घट्यो सुनको मूल्य

0
479

भदौ २,२०७९ काठमाडौँ :आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार सात सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएको छ ।

SHARE