समाजबादी र माओबादीले एउटै घोषणापत्र बनाउने,चुनाव चिह्न आ–आफ्नैः प्रचण्ड

0
130

भदौ १७,२०७९ सुर्खेत :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गर्नुभयो। प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिनेउल्लेख गर्नुभयो।

उहाँले एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएको प्रष्ट पार्नुभयो । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा जाने उहाँके भनाई छ।

प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको बताउंदैकेही समयभित्रै पार्टी एकता संयोजन समिति बन्ने बताउनुभयो। तरचुनावमा घोषणापत्र एउटै भएपनिचुनाव चिन्ह भने आ–आफ्नै हुने संकेत गर्नुभएको छ ।

SHARE