Saturday, June 6, 2026

नेपाल–भारत सम्बन्धको गतिलो उदाहरण पानी विद्युत् साटासाट

0

दिवाकर पोख्रेल
देउखुरी, भदौ ५ गते । दाङको गढवा गाउँपालिका वडा नं ८ कोइलाबास क्षेत्रमा पानीको समस्या छ । विशेषगरी फागुन देखि जेठ महिना सम्म उक्त क्षेत्रमा पानीको हाहाकार नै हुन गर्दछ । कोइलाबास नेपाल–भारतसंग सिमा जोडिएको क्षेत्र हो । सिमा क्षेत्रमा नेपाल तर्फको सुरक्षा निकाय र भारतीय सुरक्षा निकायको बिचमा सकरात्मक सम्बन्धको उदाहरण देख्न सकिन्छ । त्यो उदाहरण हो पानी र विद्युत्को साटासाट । नेपाल क्षेत्रमा प्रशस्त विद्युत् छ, उता भारत तर्फ नसुक्ने पानीको कुवा ।

नेपाली क्षेत्र कोइलाबासमा पानीको श्रोत (कुवा,धारा) भएपनि हिउँदको समयमा धारामा पानी आउँदैन भने कुवा सुख्खा हुन्छ । जसका कारण भारत बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रबाट पानी ल्याउनुपर्ने बाध्यता बनेको छ । भारतीय सुरक्षाकर्मीलाई विद्युत्को आवश्यकता छ । यही आवश्यकता र बाध्यताले नेपाल–भारत विच पानी र विद्युत् साटासाट गरेर चलाइएको छ । कोइलावासमा पानी र विजुली साटासाट छ । भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपालको विजुली बाल्छ भने, कोइलावासका नेपालीलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले खानेपानी दिन्छ ।

यसरी पानी र विद्युत् साटासाट गर्न थालेको १२ बर्ष बितीसक्यो । नेपालतर्फ खानेपानी पाउँदा स्थानीयहरु पनि खुसी छन् । गढवा गाउँपालिका वडा नं ८ का पूर्ववडाध्यक्ष सद्धाम सिद्धिकीले पहिलेको तुलनामा खानेपानीको समस्या कम रहेको भएपनि हिउँदको समयमा भारतबाटै पानी ल्याएर काम चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी सुरक्षाकर्मीले मात्रै होइन, निशुल्क रुपमा स्थानीयले पनि ल्याउने गरेका छौ, उहाँहरुलाई नेपाल तर्फबाट विद्युत् दिएका छौ, नेपाल भारतको प्रगाढ सम्बन्धको उदाहरण यहाँ देख्न सकिन्छ ।”
नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीलाई विद्युत् लाइन उपलव्ध गराउन सहजीकरणको भूमिका खेलको छ । सशस्त्र प्रहरी बल नं २९ गण हेटक्वाटर ज्वालामाइगढ भालुवाङ्का सशस्त्र प्रहरी उपरिक्षक (एसपी)विनोद केसीले आफुहरुले विद्युत् उपलव्ध गराउनको लागि सहजीकरण गरेको बताउनुभयो । छिमेकी विचमा अइचो पैइचो चलेजस्तो यहाँ पनि यस्तैगरी चलाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“हामी कहाँ पानी हुदैन उताबाट ल्याउँछौ, उनिहरुले (भारतीय सुरक्षाक कर्मी) हामीलाई पानी उपलव्ध गराएका छन् । यसबाट दुबैदेशका सुरक्षाकर्मी विच थप सम्बन्ध राख्न पनि सहज भएको छ ।”

भारत तर्फ भारतीय सुरक्षाकर्मीको शिविर बाहेक अन्य मानव बस्ती आसपासमा छैन । नेपाल तर्फको विद्युत् सुरक्षाकर्मीले मात्रै प्रयोग गर्न गरेका छन् । यो सकरात्मक सम्बन्ध झल्काउने कार्यबाट भारतीय सुरक्षाकर्मी पनि खुसी छन् । नौ बाहिनी सशस्त्र सिमा सुरक्षावल मुख्यालय बलरामपुर जिल्लाका प्रमुख उपेन्द्र राउतले नेपाली बिद्युत्ले आफुहरुको समस्या हल भएको बताउनुभयो । उहाँले भन्नुभयो“य तो सम्बन्धका वात हय न,आवश्यकताके कारण सिर्जना होराहा है उदरसे हम लोक विजुली लाएँ इधरसे हम लोक पानी देरहै ।” (यो त सम्बन्धको कुरा पनी त हो, आवश्यकताले पनि यो सिर्जना गरेको छ, उताबाट बिद्युत् ल्याएका छौ, यताबाट पानी दिएका छौ । )

यस्तै रावतले भारत–नेपालको सम्बन्ध दाजुभाईको व्यवहार जस्तै प्रगाढ रहेको पनि बताउनुभयो । नेपाल–भारतको पानी र बिद्युत् आदानप्रदान गर्ने काम राम्रो भएको कुनैपनि समस्या नभएको बताउनुभयो । खानेपानीको समस्या हुँदा नेपाली भुमिबाट पानी तानेर वितरण गर्ने योजना अनुसार पानीका धारण वितरण भएपनि प्रशस्त मात्रामा पानी आउन सकेको छैन । जस अन्तरगत एक सय धारा कोइलावासमा वितरण गरिएपनि पानी नआएको स्थानीयको गुनाशो छ । स्थानीय कल्लु सिद्धिकीले धारामा पानी झार्न भरपर्दाे पानीको स्रोत नहुदा कोइलावासमा पानी दुःख बढ्दै गएको बताउनु भयो । कोइलाबास खोलामा पानी हुँदा पानीको धेरै समस्या नभएपनि अनाधिकृत उत्खन््का कारण पानीको सतह गहिरेपछि थप समस्या बढ्न थालेको हो । ,

स्थानीय सरकारले कोइलाबासमा पानीको लागि बोरिङ् गाडेर एकसय धारामा पानी वितरण गर्ने योजना बनाएपनि कम मात्रामा पानी आउने गरेको वडाअध्यक्ष खालिक सिदिकीले जानकारी दिनुभयो । कोइलावासको पानीको लागी प्रदेश सरकारले ३४ लाख बजेट विनियोजन गरेको छ । वडाअध्यक्ष खालिक सिद्धिकीले खानेपानी आयोजनालाई पुर्ननिर्माण गरेर सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । कोइलाबाससम्म जाने हुलाकी सडक निर्माण भएपनि मानिसको आवतजावत बढ्न थालेको छ । जसका कारण पानीको माग पनि बढ्दै जान थालेको छ ।

गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, गाउँपालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरै

0

हुमाकान्त पोखरेल
भदौ ५,०७९ गुल्मी :गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन् । आर्थिक बर्ष २०७८÷७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम नसक्दा योजना अधुरै रहेका हुन् ।

पूर्वाधार विकास कार्यालयअन्तरगत हुनुपर्ने तीन योजनाको काम पुरा भएको छैन । जसमा सबैभन्दा धेरै १२ किलोमिटरको सेउघा–सिमाघाट–बर्बोट सडक हो । २०७७ असार १० मा सम्झौता भएको कामको लागि भ्याट बाहेक १६ करोड ३२ लाख १६ हजार ४०४ रुपैँया ८० पैसा रहेको छ । स्वयम् निर्माण व्यवसायीले राखेको होर्डिङ बोर्डमा उक्त काम ०७८ असौज ०७ मा सम्पन्न भइसक्नुपर्ने थियो ।

तर अहिले निर्माण सामग्रीहरु सडकमै अलपत्र अवस्थामा छन् । जसले गर्दा होर्डिङ बोर्डले स्वयम् व्यवसायी र कार्यालयलाई नै गिज्याइरहेको छ । निर्माण व्यवसायी एएनके माउन्टेन जेभी, पानीपोखरी काठमाडौका प्रतिनिधि उपेन्द्र अर्याल अहिले काँग्रेसको तर्फबाट मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए । अर्याल आफु उपाध्यक्ष भएपनि सडक भने अधुरै राखेका छन् ।

तम्घास–रेसुङ्गा सडकअन्तरगत गड्जुरादेखि माथिको तीन किलोमिटर सडकको काम अझै पुरा भएको छैन । ०७४ असार ३० मा आशिष रामेछापले छ किलोमिटर सडक पिच गर्नको लागि भ्याट बाहेक १५ करोड १८ लाख ९९ हजार १०६ रुपैँया ७० पैसामा सम्झौता ग¥यो । उक्त काम गत असारसम्म सकिसक्नुपर्ने थियो । कम्पनीले सबै सडकमा ग्राभेल र नाली निर्माण गरी तीन किलोमिटर पिच गरेपनि तीन किलोमिटर सडक पिचको काम भने बाँकी राखेको छ । काम गरेबापत कम्पनीले पूर्वाधार विकास कार्यालयबाट ११ करोड ९६ लाख ८० हजार ३६९.९० रुपैँया बुझिसकेको छ । अहिले सडकको काम अधुरो छ ।

खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाडा–सेउघाअन्तरगतको ४ं.५ किलोमिटर सडक पिच गर्नको लागि मोतिदान राजेश्वरी सुनिल समिर जेभीले ०७४ असार ३० गते सम्झौता ग¥यो । भ्याट बाहेक नौ करोड ४६ लाख ७३ हजार तीन सय रुपैँया ८५ पैसाको काम ०७९ असार मसान्तसम्म सकिसक्नुपर्ने थियो । तर हालसम्म २.५ किलोमिटर सडक मात्रै पिच भएको छ । बाँकी दुई किलोमिटर पक्की गर्ने काम अधुरै रहेको छ । कम्पनीले हालसम्म चार करोडभन्दा बढी रकम बुझिसकेको कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले बताए ।

पाल्पास्थित सडक डिविजन कार्यालयमार्फत दुई आयोजनाको काम अधुरै छ । सिद्धार्थ श्रेष्ठ जेभीले जिम्मा लिएको रुद्रवेणी–वामीटक्सार सडकअन्तरगत वामीटक्सार–भुवाचिदी खण्डको तीन किलोमिटर सडकको काम अधुरो छ । आ.व. ०७६÷७७ मा कुल पाँच करोड ९० लाखको सम्झौता गरेको कम्पनीले पाँच किलोमिटर पिच गर्नुपर्ने थियो । तर अहिलेसम्म दुई किलोमिटर मात्रै पक्की गरेको छ । उक्त काम गरेबापत कम्पनीले चार करोड ९० लाख भुक्तानी पाएको छ ।

रुद्रवेणी पल्लाफाँट सडकको २.५ कि.मि. सडक पिच गर्नेगरी रायमाझी राजेश्वरी पिटिआर अधिकारी जेभीले ०७८ जेठमा सम्झौता ग¥यो । उक्त काम ०७८ चैत मसान्तसम्म सकिसक्नुपर्ने थियो । तर हालसम्म पनि सडकको काम अधुरै रहेको सडक डिविजन पाल्पाका इन्जिनियर निरञ्जन शर्माले अर्यालले राजधानी दैनिकलाई बताए ।

रेसुङ्गा नगरपालिकास्थित आदर्शचोक–छात्रापाटा सेतोगुरास सडकअन्तरगतको २५० मिटर पिच गर्नेगरी डिएनडी कम्पनीले जिम्मा लियो । कुल ३५ लाखको काम गत आर्थिक बर्षमै सक्नुपर्ने थियो । तर विविध कारण देखाउदै काम अझैसम्म पनि पुरा भएको छैन ।

मदान भण्डारी राजमार्ग अन्तगतको फुलवारी चोरकाटे सडकमा १.२ किलोमिटर सडक पिच गर्नको लागि मोडिल कन्स्ट्रक्सनले ०७८ असार ६ गते सम्झौता ग¥यो । कुल एक करोड २३ लाख १८ हजार १७४ रुपैँया ७२ पैसाको काम ०७८ पौष ३० गते सम्पन्न हुने उल्लेख छ । तर अहिलेसम्म पनि काम पुरा भएको छैन । फुलवारी चोरकाटे सडकअन्तरगत छ सय मिटर सडक पिच गर्नको लािग श्रेष्ठ कन्स्ट्रक्सन सेवाले एक करोड आठ लाख ५४ हजार ३७६.३५ मा सम्झौता ग¥यो । गत वैशाखको ८ गते सम्झौता गरेको काम असार २० गतेसम्म पुरा गरिसक्नुपर्ने थियो । तर अहिले पनि काम अलपत्र जस्तै छ ।

सदरमुकाम तम्घासको सडक स्तरोन्नती गर्ने काम पनि गत आ.व.मा सम्पन्न हुन सकेन । गत वैशाखमा काठमाडौको आर.ए. विल्डर्सले भ्याट बाहेक तीन करोड ९१ लाख ५१ हजार ७४ रुपैँया २५ पैसामा कामको सम्झौता ग¥यो । उक्त रकमबाट भगवती मन्दिरदेखि बेरियलसम्मको सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालय जाने बाटो र सोही कार्यालय हुँदै रेसुङ्गा मावि जाने २५० मिटर सडक नालीसहित कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी सडकमा ट्राफिक चिन्ह राख्ने, ट्राफिक नियमसहितका रङ्ग लगाउने लगायतका कार्य गर्ने सम्झौतामा उल्लेख छ । तर विभिन्न बाहाना बनाउदै काम गरिएको छैन । बरु उल्टै सडक भत्काइएको छ ।

निर्माण व्यवसायी गुल्मीका महासचिव हरी कुमार श्रेष्ठले समयमै भुक्तानी नपाउनु, मूल्य बृद्धि, गिट्टी बालुवाको सहजिकरण नहुनु जस्ता कारणले काममा ढिलाई हुने गरेको बताए । काम सकेपनि प्राविधिकले ठिकसँग मूल्याकंन नगर्ने, ठेक्काकै रकमबाट प्रहरी, राजनीतिक दल लगायत सबैलाई मिलाउनुपर्ने भएकोले पनि काम समयमै नसकिने श्रेष्ठको भनाई छ । ‘काम सम्पन्न भएका योजनाको करोडौ रकम भुक्तानी भएको छैन ।’ उनले भने, ‘राज्य व्यवसायीप्रति उत्तरदायी नहुँदा समस्या भएको छ ।’

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले चालु आर्थिक बर्षमा तीनओटै योजनाको काम पुरा हुने बताए । ‘काममा समस्या देखिएपनि व्यवसायीहरुले म्याद थपको प्रक्रिया अपनाउनुभएको हो ।’ उनले राजधानीसँग भने, ‘यो बर्ष पुराना आयोजनाको काम पुरा हुन्छ ।’

कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन

0

भदौ ५,२०७९काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ।

७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।

गिरी नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाको जटिलताका कारण उनको निधन भएको हो।

गुल्मीमा ९२ प्रतिशत रोपाइँ

0

हुमाकान्त पोखरेल
भदौ ४,२०७९ गुल्मीः गुल्मीका ९२ प्रतिशत खेतमा धान रोपिएको छ । बर्षे धान खेती हुने कुल आठ हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये कुल आठ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो ।

गत बर्ष यही समयसम्म ९६ प्रतिशत अर्थात आठ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बर्षादको कमी भएकोले पानीका मुल नफुटेको केही टारी खेतमा पानीको अभावले रोपाई हुन नसक्दा गत बर्षभन्दा कम क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।

जिल्लाको कालिगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, च्यामी फाँट, चन्द्रकोटको मजुवा, रुपाकोट, शान्तिपुर लगायतका क्षेत्रमा धान रोपिएको छ ।

त्यसैगरी मुसिकोटको तल्लाफाँट, इन्द्रगौडा, भुवाचिदी, वामीटक्सार, मालिकाको सिमलटारी, शिलादी, मदानेको सिम, अग्लुङ फेदी, धुर्कोटको पनाहा खोला र छल्दीको आसपासको क्षेत्रमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

इस्माको चौरासी फाँट, हुलाके, निस्ति खोलाको आसपास, गुल्मीदरबारको टारी फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग एवम् रुरुक्षेत्रको टाहाटिम, घिउबेसी, छम्दी लगायतका क्षेत्रमा धान रोपिएको छ । अहिले सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली लगायतका उन्नका जातका शंकर, उपज, यूएस ३१२ लगायतका हाइब्रिड जातका धान रोपिएको कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । त्यसका साथै हंशराज आपझोले, काठे, सानो भट्टे, कोदे, बडियारे, मार्सी, रातो मार्सी लगायतका स्थानीय जातका धान पनि लगाइएको छ ।

जिल्लामा चैत ३५० र बर्षे आठ हजार ८०३ गरी कुल नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमा गत बर्ष २७ हजार ८० मेक्ट्रिक टन धान उत्पादन भएको थियो । गुल्मीमा रासायनिक मल उपलब्ध भएको छ ।

जिल्लाका सबै ठाउँका लागि युरिया ३८८ मेक्ट्रिक्टन, डिएपी १४२.५ मेक्ट्रिक्टन एवम् पोटास ९.५ मेक्ट्रिक्टन मल जिल्ला आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मल बिक्रिको लागि जिल्लामा ३८ बिक्रेता सूचिकृत भएका छन् ।

कृषि ज्ञान केन्द्रले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि पनि स्थानीय तहपिच्छे मलको आवश्यकताको तथ्याङ्क संकलन गरेको छ । जसअनुसार युरिया एक हजार २८२, डिएपी ५७२ र पोटास २४८ मेक्ट्रिक्टन मलको माग भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

भूमि आयोग जिल्ला समिति गुल्मीको प्रगति सार्वजनिक, दुई हजार ७३ जनाको लगत सकलन

0

गीता बस्याल (पाण्डे)
भदौ ४,२०७९ गुल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले हालसम्म भएका कार्यहरु सार्वजनिक गरेको छ ।

समितिले सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि हालसम्म भएका प्रगतिहरु सार्वजनिक गरेको हो ।
जिल्ला अध्यक्ष राममल्ल ठकुरीले हालसम्म जिल्लामा भूमिहीन दलित , भूमिहीन सुकुम्वासी ,अब्यवस्थित बसोबासी र अधुरा अपुरा कार्यहरुको लगत संकलन भएको जानकारी दिए ।

जस अनुसार हालसम्म जिल्लामा भूमिहीन दलितहरु २७६ जना, भूमिहीन सुकुम्वासी २३१ जना, अब्यवस्थित बसोबासी एक हजार ५६६ जना गरी कूल दुई हजार ७३ जना रहेका छन् । यस्तै विगतका आयोगहरुबाट भएका अधुरा अपुरा कार्यहरुको कार्य सम्पन्न गर्न बाँकी रहेका सात सय ३४ फाइलहरु रहेको मल्लले बताए ।

७३४जना मध्ये २३० लाभग्राहीहरुको निवेदन प्राप्त भएको र प्राप्त निवेदनहरु छानविन गरी नापी कार्यालयबाट नक्सा प्रमाणित गर्ने, मालपोत कार्यालय मार्फत श्रेस्ता कायम गरी भदौ मसान्तसम्ममा कार्यसम्पन्न गर्ने गरी समितिले काम गर्ने कार्यतालिका रहेको मल्लले सुनाए ।
अधुरा अपुरा कार्यहरुका लाभग्राहीहरुले निवेदन दिन छुटेको भए दोस्रो पटक प्रकाशित सूचना अनुसार साउन ३१ देखि लागु हुने गरी ३५ दिन भित्र निवेदन दिन सकिने जिल्ला समिति गुल्मीका सदस्य सीता बलालले जानकारी दिइन् ।

यस्तै गरी रुरुक्षेत्र गाउँपालिकाबाट १८५ जनाको प्राप्त विवरण अनुसार जिल्ला समितिले तीन पुस्ते पारिवारीक विवरण सहित जग्गा पहिचानका लागि मालपोत कार्यालयमा पठाइएको छ । जग्गा पहिचान पश्चात जग्गा नापजाँचका लागि सूचना प्रकाशन गरी प्राविधिकहरु मार्फत काम अगाडि बढाइने छ । त्यस पश्चात दाबी बिरोधको सूचना प्रकाशन गरी निस्सा प्रदान गर्ने र लालपुर्जा वितरण गर्ने मल्लले बताए ।

यसै गरी अन्य स्थानीय तहबाट प्राप्त विवरणलाई पनि सोही प्रक्रिया मार्फत अगाडि बढाइने कार्यालयले जनाएको छ ।
जिल्ला समिति गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहहरुसंग समस्या समाधानका लागि अन्र्तक्रिया गरेको थियो भने सरोकारवालाहरुसंग पनि बैठक बसेको कार्यालयले जनाएको छ ।

गुल्मीमा महिलाको कंकाल फेला !

0

भदौ ४ गुल्मी ।
गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।

आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले
कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए ।

अन्दाजी ६० वर्षिय महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुवरले उल्लेख गरे ।
शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान भने हुन सकेको छैन ।

अहिले घटना स्थलमा हस्तिचौर प्रहरी चौकी पुगेर अनुसन्धान गरिरहेको छ । साथै कसैको आफ्न्त हराएको भए वडा कार्यालय वा प्रहरी संग सम्पर्क गर्न वडा कार्यालयले अनुरोध समेत गरेको छ ।

बाँके केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरको भूकम्प

0

भदौ ४,२०७९काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्प महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर राति १ बजेर २८ बजे मिनेटमा ४।८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प आसपासका जिल्लामा पनिमहशुस गरिएको थियो।

यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको थियो।

नेता तथा चिन्तक प्रदीपको स्वास्थ्य स्थिति गम्भीर

0

भदौ ३,०७९काठमाडौं : नेपाली कांग्रेसका नेता‚ सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचार सघन उपचार कक्ष ९आइसियू० मा भइरहेको छ।

घाँटीको क्यान्सरबाट पीडित भइ करिब ३ साताअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थमा थप सुधार नदेखिएपछि आइसियूमा राखी चिकित्सकहरूले स्वास्थ्यमा सुधार गर्न प्रयास गरिरहेको बताएका छन्।

उनको शरिरका अन्य भागमा पनि क्यान्सर फैलिएको छ भने निमोनियासमेत देखिएपछि स्वास्थ्य स्थिति थप जटिल भएको हो।

मेडिसिटीबाट फर्केका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीका अनुसार नेता गिरिको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ।

झाडापखालाबाट सात वर्षीय बालिकाको मृत्यु , १७ जना बिरामी

0

भदौ ३,२०७९तुलसीपुर : दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राजपुर गापा(७ भैसाही नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियार रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए। बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको उनको भनाइ छ।

यस्तै झाडापखालाबाट १७ जना बिरामी भएका थिए, अहिले सबै निको भएको उनले बताए। उनले भने, ‘हामीलाई हिजो दिउँसो खबर आयो। त्यसपछि त्यहाँ हामीले तत्काल स्वास्थ्यकर्मी पठाएका थियौँ। विकट ठाउँ भएका कारण भारत हुँदै त्यहाँ जान ५‚ ६ घण्टा समय लाग्छ। जसले गर्दा समयमै पुग्न समस्या हुन्छ।’

आफूले हिजो मात्र जानकारी पाएको र विकट ठाउँ भएका कारण समस्या भएको पनि बताए। उनका अनुसार सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएको छ। यस्तै अहिले गाउँमा कुनै पनि बिरामी नभएको र स्वास्थ्यकर्मीहरूको टोली गाउँमै रहेको पनि बताए। त्यस ठाउँमा स्वास्थ्य एकाइ रहेको पनि त्यहाँबाट पनि करिब २ घण्टा हिँडेर डाँडामा जानुपर्ने अवस्था रहेको पनि उनले बताए।

बिरामी हुनेहरूमा सोही ठाउँकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षीया लालमती परियार, उनकी छोरी ३ वर्षीया सपना परियार, ५३ वर्षीया शेषमति बुढाथोकी, २३ वर्षीया विमला राना, डेढ वर्षीय हिमाल राना, ४ वर्षीय सुदीप राना, ४३ वर्षीय बालाराम गिरी छन्। यस्तै राजपुर गापा(७ भैसाही नाकाका ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, २८ वर्षीया प्यारी राना, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षीया अम्बा पुन, २७ वर्षीया शोभा गिरी, ३७ वर्षीया सुनमाली कँवर, ३३ वर्षीया पार्वती कँवर, डेढ महिनाकी बालिका तुलसी घर्ती बिरामी भएका थिए।

सरकार कहाँ छ ? नगरपालिका भित्रै डोलीमा सुत्केरी बोक्न पर्ने समस्या

0

भदौ ३,०७९अर्घाखाँची : बुधबार दिउँसो दुई जना पुरुषले ‘हस्याङफस्याङ’ गर्दै डोलीमा सुत्केरीलाई बोकेको दृश्य सञ्चारकर्मीले देखे ।

तीन दिनकी सुत्केरीलाई डोलीमा बोकेर ती पुरुषहरुले घरमा लैजादै थिए । यो अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। १३ मा देखिएको कष्टपूर्ण दुःख हो ।

तराईको कपिलवस्तुसंग नजिकै रहेको शितगंगा(१३ माझिफाँटका स्थानीयले यस्तै दुःखका साथ जीवन बिताइरहेका छन् । यस्तो दुःख गर्ने बानि परेका यहाँका बासिन्दालाई बुधबारको काम कुनै नौलो थिएन ।

तराईसंग सीमा जोडिएको स्थानमै नागरिकले पाएको यस्तो दुःखले देशको विकासलाई भने गिज्याइरहेको थियो । पटक पटक ताकेता गर्दा पनि माझिफाँटमा पुल बन्न सकेको छैन् । पुल नबन्दा यहाँका बासिन्दालाई मुसिबाङ खोला तगारो बनिरहेको छ । बर्खा लागे पछि यहाँका स्थानीयलाई मुसिबाङ खोला पीडा थप्ने माध्यम बनेको हो ।

माझिफाँट प्राकृतिक हिसाबले सुन्दर छ । प्रयाप्त खेतियोग्य जमीन रहेको यो बस्ति छाड्नेहरुको दर बढीरहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकासंग नजिकै रहेको यो वस्तिको विकासमा सरोकारवालाको चासो भएको भए माझिफाँटको हविगत यो हुने थिएन ।

बसाईसराईको तीव्र चपेटामा रहेको सिंगो शितगंगा नगरपालिका बस्तिविहिन हुने खतरा देखिदै छ । यसको प्रमुख कारण विकास निर्माण नहुनु नै हो ।

आर्थिक रुपले केहीँ मजबुत भए पछि माझिफाँट छाड्ने बढी हाल्छन् । आर्थिक रुपमा कमजोर हुनेहरु मात्र बस्ने गाउँ बनेको छ माझिफाँट ।

हाल एक सयको हारहारीमा यहाँ घरपरिवार छन् । खोला तरेर हिड्नुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई पनि छ ।

नजिकै आधारभूत विद्यालय भएपनि माध्यमिक तहको विद्यालय यहाँ छैन् । माध्यमिक तहको पढाईका लागि यहाँका विद्यार्थी कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं। ९ भलवाड जिनुवामा रहेको विद्यालयमा पढ्न आउने गरेका छन्। दैनिक ६ किलोमिटर जंगलको बाटो भएर पढ्नुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई रहेको स्थानीय गणेश वि।सी बताउँछन् ।

शितगंगा १३ का वडाध्यक्ष दुर्गा विसीले पुलका लागि वडाको बजेटले नभेट्ने बताउँछन् । नगर र प्रदेश सरकारमा पटक पटक पुल बनाउन पहल गरे पनि कुनै काम नभएको उनले बताए । पुलका लागि डिपिआर सम्पन्न भइसके पनि काम अगाडी बढ्न नसकेको उनको भनाई छ । यो समाचार हामीले कामना डेलीबाट लिएका हौँ ।