Saturday, June 13, 2026

पाल्पामा ५५ वर्षीय विकको शव फेला

0

साउन २७,२०७९ पाल्पा : पाल्पामा शुक्रबार एक जना मृत फेला परेका छन्।

रामपुर नगरपालिका(५ मटेरीका ५५ वर्षीय मनबहादुर विक आज दिउँसो साढे १ बजे मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले बताए।

घरदेखि २ सय ५० मिटर टाढा ठूलोआपस्थित भित्री कच्ची सडक छेउमा सुनार मृत भेटिएको उनले बताए। उनी बिहान खाना खाएर घरबाट हिँडेका थिए। सडक छेउमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

किड्नीका बिरामी रहेका उनको तीन पटक अप्रेसन भएको बुझिएको छ। घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिस्तारै उठ्दैछ कोइलाबास, चल्दैछ भन्सार

0

दिवाकर पोख्रेल
देउखुरी, साउन २७ गते । घर ढलेका छन्,नढेलेका घरपनि चुहीने भत्कने खस्दै जाने प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् । सडकको पूरानो पिच उप्केको छ, घर झाडीले ढाकेको छ, सग्ला घरभित्र पस्दा पनि झाडी पच्छाउँदै जानुपर्छ यो चित्रण दाङको कोइलाबासको हो ।

पूर्वपश्चिम राजमार्ग बन्नुभन्दा पहिले दाङको कोइलाबास बजारमा छुट्टै ब्यापारिक रौनक थियो । कोइलाबास बाहेक अहिले ब्यपारिक स्थलको रुपमा चिनिएका दाङमा खासै मालसामान नै पाइने थिएन । दाङ मात्र नभएर राप्ती अञ्चलकै ब्यपारिक केन्द्र थियो कोइलाबास । अहिले कोइलाबासमा ब्यापारिक चहलपहल शुन्य प्राय छ । भारतसंग सिमा जोडिएका कारण सरसामान ल्याउन सहज हुने हुँदा ब्यापारी पनि सो स्थानमा ब्यपार गर्न रुचाउँथे ।

हाल कोइलाबासमा व्यापारिक चमक थियो भन्दा नयाँ पुस्ताले सहजै विश्वास गर्न सक्ने अवस्था छैन । कोइलाबास बजारमा लामो समय सम्म कपडा पसल संचालन गरेर दाङको लमही बस्दै आउनु भएका राधेश्याम गुप्ताले कोइलाबासको पूरानो व्यापार अहिले पनि सम्झनुहुन्छ । ६५ बर्षिय गुप्ताले आफु ब्यपारमा कोइलाबासमै खारिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उ बेलाको कोइलाबास नगएको कमै हुन्थे थारै सामान क्रिी गर्न र खरिद गर्न जानै पर्नेथियो कोइलाबास ।” महेन्द्र राजमर्ग खुलेसंगै दाङ सहित विभिन्न स्थानमा ब्यपार बस्न थालेको स्मरण उहाँको छ । “कोइलबास त राप्ती अञ्चलकै नाका थियो,त्यो समयको व्यपार सम्झदा अहिले पनि आनन्द आउँछ,फेरी कोइलाबास उठ्न आवश्यक छ ।” गुप्ता भन्नुहुन्छ ।

लमही नगरपालिका वडा न. ६ का कृष्णवहादुर क्षेत्रीले आफ्ना गाउँका जेष्ठ नागरिकसंगै लमहीमा उत्पादन भएको तोरी र घ्यू बिक्रीको लागि कोइलाबास पुगेको स्मरण गर्नुहुन्छ । “एकपटक कोइलाबास पुगेका छु,पछि फेरी फर्केर जानु नै परेन,बाल्यकालमा देखेको कोइलाबास र अहिलेको कोइलाबास देख्दा उदेक लाग्यो,कोइलाबास फेरी उठ्न आवश्यक छ,।” उहाँले भन्नुभयो ।

फेरी उठाउने प्रयास

कोइलाबास बजारलाई चहलपहल सहितको पूरानो अवस्थामा फर्काउने गृहकार्य पनि थालिएको छ । कोइलाबास भन्सार र बजारलाई लक्षित गरेर पछिल्लो समय मन्त्रीहरुको निरीक्षणपनि बाक्लीन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माले केहिदिन पहिले कोइलाबास क्षेत्रको भ्रमण गरेर भन्सार व्यवस्थित गर्ने विषयमा चासो देखाउनुभएको थियो ।

पूर्वसभामुख कृष्णवहादुर महराले पनि कोइलाबास भन्सारको स्थलगत अवलोकन गरी छिट्टै भन्सार व्यवस्थित गर्ने बजार विस्तार गर्ने योजना सहितको आश्वासन दिनुभएको छ । भारत सरकारले कोइलाबास नाकालाई लक्षित गरेर भन्सार(कस्टम) कार्यालय सञ्चालन गरेको छ । भारतीय पक्षले पनि कस्टम कार्यालयको रुपमा कार्यालय सञ्चालन गरेपछि अब कोइलाबास भन्सार र बजारमा केहि चहल वहल बढ्नेमा स्थानीय पनि आसावादी छन. ।

गढवा गाउँपालिका वडा नं ८ का वडाअध्यक्ष खालिक सिद्धिकीले भारत पक्षबाट भन्सार कार्यालय नराखेका कारण समस्या भएको जानकारी दिदै,सामान आर्यात निर्यातको लागि दुइदेशको भन्सार कार्यालय आवश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार कार्यालय दुवै देशको आवश्यक थियो, हाम्रो नेपाल पक्षको भएपनि भारत पक्षले राखेको थिएन अहिले भारतीय पक्षले पनि भन्सार कार्यालय राखेपछि थोरधेर रुपमा समान निर्यात गर्न पनि पाएका छौ ।”

कोइलाबास भन्सार कार्यालयका अनुसार साउन महिनामा मात्रै तीन क्विनटल तरकारी भारत निकास गरिएको छ, । यो भन्सार सञ्चालनको लागि सकरात्मक पक्ष हो । यस भन्दा पहिले सामान आर्यात निर्यातको लागि कपिलवस्तुको रुपहडिया भन्सार जानुपर्ने बाध्यता थियो ।

अब कोइलाबास भन्सार संचालनमा धेरै समस्या छैन सडकसंजालले जोडिएको छ । तर भन्सारको स्तर बृद्धि गर्न आवश्यक रहेको स्थानीयको माग छ । कोइलाबास नाकालाई आर्थिक गतिविधिसंग जोड्दै चल्ती नाकाको रुमा विकास गर्नको लागि भन्सार कार्यालयको स्तरबृद्धि गरी सेवा सुविधा थप्न आवश्यक रहेको देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलसिंह ठकुरीले बताउनुहुनन्छ । कोइलाबास भन्सारमा हस्तलिखीत(हाते) रसिदबाट राजश्व रसिद काट्ने गरेकोमा अहिले अनलाइनबाटै बिलकाट्ने प्रविधि शुरु भएको छ । कोइलबास भन्सार कार्यालयका प्रमुख बसन्त रजौरेले अनलाइन बिलीङ शुरु गरेको जानकारी दिनुभयो ।

रजौरेका अनुसार अनलाइन विलीङ शुरु गरेपनि इन्टरनेटको सुस्तताको समस्या भने छ । अहिले विस्तारै कोइलाबास भन्सारबाट पनि राजश्व संकलनमा बृद्धि हुने थालेको छ । अस्थायी पैठारी, भारतीय नागरिक नेपाल प्रवेस गर्दा सवारी चलाउने अनुमति कर लगायतको शिर्षकबाट गत आर्थिक बर्षमा १४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ लाख राजश्व संकलन भएको छ ।

धुर्कोटमा एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत

0

साउन २७,२०७९ गुल्मीः जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।

गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७ रोपनी जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए ।

कोरोना माहामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो । सोही समय र हालसम्म गरी बाँझो जग्गामा फलफूल र अन्नवाली लगाई फलफूलका बिरुवाहरु हुर्कदै गएको , अन्नवालीबाट किसानले उत्पादन लिएको पोखरेलले बताए ।

कोरोना महामारीको समयमा बाँझो जग्गामा फलफूलका बिरुवा लगाउने किसानलाई प्रतिरोपनी तीन हजार, अन्नबाली लगाउने किसानलाई प्रति रोपनी चारहजारका दरले गाउँपालिकाले अनुदान दिएको थियो ।

गाउँपालिका भित्र रहेको बाँझो जग्गालाई सदुपयोग गरी उत्पादनसंग जोडनका लागि आफूले सो नीति लिएको पोखरेलको दाबी छ । कोरोना माहामारीको समयमा सिधै अनुदान दिनु भन्दा काम संगै उत्पादनलाई प्राथमिकतामा राखेर अनुदान प्रदान गर्दा बाँझो जग्गामा पनि खेती हुने र किसानलाई पनि फाइदा हुने गाउँपालिकाले जनाएको छ ।

हालसम्म बाँझो जग्गालाई फलफूल र अन्नबाली लगाउने किसानहरुलाई २९ लाख रुपियाँ अनुदानका रुपमा प्रदान गरेको अध्यक्ष पोखरेलले बताए ।

गाउँपालिका भित्रका नागरिकहरुलाई ब्यबसायीक रुपमा कृषि र पशुपालनका माध्यमबाट आत्म निर्भर बनाउन सकिने भन्दै कृषि ,पशुपालन र पर्यटनलाई जोड दिएको उनको दाबी छ ।

पालिका भित्रका किसानहरुलाई प्रविधि र सिंचाई लगायतका क्षेत्रहरुमा समेत अनुदान प्रदान गर्दै आएको र यस वर्ष पनि यस्ता कार्यक्रमहरु रहेको गाउँपालिकाले जनाएको छ ।

पाल्पामा मामा घर आएका १४ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

0

साउन २७,२०७९पाल्पा : रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरस्थित साउनेमा बिहिबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघाका १४ वर्षीय मनोज रेश्मी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले बताए।

यही साउन १८ गते उनी मामा घर आएका थिए। मामा घर नजिकै रहेको डमराई पोखरीमा पौडी खेल्ने क्रममा हिजो साँझ बेलुकी ६ बजे उनी डुबेका हुन्। स्थानीयले देखेपछि पोखरीबाट बाहिर निकाल्दा बेहोस अवस्थामा थिए।

गम्भीर घाइते उनको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा गएराति सवा ८ बजे मृत्यु भएको डिएसपी थापाले बताए।

डुबेर दुई बालबालिकाको मृत्यु

0

साउन२७,२०७९झापा : झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ।

शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो।

इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए।

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने

0

साउन २७,२०७९काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

पत्रकार डिबी खड्का प्रेस सेन्टरमा प्रवेश

0

गुल्मी, साउन २६ । नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादी निकट जनपत्रकार संगठन गुल्मीका अध्यक्ष रहेका गुल्मीका चर्चित पत्रकार डिबी खड्का नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।

बिहीबार स्वतःस्र्फुत रुपमा प्रवेश गरेका खड्कालाई नेकपा माओवादी केन्द्र गुल्मीको पार्टी कार्यालयमा सो पार्टी अध्यक्ष बुद्धि जिसी लगायतका नेताहरुले स्वागत गरेका थिए । आफु विगतमा पनि माओवादी आन्दोलनको मुलधारमा रहेको बताउँदै पत्रकार खड्काले यो देशमा परिवर्तनको संवाहक राजनैतिक दल भनेकै प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नै रहेको निश्कर्ष निकाल्दै आफु प्रेस सेन्टर मार्फत माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

स्थानीय देखि राष्ट्रिय सञ्चार माध्यमबाट समेत पत्रकारितामा बिशेष चर्चा पाएका पत्रकार खड्कालाई स्वागत गर्दै माओवादी केन्द्रका नेता तथा चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसी ( खत्री ं) ले जनताको सच्चा पहरेदारका रुपमा स्थापित प्रेस संगठनमा डिबी खड्का जस्ता युवा र जुझारु पत्रकारको प्रवेशले सिंङ्गो माओवादी आन्दोलनलाई नै उर्जा मिल्ने बताए ।

खड्कालाई नेता अशोक थापा (मुक्ती ) सोही पार्टीका नेता तथा रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवाली , प्रेस संगठनका केन्द्रिय सचिव प्रेम सुनार , चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेल , प्रेस संगठनका जिल्ला अध्यक्ष तिलाचन पाण्डे र सचिव हुमाकान्त पोखरेल लगायतले स्वागत गरेका थिए ।

पूर्व वडा अध्यक्ष मृत फेला

0

साउन २६,२०७९स्याङ्जा : वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।

वालिङ १३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन्। सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए।

ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन्। गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए।

उनको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताए। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

आज वर्षाको सम्भावना

0
फाइल फोटो

साउन २६,२०७९काठमाडौं : बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

रातको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगलागीबाट ११ घर नष्ट

0
सांकेतिक तस्बिर

साउन २६,२०७९ सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ।

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिइन्।

आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन्।

आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन्।

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आज आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताइन्।