Friday, June 5, 2026

हाम्रो बिद्यालय म बनाउँछु भन्ने अभियान नरैनापुरमा सुरु, १२ जना शिक्षक नियुक्त

0

असोज ४,२०७९ बाँके : बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताउनु भएको छ । उहाँले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त धारणा राख्नु भएको थियो ।

अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गर्नु भयो । उहाँले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउदै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकामा रहेका विद्यालयहरूको आवश्यक भौतिक पूर्वाधारहरु तयार गर्ने योजना बनाएकोले शिक्षकहरुलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको थियो ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताउदै नरैनापुरको शिक्षाको गुणस्तर सुधार हुदै गएको बताउदै उहाँले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि जिकिर गर्नु भयो । ।

वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालेको बताउदै नरैनापुरको शिक्षालाई अझ उचाई पु¥याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकहरु संग आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नरैनापुर गाँउपालिकाको शिक्षा शाखा अधिकृत कृष्ण प्रसाद थारुले गुणस्तरीय शिक्षाका लागि आफ्नो पूरै टिम खटेर लागिपरेको बताउनु भयो । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाइ सहजीकरण गरिरहेको बताउदै नवनियुक्त शिक्षकहरुलाई समेत शिक्षण पेशमा गम्भीर भएर लाग्न आग्रह गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षता भएको नियुक्ति पत्र हस्तन्त्रण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, शिक्षा अधिकृत कृष्ण चौधरी,शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षकका स्वकिय सचिव ब्रिजेन्दर यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसी लगायतको सहभागिता रहेको कार्यक्रममा १२ जना विषयगत शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको थियो ।

बालकको शव फेला

0

असोज४,२०७९ रुकुम :रुकुम पश्चिममा एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ।

जिल्लाको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै बालकको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबीसकोट नगरपालिका–५, गोतामकोटका टेकबहादुर विष्टका अन्दाजी १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो।

गएराति विजयकी आमा मकै बारीमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

ज्योतीपुञ्ज युवाक्लव रामपुरले २६ औँ वार्षिकोत्सव मनाउँदै

0

सुशीला रेग्मी
असोज ४,२०७९ पाल्पाःज्योतीपुञ्ज युवा क्लव रामपुर नगरपालिका वडा नं ७ किसानवारी पाल्पाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।

क्लबको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन गइरहेको वडास्तरिय खुल्ला भलिवल तथा व्याडमिन्टन प्रतियोगिता कार्यक्रमको जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गरिएको हो । क्लवका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि भलिवल प्रतियोगिताको लागि द्वित्तिय पुरस्कार सौजन्य गर्नुहुने राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रमुख अतिथि श्रेष्ठले क्लवले रामपुर क्षेत्रमा उदाहरणिय काम गरेको बताउनुहुँदै खेलकुदको माध्यमबाट अगाडी बढ्न सकिने हुदा अनुशासित भएर खेलका कार्यक्रम अगाडी बढाइनुपर्ने बताउनुभयो । क्लवले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष सुदिप गौतमले कार्यक्रमको उद्देश्यबारे पत्रकारलाई जानकारी गराउनुभएको छ ।

खुल्ला पुरुष भलिवल खेलमा प्रथम पुरस्कार नगद ५० हजार, द्धित्तिय पुरस्कार ३० हजार, तृत्तिय पुरस्कार १५ हजार, व्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद २० हजार, द्वित्तिय पुरस्कार १० हजार र साथमा कप मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी क्लवले ४५ वर्ष माथिका उमेर समुहलाई लक्षित गरी व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । जसमा प्रथम पुरस्कार नगद पाँच हजार, द्वित्तिय पुरस्कार तीन हजार रहेको रहेको छ । कार्यक्रम सम्पन्न गर्न करिव पाँच लाख रकम लाग्ने आयोजककोे अनुमान छ ।

असोज १५ गते शनिवार विहान १० वजे क्लव र नेपाल रेडक्रस सोसाइटी रामपुरको सहकार्यमा रक्तदान कार्यक्रम हुनेछ । कार्यक्रममा रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारीले खेलकुदको विकासका लागि वडा तथा नगरपालिका कार्यालयबाट सहयोग गर्ने बताउनुहुदै क्लवले खेलकुद, मनोरञ्जन मात्रै नभई सामाजिक हितको काम गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रम असोज १२ गते उद्घाटन गरी सुरु गरिनेछ । खेल किसानवारी खेलमैदानमा सञ्चालन हुनेछ । क्लवका सचिव गोपालबहादुर नेपालीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन क्लवका सल्लाहकार हरिप्रसाद ज्ञवालीले गर्नुभएको हो ।

वामीमा नौमती सांस्कृतिक महोत्सव हुँदै

0

असोज ४,२०७९ गुल्मीः नेपाली मौलिक बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्य सहित गुल्मीको मुसिकोटमा तेश्रो नौमती सांस्कृतिक महोत्सव हुने भएको छ । नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला वामीमा नौमती बाजा महोत्सव गर्न लागिएको हो ।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गर्न लागेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ३ वर्षपछि हुँदैछ । यही असौज २५ र २६ गते वामीमा महोत्सव आयोजना गर्न लागिएको वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिका सयोंजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो । नौमती बाजाको संरक्षण सगैं स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले सांस्कृतिक महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

दमै समुदायले विभिन्न शुभकार्यमा परम्परागत रुपमा बजाउने गरेको नौमति बाजाको संरक्षण र उत्थान गरी व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको समितिका महासविच हेमनाथ खरालले बताउनुभयो । ‘नौमती नेपालको प्राचिन र परम्परागत मौलिक बाजा हो ।’ उहाँले भन्नुभयो, ‘समय अनुसार नौमती बजाएर जिविकोपार्जन गर्नसक्ने अवस्था छैन, त्यसैले पनि नयाँ पुस्तामा सिप हस्तान्त्रण हुन नसकेर लोपोन्मुख अवस्था छ ।’ वामी विश्व सम्पर्क मञ्चले नेपालको पुरानो मौलिक नौमती बाजाको महत्व दर्शाएर नयाँ पुस्तामा सिप हस्तान्त्रण गराउन महोत्सव आयोजना गरिएको उहाँको भनाई छ । यसलाई मेलाकै रुपमा विकास गर्ने तैयारी भईरहेको उहाँले बताउनुभयो ।

नौमतीबाजा प्रतियोगीता

पञ्चधातुबाट बनेको पञ्चेबाजा र नौग्रहको प्रतीकका रुपमा रहेको नौमती बाजा नेपाली संस्कृति र संस्कारमा मंगल कार्यका लागि उपयोग हुने गर्दछ । नौमती बाजाको संरक्षणकै लागि आयोजकले नौमति बाजा प्रतियोगीता समेत सञ्चालन गर्दैछ ।

नौमती बाजा मुल समारोह समिति सयोंजक नारायण सापकोटाले नौमती बाजालाई उत्कृष्ट बाजाका रुपमा विकास गर्न प्रतिस्पर्धात्मक रुपमा परिस्कृत गर्दै लैजानुपर्ने भएकाले महोत्सवको महत्व रहेको बताउनुभयो । उहाँले महोत्सवमा जुनसुकै ठाउँबाट पनि नौमती बाजाका समुह सहभागी हुन मिल्ने गरी नौमती बाजा प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्धितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही बादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ


मुसिकोटका स्थानीय झाँकी प्रदर्शन

महोत्सवमा नौमती बाजा प्रतियोगीतासगैं मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई समेत प्रवद्र्धन गर्ने उद्धेश्य आयोजकले राखेको छ । यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्य सहित स्थानीय विभिन्न झाँकीहरु पनि प्रस्तुत हुँदैछन् ।

जसमध्ये मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच, मुसिकोटको सरायँ नाच र भेंडुवाको कालि नाच समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको मुल आयोजक समिति सयोंजक नारायण सापकोटाले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न सापकोटाको सयोंजकत्वमा २७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार सहित स्थानीय कलाकार र अन्य विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

महोत्सवको रकम सामाजिक काममा

वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिले आयोजना गरेको यो तेश्रो नौमती महोत्सव हो । यस भन्दा अगाडी २०७२ साल र २०७५ सालमा महोत्सवको आयोजना गरिएको थियो ।

मञ्चले प्रथम महोत्सवबाट सकंलित रकम भुकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेको थियो । महासचिव खरेलका अनुसार २०७२ सालमा सम्पन्न प्रथम महोत्सवबाट सकंलित रकम मुसिकोट नगरपालिका अन्तर्गत रहेका ४ वटा विद्यालयलाई नगद ११ लाख रुपैया सहयोग गरेको थियो ।

अहिलेको महोत्सवमा त्यस्तो कुनै सहयोग अभियान नभएपनि महोत्सवकै प्रवद्र्धनका लागि खर्च गर्ने तैयारी भईरहेको उनले बताए । महोत्सव निरन्तर सञ्चालन गर्न अहिले समितिले अक्षय कोषको स्थापना गरेको छ । हालसम्म १२ लाख रुपैयाँ सकंलन भएको उनले जानकारी दिए । अहिलेको कार्यक्रम भने विभिन्न व्यक्ति तथा सघंसंस्थाहरुबाट सहयोग उठाएर गर्न लागिएको छ । उक्त कार्यक्रममा अक्षय कोषका संरक्षकहरुलाई समेत सम्मान गरिने बताईएको छ ।

संविधान दिवस : सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान

0

हुमाकान्त पाखेरेल

असोज ४,२०७९ गुल्मीः संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाले सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । गाउँपालिकाले सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट कृषक, पत्रकार, समाजसेवी, शैक्षिक एवम् स्वास्थ्य संस्था, कर्मचारी लगायतलाई सम्मान गरेको हो ।

नगद ५० हजार राशिको ‘शहिद शमशेर बहादुर खत्री’ पुरस्कारबाट धुर्कोट गाउँपालिका –५ वस्तुका पूर्व गाविस अध्यक्ष स्व. टोमलाल पाण्डे पुरस्कृत भएका छन् । उनको पुरस्कार श्रीमती बिमला पाण्डेलाई प्रदान गरिएको छ । नगद २५ हजार राशिको ‘शहिद खिम विक्रम नेपाली शैक्षिक संस्था बर्ष पुरस्कार’ बाट गाउँपालिकाको वडा नम्बर ५ स्थित हिमालय मावि र वडा नम्बर २ पिपलधाराको जनकल्याण प्राविलाई प्रदान गरिएको छ ।

हिमालय माविको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दराम भण्डारी र प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारी एवम् जनकल्याण प्राविको तर्फबाट व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनार र प्रध्यानाध्यापक कृष्ण खत्रीले पुरस्कार ग्रहण गरेका छन् । १५ हजार राशिको ‘शहिद जेदुराम भण्डारी बर्ष कृषि पुरस्कार’ बाट वडा नम्बर १ नयाँगाउँका अशोक खड्का र ‘शहिद विष्णु बस्नेत बर्ष पशुपालक कृषक पुरस्कार’ बाट वडा नम्बर ६ रजस्थलका मेघनाथ अर्याललाई पुरस्कृत गरिएको छ ।

‘कर्मचारी बर्ष पुरस्कार’ बाट नगद १० हजारसहित पालिकाका अधिकृत छौठौ खड्ग बहादुर थापा, सूचना प्रविधि अधिकृत देवराज आचार्य एवम् स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाललाई पुरस्कृत गरिएको छ । १० हजार राशिकै ‘उत्कृष्ट शिक्षक बर्ष पुरस्कार’ बाट निन्यूखर्क माविका प्रध्यानाध्यापक कृष्ण बहादुर जिसी र रामपोखरी प्राविका प्रध्यानाध्यापक मुक्तीराम पराजुलीलाई प्रदान गरिएको छ ।

१० हजार राशिकै ‘उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट जैसिथोक स्वास्थ्य चौकीमा कार्यरत चुरामणी पोखरेल, ‘उत्कृष्ट विद्यालय कर्मचारी सेवा बर्ष पुरस्कार’ बाट हिमालय माविमा कार्यरत गंगा पाण्डे, ‘पत्रकारिता बर्ष पुरस्कार’ बाट तिलाचन पाण्डे र गगनशिला खड्का, ‘उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट नयाँगाउँ स्वास्थ्य चौकीकी अनमि कुन्ती लावती र ‘उत्कृष्ट कर्मचारी (श्रेणीबिहिन) बर्ष पुरस्कार’ बाट वाग्लामा कार्यरत धरणीधर पन्थीलाई पुरस्कृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

संविधान दिवसको अवसरमा पालिकाले तीन दिनदेखि विभिन्न कार्यक्रम गरेको थियो । खुल्ला व्याडमिन्टन, कर्मचारी–जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल, महिला कर्मचारी र महिला जनप्रतिनिधिबीच रस्साकस्सी प्रतियोगिता सम्पन्न गरिएको उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष भुपाल पोखरेलले संविधानको पूर्ण कार्यान्वयनको लागि स्थानीय तहहरुले काम गरिरहेको बताए । काम गर्नेलाई प्रोत्साहन एवम् अन्य व्यक्ति तथा संस्थालाई पालिकाको विकासमा सहभागि गराउने उदेश्यले गाउँपालिकाले प्रत्येक बर्ष विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको पोखरेलको भनाई छ ।

पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु

0

असोज ३,२०७९ पाल्पा : पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु भएको छ। ​

रिब्दीकोट गाउँपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताए।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो। उनलाई डेंगु भएपछि गत भदौ २८ गते अस्पताल भर्ना गरिएको थियो।

पाल्पामा अहिलेसम्म १२१ जना डेंगु संक्रमित फेला परेको गिरीले बताए।

गुल्मीमा बजाज ब्राण्डको नयाँ मोडल मोटरसाइकलको लन्च

0

असोज २,२०७९ गुल्मी : गुल्मीमा बजाज ब्राण्डको नयाँ मोडल एनएस १२५ मोटरसाइकलको लन्च गरिएको छ । बजाज मोटरसाइकलको गुल्मीका लागि आधिकारिक विक्रेता कम्पनी जय सगरमाथा अटो मोबाइल्स प्रा.लि.तम्घास गुल्मीमा बजाज ब्राण्डको नयाँ मोडल पल्सर एनएस १२५ लन्च गरिएको हो ।

एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको जय सगरमाथा अटो मोबाइल्स प्रा.लि.तम्घास गुल्मीका सेल्समेन कमल खत्रीले जानकारी दिनुभयो । गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज एनएस १२५ पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल रहेको छ ।

बजाज पल्सर एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्ने खत्रीले जानकारी दिनुभयो ।

यसमा ५ स्पीडको गियरबक्स रहेको छ । एनएस १२५ को २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक रहेको छ भने यसमा कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसैगरी यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको एनएस १२५ मा १७ इन्चको अलोय ह्वील रहेको छ ।

सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४४ केजी रहेको खत्रीले जानकारी दिनुभएको छ । सो बाइकले ६५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने उहाँको भनाइ छ । सो बाइकको टप स्पिड १०३.२९ किलोमिटर प्रतिघन्टा रहेको खत्रीले बताउनुभयो । एनएस १२५ विभिन्न आकर्षक ४ कलरमा बजारमा उपलब्ध रहेको छ ।

तालाबन्दी गरेर समस्याको समाधान हुँदैन : शिक्षामन्त्री पौडेल

0

असोज २,२०७९ काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।

पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए । विश्वविद्यालयमा पहुँचको भरमा नियुक्ति हुनु राम्रो नभएकोभन्दै पौडेलले विश्वविद्यालयमा आफ्नो क्षमता र योग्यता सिद्द गरेर प्रतिस्पर्धाबाटै, सक्षम व्यक्ति आउने कुरा स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए ।

महिलाहरूको मुलतः अध्ययनरअध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेको पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले अघि बढाउने भन्दै मन्त्रि पौडेलले चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय र भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय रहेको बताए ।

नेपालमा झण्डै २० लाख बराबर एउटा विश्वविद्यालय रहेकोतरपनि नेपालमा विश्वविद्यालय धेरै भए भनेर आलोचना हुने गरेको उनको भनाइ थियो ।मन्त्रि पौडेलले अघि भने,दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरिरहेका छन् । नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् । तालाबन्दीले विश्वविद्यालयको विकास हुँदैन तालाबन्दी संस्कारको अन्त्य गर्नुपर्छ,उनले भने ।

सहमतिबाटै देशका ठूला–ठूला काम भएको स्मरण गराउंदै उनले तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । मन्त्री पौडेलले पद्यकन्या बुलेटिन, संस्कृति विभागले तयार पारेको भ्वाइस अफ कल्चर, जर्नल र अङ्ग्रेजी विभागले तयार पारेको माइण्डस स्केप्ट जर्नल पुस्तकहरुको लोकार्पण गरेका थिए भने कार्यक्रममा विशिष्ट व्यत्तित्वहरूलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो ।

गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

0

सूर्य सुनार असोज ०२,२०७९ गुल्मी :गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना ब तथ्याङ्कमा उल्लेख गरिएको छ । गुल्मी जिल्लाको ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा ३ वर्षमा २४९ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जस माध्ये १७३ जना पुरुष, ३० जना महिलाहरु रहेका छन् । सबै भन्दा धेरै आत्म हत्या गर्ने उमेर समुह ६० वर्ष भन्दा माथि रहेको छ । जसमध्ये ८० वर्ष माथिका ५ जना व्यक्तिहरु पर्दछन् । त्यसै गरी आत्म हत्या गर्ने २६ जना व्यक्तिहरु १६ वर्ष भन्दा कम उमेरका बालबालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको ३ वर्षे तथ्याङ्क अनुसार गुल्मीमा प्रत्येक ५ दिनमा १ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । तीन वर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । सबै भन्दा कम जिल्लाको कालिगण्डकी गाउँपालिकामा ७ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै, रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवती र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६, चन्द्रकोटमा १७, छत्रकोटमा २३, धुर्कोटमा २१ गुल्मीदरबारमा १९,जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रहरी कार्यालय गुल्मीले विद्यार्थी, जिल्लाका सरोकारवाल निकाय तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको उपस्थितमा उक्त कार्यक्रम गरेको हो । बढ्दो आत्म हत्या न्यूनिकरण गर्न, आम नागरिकहरुलाई सुसुचित गर्ने उदेश्यले देशव्यापी सचेतना कार्यक्रम अन्र्तगत गुल्मी जिल्लामा पनि गरिएको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0

असोज २ ,२०७९
काठमाडौं : समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो।

स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ।