Saturday, June 6, 2026

गुल्मीमा राष्ट्रिय खेलाडी थमन भुसाल सम्मानित

0

सूर्य सुनार भदौ १७, गुल्मी:च्यासल क्लबको एसिस्टेन कोच थमन भुसाललाई जिल्ला खेलकुद विकास समिति गुल्मीले सम्मान गरेको छ । शुक्रबार जिल्ला खेलकुद विकास समिति कार्यालय गुल्मीले एक कार्यक्रमका बिच भुसाललाई सम्मान गरेको हो । जिल्लामा संचालित राष्ट्रिय नवौँ खेलको तयारीमा उनले फुटबल खेलाडी छनोटमा महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गरेको हो ।

कर्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले सम्मान गर्दै भुसालले खेलकुद क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए । जिसीले आगमी दिनमा पनि जिल्ला खेलकुद विकास समिति संग जोडिएर काम गर्न भुसाललाई आग्रह गरेका थिए ।

नवौँ राष्ट्रिय खेलकुदमा गुल्मी जिल्लाबाट फुटवल सहित विभिन्न खेलमा सहभागि हुदै छ । त्यसको तयारीको लागि चिदीचौरमा खेलाडी छनोट कार्यक्रम भइरहेको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीले जनाएको छ ।

सम्मानित भएका भुसाल राष्ट्रिय खेलाडी समेत हुन् । उनी लामो समयदेखी खेल क्षेत्रमा सक्रिय छन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसी, कोषाध्यक्ष सुरेज श्रेष्ठ, लुम्विनी प्रदेश खेलकुद परिषद सदस्य भरत थापा, पूर्व कोषाध्यक्ष महेश काउछा, खेलपे्रमी राजु पाण्डे लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सागर सोमैले गरेका थिए ।

पुल जिर्ण हुँदा दुर्घटनाको खतरा

0
दाङको पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने दाङको भालुवाङमा जिर्ण अवस्थामा रहेको राप्ती नदी पुल । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
भदौ १७,२०७९ देउखुरी : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगर्त दाङको भालुवाङ राप्ती नदीको पुल जिर्ण छ भनेर ईलाका प्रहरी कार्यालय भालुवाङ प्रहरीले वोर्ड राखेको छ । पुल जिर्ण भएकाले विस्तारै हिँड्न अनुरोध सहितको बोर्ड राखेपनि पुल मर्मत हुन सकेको छैन । यस्तै लमही कोइलावास हुलाकी सडक खण्डको राप्ती नदीको पुलको अवस्था पनि उस्तै छ । लमही कोइलाबास हुलाकी सडक फराकीलो बनाएपनि राप्ती नदीको पुलमा दोहोरो सवारी साधन यावतजावत हुन सक्दैन । एउटा गाडीले पुल पारगर्दा अर्को गाडीले कुरेर बस्नुपर्ने अवस्था छ । यि जिर्ण अवस्थामा रहेका पुलमा आवतजावत गर्दा दुर्घटनाको खतरा बढ्दै गइरहेको छ ।

कहिलेकाँही ठूला गाडी संगसंगै (दोहोरो) पार गर्न नसक्दा लामो समय सम्म जाम पनि हुने गरेको छ । यसरी सडक मर्मतको काम समय समय हुने गरेपनि पुल मर्मतको काम नहुने धेरै बर्ष पहिले निर्माण गरेका पुल पछी सडक स्तरोन्नती हँुदा साँधुरो हुने गरेको स्थानीय बताउँछन । लमही कोइलाबास सडकमा लामो समय सवारी चालकको काम गर्नुभएका दिलवहादुर चौधरीले पु्ल नयाँ आवश्यक भएपनि उक्त स्थानमा उप्कीएको पिच टालटुल पारिएको बताउनुभयो । दाङ क्षेत्रमा राप्ती नदीमा तीनवटा ठूला पुन नयाँ निर्माण भइसकेका छन् ।

तर पूराना पुल रहेको स्थानमा सवारी साधनको यावतजावत धेरै हुने भएपनि त्यी पुल रहेको स्थानमा नयाँ पुलको आवश्यकता परेको स्थानीयको भनाइ छ । पूर्वपश्चिम राजमार्गको धेरैजसो ठाउँमा पनि पुलको अवस्था यस्तै छ । नयाँ पुल निर्माण गर्दा ठूलो रकम लाग्ने हुँदा सामान्य मर्मत गरेरै संचालन गरिएको पनि पाइन्छ ।

यस विषयमा ट्राफिक प्रहरीले सडक सुरक्षाको विषयमा सचेतना मात्रै गर्न सक्ने बताउँछ । जिल्ला ट्राफिक प्रहरी कायालय दाङका प्रमुख झविन्द्र परियारले पुलको अवस्था जिर्ण छ भनेर लेखिएको बोर्डले सचेत बनाउन र चालकलाई जिम्मेवार बनाउन सहयोग गर्ने बताउनुहुन्छ ।

पुल मर्मत तथा निर्माणको विषयमा सडक विभागबाट पनि ठूला काम हुन नसक्े बताउँछ । सडक डिभिजन कार्याल्य दाङका इन्जिनियर महेश विकले सामानइ मर्मतको काम सडक विभाग भएपनि पुलसं)ग सम्बन्धित ठूला काम पुलसेक्टर कार्यालयबाट हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘लमही गढवा पुल हुलाकी सडक र भालुवाङको पुल पुल सेक्टरबाट निर्माण हुनुपर्ने हो तरपनि मर्मतका काम खाल्डाखुल्डी पुर्ने काम सडकबाट पनि भएको छ । ’

पुल सेक्टर नेपालगंजका इन्जिनियर नारायण पन्थिले आफुहरुको काम कार्यान्यवन गर्ने भएकोले ठेक्का लागेका कामको गुणस्तरीयतामा जोड दिने भएकाले आवश्यकताको सिर्जना स्वयम पुलसेक्टरले नगर्ने बताउनुभयो । महेन्द्र राजमार्गसंगै निर्माण भएका पुल निर्माण भएदेखि मर्मत नहुने र सो स्थानमा नयाँ पुल पनि निर्माण नहुँदा समस्या भएको छ ।

समाजबादी र माओबादीले एउटै घोषणापत्र बनाउने,चुनाव चिह्न आ–आफ्नैः प्रचण्ड

0

भदौ १७,२०७९ सुर्खेत :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गर्नुभयो। प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिनेउल्लेख गर्नुभयो।

उहाँले एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएको प्रष्ट पार्नुभयो । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा जाने उहाँके भनाई छ।

प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको बताउंदैकेही समयभित्रै पार्टी एकता संयोजन समिति बन्ने बताउनुभयो। तरचुनावमा घोषणापत्र एउटै भएपनिचुनाव चिन्ह भने आ–आफ्नै हुने संकेत गर्नुभएको छ ।

कुलोले बगाउँदा महिलाको मृत्यु

0

भदौ १७,०७९दाङ : तुलसीपुर उपमहानगरपालिका ६ गौलौराकी कुलोले बगाउँदा महिलाको मृत्यु भएको छ। ४७ वर्षीय सीता भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहीबार साँझ ऋषिपञ्चमीको पूजा सकेर करिब ७ बजेतिर घर फर्कने क्रममा गौरीगाउँ कुलोमा खस्दा उनलाई बगाएको थियो ।

उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय बगेको ठाउँदेखि करिब एक किलोमिटर दक्षिणबाट उद्धार गरेका थिए।

उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन प्रजिअलाई अध्यक्ष शाहको पत्र

0

भदौ १७,२०७९ बाँके : सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नुभएको छ ।

नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाँउपालिकाले उक्त निर्णयलाई माग पत्र संगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भन्नुभयो, “गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको बताउनु भयो ।” उहाँले भन्नुभयो गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझाँे नै देखिएको छ । नरैनापुरका ९० प्रतिशत खेत बाँझाँे भए पछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको बताउनुभयो ।

नरैनापुरका कृषकलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाह संगै नेकपा माओबादी केन्द्रकि केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कष्ण केसी “नमूना” पनि जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारी संग आग्रह गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो,पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने जिकिर गर्नुभएको थियो ।

यता नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरे पछि राहतका लागि प्रदेश र संघीय सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्री, यूवा तथा खेलकुद मन्त्री र अर्थ मन्त्रीलाई जानकारी गराए पनि कुनै ढोस निर्णय हुन नसके पछि अर्थ मन्त्रीको सुझावमा प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरीदिन पत्र दिएको गाँउपालिका अध्यक्ष शाहको भनाई थियो ।

बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आवस्यक छ : अर्थमन्त्री शर्मा

0

भदौ १७,२०७९ सुर्खेत :अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आबस्यक रहेको बताउनुभएको छ । सुर्खेतमा बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिनुभयो ।

कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेको भन्दै उहाँले बीमाको सेवा विस्तार गर्न आग्रह गर्नुभयो । नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उहाँले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको बताउनुभयो।

बीमा सेवा सहर–बजारमामात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उहाँको भनाइ थियो ।बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितको दाबी अनुसारको भुक्तानी नपाउने गुनासो आफुले सुनेको भन्दै उहाँले बीमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिनुभयो ।

लघुवित्त मार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्रि शर्माले बीमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने बताउनुभयो । बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बीमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक बीमितका समस्या समाधान गर्न उहाँले आग्रह गर्नुभयो।

लुम्बिनी सहित तीन प्रदेशमा आज ठूलो वर्षा

0
फाइल फोटो

भदौ १७,०७९काठमाडौं : लुम्बिनी सहित तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।

देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ।

यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ।

पहिरोले घर पुरियो

0
फाइल फोटो

भदौ१६,२०७९बागलुङ : गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ ।

दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका(११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिनुयो।

पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्। अहिले उनीहरू आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताउनुभयो।

पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ ।

गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवक पक्राउ

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

गीता बस्याल
भदौ १६,२०७९ गुल्मीः गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जवरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

निजलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नरैनापुरको लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने अर्थ मन्त्रीको प्रतिबद्धता

0

भदौ १६,२०७९बाँकेः अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गर्नु भएको छ ।

नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागे पछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै केही राहातको पहल गरी दिन आग्रह गर्नुभएको थियो ।

अर्थ मन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै उहाँले नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गर्नु भयो ।

मन्त्री शर्माले भारतीय सिमा संग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष प्याकेज ल्याउने जिकिर गर्नुभएको थियो ।