गठबन्धन छाडे माओवादीसँग एकता हुन्छ :ज्ञवाली

0
119
फाइल तस्बिर

साउन ३०,२०७९ रुकुम : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रसँग गरेको एकताले जनतामा खुसी छाएको भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारणले असफल भएको दाबी गरेका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमबार रूकुमपूर्व आइपुगेका ज्ञवालीलाई पत्रकारहरूले वाम एकता कतिको सम्भव छरु भनेर सोधेको प्रश्नमा एमाले वाम एकताको लागि सधैँ तयार रहेको बताएका हुन्।

उनले भने, ‘माओवादी केन्द्रसँग गरिएको एकता आम जनतामा खुसी छाएको थियो। तर, प्रचण्डकै कारणले पार्टी विभाजन हुन पुग्यो। अहिले पनि माओवादी हालको गठबन्धनबाट बाहिरिएर पहिलेका तीतामीठा कुरालाई बिर्सेर आएमा वाम एकताका सम्भव छ।’

परमादेशबाट बनेको सरकारलाई हटाउनका लागि ताजा जनमतको आवश्यक रहेको उनले बताए। त्यस कारण आउँदो मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनलाई एमालेले सकारात्मक रूपमा लिएको बताए।

उनले एजेण्डा मिल्ने दलसँग चुनावी गठबन्धनका लागि एमाले खुला रहेको बताए। राष्ट्र निर्माणको हितमा रहेका दलहरूसँग चुनावमा गठबन्धन गर्न एमाले तयार रहेको समेत बताए।

‘हामी गठबन्धनका लागि गठबन्धन नारा लिएर चुनावमा जाँदैनौ। एमालेलाई जनताको पूर्ण साथ, सहयोग र विश्वास छ। हामी एमाले बहुमत आउनेमा ढुक्क छौँ’ उनको भनाइ थियो।

उनले आगामी निर्वाचनका राष्ट्रिय हितको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक, आर्थिक, रुपान्तरणको अभियानलाई पुरा गर्ने, संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउने र सुशासन मुख्य एजेण्डा लिएर जनताको बिचमा जाने समेत बताए।

SHARE