Saturday, June 6, 2026

पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु, श्रीमती बेहोस

0

पुस १०,२०८० : काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ।

चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ।

अधिकारका निम्ती लड्ने पार्टी नै माओवादी हो : सुदर्शन बराल

0
फाइल फोटो

पुस ९,२०८० गुल्मीः नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले अधिकारका निम्ती लड्ने पार्टी नै माओवादी भएको बताउनुभएको छ ।

चन्द्रकोट गाउँपालिकामा भएको अनेम संघ (क्रान्तीकारी) र नेपाल दलित मुक्ति मोर्चाको पालिका सम्मेलनलाई सम्बोधन गर्दै बरालले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्रको अगुवाईमा राज्यको सहभागितामा महिला, दलित, जनजाती, मधेशी,अल्पसंख्यक लगायतको उपस्थितीलाई संबिधानमै ब्यबस्था गरेकाले अधिकारका निम्ती लड्ने पार्टी माओवादी नै भएको बताउनुभएको हो ।
अहिले देश माओवादीकै एजेण्डामा चलेको दाबी गर्दै संघीयताले गाउँगाउँमा सिंहदरबारको अधिकार ल्याउनमा पनि माओवादीको मुख्य देन भएको उहाँको भनाई छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक युवराज केशीले प्राप्त अधिकारलाई सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । केही शक्तिहरु यस ब्यबस्थामाथि धमिलो पानीमा माछा मार्नका लागि प्रयास गरेको बताउँदै त्यो संभव नभएको बताउनुभयो ।

अनेम संघ (क्रान्तीकारी) को अध्यक्षमा पुनः सुशिला पुन नेतृत्वमा ४९ सदस्यीय पालिका स्तरको कमिटी गठन भएको छ । कुमार सार्कीको अध्यक्षमा ४९ सदस्य रहेको पालिका स्तरको दलित मुक्ति मोर्चा गठन भएको छ ।

अनेम संघ (क्रान्तिकारीको) अध्यक्षमा पुनःसुशिला

0

पुस ९,२०८० गुल्मीः अनेम संघ (क्रान्तिकारी) चन्द्रकोटको  अध्यक्षमा पुनः सुशिला पुन अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

चन्द्रकोटमा भएको सम्मेलननले पुनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

यस्तै उपाध्यक्षहरुमा बिष्णुमाया सापकोटा , शन्तु खत्री ,निमा थापा , सचिवमाशित्तला बस्याल , कोषध्यक्षमा राधिका खरेलसहितको ४९ सदस्यीय कमिटी गठन भएको छ ।

यस्तै नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा कुमार सार्की र सचिवमा डिलबहादुर बि क सहित ४९ सदस्य कमिटी निर्बिरोध निर्बाचित भएको छ ।

बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु

0

पुस ९,२०८० नवलपरासी : नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु भएको छ ।

आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए

आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो ।

बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको मृत्यु भएको रेग्मीले बताए ।

मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा इस्मा तेक्वान्दो डोजाङ्गको उत्कृष्ट प्रदर्शन

0

टोपलाल अर्याल
पुस ७,२०८० गुल्मी:प्रथम लुम्बिनी प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा इस्मा तेक्वान्दो डोजाङ्गका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन ।

 

खेलमा सहभागी शिव घर्तिले ५८ केजी, सुरज सुनारले ५४ केजी, धन बहादुर घिमिरेले ५३ केजी र मनिषा बिकले ४९ केजी तौल तर्फ प्रथम हुदै स्वर्णपदक जितेका छन । त्यस्तै अर्जुन सुनार ४८ केजी तर्फ द्वतिय हुदै रजत र रामु मुखिया ५४ केजी तर्फ तृतीय हुँदै कास्य पदक जितेको इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष तथा रेफ्री दिपक जिसिले जानकारी दिए ।

 

पुस ६ र ७ गते रामापुर तेक्वान्दो डोजाङ्गले सतचिन्तन सामुदायिक प्रतिष्ठा भवन सैनामैना -८,रामापुर, रुपदेहीमा आयोजना गरेको प्रतियोगितामा सहभागी हुन तेक्वान्दो डोजाङ्गबाट ६ जना खेलाडी गएका थिए ।

 

इस्मा डोजाङ्ग अन्तरगत १ सय जना खेलाडी आवद्ध छन । डोजाङ्गले इस्मा २ को पालुखा माबी, ३ को ठाढुङा माबि र नयाँपोखरा, ४ को रामराज्य माबी तथा ६ को अमरपुर ओमप्रसाद गौतम माबीमा तेक्वान्दो प्रशिक्षण भइरहेको छ ।

उज्यालोको अध्यक्षमा हिरा

0

तिलाचन पाण्डे
पुस७,२०८० गुल्मीः उज्यालो बहुउद्येश्यीय सहकारी संस्थाको अध्यक्षमा हिराबहादुर अर्याल चयन भएका छन् ।
शनिवार सहकारीको चौथो साधारण सभाले अर्याललाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा टामलाल केशी, सचिवमा भरत चन्द , सह सचिवमा विमल छन्तेल, कोषाध्यक्षमा बिन्दु पन्थी चयन भएको ब्यबस्थापक नविन अर्यालले जानकारी दिए ।

यस्तै सदस्यहरुमा हिमालय केशी, भगवती थापा, सीता भुसाल सापकोटा र शालिकराम बस्नेत चयन भएका छन् ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाश चालिसे चयन भएका छन् भने सदस्यहरुमा एलिजा थापा र कृष्णबहादुर पाण्डे रहेका छन् ।

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

0

पुस ७,२०८० : बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ ।

अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी जडान गरिएको छ । भने आजै उक्त धाराको समेत रिबन काटेर उद्धघाटन गरिएको छ ।

राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताउनु भयो ।

उहाँले राप्ती सोनारी ७ मा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष थारुले खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई राजा खानले खेल सामाग्री र पोशाक दिईएपछि उत्साहित भएका हुन् ।
सामाग्री हस्तान्तरण गर्दै राजा खानले शहिद स्वर्गिय दल बहादुर घर्तिमगर खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि कमल पुनलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

टोल विकास समितिका अध्यक्ष समेत रहनु भएका खेलाडी कमल पुनले बजेट अभावका सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न सकिएको छैन् । उहाँले भन्नु भयो, राजा खान मार्फत खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ भन्ने विश्वास लिएका छौ ।
कार्यक्रममा बोल्दै स्मार्ट टोल विकास समितिका अध्यक्ष कालुराम थारुले खेल मैदानमा पानीको व्यवस्था भएको प्रति खुशि व्यक्त गर्दै खेलाडीका लागि मात्र नभई सडकमा यात्रा गर्ने यात्रीहरुका लागि समेत सहज हुने बताउदै उहाँले भन्नुभयो,राजा खानले राप्ती सोनारी ७ नं वडा लाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने उद्देश्यले ४० थान पोशाक,भलिबल ,फुटबल र ब्याटमिन्टन बितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा ९५ बर्षिय अमृता घर्तिमगर, लाल बहादुर पुन,गुलसन हल्वाई, अधिकारकर्मी एंव नरैनापुर गाँउपालिकाका प्रेस सल्लाहकार आलम खान, वाईसीएलका केन्द्रीय सदस्क्ष् अरसद रंगरेज लगायतको सहभागिता रहेको थियो । भने सहयोग गर्ने राजा खानलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

नाम जस्तै काम हुन एकता आवश्यक : युवराज केशी

0

तिलाचन पाण्डे
पुस ७,२०८० गुल्मीः चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केशीले नाम जस्तै काम गर्न सबै एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार उज्यालो वहुउद्येश्यीय सहकारी संस्थाको  चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सबै एकतावद्ध नभएसम्म उद्येश्य पूरा नहुने भएकाले एकतावद्ध बन्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केशीेले सहकारीहरुले उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । युवाहरुको संस्था उज्यालो सहकारी भएकाले धेरैको आशा भएको भन्दै प्रतिफल निकाल्नुपर्ने बताए ।

संस्थामा ५२१ जना शेयर सदस्यहरु रहेका छन् । सहकारीले आजै नयाँ कार्यसमिति चयन गर्ने भएको छ । जसका लागि अहिले बन्द सत्र चलिरहेको छ ।

संस्थाका अध्यक्ष राजेन्द्रविक्रम कुँवरको अध्यक्षतामा कार्यक्रमको संचालन सचिव प्रकाश चालिसेले गरेका थिए ।

जेसीबी दुर्घटनामा सहचालकको मृत्यु

0

पुस ७,२०८० सल्यान : बागचौर नगरपालिकामा जेसीबी दुर्घटनामा सहचालकको मृत्यु भएको छ।

शनिबार बिहान बागचौर–३ स्यालागैरामा रा १ क ८५९ नम्बरको जेसीबी दुर्घटना हुँदा दाङको गडवा गाउँपालिका ५ का २४ वर्षीयदीपेन्द्र चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार तिरुपाते कम्पनीको जेसीबी सडक निर्माणका क्रममा अनियन्त्रित भई अन्दाजी १० मिटर तल खसेको थियो। च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

गुल्मीमा फरार प्रतिवादी पक्राउ

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

पुस ६,२०८० गुल्मी ः गुल्मीमा आगो लगाएको मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

फरार प्रतिवादी कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ का १९ वर्षीय श्रीप्रसाद थापालाई घरमै रहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

थापाले तत्कालीन समयमा स्थानीय एक घरमा आगो लगाइदिएका थिए । निजलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको र अदालतको फैसला अनुसार कारागार चलान भएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

२०७९ असार ८ गते गुल्मी जिल्ला अदालतको फैसला अनुसार एक वर्ष सात महिना ९ दिन कैद सजाँय तोकिएको थियो ।