्यमशिलता विकास साझेदारी परियोजना द्धारा प्रवर्धित सहकारीको दोस्रो भेलामा प्रमुख अतिथि शर्माले महिलाहरु अब स्वरोजगारमा जोडिन आवश्यक रहेको भन्दै सहकारीलाई माध्यम वनाएर आयआर्जनको काममा सक्रिय हुन समेत आग्रह गर्नुभयो । दाङ देउखुरीमा संचार र विधुतको हिसावले पूर्ण सेवा पु¥याउने उद्देश्यका साथ काम भइरहेको स्मरण गराउँदै महिला उद्यमीहरुलाई संचार र प्रविधिसंग जोडिन सहज रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘दाङलाई दुर संचार र बिद्युतिकरणका हिसावले पूर्ण सेवा यूक्त जिल्ला घोषण गर्ने गरी काम भइरहेको छ, संचार सेवा पुग्न वाँकी रहेका नेपाल भारत सिमावर्तीत क्षेत्रमा संचार, विधुत विस्तारको काम भइरहेको छ यस्ले महिला उद्यमलाई सहजता प्रर्दान गर्नछ ।’

दाङको कोइलावास नाका र कालाकाटे सिक्टा हुलाकी सडक खण्डको संचालन पछी देउखुरी क्षेत्रमा विकासमा थप टेवा मिल्ने भन्दै मन्त्री शर्माले कोइलावास नाका संचालनको लागि प्रक्रिया लामो भएकोले समय लागेको बताउनुभयो । कोइलाबास नाकाको विषयमा पटक पटक छलफल भएको जानकारी दिदै मन्त्री शर्माले उद्योग मन्त्रालयबाट प्रस्तावना उठाएर,आपुर्ती,अर्थ मन्त्रालय हूँदै मन्त्री मण्डलमा आउनुपर्ने भएकोले समय लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री इन्द्रजित थारुले भष्ट्रचारका कारण सरकारसंग साझा पूँजिको अभाव भएको भन्दै सरकारले भष्ट्रचार नियन्त्रण अभियान चालेर साझा पुँजि बढाउने कार्यमा लागेको बताउनुभयो । हेफर संस्थाको सहयोगमा दाङमा १४ वटा सहकारीमा करिव १२ हजार सातसय ४२ महिला उद्यमीहरु यस परियोजनामा आवद्ध छन् । छ सय ३७ वटा समूह वनाएर त्यही समुहमा आवद्ध महिला उद्यमीलाई पशु र कृर्षि उद्यम माफर्त उत्पदान बृद्धि,त्यसको वजारीकरणमा सहयोग पु¥याउन सहकारी मार्फत परियोजना सहयोग गर्दै आइरहेको छ । दाङको गढवा गाउँपालिकाले पालिका भित्र उत्पादन भएको कृषि तथा पशुको वजारीकरणको जिम्मा गाउँपालिकाले ल्याउने गाउँपालिका अध्यक्ष यम नारायण पोख्रेलले जानकारी दिनुभएको छ । पोख्रेलले यस्मा साथ दिन प्रदेश र संघीय सरकारलाई समेत आग्रह गर्नुभयो ।

 

 

SHARE