Saturday, June 6, 2026

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले दियो नयाँ झलक, दुई हजार ७७९ विद्यालयका ४१ हजार विद्यार्थी लाभाम्वित

0

साउन ३० गते : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमा प्रदेशको सुधार गर्नका लागि शिक्षालाई पहिलो प्राथमिकता दिएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो मुख्यमन्त्री शैक्षिक सुुधार कार्यक्रमले प्रदेशमा नयाँ झलक दिएको एक कार्यक्रममा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । यसका साथै कार्यक्रम नमूना योग्य भएकोले यसलाई अझै निरन्तर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीको आफ्नो गौरवको आयोजनाको रुपमा लिइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आर्थिक वर्ष २०७८।०७९ को समीक्षा कार्यक्रममा बक्ता एवं सहभागीहरुले यस्तो प्रक्रिया दिएका हुन् ।

समीक्षा कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं कार्यक्रमका प्रमुख अतिथि अमरबहादुर डाँगीले मुख्यमन्त्रीको सपना भनेको शिक्षा क्षेत्रबाट आमूल परिवर्तनको सम्भव भएको बताउँदै त्यसका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको मुख्यमन्त्रीले सपना अगाडि बढाएको बताउनुभयो । उहाँले प्रदेशको शैक्षिक स्तरलाई माथि उठाउनको लागि कार्यक्रमको महत्वपूर्ण योगदान गरेको बताउँदै त्यसलाई आगामी दिनमा अझै निरन्तरता रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

उहाँले शिक्षालाई नयाँ उचाईमा उठाउँनका लागि प्रदेश सरकारले कार्यक्रम अगाडि सारेको बताउँदै त्यसलाई कार्यन्वयनको अवस्थामा अगाडि बढाउदाँ आउने चुनौतिहरुसँग सामाना गर्दै अगाडि बढ्न पर्ने बताउनुभयो ।

शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रीस पुनमगरले प्रदेशका जिर्ण, अभावमा रहेका विद्यालयहरुको विकासका लागि यस कार्यक्रमको पहिलो उद्धेश्य रहेको छ । राष्ट्रको विकासका लागि शैक्षिक क्षेत्रको विकास नै पहिलो आधार भएकोले गर्दा आफ्नो कार्यकालमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागि गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभो । उहाँले मानसि र समाज सुधार गर्नु छ भने शैक्षिक क्षेत्रको विकास र सुधार गर्न आवश्ययक छ त्यसैले हामी बालबालिकाको भविस्यलाई सुन्दर बनाउनको लागि यो कार्यक्रम सञ्चालन गरिउको प्रतिक्रिया दिुनभयो ।

यस्तै शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रीस पुनले विद्याथीर्म मैत्री विद्यालय निर्माण गर्ने, विद्यालयको रंग रोवन, विद्यालयमा बगैचा, खानेपानी, फिल्ड निर्माण, कक्षा कोठा निर्माण, शैक्षिक सामाग्री वितरण, पोशाक तथा अन्य सामाग्री प्रदान गर्न सकिने यो कार्यक्रमबाट गर्न सकिनेछ । सो कार्यक्रममा गाउँपालिकामा ६० लाख, नगरपालिकामा ७० लाख र उपमहानगर पालिकामामा ८० लाख विनियोजित गरिएको थियो ।

यस कार्यक्रममा अभावमा रहेका शिक्षण सँस्थाहरुलाई, आन्तरिक श्रोत न्यून भएका, विद्यार्थी संख्या कम भएपनि गाभिन नसक्ने, राज्यको कम प्राथमिकता परेको विद्यालयहरुलाई प्राथमिकतामा पारी छनौट गरिएको थियो । ग्रीस पुनमगरले १०९ स्थानीय ६९ करोड ४० लाख भएको थिो । ६४ करोड २० लाख ३८ हजार खर्च भएको थियो । सो कार्यक्रममा प्रदेशभित्रमा रुकुममा ९९ प्रतिशत खर्च भएको बताइएको छ ।

रोल्पा जिल्लामा २३३ वटा, प्यूठान जिल्लामा २५७, रुकुम पूर्वीमा ५७ वटा, नबलपरासी जिल्लामा १८१ वटा, पाल्पा जिल्लामा ५०३ वटा, गुल्मी २६४ वटा, रुपेन्देहीमा २८८ वटा, कपिलबस्ुनततमा २६५ वटा संरचना निर्माण भएका छन् ।

यस कार्यक्रममा जनशक्तिको अभाव, साधान श्रोतको अभावमा भएपनि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट माध्यमकि ७६३ वटा आधारभूत १ हजार ७६६, धार्मिक ५५ बालविकास १९५ गरी जम्मा २ हजार ७७९ वटा विद्यालयहरुमा सेवा प्रदान गरिएको थियो । यस कार्यक्रमबाट छात्रा ४१ हजार ५४२३ जम्मा लाभाविन्त भएका छन् ।

शैक्षिक सुधार कार्यक्रमका सहजकर्ता बसन्त चौधरीले आफूहरुले कार्यक्रम लगेर जान नै नसक्ने थियो तर थोरै रकमबाट कार्य सम्पन्न गरी हाल पढाउन र हेर्न लायक बनाएको बताउनुभयो ।

कार्यक्रममा आर्थिक तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदी, मुख्यमन्त्री तथा मन्त्री परिषद्का उपसचिव यमकान्त पाण्डे, शिक्षा निर्देशक मनोज पौडेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा लगायतले शैक्षिक परिवर्तनलाई सबैले साथ दिनुपर्ने बताउनुभएको थियो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको समिक्षा कार्यक्रम निर्देशक ग्रीस पुनमगरको अध्यक्षतामा भएको थियो भने अनुगमन अधिकृत चन्द्रकला बुढामगरले सञ्चालन गर्नुभएको थियो । अनुगमन अधिकृत टंक सुनारले स्वागत गर्नुभएको थियो ।

मंसिर ४ मा हुने निर्वाचनका लागि ६२ दलको निवेदन आयोगमा

0

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय सकिन १ दिन मात्रै बाँकी छ।

एकदिनको समय बाँकी रहँदा चुनावमा लड्न ६२ दलको निवेदन आयोगमा परेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार आज सम्ममा नेपाली कांग्रेस बाहेकका राष्ट्रिय मान्यताप्राप्त दलहरुसहित ६२ दलले चुनावमा सहभागी हुन निवेदन दिएका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेस दल दर्ताको निवेदनसहित भोलि आयोग पुग्ने तयारी गरेको छ। सत्ता घटक अर्को दल नेकपा माओवादी केन्द्रले भने आजै निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएको छ।

माओवादी नेता लीलामणि पोखरेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायलगायतका नेताहरु आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन्।

यसअघि हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईबीच माओवादी र नेपाल समाजवादी एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।

दुई पार्टीले एउटै चुनाव चिन्ह प्रयोग गर्न फेरि निर्णय गर्नुपर्ने भएकाले त्यसको गृहकार्य भइरहेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले बताए।

गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए

0

सूर्य सुनार
श्रावण ३० गुल्मी :गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगको जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय गरी दुई स्थानमा भएको नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी पाण्डले दिएको जानकारी अनुसार जिल्लामा पुरुष २ हजार ७ सय ७० महिला २ हजार ४ सय ४९ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै, जिल्ला बाहिरका ५९ नयाँ मतदाताको नाम संकलन भएको छ । जसमा पुरुष ३४ र महिला २५ जना रहेको उनले बताए ।

यो सँगै नयाँ मतदाताको कूल संख्या आयोगको केन्द्रीय कार्यालयबाट रुजु भएर आएपछि मात्र यकिनका साथ भन्न सकिने सूचना अधिकारी मेघलाल पाण्डले बताए । यसअघि स्थानीय तह निर्वाचन पहिला जिल्लामा कुल मतदात भने २ लाख २४ लाख २ सय ७६ रहेको जिल्ला निर्वाचन आयोग गुल्मीले जनाएको छ ।

जसमध्ये पुरुष १ लाख १० हजार ५९, महिला १ लाख १४ हजार २१५ र अन्य २ जना थिए । अब मतदाताको अनुमानित संख्या २ लाख २९ हजार ४९५ पुगेको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गठबन्धन छाडे माओवादीसँग एकता हुन्छ :ज्ञवाली

0
फाइल तस्बिर

साउन ३०,२०७९ रुकुम : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रसँग गरेको एकताले जनतामा खुसी छाएको भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारणले असफल भएको दाबी गरेका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमबार रूकुमपूर्व आइपुगेका ज्ञवालीलाई पत्रकारहरूले वाम एकता कतिको सम्भव छरु भनेर सोधेको प्रश्नमा एमाले वाम एकताको लागि सधैँ तयार रहेको बताएका हुन्।

उनले भने, ‘माओवादी केन्द्रसँग गरिएको एकता आम जनतामा खुसी छाएको थियो। तर, प्रचण्डकै कारणले पार्टी विभाजन हुन पुग्यो। अहिले पनि माओवादी हालको गठबन्धनबाट बाहिरिएर पहिलेका तीतामीठा कुरालाई बिर्सेर आएमा वाम एकताका सम्भव छ।’

परमादेशबाट बनेको सरकारलाई हटाउनका लागि ताजा जनमतको आवश्यक रहेको उनले बताए। त्यस कारण आउँदो मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनलाई एमालेले सकारात्मक रूपमा लिएको बताए।

उनले एजेण्डा मिल्ने दलसँग चुनावी गठबन्धनका लागि एमाले खुला रहेको बताए। राष्ट्र निर्माणको हितमा रहेका दलहरूसँग चुनावमा गठबन्धन गर्न एमाले तयार रहेको समेत बताए।

‘हामी गठबन्धनका लागि गठबन्धन नारा लिएर चुनावमा जाँदैनौ। एमालेलाई जनताको पूर्ण साथ, सहयोग र विश्वास छ। हामी एमाले बहुमत आउनेमा ढुक्क छौँ’ उनको भनाइ थियो।

उनले आगामी निर्वाचनका राष्ट्रिय हितको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक, आर्थिक, रुपान्तरणको अभियानलाई पुरा गर्ने, संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउने र सुशासन मुख्य एजेण्डा लिएर जनताको बिचमा जाने समेत बताए।

सरकार, गरिबले निःशुल्क उपचार कहिले पाउने ?

0

हुमाकान्त पोखरेल
गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका ४८ बर्षिय हुम कुमार जागी कुँवरलाई गत बर्षको चैतमा काठमाडौमा जाँच गराउँदा क्यान्सर देखियो । यो बीचमा गत वैशाखमा स्थानीय तहको निर्वाचन पनि भयो । निर्वाचनमा विभिन्न दलले विभिन्न आश्वासन दिए होलान् । तर रकम अभावले नै उनको उपचार हुन सकेको छैन । अहिले घरमा हुम कुमार, उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । क्यान्सर भएका उनलाई किमो गर्न मात्रै एक पटकमा ५० हजारजति लाग्दोरहेछ । ‘भरतपुर अस्पतालले पहिलो पटकको लागि तीन लाख मागेको छ रे ।’ छिमेकी राजु कुँवर भन्छन्, ‘तर उनीहरुको घरमा खाने अन्न समेत छैन ।’ उनका छोरा र छोरी विद्यालय जान्छन् । कमाएर घर चलाउने र बच्चाहरुलाई पढाउने दायित्व बोकेका हुम कुमारको उपचार हुन नसक्दा आफु त अशक्त भए नै, बालबच्चाको पढाइ र भविष्य पनि अशक्त बनिरहेको छ ।

इस्मा गाउँपालिका –५ रजस्थलका बिनोद नेपाली यही साउन २४ गते सदरमुकाम तम्घासको धागिथुमस्थित प्रेम थापाको घरको काम गर्दागर्दै लडेर गम्भीर घाइते भए । उपचारको लागि घरधनीले पाँच हजार र ज्ञान बहादुर महतराले १० हजार दिएर पाल्पा प्रवास अस्पतालमा पु¥याए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । अस्पतालले टाउकाको सिटीस्क्यान गर्न र अन्य विभिन्न शिर्षकमा गरी चार लाख धरौटी माग्यो । तर नेपाली परिवारसँग चार हजार रुपँैया पनि थिएन । उपचार गर्न गएका नेपालीलाई रकम नभएर अस्पतालले निरिह बनाएर फर्काइदियो । मैले इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्कालाई फोन गरेर भने, ‘कोही नागरिक रकम नभएर उपचारकै अभावमा ज्यान गुमाउछ भने तपाई–हामी राजनीतिकर्मीहरुको लागि यो सुखद् बिषय होइन् ।’

गुल्मीका प्रमुख जिल्ला अधिकारी, गुल्मी अस्पतालका मेसु, इस्माका अध्यक्ष, उपाध्यक्ष, पत्रकार, डाक्टर लगायत सबैको पहलमा अहिले नेपालीलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । गाउँपालिकाबाट एक लाख दिने भनेपनि बिल भरपाई नभईकन दिन मिल्दैन । कुँवर र नेपाली त पैसा नभएर उपचार नपाएका केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । अझैपनि जिल्लामा हजारौ बिरामीहरु रकम अभावकै कारण उपचार नपाएर मर्न बाध्य भएका छन् । त्यसरी मरेकाहरुको तथ्याङ्क न त अहिले राज्यसँग तथ्याङ्क छ, न त भविष्यमा नै राज्यले त्यस्तो तथ्याङ्क राख्नेछ ।

सरकारले उपचार गर्ला भनेर कोही पनि नागरिक जानेर दुर्घटनामा पर्दैन वा बिरामी पर्दैन । । बिरामी पर्नु उनको संयोगको बिषय हो, तर उपचार गर्नु राज्यको दायित्व हो । अहिले यही दायित्वबाट सरकार किन मौन र गैर जिम्मेवार छ ? निर्वाचनताका ठुला–ठुला सपना देखाएर भोट तानेका प्रतिनिधिले पनि अपवादबाहेक आफु, परिवार, नातागोता र नजिकका कार्यक्रता मात्रै हेरे । प्रतिपक्षले पनि गरिब र विपन्न वर्गमा शसक्त ढंगले आवाज उठाउन सकेनन् । जसले गर्दा नागरिकमा राजनीतिक दल र नेताहरुप्रतिको वितिष्णा बढ्दै गएको छ ।

लुम्बिनी प्रदेश सरकारले विगत तीन बर्षमा सासंदहरुलाई उपचार खर्चबापत ४१ जना सासंदहरुलाई ५० लाखभन्दा बढी रकम बाँड्यो । जसमा गुल्मीका कमलराज श्रेष्टले ५० हजार २३२ लिए । त्यस्तै खड्ग बहादुर क्षेत्रीले ३० हजार ६८५, गीता थापाले २५ हजार ५४९ र दिनेश पन्थीले १६ हजार ६०८ रकम बुझे । उनीहरु चारैजना कम्युनिष्ट नेता हुन् । उनीहरुले पनि उपचार गर्न पाउनुपर्छ तर सासंंदहरुले लाखौँ रुपैँया लिन पाउँदा के एउटा गरिब नागरिक रकम अभावमा उपचार नपाएरै मर्नुपर्ने ? सत्तामा पुग्नको लागि मन्त्रालयको सङ्ख्या बढाउन, गाडी, घोडा खरिद गर्न जत्तिपनि रकम पुग्ने सरकारलाई विपन्न परिवारको उपचारका लागि भने किन रकम नपुग्ने ?

दैनिकजसो टेलिभिजनका पर्दामा, छापा मिडिया, अनलाइन, रेडियो एवम् सामाजिक सञ्जालमा रकम अभावमा उपचार नपाएरै नागरिक मृत्यु कुरिरहेको र मरिरहेको समाचार प्रशारण हुँदासमेत राज्यसत्ता संचालकहरुको मन अलिगति पनि नदुख्ने किन होला ?
अन्त्यमा, सरकार हाम्रो अभिभावक बन । सरकार संचालनको लागि जन्मेदेखि नै कर तिरेका नागरिकको पनि सम्मान गर । अहिले आम नागरिकले प्रश्न गरिरहेका छन्, ‘सरकार, गरिबले निःशुल्क उपचार कहिले पाउने ?’ अब सरकारले जत्तिसक्दो छिटो यो प्रश्नको जवाफ कामबाट दिनैपर्छ र नागरिकको स्वास्थ्यप्रति सरकार जवाफदेही बन्नैपर्छ ।

(लेखक पोखरेल प्रेस सेन्टर गुल्मीका सचिव एवम् पत्रकार महासंघका कार्यसमिति सदस्य हुन् ।)

रुपन्देहीमा २५ वर्षीय युवकमाथि गोली प्रहार

0
सांकेतिक तस्बिर

साउन ३०२०७९ रुपन्देही : रुपन्देहीको ओमसतियामा एक युवामा गोली प्रहार भएको छ।

ओमसतिया गाउँपालिका वसन्तपुरमा गएराति अज्ञात समूहको गोली प्रहारबाट एक युवा घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ हुन्। मोटरसाइकलमा उनलाई अर्को मोटरसाइकलमा रहेका तीनजनाको समूहले गोली हानेको थियो।

उनको पेटको बायाँतर्फको भागमा गोली लागेको छ। तर अवस्था खतरामुक्त रहेको एसपी रेग्मीको भनाइ छ। गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। गोली चलेको केही बेरअघि एक किलोमिटरको दूरीमा रहेको एक होटलमा पेस्तोल देखाएर लुटपाट भएको थियो।

लुटपाट गर्ने र गोली प्रहार गर्ने एउटै समूह हो कि फरक फरक भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ।

जिप दुर्घटनामा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु

0

साउन ३०,०७९ प्युठान : प्यूठानमा जिप दुर्घटना हुँदा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका ५ डाम्रीका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढामगर, ४ वर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जिप चालक २५ वर्षीय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

आइतबार बेलुका करिब ६ बजेतिर बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनी ६ बाहाने बजार नजिकै घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी घाइते हुनेहरूमा ऐरावती गाउँपालिका ५ खवाङका २८ वर्षीय गोविन्द केसी, नौबहिनी २ का २६ वर्षीया लक्ष्मी घर्तीमगर, सोही ठाउँका ५२ वर्षीय मीनराम सुनार, ३० वर्षीय दल बहादुर खत्री, नौबहिनी १ का २६ वर्षीय इन्द्र बहादुर बुढामगर, नौबहिनी ५ का २३ वर्षीय रविन घर्तीमगर, १८ वर्षीय धनमाला थापामगर, ११ वर्षीय रोशन थापामगर घाइते भएका छन्।

यस्तै २८ वर्षीय हुम बहादुर बुढामगर, २८ वर्षीय मीनराज राना क्षेत्री, ६० वर्षीया दिलसरी विक, २२ वर्षीया दिलमाया थापा, ११ वर्षीया रियासा थापा, २५ वर्षीय रेमसरा बुढामगर, ४० वर्षीय गिरबहादुर सुनार र रोल्पा लुङ्ग्री गाउँपालिका १ की १२ वर्षीया अस्मिता पुनमगर घाइते भएका छन्।

जिपमा १९ जना सवार थिए भने ३ जनाको मृत्यु हो। बाँकी १६ जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा प्रवक्ता सुशील थापाले जानकारी दिए।

राष्ट्रपतिद्धारा नागरिकता विधेयक फिर्ता

0
फाइल फोटो

साउन २९,२०७९काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन्।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसद्‍मै फिर्ता पठाएको प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा लेखिएको छ।

संसद्का दुवै सदनले फेरि जस्ताको तस्तै पारित गरी पठाएको अवस्थामा भने १५ दिन भित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ।

सुनचाँदीको मूल्य बढ्यो

0

साउन २९,२०७९काठमाडौँ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।

घर घरमै गएर निशुल्क ब्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका

0

साउन २९,२०७९ गुल्मी : जिल्लाको रेसुङगा नगरपालिकाले घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ ।

नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।

अहिलेको समयमा सेवाग्राही सेवा लिन कार्यालयमा धाउने भन्दा पनि सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमै गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यक्तिगत घटना दर्ता घर घरमै गई गर्ने अभियान संचालन गरेको मरासिनीले बताउनुभयो ।

नगरपालिकाबाट प्रदान गर्ने सेवाहरु मध्ये अहिले ब्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको भन्दै अन्य सेवाहरुलाई पनि यसै गरी अभियानकै रुपमा संचालन गर्ने तयारी रहेको उहाँको दाबी छ ।

यता नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज , सरल रुपमा सेवा प्रदान गर्नका लागि र स्थानीय सरकारको अनुभूती प्रदना गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको दाबी गर्नुभयो ।


अहिलकोे अवस्थामा जनतालाई बिना झन्झट , सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हुने भएकाले अभियान चलाइएको र यस अभियानलाई निरन्तर जारी राख्ने पन्थीको भनाई छ ।

यस्तै नगरपालिकाले उच्च शिक्षा (प्लस टु) मा ३ः२ प्रतिशत भन्दा माथि ल्याई नगरभित्र अध्ययन गर्ने बिद्यार्थीलाई मासिक चार हजारको दरले प्रदान गर्ने निर्णय समेत गरेको छ ।