अधिकारका निम्ती लड्ने पार्टी नै माओवादी हो : सुदर्शन बराल

0
117
फाइल फोटो

पुस ९,२०८० गुल्मीः नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले अधिकारका निम्ती लड्ने पार्टी नै माओवादी भएको बताउनुभएको छ ।

चन्द्रकोट गाउँपालिकामा भएको अनेम संघ (क्रान्तीकारी) र नेपाल दलित मुक्ति मोर्चाको पालिका सम्मेलनलाई सम्बोधन गर्दै बरालले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्रको अगुवाईमा राज्यको सहभागितामा महिला, दलित, जनजाती, मधेशी,अल्पसंख्यक लगायतको उपस्थितीलाई संबिधानमै ब्यबस्था गरेकाले अधिकारका निम्ती लड्ने पार्टी माओवादी नै भएको बताउनुभएको हो ।
अहिले देश माओवादीकै एजेण्डामा चलेको दाबी गर्दै संघीयताले गाउँगाउँमा सिंहदरबारको अधिकार ल्याउनमा पनि माओवादीको मुख्य देन भएको उहाँको भनाई छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक युवराज केशीले प्राप्त अधिकारलाई सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । केही शक्तिहरु यस ब्यबस्थामाथि धमिलो पानीमा माछा मार्नका लागि प्रयास गरेको बताउँदै त्यो संभव नभएको बताउनुभयो ।

अनेम संघ (क्रान्तीकारी) को अध्यक्षमा पुनः सुशिला पुन नेतृत्वमा ४९ सदस्यीय पालिका स्तरको कमिटी गठन भएको छ । कुमार सार्कीको अध्यक्षमा ४९ सदस्य रहेको पालिका स्तरको दलित मुक्ति मोर्चा गठन भएको छ ।

SHARE