Thursday, June 4, 2026

देशमा साढे सात खर्ब नाघ्यो बेरुजु

0

जेठ २,२०८३काठमाडौँ : सार्वजनिक वित्तीय अनुशासन कमजोर बन्दै जाँदा नेपालको बेरुजु साढे सात खर्ब रुपियाँ नाघेको छ, जहाँ नीति निर्माण गर्ने अर्थ मन्त्रालयमै सबैभन्दा ठुलो बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१ र ८२ सम्म कुल बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड रुपियाँ पुगेको हो । यस्तै जेनजी आन्दोलनका कारण डेढ खर्ब रुपियाँ बराबरको लेखा परीक्षणसमेत प्रभावित भएको छ ।

महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु करिब छ खर्ब ७३ अर्ब रुपियाँ हाराहारी थियो । अघिल्लोसँग तुलना गर्दा ६३ औँ प्रतिवेदनमा बेरुजु करिब ८० अर्बभन्दा बढीले वृद्धि भएको देखिएको छ । महालेखा परीक्षक तोयम रायाले गत वर्षसम्मको बेरुजुमध्ये यस प्रतिवेदन अवधिमा ६६ अर्ब ११ करोड सम्परीक्षण तथा समायोजन भई बाँकी बेरुजु तथा चालु वर्षको समेत अद्यावधिक बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड पुगेको बताउनुभयो । यस अवधिमा विगतको बेरुजुको सम्परीक्षण र यस वर्ष औँल्याइएको बेहोराको फस्र्योटबाट १४ अर्ब ६३ करोड असुल भएको प्रतिवेदनमा उल्लेख छ । साथै लेखा परीक्षणको सुझावबमोजिम विभिन्न नीतिगत, कानुनी तथा प्रणालीगत सुधारहरू भएको उहाँले बताउनुभयो ।

प्रतिवेदन अनुसार उक्त वर्षमा मात्रै थप ८८ अर्ब रुपियाँ बेरुजु कायम भएको छ, जसले सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन अझै कमजोर रहेको सङ्केत गरेको छ ।

सङ्घदेखि स्थानीय तहसम्म उच्च

कुल बेरुजु रकममध्ये सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ पाँच अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड तथा समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपियाँको लेखा परीक्षण सम्पन्न गरिएको भए पनि सबै निकाय समेटिन सकेका छैनन् ।

डेढ खर्बको लेखा परीक्षण हुन सकेन

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण १७९ कार्यालय तथा निकायले आवश्यक कागजात पेस नगर्दा एक खर्ब ४७ अर्ब ९० करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । जसले लेखा परीक्षण प्रक्रियामा बाह्य अवरोधले कति ठुलो प्रभाव पार्न सक्छ भन्ने देखाएको छ ।

अर्थ मन्त्रालयमा सर्वाधिक बेरुजु

सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालय र मातहतका निकायमा सबैभन्दा धेरै बेरुजु देखिएको छ । कुल सङ्घीय बेरुजु ५३ अर्ब ४८ करोड ७७ लाखमध्ये अर्थ मन्त्रालयकै हिस्सा ३७ अर्ब ६३ करोड ३१ लाख रुपियाँ ९करिब ७० प्रतिशत० रहेको छ । त्यसपछि साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सात अर्ब १० करोड रुपियाँ बेरुजु देखिएको छ ।

यस्तै अन्य मन्त्रालयमा क्रमशः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा एक अर्ब ५३ करोड रुपियाँ, वन तथा वातावरण मन्त्रालयमा एक अर्ब ३४ करोड रुपियाँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक अर्ब १६ करोड रुपियाँ, सहरी विकास मन्त्रालयमा ८० करोड ५१ लाख रुपियाँ बेरुजु रहेको छ ।

परराष्ट्र मन्त्रालयमा ७४ करोड ३४ लाख रुपियाँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६५ करोड २६ लाख रुपियाँ, गृह मन्त्रालयमा ५७ करोड ७२ लाख रुपियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ५२ करोड ४३ लाख रुपियाँ तथा अन्य मन्त्रालय तथा निकायमा एक अर्ब ३५ करोड ८६ लाख रुपियाँ बेरुजु रहेको छ ।

राजस्व छुटमा पनि प्रश्न

प्रतिवेदनमार्फत महालेखाले राजस्व छुटसम्बन्धी व्यवस्थामा पनि गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१र८२ मा भन्सारतर्फ मात्रै ८५ अर्ब २३ करोड रुपियाँ राजस्व छुट दिइएको छ, जुन अघिल्लो वर्षको ८० अर्बभन्दा बढी हो ।

तर आन्तरिक राजस्वतर्फ कति छुट दिइयो भन्ने तथ्याङ्क नै उपलब्ध नभएको उल्लेख गरिएको छ । साथै साफ्टा सुविधा अन्तर्गत पाँच अर्ब ७१ करोड छुट, अन्तःशुल्कमा ४९ करोड ६३ लाख छुट, वैदेशिक सहायता आयोजनामा छ अर्ब १२ करोड ७६ लाख छुट दिइएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले सार्वजनिक निर्माणमा कर छुटको लाभ आयोजनाभन्दा निर्माण व्यवसायीले बढी लिइरहेको पनि औँल्याएको छ ।

वित्तीय अनुशासनमा सुधार आवश्यक

प्रतिवेदनले सार्वजनिक खर्च व्यवस्थापन, खरिद प्रक्रिया, बजेट कार्यान्वयन तथा लेखा प्रणालीमा कमजोरी कायम रहेको निष्कर्ष निकालेको छ । साथै बेरुजु फस्र्योट प्रक्रिया प्रभावकारी बनाउन, अभिलेख व्यवस्थापन सुधार गर्न र आर्थिक अनुशासन कडाइका साथ लागु गर्न प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिइएको छ । यो समाचार हामीले गोरखापत्रबाट लिएका हौँ ।

गुल्मीमा १६९ जनाले राहदानी बनाए, आठ लाख बढी राजस्व संकलन

0
जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

वैशाख २६,२०८३ गुल्मी : गुल्मीमा एक हप्ताको समय अवधिमा १६९ जनाले राहदानी बनाउँदा आठ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म १६९ जनाले राहदानी बनाएको र आठ लाख ५७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो । सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २६१ जनाले नयाँ नागरिकता बनाउँदा १६९ जनाले प्रतिलिपि लिएका छन् भने एक जनाले गैर आवसीय नागरिकता लिएका छन् ।

उक्त अवधिमा १० जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६९, राहदानी वितरण २२६, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४२४, राष्ट्रिय परिचयपत्र वितरण २९१, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ५४ र एक संस्था नविकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख ५७ हजार पाँच सय, संस्था दर्ता तथा नविकरण , हातहतियार र राष्ट्रिय परिचयपत्रबाट सात हजार पाँच सय गरी कुल आठ लाख ६७ हजार ७५० रुपियाँ राजस्व संकलन भएको हो ।

कालीगण्डकी करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

0
बडहरे खोलामा निर्माण गरिएको फडके । तस्बिर : खबरमार्केट

तिलाचन पाण्डे
वैशाख २०,२०८३ गुल्मीः कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।

वर्सायामको समयमा खोलामा पुल नुहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका सवारी र यात्रुहरुलाई अव राहत मिल्ने भएको छ ।

कालीगण्डकी करिडोर, गौँडाकोट, राम्दी मालढुङगा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र तेलीका अनुसार गुल्मी खण्डमा सात वटा पुल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार गुल्मी खण्डमा बडहरे खोला, दिहिङखोला, बौदी खोला, हास्मादीखोला,बाडेखोला, सिउरेनीखोला र पालुङखोलामा पुल बन्ने भएका छन् । गुल्मीसँगै बाग्लुङ खण्डको दुई र पाल्पा खण्डको एक गरी कुल १० वटा पुल निर्माण गर्न लागिएको हो । यस्तै कालीगण्डकी लोकमार्ग स्याङजा, पर्वत खण्डमा चार वटा पक्की पुल बन्ने भएका छन् ।

कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेर आगामी आर्थिक वर्षमा १४ वटा पुलको निर्माण कार्य अगाडि बढाउने गरी बजेटको माग गरिएको कार्यालयले जनाएको छ । उक्त १४ वटा पुल सम्पन्न गर्नका लागि ८५ करोड १८ लाख ५७ हजार १३६ रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

पुलको डिजाइन सम्पन्न गरी बहुवर्षीय ठेक्काका लागि बजेटको ब्यबस्थापन गर्नका लागि बिभागमा लेखी पठाएको उहाँको भनाइ । उक्त खोलामा आवस्यकता अनुसार १५ देखि ४० मिटर सम्मकाको लम्वाई रहेका पुलहरु बन्नेछन् भने सबै पुलको चौडाइ भने ११ मिटरको रहने तेलीले बताउनुभयो । दैनिक बुटवल पुर्तिघाट सवारी चलाउने चालक रामु पाण्डेले करिडोरका खोलामा पुल नहुँदा बर्सायामको समयमा जोखिम मोलेरै यात्रा गर्न आफूहरु बाध्य भएको बताउनुभयो । खोलामा पुल नहुँदा सवारी र यात्रुहरुको ज्यानसँगै आफू पनि जोखिममै रहेर यात्रा गर्न असहज हुने गरेको उहाँको भनाइ छ ।

कालीगण्डकी करिडोर अन्तर्गतको २४० किलो मिटर सडकमध्ये राम्दी रानीमहल सडक खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त सडक खण्डको काम भइरहेकाले आगामी आर्थिक वर्षमा काम सम्पन्न हुने लक्ष्य लिएको तेलीले बताउनुभयो । यस्तै सोही कार्यालयले हेर्ने गरी कालीगण्डकी लोकमार्गको मिर्मी सेतीवेणी फलेबास अर्मादी खण्डको ५३ किलोमिटर सडकको पनि काम दु्रत गतिमा भइरहेको उहाँले बताउनुभयो ।

घट्यो सुनको मूल्य

0

वैशाख २०,२०८३ काठमाडौँ : आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजारले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ९४५ मा किनबेच भएको थियो ।

गुल्मीमा छ सय बढी कुकुरको बन्ध्याकरण

0

तिलाचन पाण्डे
वैशाख २०,२०८३ गुल्मीः गुल्मीमा छ सय बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्यकरण गरिएको छ

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिकामा १०२, सत्यवतीमा ६७, छत्रकोटमा ६७ र गुल्मीदरबारमा दूई सय, रेसुङगामा १०६ र मुसिकोटमा ७४ गरी कुल ६१६ कुकुरको बन्ध्याकरण र रेविज बिरुद्धका खोप लगाइएको हो । जसमध्ये २८५ भाले र ३३१ पोथी कुकुरहरु रहेका छन् ।

यस अभियानमा हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपाल, पोखराको प्राविधिक सहयोग रहेको छ । अनुभवी पशु चिकित्सकहरूको टोलीले स्थानीय स्तरमै पुगेर कुकुरको बन्ध्याकरण तथा रेबिज खोप सेवा प्रदान गरेको हो । रेसुङगा नगरपालिकाको पशु सेवा शाखाका अनुसार सदरमुकाम तम्घासमा गाउँबाट कुकुरहरु मान्छेसँगै आउने र फर्केर नजाने भएका कारण पनि तम्घासमा कुुकुरको सङख्यामा वृटि भएको छ । कुकुर ब्यबस्थापनका लागि नगरपालिकाले पनि योजना बनाउँदै आएको जनाएको छ । तम्घासका मुख्य सडकहरुमै भुस्याहा कुकुर बढी भए पनि सडकमा यात्रा गर्न पनि असहज हुने गरेको र रातमा भुकेर राम्रोसँग सुत्न पनि नपाएको स्थानीय जनक पन्तले गुनासो गर्नुभएको छ ।

जिल्लामा करिब आठ हजार कुकुर रहेको अनुमान गरिएको छ । जसमध्ये आधा सामुदायिक (छाडा) र आधा घरपालुवा छन् । गत वर्ष मात्रै चार सय कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्धको खोप गरिएको थियो भने करिब एक हजार मानिसले कुकुरको टोकाइपछि रेबिज विरुद्धको खोप लगाउनुपरेको तथ्यांक छ ।

गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारण एक महिलाको रेबिजबाट ज्यानसमेत गएको थियो । साथै गाईभैंसी जस्ता चौपायामा पनि कुकुरको आक्रमण बढेको स्थानीयले बताएका छन् ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

स्कुटर दुर्घटनामा दुई किशोरीको मृत्यु

0

शाख १६,२०८३ पाल्पा : पाल्पाको नुवाकोटबाट बुटवल जाँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नुवाकोटबाट बुटवलतर्फ जाँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एउटै स्कुटरमा सवार तीन जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाडकी १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षीया पूर्णिमा उचाइ मगरको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीका अनुसार दुर्घटनामा स्कुटर चालक वाणगङ्गा नगरपालिका–७ बनगाईका सुमन श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।

सुकुम्बासी बस्तीमा डोजर चल्यो

0

वैशाख १२,२०८२ काठमाडौँ : काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्तीहरू हटाउने क्रममा डोजर प्रयोग गरिएको हो ।

बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्दै आएका बासिन्दालाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा बस्ती हटाइसकेपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ ।

तिनकुने गैरिगाउँ बागमती किनारमा रहेको सुकुम्बासी आफैँ बस्ती खाली गर्दै

0

वैशाख १२,२०८२ काठमाडौँः काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती किनारामा रहेका सुकुम्बासीले शनिबार आफ्नो सरसामान सार्न थालेका छन्।

शनिबार झिसमिसेमै वर्षौदेखि बसोबार गर्दै आएका घरटहराबाट सुकुम्बासीहरु आफैँ बस्ती खाली गरिरहेका छन् । उनीहरुले आफ्नो सामान निकालेर हिँडेका छन् ।

सरकारले उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको हो । गोरखापत्र

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

0

वैशाख २०,२०८३ काठमाडौँ : आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

सुनचाँदीको मूल्यमा वृद्धि

0

चैत २९,२०८२ काठमाडौँ : नेपाली बजारमा आइतबार सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुन प्रतितोला २०० र चाँदी १५ ले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ कायम भएको छ ।