Saturday, June 6, 2026

नेपाल विद्यार्थी संघ गुल्मीद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसको निर्णय गलत भएको दाबी

0

सूर्य सुनार
भदौँ ०३ गुल्मी :नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले रेसुङ्गा बहुमुखी क्याम्पसको वास्तविक आर्थिक अवस्था सार्वजनिक गर्न माग गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकाल घोषणा गरेको प्रति नेपाल विद्यार्थी संघ गुल्मीले क्याम्पसको निर्णय गलत भएको जनाउदै क्याम्पसको आर्थिक अवस्थाबारे जानकारी गराउन माग गरेको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले भव्य भौतिक संरचना उच्च मानव संसाधन समुदायको उच्च सहयोग हुँदा हुदै पनि व्यवस्थापकीय कमजोरी, बढ्दो बसाइसराई, रोजगारीका अवसरको कमी, समानाकुल प्राविधिक विषयको अध्यापन नहुनु, राजनितिक पूर्वाग्रही सोच बाट क्याम्पस गुजिरहेको समयमा क्याम्पसले झन यो सन्र्दभमा आर्थिक संकटकाल घोषण गर्दा विद्यार्थीको भविष्यमा गम्भिर असर परेको रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समिति सभापति पुनाराम घिमिरेले हस्ताक्षण गरेको अपिल पत्रमा उल्लेख गरिएको छ ।

रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले नयाँ विद्यार्थी भर्नाको समयमा बिना छलफल यस्तो गम्भिर निर्णय गरेको प्रति विद्यार्थीमा गलत सन्देश फैलाएको जनाएको छ । क्याम्पस संचालक समितिले क्याम्पसलाई पुरानै अवस्थामा फर्काउन जोडदार माग गरेको छ ।
विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ ।

रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले जनाएको छ । सञ्चालक समितिको बैठकले आठ महिनाको पारिश्रमिक क्याम्पसले दिन नसक्ने भएकाले सहयोग गर्न प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरूको अतिरिक्त सुविधा स्थगित गर्ने र उपदान तथा उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरेको छ ।

संचित विदा बस्न नपाउने, बिदा बसे पनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सञ्चालन हुने परीक्षाको सुविधा सहयोग माग्ने निर्णय बैठकले गरेको छ ।
हेर्नुहोस अपिल पत्र

देशभर ६२३ जना कोरोना संक्रमण , गुल्मीमा ७० जनामा परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि

0

भदौ ३,२०७९ काठमाडौं : देशभर शुक्रबार ६ सय २३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९४५ जनामा गरिएको परीक्षणमा ६ सय २३ जना संक्रमित भेटिएका हुन्।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४ सय ८७ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने ४९ जना आइसियू र १९० जना संस्थागत आइसोलेशनमा रहेका छन्। हाल ४ हजार ८३४ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

यस्तै गुल्मीमा भने ७० जनामा गरिएको एन्टिजेन परीक्षण्मा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यो संगै जिल्लामा कुल सक्रिय संक्रमितका संख्या १४२ जना रहेका छन् । जिल्लामा संक्रमणका कारण २८८ जनाको ज्यान गएको छ भने जिल्लामै रहेको कारोना परीक्षण प्रयोगशाल झण्डै एक बर्ष देखी बन्द छ ।

रुखले किच्दा युवकको मृत्यु

0

भदौ ३,२०७ःधनकुटा: छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ।

छथर जोरपाटी गाउँपालिका ५ का २८ वर्षिया मनकुमार राईको मृत्यु भएको हो।

रुखलाई डोरीले तानेर अर्कोपट्टि ढाल्न छाड्दा खोज्दा आफैँतिर आएर लाग्दा राईको घटनास्थलमै मृत्यु भएको हो।

वडाध्यक्ष डिकबहादुर लिम्बुका अनुसार स्थानीय भिम आचार्यको बारीमा उतिसको रुख काट्ने क्रममा घटना भएको जानकारी दिए।

प्रहरीले सर्जिमिन मुजुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगेको धनकुटाका प्रहरी प्रवत्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

करेन्ट लागेर बाबुछोराको मृत्यु, आमा घाइते

0

भदौ ३,२०७९ तनहुँ : शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। आमा घाइते भएकी छिन् ।

पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्।

बिहीबार विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो। करेन्ट लागेर तीनै जना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही अस्पतालमा दिलमायाको उपचार भइरहेको छ।

मालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने

0

हुमाकान्त पोखरेल
भदौ ३,२०७९ गुल्मीः मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ ।
गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने गरी तयारी थालेको छ । पाठ्यक्रम निर्माणका लागि पालिकाले सरोकारपक्षसँग सुझाव संकलन एवम् छलफल गरेको छ ।

बुधबार गाउँपालिकाको कार्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तकसम्बन्धी छलफल गरेको छ । छलफलका टिप्पणीकार, पाठ्यक्रम निर्माण समिति, जनप्रतिधि, पत्रकार, कर्मचारी, राजनीतिक दल एवम् शैक्षिक व्यक्तिहरुबीच छलफल गरिएको हो । पाठ्यक्रम निर्माण समितिले आफुले तयार गरेको पाठ्यक्रमको खाका प्रस्तुत गरेको थियो ।

गाउँपालिकाको भूगोल, जनसङ्ख्या, मुख्य बाली, उत्पादन, रोजगारी एवम् आर्थिक, सामाजिक अवस्था पाठ्यक्रममा समेटिएको छ । त्यस्तै मुख्य नदि, खानेपानीका स्रोत, बनजङ्गल, जनावर, विद्यार्थीले पालना गर्नुपर्ने अनुशासन, संस्कारयुक्त ज्ञान लगायतका बिषयहरु पनि पाठ्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिए ।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल मुख्य टिप्पणीकार रहेका थिए । त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरी बहादुर केसी, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम पाण्डे, वस्तुस्थित हिमालय माविका प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारी, रेसुङ्गा माविका प्रध्यानाध्यापक प्रेमनारायण भण्डारी र स्थानीय समाजसेवी शेषकान्त गौतमले टिप्णीकारको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा बोल्दै मुख्य टिप्पणीकार एवम् प्रमुख अतिथि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पाठ्यक्रमले विद्यार्थीहरुलाई संस्कारयुक्त ज्ञान दिनुपर्नेमा जोड दिए । विद्यालयको सरसफाई, शैक्षिक गतिविधि, शिक्षकको आचरण लगायतका बिषयले बालबालिकाले सिकाईमा प्रभाव पर्ने उनले बताए । कार्यक्रममा टिप्पणीकारहरुले पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण गर्दाका आवश्यक सुझावहरु दिएका थिए ।

पाठ्यक्रम गाउँपालिकाभित्रका ४९ सामुदायिक र छ निजी गरी कुल ५५ विद्यालयमा लागु हुनेछ । आगामी शैक्षिक सत्रदेखि नै एकैपटक सात हजार विद्यार्थीले पाठ्यपुस्तक अध्ययन गर्नेछन् । चालु आर्थिक बर्षमा पाठ्यक्रम लेखन, छपाई लगायतका कार्यको लागि गाउँपालिकाले चार लाख बिनियोजन गरेको शिक्षा शाखा प्रमुख एवम् पाठ्यक्रम निर्माण समिति संयोजक सुरज जिसीले बताए ।

गाउँपालिका अध्यक्ष देविराम अर्यालले सबै विद्यार्थीहरुले निःशुल्क पाठ्यपुस्तक पाउने बताए । ‘पाठ्यक्रममा पालिकाभित्रका सबै विषयवस्तु समेटिने गरी काम गरेका छौ ।’ उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि सबै विद्यार्थीहरुको हातमा पालिकाको पाठ्यपस्तक आइपुग्छ ।’

पाठ्यक्रम निर्माणको लागि गाउँपालिकाले शिक्षा शाखा प्रमुख जिसीको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । जसमा शिक्षक बालुराम अर्याल, बोम बहादुर घम, बासुदेव घिमिरे र बुद्धिप्रकाश भण्डारी सदस्य रहेका छन् ।

त्यस्तै पूर्व प्रध्यानाध्यापक ज्ञान बहादुर कार्कीको संयोजकत्वमा चार सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नम्बर ८ को अध्यक्ष सूर्य बहादुर जिसी, मालिका माविका पूर्व प्रअ चुरामणी अर्याल र नेटा दर्लिङ माविको व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर सोनार रहेका छन् ।

त्यस्तै संरक्षकको रुपमा गाउँपालिका अध्यक्ष देविराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल र सामाजिक विकास समिति संयोजक रेखा कुमार जिसी रहेका छन् ।

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी

0
फाइल फोटो

भदौ २,२०७९ रुपन्देही : सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिनुभएको छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको उदघाटन कार्यक्रममा मन्त्री चौधरीले सो निर्देशन दिनुभएको हो ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने प्रबृत्ति रहेकाले सुधार्नु पर्ने उहाँले बताउनुभयो । ‘हाकिम भएँ भनेर नसोच्नुस्, ठूलो भएँ भन्ने नसोच्नुस् ।

कुचिकारले काम नगरे के होला ? अस्पताल सफा हुन सक्ला मन्त्री चौधरीले भन्नुभयो, “तपाईँहरुले अलि बढी पढ्नुभएको होला । तलब पनि बढी खानु होला । तर आफूभन्दा तल्लो तहका कर्मचारीलाई हेप्ने काम नगर्नुहोला ।”

डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्नेगरेको भन्दै मन्त्री चौधरीले प्रशंसा गर्नुभयो । बिरामीले दुःख नपाउन् सोचेर गम्भीर भएर काम गर्न उहाँले सबैलाई निर्देश गर्नुभयो ।

नव निर्मित भवनको सहरी विकास मन्त्री चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । यो समाचार हामीले गोरखापत्र अनलाइनबाट लिएका हौँ ।

घट्यो सुनको मूल्य

0

भदौ २,२०७९ काठमाडौँ :आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार सात सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएको छ ।

प्रदेश सरकारले जनतालाई दुख दिने काम बन्द गरौँ

0

भदौ २ ,२०७९ रुपन्देही ःलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी वर्षको सरकारको काम तीव्रगतिमा काम गरी प्रदेशबासीको जीवनको सर्वाङ्गीण विकासका लागि सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले आफसी समजदारीको नगरी जनतालाई दुख्न दिने काम नगरी दिनका लागि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयोस्–“जनतालाई सेवा दिनका लागि सहज वातवरण निर्माण गरौँ, जनतालाई नघुमाऔँ, बरु हामी मन्त्री र मन्त्रालयहरु घुमेर समन्वय गरौँ, तर जनतालाई दुख नदिआऔँ । जनतालाई दुख दिने काम बन्द गरौँ”

मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको मन्त्री र सचिवहरुलाई निर्देशन दिने क्रममा यस्तो निर्देशन दिनुभएको हो ।

छलफल कार्यक्रममा सबै मन्त्रालयले विगत आर्थिक वर्ष २०७८।७९ को बार्षिक समीक्षा समेत मन्त्रालयगत रुपमा छलफल गरिएको थियो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले यस वर्ष सबैको सहयोगले नतिजा राम्रो निकालेका दावी गर्दै मन्त्री र सचिवहरुको बीचमा घतिभूत छलफल गरी समस्या सामाधान गरी कार्यन्वय गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले प्रदेशकोबासीको जीवनलाई समृद्ध बनाउनको लागि मन्त्री र सचिवहरुले अन्तर मन्त्रालयको समन्वय सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले शुसासनलाई कायम गर्नका सबै जिम्मेवार बन्नु पर्ने बताउँदै सरुवा र बढुवा गर्नका कसैको भनसुनमा नगर्न निर्देशन गर्दै भन्नुभयोस्–“हामी शुसासन कायम गरौँ, कसनैको भनसुन्मा नगरौँ, कार्य सम्पादन प्रणालीको आधारमा मात्रै गरौँ, विभिन्न संघ, संगठन लगायतको भनसुनमा होइन राम्रो कामका आधारमा गरौँ ।”

मुख्यमन्त्री सबैले मन्त्री र सचिवहरुले आफ्नो कार्य सम्पादन राम्रो परिणाम हाँसिल गरी अगाडि बढ्नका लागि निर्देशन दिर्दै सबैले आफ्नो भविस्यसँगै प्रदेशबासीको जनताको भविस्यलाई समृद्ध गर्नका लािग लाग्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको गौरवको आयोजनामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर कपुरकोट मार्ग, लुम्बिनी टेक्निकल विश्वविद्यालयका योजनालाई सफल पार्नका लागि सबै सरकारका मन्त्री र सचिवहरुलले सहयोग गर्न समेत थप निर्देशन दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारका हरेक मन्त्रालयहरुले कार्य प्राथमिकताका योजना बनाई आगामी निर्वाचनसम्ममा परिणाम हासिल गर्ने गरी कार्यतालिका बनाएर अगाडि बढ्नका लागि निर्देशन गराउनुभयो । उहाँले मन्त्रालयका विभिन्न कार्यालहरु मर्ज गर्न सकिने अवस्थामा भएर मन्त्रालयका निकार्यहरु मर्ज गरी कम कार्यालय कर्मचारीको संख्या बढाएर जनतालाई घरदैलोमा सेवा पुर्‍याउने कुरामा सोच्नका लागि निर्देशन गर्नुभयो । उहाँले भन्नुभयोस्–“मन्त्रालयका निर्देशनलाई र विभिन्न अड्डाहरु कम गरौँ एकीकृत कार्यालयको अवधारणाा अगाडि बढौँ हामीले चालुखर्च त घटाई सुसासन कायम गरौँ ।”

सबै मन्त्रालयहरुले आफ्नो जनशक्ति र बजेटको आधारमा काम सकेजति कार्यन्यन गर्ने प्रयास गरिएको बताएका थिए । गत आर्थिक वर्षमा विविध कारणले भुक्तानीको विषयमा छलफल गरिएको छ । यसै आर्थिक वर्षका कार्यन्वयनका लागि कार्यविधि निर्माणको क्रमलाई तिव्रता दिई भाद्र महिनाको दोस्रो सातादेखि कार्यन्वयनमा लग्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको सेवालाई तुरुन्त सुधार गर्नका लागि निर्देशन दिदैँ जनताको उपचारलाई सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नकना लागी सबै अस्पतालहरुलाई निर्देशन दिनका लागि मन्त्रालयलाई निर्देशन गर्नुभयो ।

लुम्बिनी प्रदेशमा जनताको जीवनलाई समृद्ध बनाउनको लागि कार्य विधि अप्ठ्यारो हुने गरी भन्दा पनि सेवा प्रवाह र कार्यन्वयको हकमा सहज बनाउनको लागि सबै मन्त्राी र सचिवहरुलाई निर्देशन निनुभयो । उहाँले भन्नुभयो–“कार्य विधि सबै मन्त्री परिषद्को बैठकमा नलिनुहोस कतिपय विषय त मन्त्रालयबाट नै समाधान गरी अगाडि बढ्नुहोस कामलाई छिटो छरिटो बनाउनुहोस् ।”

शैक्षिक सत्रको सुरुमै स्थानीय पाठयक्रममा आधारित पाठ्यपुस्तक सबैको हात हातमा पुग्छ : अर्याल

0

भदौ १,२०७९ गुल्मीः मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले आगामी शैक्षिक सत्रको सुरुमै स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक सबैको हात हातमा पुग्ने दाबी गर्नुभएको छ ।

मालिका गाउँपालिकाको स्थानीय पाठ्यक्रम कक्षा १ देखी ८ सम्मको मस्यौदा प्रस्तुतीकरण तथा सुझाब संकलन गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

स्थानीय पाठ्यक्रममा स्थानीय उत्पादन , सांस्कृतिक महत्व,विभिन्न जातजाती भाषभाषी, पर्यटन ,जडिबुटी, सकारात्मक सोच ,चलनचल्तीमा रहेका तमसुक लेखन र भरपाई जस्ता बिषयबस्तुहरु समाबेश गरिएको अर्यालले बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले मालिका गाउँपालिका भित्रका नागरिकहरु सबै आफना लागी समान रहेको बताउनुभयो । निर्वाचनको समयमा कुनै राजनीतिक दलबाट निर्वाचित भएपनि निर्वाचन पश्चात गाउँपालिकाबाट हुने कार्यसम्पादनमा सबैलाई समान रुपले हेर्ने उहाँको दाबी छ ।
आफूहरु जनताको सेवा गर्नका लागि आएको भन्दै मालिका बासीहरुको मतको सधै कदर गर्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले स्थानीय पाठ्यक्रम अनुसार सरल र सहज तरिकाले अध्ययन गर्न मिल्ने गरी पाठ्यपुस्तकमा ढाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय राजनीतिक दल , जनप्रतिनिधि,शिक्षाविदहरु, बिद्यालयका प्रधानाध्यापकहरु,पत्रकार लगायत सरोकारवालाहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

जीप दुर्घटनामा ५ जनाको मृत्यु

0

भदौ १,२०७९ दार्चुला : दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो।

यस्तै दुर्घटनामा परेर मालिकार्जुन(३ की ५० वर्षीया गोमतीदेवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रूपा धामी, मालिकार्जुन(६ की ४० वर्षीया रेवती धामी र महाकाली नपा(३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।