पुल जिर्ण हुँदा दुर्घटनाको खतरा

0
320
दाङको पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने दाङको भालुवाङमा जिर्ण अवस्थामा रहेको राप्ती नदी पुल । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
भदौ १७,२०७९ देउखुरी : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगर्त दाङको भालुवाङ राप्ती नदीको पुल जिर्ण छ भनेर ईलाका प्रहरी कार्यालय भालुवाङ प्रहरीले वोर्ड राखेको छ । पुल जिर्ण भएकाले विस्तारै हिँड्न अनुरोध सहितको बोर्ड राखेपनि पुल मर्मत हुन सकेको छैन । यस्तै लमही कोइलावास हुलाकी सडक खण्डको राप्ती नदीको पुलको अवस्था पनि उस्तै छ । लमही कोइलाबास हुलाकी सडक फराकीलो बनाएपनि राप्ती नदीको पुलमा दोहोरो सवारी साधन यावतजावत हुन सक्दैन । एउटा गाडीले पुल पारगर्दा अर्को गाडीले कुरेर बस्नुपर्ने अवस्था छ । यि जिर्ण अवस्थामा रहेका पुलमा आवतजावत गर्दा दुर्घटनाको खतरा बढ्दै गइरहेको छ ।

कहिलेकाँही ठूला गाडी संगसंगै (दोहोरो) पार गर्न नसक्दा लामो समय सम्म जाम पनि हुने गरेको छ । यसरी सडक मर्मतको काम समय समय हुने गरेपनि पुल मर्मतको काम नहुने धेरै बर्ष पहिले निर्माण गरेका पुल पछी सडक स्तरोन्नती हँुदा साँधुरो हुने गरेको स्थानीय बताउँछन । लमही कोइलाबास सडकमा लामो समय सवारी चालकको काम गर्नुभएका दिलवहादुर चौधरीले पु्ल नयाँ आवश्यक भएपनि उक्त स्थानमा उप्कीएको पिच टालटुल पारिएको बताउनुभयो । दाङ क्षेत्रमा राप्ती नदीमा तीनवटा ठूला पुन नयाँ निर्माण भइसकेका छन् ।

तर पूराना पुल रहेको स्थानमा सवारी साधनको यावतजावत धेरै हुने भएपनि त्यी पुल रहेको स्थानमा नयाँ पुलको आवश्यकता परेको स्थानीयको भनाइ छ । पूर्वपश्चिम राजमार्गको धेरैजसो ठाउँमा पनि पुलको अवस्था यस्तै छ । नयाँ पुल निर्माण गर्दा ठूलो रकम लाग्ने हुँदा सामान्य मर्मत गरेरै संचालन गरिएको पनि पाइन्छ ।

यस विषयमा ट्राफिक प्रहरीले सडक सुरक्षाको विषयमा सचेतना मात्रै गर्न सक्ने बताउँछ । जिल्ला ट्राफिक प्रहरी कायालय दाङका प्रमुख झविन्द्र परियारले पुलको अवस्था जिर्ण छ भनेर लेखिएको बोर्डले सचेत बनाउन र चालकलाई जिम्मेवार बनाउन सहयोग गर्ने बताउनुहुन्छ ।

पुल मर्मत तथा निर्माणको विषयमा सडक विभागबाट पनि ठूला काम हुन नसक्े बताउँछ । सडक डिभिजन कार्याल्य दाङका इन्जिनियर महेश विकले सामानइ मर्मतको काम सडक विभाग भएपनि पुलसं)ग सम्बन्धित ठूला काम पुलसेक्टर कार्यालयबाट हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘लमही गढवा पुल हुलाकी सडक र भालुवाङको पुल पुल सेक्टरबाट निर्माण हुनुपर्ने हो तरपनि मर्मतका काम खाल्डाखुल्डी पुर्ने काम सडकबाट पनि भएको छ । ’

पुल सेक्टर नेपालगंजका इन्जिनियर नारायण पन्थिले आफुहरुको काम कार्यान्यवन गर्ने भएकोले ठेक्का लागेका कामको गुणस्तरीयतामा जोड दिने भएकाले आवश्यकताको सिर्जना स्वयम पुलसेक्टरले नगर्ने बताउनुभयो । महेन्द्र राजमार्गसंगै निर्माण भएका पुल निर्माण भएदेखि मर्मत नहुने र सो स्थानमा नयाँ पुल पनि निर्माण नहुँदा समस्या भएको छ ।

SHARE