प्रदेश सरकारले जनतालाई दुख दिने काम बन्द गरौँ

0
147

भदौ २ ,२०७९ रुपन्देही ःलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी वर्षको सरकारको काम तीव्रगतिमा काम गरी प्रदेशबासीको जीवनको सर्वाङ्गीण विकासका लागि सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले आफसी समजदारीको नगरी जनतालाई दुख्न दिने काम नगरी दिनका लागि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयोस्–“जनतालाई सेवा दिनका लागि सहज वातवरण निर्माण गरौँ, जनतालाई नघुमाऔँ, बरु हामी मन्त्री र मन्त्रालयहरु घुमेर समन्वय गरौँ, तर जनतालाई दुख नदिआऔँ । जनतालाई दुख दिने काम बन्द गरौँ”

मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको मन्त्री र सचिवहरुलाई निर्देशन दिने क्रममा यस्तो निर्देशन दिनुभएको हो ।

छलफल कार्यक्रममा सबै मन्त्रालयले विगत आर्थिक वर्ष २०७८।७९ को बार्षिक समीक्षा समेत मन्त्रालयगत रुपमा छलफल गरिएको थियो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले यस वर्ष सबैको सहयोगले नतिजा राम्रो निकालेका दावी गर्दै मन्त्री र सचिवहरुको बीचमा घतिभूत छलफल गरी समस्या सामाधान गरी कार्यन्वय गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले प्रदेशकोबासीको जीवनलाई समृद्ध बनाउनको लागि मन्त्री र सचिवहरुले अन्तर मन्त्रालयको समन्वय सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले शुसासनलाई कायम गर्नका सबै जिम्मेवार बन्नु पर्ने बताउँदै सरुवा र बढुवा गर्नका कसैको भनसुनमा नगर्न निर्देशन गर्दै भन्नुभयोस्–“हामी शुसासन कायम गरौँ, कसनैको भनसुन्मा नगरौँ, कार्य सम्पादन प्रणालीको आधारमा मात्रै गरौँ, विभिन्न संघ, संगठन लगायतको भनसुनमा होइन राम्रो कामका आधारमा गरौँ ।”

मुख्यमन्त्री सबैले मन्त्री र सचिवहरुले आफ्नो कार्य सम्पादन राम्रो परिणाम हाँसिल गरी अगाडि बढ्नका लागि निर्देशन दिर्दै सबैले आफ्नो भविस्यसँगै प्रदेशबासीको जनताको भविस्यलाई समृद्ध गर्नका लािग लाग्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको गौरवको आयोजनामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर कपुरकोट मार्ग, लुम्बिनी टेक्निकल विश्वविद्यालयका योजनालाई सफल पार्नका लागि सबै सरकारका मन्त्री र सचिवहरुलले सहयोग गर्न समेत थप निर्देशन दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारका हरेक मन्त्रालयहरुले कार्य प्राथमिकताका योजना बनाई आगामी निर्वाचनसम्ममा परिणाम हासिल गर्ने गरी कार्यतालिका बनाएर अगाडि बढ्नका लागि निर्देशन गराउनुभयो । उहाँले मन्त्रालयका विभिन्न कार्यालहरु मर्ज गर्न सकिने अवस्थामा भएर मन्त्रालयका निकार्यहरु मर्ज गरी कम कार्यालय कर्मचारीको संख्या बढाएर जनतालाई घरदैलोमा सेवा पुर्‍याउने कुरामा सोच्नका लागि निर्देशन गर्नुभयो । उहाँले भन्नुभयोस्–“मन्त्रालयका निर्देशनलाई र विभिन्न अड्डाहरु कम गरौँ एकीकृत कार्यालयको अवधारणाा अगाडि बढौँ हामीले चालुखर्च त घटाई सुसासन कायम गरौँ ।”

सबै मन्त्रालयहरुले आफ्नो जनशक्ति र बजेटको आधारमा काम सकेजति कार्यन्यन गर्ने प्रयास गरिएको बताएका थिए । गत आर्थिक वर्षमा विविध कारणले भुक्तानीको विषयमा छलफल गरिएको छ । यसै आर्थिक वर्षका कार्यन्वयनका लागि कार्यविधि निर्माणको क्रमलाई तिव्रता दिई भाद्र महिनाको दोस्रो सातादेखि कार्यन्वयनमा लग्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको सेवालाई तुरुन्त सुधार गर्नका लागि निर्देशन दिदैँ जनताको उपचारलाई सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नकना लागी सबै अस्पतालहरुलाई निर्देशन दिनका लागि मन्त्रालयलाई निर्देशन गर्नुभयो ।

लुम्बिनी प्रदेशमा जनताको जीवनलाई समृद्ध बनाउनको लागि कार्य विधि अप्ठ्यारो हुने गरी भन्दा पनि सेवा प्रवाह र कार्यन्वयको हकमा सहज बनाउनको लागि सबै मन्त्राी र सचिवहरुलाई निर्देशन निनुभयो । उहाँले भन्नुभयो–“कार्य विधि सबै मन्त्री परिषद्को बैठकमा नलिनुहोस कतिपय विषय त मन्त्रालयबाट नै समाधान गरी अगाडि बढ्नुहोस कामलाई छिटो छरिटो बनाउनुहोस् ।”

SHARE