हर्मिचौरमै पशु स्वास्थ्य शिविर, एक हजार ५८६ पशुपंक्षीको उपचार

0
231

तिलाचन पाण्डे
कात्तिक १,२०८० गुल्मीः कालीगण्डकी गाउँपालिका वडा नम्वर १ मा संचालन गरिएको पशु स्वास्थ्य शिविरबाट एक हजार ५८६ पशुपंक्षीको उपचार भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीको आयोजना र कालीगण्डकी गाउँपालिकाको समन्वयमा हर्मिचौरमा संचालन गरिएको एक दिने शिविरबाट १५४ घरधुरीका कृषकहरुले सेवा लिएको विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिनुभयो । शिविरबाट २४१ गाई भैसी, ५५२ बाख्रा, ४० सुँगुर वंगुर , कुकुर बिरालो १७ र कुखुरा ७६६ गरी एक हजार ५८६ पशुन्छीको स्वास्थ्य उपचार गरिएको पाण्डेयले जानकारी दिनुभयो ।

कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अन्र्तगत दुई लाख रुपियाँको बजेटबाट हर्मिचौरमा पशु स्वास्थ्य शिविर संचालन गरिएको र अन्य तीन स्थानीय तहमा पनि शिविर संचालन गर्ने योजना रहेको विज्ञ केन्द्र गुल्मीका प्राविधिक डाक्टर मदन भण्डारीले बताउनुभयो ।

शिविरमा उपचार गर्न आएका पशुपंक्षीहरुमा छाला,बाँझोपन, नाम्ले र माटेका समस्याहरु आएकोले सोही अनुसारको निशुल्क औषधि वितरण गरिएको कार्यालयले जनाएको छ ।


यस्ता शिविरहरु पुनः ल्याउन आग्रह गर्दै शिविरबाट पशुहरुको रोग पहिचान गरी निशुल्क औषधीले आफूहरुलाई ठुलो राहत मिलेको हर्मिचौरका कृर्षकहरुले बताएका छन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतले शिविर प्रभावकारी भएको बताउनुभएको छ ।

 

SHARE