तिलाचन पाण्डे
पुस ७,२०८० गुल्मीः चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केशीले नाम जस्तै काम गर्न सबै एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार उज्यालो वहुउद्येश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सबै एकतावद्ध नभएसम्म उद्येश्य पूरा नहुने भएकाले एकतावद्ध बन्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केशीेले सहकारीहरुले उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । युवाहरुको संस्था उज्यालो सहकारी भएकाले धेरैको आशा भएको भन्दै प्रतिफल निकाल्नुपर्ने बताए ।
संस्थामा ५२१ जना शेयर सदस्यहरु रहेका छन् । सहकारीले आजै नयाँ कार्यसमिति चयन गर्ने भएको छ । जसका लागि अहिले बन्द सत्र चलिरहेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्रविक्रम कुँवरको अध्यक्षतामा कार्यक्रमको संचालन सचिव प्रकाश चालिसेले गरेका थिए ।