Friday, June 5, 2026

पुरुष भलिबलमा गुल्मीको ऐतिहासिक जित

0

सागर भण्डारी
असोज ६,२०७९गुल्मी : ९ औँ राष्ट्रिय खेलकूद लुम्बिनी प्रदेश छनोट प्रतियोगितामा पुरुष भलिबल तर्फ जिल्ला भलिबल सघं गुल्मीले ऐतिहासिक जित हासिल गरेको छ ।

 

सुनवलमा सञ्चालन भइरहेको प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा पुरुष भलिबल तर्फ गुल्मीले रुपन्देहीको लामो विरासत तोड्दै जित हासिल गर्न सफल भएको हो ।

 

बिहिवार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जिल्ला भलिबल संघ रुपन्देहीलाई २–० को सेटमा पराजित गर्दै जिल्ला भलिबल संघ गुल्मीले उपाधि हात पारेको हो ।

 

लुम्बिनीप्रदेशका १२ जिल्लाका खेलाडी सहभागी रहेको उक्त प्रतियोगीतामा पहिलो चरणमा बाइ, दोस्रो चरणको क्वाटरफाइनल खेलमा जिल्ला भलिबल संघ प्युठानलाई २÷० ले प्रराजित गर्दै गुल्मी सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 

त्यस्तै जिल्ला भलिबलसंघ पाल्पालाई २÷० ले प्रराजित गर्दै फाइनल प्रवेश गरेको जिल्ला भलिबल सघं गुल्मी फाईनल खेलमा रुपन्देहीलाई २÷१ ले पराजित गर्दै प्रथम भएको हो ।

नवौँ राष्टिय खेल पोखरामा हुँदैछ । गुल्मीको समुह सदैव फाईनल खेलमा रुपन्देहीसगं पराजित हुँदै आएको थियो । तर यस वर्षभने गुल्मीको समुहले ऐतिहासिक जित हासिल गर्न सफल भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा सहकार्य आवश्यक : गापा अध्यक्ष शाह

0

असोज ६,२०७९ बाँके : बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गर्नुभयो ।

अध्यक्ष शाहले नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियम विपरीतका काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउदै अध्यक्ष शाहले नरैनापुरलाई लक्षित गरी परेको ९ वटा उजुरीले आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरी रहन निर्देशन समेत दिनु भएको थियो ।

गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको थियो । उहाँले पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले टेण्डर मार्फत कर्मचारी राख्ने परिपाटीको अन्त्य गर्न पालिकालाई सुझाव दिदै उहाँले अख्तीयारले नरैनापुर पहिलो पटक गरेको अन्तरक्रियाको प्रशंसा गर्नु भएको थियो ।

वडा अध्यक्षहरुका तर्फ बोल्दै वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख विजय राज पौडेलले चालु आर्थिक बर्ष २०७९–८० मा नरैनापुरमा ९ वटा उजुरी परेकोमा ३ फछ्र्यौट भएको बताउनु भयो ।

प्रमुख पौडेलले गलत नियतले कार्य गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेलाई कारवाई गर्ने बताउनु भयो । असल नियतले काम गरेको खण्डमा समान्य गलतीहरुलाई क्षमय हुने उहाँको धारणा रहेको थियो । संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागी परेको बताउनु भयो ।

उहाँले जति कमाए पनि मर्ने वेलामा लिएर जाने होइन उदाहरण दिदै भ्रष्टाचार गर्नेलाई निरुत्साहित गर्ने आ आफनो तर्फबाट पहल गर्न उहाँले आग्रह गर्नु भएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत पौडेलले जानकारी गराउनु भएको थियो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए ।

कार्यक्रममा अख्तीयारका प्रमुख विजय राज पौडेल, नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेबी श्रीवस्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बिरबहादुर सुनार, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, लेखा अधिकृत भरत बस्नेत, गाँउपालिका अन्तरगत विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन

0

हुमकान्त पोखरेल
असोज ६,२०७९ गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतिराज भण्डारी र तारानाथ भण्डारीले प्रदान गरेको जग्गामा भवन निर्माण भएको हो । भण्डारीद्धयले २०७७ सालमा सात लाखमा पाँच रोपनी जग्गा किनेर स्वास्थ्य चौकीलाई प्रदान गरेका थिए ।

नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ । भवनको बिहीबार उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको बताए ।

 

त्यस्तै नवनिर्मित भवनबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र विश्वसनीय बनाउन समेत आग्रह गरे । गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पुन्य कमाउनको लागि तिर्थ–ब्रत जानुनपर्ने उल्लेख गर्दै जग्गादाताद्धय भण्डारीलाई धन्यवाद् दिए । भण्डारीद्धयले उक्त भवनमा ल्याब संचालनका लागि आफुहरुले पहल थालेको बताए । भवनको ०७७ फागुन ४ गते तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले शिलन्यास गरेका थिए ।

डिएन्डी पुष्पाञ्जली जेभीले एक करोड ५७ लाख रुपिँयाको लागतमा भवन निर्माण गरेको थियो । ०७७ माघ १९ गते सम्झौता भएको भवनको काम ०७८ माघ १ गते निर्माण सम्पन्न गरिनसक्नुपर्ने उल्लेख थियो ।

समयमै काम सम्पन्न गरेपनि विविध कारणले भवनको संचालन एवम् हस्तान्तरण हुन सकेको थिएन् । कार्यक्रममा जग्गादाताद्धय भण्डारी र निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।

Nepal and Japan signed two Agreements for improving terai irrigation system and urban transmission distribution system.

0

Today, the Government of Nepaland the Government of Japan signed two agreements for utilizing grant assistance of JPY 2 billion and 256 million(approximately NRs.2.0 billion)for the implementation of the Project for the Improvement of the Rehabilitation of Irrigation System in Eastern Terai Area; and the concessional creditof JPY15 billion and 901 million (approximately NRs.14.2 billion) for the Urban Transmission and Distribution System Improvement Project.

 

The grant assistance will be used for the maintenance and improvement of Chandra Nahar irrigation system for reliable and continuous irrigation facilities,mainlyin the Eastern Terai region. Similarly, the concessional credit will be utilizedfor improvingtheurban electricity transmission system in the big cities of Nepal, including Kathmandu and Pokhara with the aim of reducing transmission losses as well as increasing the reliability of electricity distribution. The credit assistance applies interest rate of 0.01% per annum,30 years’ repayment period and 10 years’ grace period.

 

Mr. Krishna Hari Puskar, Finance Secretary and H.E. Mr. KIKUTA Yutaka, Ambassador of Japan to Nepal signed and exchanged the Notes and Records of Discussion on behalf of their respective Governments. Similarly, grant and credit agreements to this effect were signed by Mr. Ishwori Prasad Aryal, Joint Secretary, the International Economic Cooperation and Coordination Division of the Ministry of Finance and Mr. OKUBO Akimitsu, Chief Representative of JICA Nepal.

 

Finance Secretary, in his remarks,outlined that the implementation of these two projectswould be crucial forimproving irrigation facilities in Nepal, increasing the reliability of electricity supply and reducing the transmission losses.

Finance Secretary appreciated the Government of Japan for its continuous support in socio-economic and human resources developmentof Nepal.  Acknowledgingthe long-lasting and harmonious bilateral relations and development partnership between two Countries,he further expressed his confidence that such relation will continue in new height.

उत्पादनमा जोड दिदै आयतलाई विस्थापन गर्नुपर्छ : अर्थमन्त्री शर्मा

0

असोज ५,२०७९ गोरखा : अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताएका छन् । लिगलिगकोट र पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाइ आइसिटिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने बताए सँघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयोग गर्ने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्ने उनले बताए ।

नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसका लागि सरकारले बजेट प्रदान गरेको छ, कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु, मन्त्री शर्माले भने ।

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए । मध्य पहाडी लोकमार्ग यहि पालुङ्टार भएर अघि बढेको छ। पालुङ्टारले बाहिरबाट आउने वस्तुलाइ विस्थापित गर्ने योजना तय गर्नुपर्ने उनले बताए ।

सघीयता कार्यन्वयनका लागि दलहरु वीच राजनैतिक एकता अपरिहार्य भएकोले मलाइ यो चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदको निर्वाचन साँसद बनाउन र मन्त्री बनाउन होइन , परिवर्तन पछि भएको व्यवस्थालाइ कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएको हो उनले भने ।

सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपल्ब्धी भएको उनले बताए । सँघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको उनले बताए । सँघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन ।

सरकारले लिएको नीतिका कारण सरकारका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका छन् । केही तरलताको अभाव अझै कायम छ । यसमा हामीले काम गरिररहेका छौँ । बैँकमा व्याज पाउने उदेश्यले पैसा राखेर उत्पादन नहुने उनले बताए । वैँकले दिने गरेको व्याज घटाउन हामी लागि परेका छौँ । सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन हामी लागि परेका छौँ ।

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

0

असोज ५,२०७९ बिराटनगर :मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु बुधबार काठमाडौंस्थित प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रवेश गरेका हुन् ।

‘लामो समय हामी एमालेमा रहि रगत पसीना बगायौं । तर, एमालेले हमीलाई चिन्न सकेन र राजनीतिक रूपमा पनि स्खलित हुँदै गयो,’ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्वार सिभिल चौधरीले भने, ‘त्यसैले अबको मुलुकको नेतृत्व प्रचण्ड बाहेकका नेताबाट सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो ।’

माओवादीमा प्रवेश गर्नेहरुमा एमाले कार्यकर्ताहरु लक्ष्ना माझी, इन्द्रनारायण माझी, सिभना माझी, दिनेशकुमार चौधरी, बन्डु माझी, दुखाराम चौधरी, जनकवनि चौधरी, रीता ल्वागुन, भोजतीदेवी, कौशीला माझी र सरिता चौधरी लगायत छन् । यस्तै नेपाली काँग्रेसबाट विनय राय, जयप्रकाश चौधरी, विनयकुमार रायलगायत छन् भने बतेस राजवंशी, विरचरण चौधरी, अनुरुद्ध माझीलगायतका स्वतन्त्र समाजसेवी पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र बुढीगंगाका इन्चार्ज इश्वरी आचार्यले जानकारी दिए ।

यसअघि प्रवेश गरेका बलभद्र सरदार थारु एमालेका मोरङका जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनीसहित त्यसबेला वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार अमीर भगत, वडा नम्बर ७ का एमालेका वडाध्यक्ष किरण सरदार र स्थानीय युवा नेता आशाराम सरदारलगायत माओवादीमा प्रवेश गरेका थिए ।

बलभद्र सरदार तत्कालिन टंकीसिनवरी गाविसको अध्यक्ष हुन् । उनी गत स्थानीय तहको निर्बाचनमा झिनो मतले गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जितु थापासँग पराजित भएका थिए । सरदार एमाले ६ नम्बर क्षेत्रीय कमिटीको पनि इन्चार्ज थिए ।

चन्द्रकोट गाउँपालिकाले गर्‍यो १६० वटा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद

0

असोज  ५,२०७९ गुल्मी :चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र शान्तिपुर र मजुवा बजार क्षेत्रका बिभिन्न १६० वटा पसलहरुमा अनुगमन गरेको छ ।

पहिलो चरणमा व्यावसायीक पसलहरुलाई कानुन बमोजिम दर्ता प्रकृयामा ल्याउने तथा चाडपर्व लक्षित कालोबजारी तथा म्याद नाघेका खाद्य तथा पेय पदार्थको विक्रि वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तिब्रता दिएको चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

असौज ४ र ५ गते दुई दिन लगाएर चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसि, उपाध्यक्ष, बिस्णु प्रसाद भण्डारी, उद्योग बाणिज्य संघका प्रतिनिधि र सुरक्षा निकायका टोलिको संलग्नतामा बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा पसलहरुबाट म्याद गुज्रेका कुकिज, चाउचाउ, हर्लिक्स, मिठाई, भुजा, फ्रुटी, कोक, फेन्टा, सर्फ, औषधी, किटनाशक औषधी लगायत थुप्रै सामाग्रीहरु बरामद गरी नष्ट गरिएको थियो ।

अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मुल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको थियो । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनको क्रममा पहिलो चरणमा व्यवसायिहरुलाई अभिमुखिकरण सहित सचेत गराउने, म्याद नाघेका खाद्य सामाग्रीहरु बरामद गरी नष्ठ गर्ने कार्य गरिएको अनुगमन समितिका सदस्य सचिव प्रकाश पन्थीले जानकारी दिए ।

आगामी दिनमा चन्द्रकोट गाउँपालिकाका विभिन्न क्षेत्रहरु शिक्षा स्वास्थ्य कृषि पशु बजार लगाएताका क्षेत्रमा अनुगमनलाई तिब्रता दिदैँ जाने र नियमानुसार कानुनी कारबाही प्रकृया अगाडि बढाउने समेत चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुषालले बताए ।

भेटिरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीद्धारा प्रस्ताव माग (कार्यक्रम सहित )

0

असोज ,२०७९ गुल्मीःभेटिरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले पशुपालक कृषकहरुबाट प्रस्ताव माग गरेको छ ।
कार्यालयले भदौ ३१ गते सूचना जारी गर्दै विभिन्न कृषक ,नीजि फर्म, समूह सहकारीहरुले प्रस्ताव फर्न सक्ने गरी सूचना जारी गरेको कार्यालका प्रमुख भरत काफलेले जानकारी दिनुभयो ।

मुसिकोटका ४७ मध्ये ४१ जनप्रतिनिधि कारबाहीमा : ६ महिना भित्र जरिवाना नबुझाए पद जाने

0
नगरप्रमुख खरेल तस्विर :खबरमार्केट

सागर भण्डारी

असोज ५,२०७९ गुल्मीः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित गुल्मीको मुसिकोट नगरपालिकाका ४७ जनप्रतिनिधि मध्ये ४१ जनप्रतिनिधि कारबाहीमा परेका छन् । निर्वाचन आगोगले शुक्रवार सार्वजनिक गरेको खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली मध्ये मुसिकोट नगरपालिकामा निर्वाचित ४१ जना जनप्रतिनिधिले समयमै खर्च विवरण नबुझाएको पाईएको हो ।

निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र सम्बन्धित उम्मेदवार वा राजनैतिक दलले आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनु पर्छ । खर्च विवरण नबुझाउँने जनप्रतिनिधिहरु कारबाहीमा परेका हुन् । खर्च विवरण नबुझाउनेको नाम सार्वजनिक गर्दै शुक्रवार निर्वाचन आयोगले जरिबाना पनि तोकेको छ । आयोगले सार्वजनिक गरेको नामावलीमा मुसिकोट नगरपालिकाका अधिकाशं पराजित उम्मेदवारले पनि निर्वाचन खर्च विवरण आयोगमा बुझाएका छैनन् ।


को को परे कारबाहीमा

निर्वाचित उम्मेदवार मध्य मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जीवन) र उपप्रमुख गंगा श्रेष्ठ सहित नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु कारबाहीमा परेका छन् । मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे सहित महिला सदस्य प्रतिमा केसी,दलित महिला सदस्य कुशुम परियार, वडा सदस्य दान बहादुर केसी र विष्णुध्वज कारबाहीमा परेका छन् ।

त्यस्तै वडा नं २ को वडाध्यक्ष पदमा निर्वाचित रविन्द्र केसी सहित वडा सदस्य देब बहादुर रायमाझी र राम बहादुर महत पनि कारबाहीमा परेका छन् । वडा नं ३ का वडाध्यक्ष शकंर रायमाझी,सदस्यहरु थम्मन बहादुर क्षेत्री,केशव सूर्यवशीं,वडा नं ४ का वडाध्यक्ष जुक्त छन्त्याल,सदस्यहरु लोक बहादुर कार्की,तुल बहादुर छन्त्याल,दलित महिला सदस्य तारा सुनार,महिला सदस्य माया कार्की रहेका छन् ।

वडा नं ५ का वडाध्यक्ष ऋषिश्वर अर्याल,सदस्यहरु राम प्रसाद अर्याल,पाराश्वर खराल,दलित महिला सदस्य पान कुमारी कामी,महिला सदस्य यमकला खराल,वडानं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का,वडासदस्यहरु हिरा बहादुर बिक,मान बहादुर पच्या मगर,महिला सदस्य धनकला गुरुङ र दलित मलिा सदस्य जमुना भताल,वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा,वडा सदस्यहरु लक्ष्मण प्रसाद खराल,टेक बहादुर कुमाल,महिला सदस्य अमृता श्रेष्ठ,दलित महिला सदस्य दिपा दमाई कारबाहीमा परेका छन् ।

त्यस्तै वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्मा सहित वडासदस्यहरु चन्द्र बहादुर घर्ती मगर,सावित्रा विक,सम्झाना कुँवर र दलित महिला सदस्य साविबा बिक तथा वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङ सहित वडासदस्यहरु तारा प्रसाद कडेंल र बोम बहादुर खत्री पनि कारबाहीमा परेका छन् ।

निर्वाचन खर्च नबुझाउने उम्मेदवार मध्ये सबैभन्दा धेरै गुल्मीदरबार गाउँपालिकाका ९ जना रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिका, सत्यवती र ईस्मा गाउँपालिकामा समान ७ जना, रेसुंगा नगरपालिकामा ६ जना, कालिगण्डकी, धुर्कोट, मदाने र मालिका गाउँपालिकाका ५ जना तथा चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिकाका २ जना उम्मेदवार रहेका छन् ।

कति तिर्नुपर्छ जरिवाना

निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवार मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि ४ लाख ५० हजार, नगरपालिका अन्तर्गतका वडाअध्यक्ष, सदस्य,दलित महिला सदस्य र महिला सदस्यका लागि २ लाख जरिवाना तोकेको छ ।

त्यस्तै निर्वाचन खर्च नबुझाएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार र गाउँपालिकाका वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित महिला सदस्यले नगद रु १ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाउनु पर्नेछ । आयोगले गरेको निर्णयअनुसार जरिबाना नतिरे विजयी बनेका जनप्रतिनिधिको पद ६ महिनाभित्र स्वतः खारेज हुनेछ ।

समाजवादी नेपालको प्रचण्ड सपना

0

– मनहरि तिमिल्सिना
कुनै समय थियो, शासनको बागडोर अमूक सामन्तहरूको हातमा थियो । देशमा शान्ति त थियो । तर, स्वतन्त्रता थिएन, थियो त केवल मूर्दा शान्ति । राज्यका सम्पूर्ण अंगहरू सामन्ती शासनको जाँतोले पिल्सिएका थिए । राजाहरू संविधानभन्दा माथि थिए, उनीहरू ‘विष्णुको अवतार’ मानिन्थे । महिलाहरू घरायसी धन्दाको ‘नजरबन्द’मा थिए । दलितहरू अछूत त छँदै थिए, त्यसमाथि अपमान र अभावको विष पिएर बाँच्नुपर्ने परिस्थिति थियो । केन्द्रीय सरकारदेखि टोलको ‘कचहरी सभा’सम्मका निर्णय प्रक्रिया केही पढेलेखेका, एलिट खस–पुरूषहरूको हातमा थियो । उनीहरू जे निर्णय गर्थे, त्यही फैसला हुन्थ्यो, त्यही सामाजिक कानुन हुन्थ्यो । ‘निर्धा’हरूका निम्ति यो व्यवस्था ‘भावीको लेखान्त’ थियो । कमैले मात्र कल्पना गर्थे– यसका विरूद्ध कुनै शक्तिले विद्रोह गर्नेछ, यो व्यवस्था ढल्नेछ, एकदिन जनताको व्यवस्था आउनेछ ।

तर, परिस्थिति उस्तै रहेन । देशमा जनयुद्धको उद्घोष भयो । निर्धाहरूको भविष्य आफ्नो हातमा लिएर बसेका एलिटहरूविरूद्ध विद्रोह भयो । उत्पीडितहरू व्यवस्था बदल्ने अठोटका साथ युद्धको बलिबेदीमा होमिए । हजारौं वीर वीरंगनाहरूले व्यवस्था बदल्नका निम्ति उच्च बलिदानी गरे । तमाम् विभेद, अन्याय, अत्याचार र समस्याको मूलस्रोत राज्यव्यवस्था हो भन्ने ठम्याइले सही बाटो देखायो । जनयुद्धले एकपछि अर्को उचाइ लिँदै गयो । अन्ततः देशमा नयाँ राजनीतिक परिस्थितिको निर्माण भयो । अब निर्धाहरू अर्काको निर्णयमा आश्रित भएर आफ्नो जिन्दगीमाथि धारेहात लगाउनु परेन । उनीहरू आफै नीतिनिर्माणका हिस्सेदार भए । यी सबै उपलब्धिका पछाडि थियो माओवादी । त्यो माओवादी आन्दोलनको रथ हाँक्ने कमाण्डर थिए प्रचण्ड ।

प्रचण्ड चाहन्थे– पूरानो नेपालले देशका यावत् समस्याको सम्वोधन गर्न सकेन । त्यसैले नयाँ नेपाल चाहिन्छ । राजनीतिक प्रणालीका दृष्टिले नयाँ, आर्थिक विकासका दृष्टिले नयाँ, सामाजिक न्यायका दृष्टिले नयाँ, समानता र स्वतन्त्रताका दृष्टिले नयाँ, राष्ट्रिय स्वाधीनताका दृष्टिले नयाँ, प्रशासनिक पुनर्संरचनाका दृष्टिले नयाँ, संस्कृति र आचरणका दृष्टिले नयाँ अर्थात् सम्पूर्ण दृष्टिले नयाँ व्यवस्था र प्रणालीको निर्माण प्रचण्ड सपना थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बखत माओवादीले नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्‍यो । त्यसको ‘कोरियोग्राफर’ थिए कमरेड प्रचण्ड । माओवादीको नारा थियो– ‘‘नयाँ नेपाल निम्ति नयाँ विचार र नयाँ नेतृत्व ।’’ उसको प्रतिवद्धतालाई जनताले अनुमोदन गरिदिए, २०६४ को निर्वाचनमा माओवादी देशको सबैभन्दा ठूलो दल बन्यो ।

प्रतिवद्धतापत्रमा नेपाली जनताका मुख्य दुश्मनका रूपमा रहेका सामन्तवादी र साम्राज्यवादी पहाड छिचोल्ने संकल्प थियो । अढाइ सय वर्ष पूरानो एकात्मक सामन्ती सत्ताको अन्त्य गर्ने र त्यसको स्थानमा सामाजिक न्यायमा आधारित जनताको गणतन्त्र स्थापित गर्ने संकल्प गरियो । स्वाधीन र जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नारालाई माओवादीले मूर्तरूपमा अगाडि सार्‍यो । इतिहासमा पहिलोपटक मौलिक हकलाई नयाँ ढंगले परिभाषित गरियो । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता, रोजगारी, आवास लगायतका जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई मौलिक हकका रूपमा परिभाषित र स्थापित गरियो, जुन हक २०७२ को संविधानमा प्रबन्ध गर्नसमेत माओवादी सफल रह्यो ।

राज्यको पुनर्संरचना गर्ने प्रश्न सबैभन्दा महत्वपूर्ण र जटिल थियो । तर, राज्य पुनर्संरचनाको प्रश्नमा माओवादी सफल रह्यो। संघीय प्रणालीअनुरूप राजनीतिक र प्रशासनिक पुनर्संरचना, नेपाली सेनाको पुनर्संरचना र लोकतान्त्रिकरण, प्रशासनिक पुनर्संरचना, न्याय प्रणाली र संवैधानिक अंगहरूको पुनर्संरचना लगायत समग्र पुनर्संरचनाको आधार तयार पारियो, जसका आधारमा २०७२ को संविधानले ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहलाई अनुमोदन गर्‍यो ।

प्रतिवद्धतापत्रमा माओवादीले नयाँ नेपालको आर्थिक आधार प्रस्तुत गर्‍यो । नयाँ संक्रमणकालीन अर्थनीतिअन्तर्गत १० वर्षमा मध्यमस्तर, २० वर्षमा उच्चस्तर र ४० वर्षमा अति विकसित देशको कोटीमा पुर्‍याउने संकल्पका साथ आर्थिक नीति अगाडि सार्‍यो, जसअन्तर्गत सामन्ती उत्पादन सम्बन्धको अन्त्य, रोजगारीसहितको आर्थिक वृद्धि, सार्वजनिक–निजी साझेदारी, सहकारी अभियान, विज्ञान–प्रविधिको प्रयोग, राष्ट्रिय साधनस्रोतको अधिकतम परिचालन, जलविद्युत, पर्यटन र कृषिको रूपान्तरण, समाजवादउन्मुख राष्ट्रिय औद्योगिक नीतिजस्ता अवधारणा प्रस्तुत गर्‍यो ।

२०६५ मा गठित प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले उल्लेखित घोषणापत्रका आधारमा नयाँ नेपालको अभ्यास गर्न थाल्यो । राजनीतिक घेराबन्दी र असहयोग, शक्तिकेन्द्रहरूको दवाव, पार्टीभित्रको तीव्र बहस, सत्ता सञ्चालनको अनुभवको सीमाका बाबजुद पनि प्रचण्ड नेतृत्वको ९ महिने सरकारले राजनीतिक–आर्थिक–सामाजिक रूपान्तरणका क्षेत्रमा केही नयाँ अवधारणा र मान्यता प्रस्तुत गर्‍यो ।

माओवादीको नयाँ नेपालको मार्गचित्रमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पूर्व–पश्चिम पहाडी लोकमार्ग, तराईमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, प्रत्येक प्रदेश जोड्ने उत्तर–दक्षिण लोकमार्ग, चीन–भारत दुवै छिमेकसँग जोड्ने नाकाहरू सञ्चालन एवं स्तरोन्नति, ठूला जलविद्युत आयोजनाको निर्माण र विद्युत निर्यात, फास्ट ट्रयाक र बैकल्पिक लोकमार्गको निर्माण एवं बिस्तार, स्मार्ट सिटीहरूको अवधारणा र आधुनिक शहरीकरण लगायतका भौतिक विकासको परिकल्पना सम्मिलित थिए । हाल नेपालमा भौतिक विकासका क्षेत्रमा जे–जति परिकल्पनाहरू कार्यान्वयनमा छन्, ती सबैमा ‘नयाँ नेपालको माओवादी मार्गचित्र’ नै प्रतिविम्बित भएको प्रष्ट छ ।

प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय महत्वका आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’मा रूपान्तरण गरी निर्माण कार्यलाई तीव्रता दियो । जसअन्तर्गत १. बुढीगण्डकी जलविद्युत आयोजना, २. मेलम्ची खानेपानी आयोजना, ३. सिक्टा सिंचाई आयोजना, ४. बबई सिंचाई आयोजना, ५. रानीजमरा कुलरीया सिंचाई आयोजना, ६. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, ७. माथिल्लो तामाकोशी जलविद्युत आयोजना, ८. पश्चिम सेती जलविद्युत आयोजना, ९. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, १०. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, ११. दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ, १२. लुम्विनी विकास कोष, १३ . पुष्पलाल (मध्य पहाडी) लोकमार्ग, १४. रेल्वे तथा मेट्रो विकास आयोजना, १५. हुलाकी लोकमार्ग, १६. उत्तर दक्षिण (कोशी) लोकमार्ग, १७. उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, १८. उत्तर दक्षिण (कर्णाली) लोकमार्ग आयोजना, १९ काठमाडौं, तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक), २०. पशुपति क्षेत्र विकास कोष, २१ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, २२. महाकाली सिंचाई आयोजना, २३. विद्युत प्रसारण आयोजना र २४. गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालित छन् ।

प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय लगानी बोर्डको गठन, चीनसँग बिआरआई परियोजनामा सम्झौता, हुलाकी राजमार्ग, एक गाउँ एक सहकारीको नीति र कार्यक्रमको थालनी, राष्ट्रिय लगानी सम्मेलनको आयोजना, पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण, सामाजिक सुरक्षाको दायरा बिस्तार, युद्धबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण, राष्ट्रिय विकास आयोगको गठन, उत्पीडितहरूका निम्ति विभिन्न संवैधानिक आयोगहरू गठन लगायतका काममा उल्लेख्य प्रगति हासिल गर्‍यो ।

जनजीविकाका क्षेत्रमा कृषि ऋण मिनाहादेखि सामाजिक सुरक्षा भत्ता र किसान–मजदुरमैत्री नीतिहरूको थालनी माओवादी नेतृत्वकै सरकारले गर्‍यो । सुपथ मूल्य पसलहरूको थालनीदेखि मूल्यवृद्धि स्थीर राख्नेसम्म अनेकन प्रयत्न गरिए। यद्यपि, एकातिर सत्ता सञ्चालनको अनुभवमा कमि एवं अन्तरपार्टी विवाद र अर्कोतर्फ देशभित्र र बाहिरबाट गरिएको घेराबन्दीका कारण पहिलो गणतान्त्रिक सरकार राजनीतिक समस्या सम्वोधनमै बढी केन्द्रित हुनुपर्‍यो । त्यसका बाबजुद रूपान्तरण र सुधारका जे–जति प्रयत्न गरियो, ती उपलब्धिको छाप नयाँ संविधानमा प्रष्टै देखिन्छ ।

२०७३ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए । यसपटक भने उनी नेतृत्वको सरकारले सिंगो विश्वले देख्न र अनुभूत गर्नसक्ने महत्वपूर्ण कामहरू गर्‍यो । सरकारको नेतृत्व गरिरहे पनि प्रचण्ड बहुमतमा थिएनन्, सरकारमा कांग्रेसको बहुमत थियो । तर, खुकुरीको धारमा उभिएरै प्रचण्डले देशमा आर्थिक सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण कामहरू गरे ।

१८ घण्टा लामो अन्धकार हट्यो, लोडसेडिङ अन्त्य गरियो । पूर्वाधार विकासका कामले तीव्रता लियो । संघीयता कार्यान्वयनको राम्रो वातावरण बन्यो, असन्तुष्ट राजनीतिक दलहरूसमेत संविधानबमोजिम स्थानीय तहको निर्वाचनमा भाग लिए । इतिहासमा पहिलोपल्ट ७.५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो । राष्ट्र निर्माणमा दण्ड र पुरस्कारको नीति लागू गरियो । संविधानबमोजिम राज्यको पुनर्संरचनाको काम सम्पन्न गरियो । ७ प्रदेश, ७५३ स्थानीय तहले मूर्तरूप लिए। चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव गरियो, जुन प्रस्ताव नेपालका निम्तिमात्र नभएर विश्वभरि बहसको विषय बन्यो । अर्थतन्त्रका आधारभूत सूचकहरूमा उत्साहजनक नतिजा देखा पर्‍यो । समग्रमा प्रचण्डको दोस्रो कार्यकाल देशकै निम्ति उत्साहवद्र्धक रह्यो । परिस्थिति यस्तो देखापर्‍यो– नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्ष एमालेसम्मका दल र नेताहरूले प्रचण्डलाई सरकार नछोड्न अपील गरे । तर, प्रचण्डले राजनीतिक नैतिकता प्रस्तुत गर्दै ९ महिनामा देउवालाई सत्ता हस्तान्तरण गरिदिए ।

प्रचण्ड एक स्वप्नशील नेता हुन् भन्ने कुरा उनका राजनीतिक निर्णयहरूबाट प्रष्टिन्छ । दोस्रो कार्यकालमा नमूनायोग्य काम गरे पनि त्यसबाट उनी पूर्णतः सन्तुष्ट थिएनन् । उनी राजनीतिक समीकरणमार्फत् देशमा नयाँ परिस्थिति निर्माण गर्न चाहन्थे । देशमा राजनीतिक परिवर्तन आए पनि सरकारले आफ्नो सम्पूर्ण तागतका साथ काम गर्न नपाएको अनुभूति सायद प्रचण्डसँग थियो । कहिले छिमेकीको दवाव, कहिले पञ्चायतको जाँतो, कहिले राजतन्त्रको निरंकुशता, कहिले राजनीतिक अस्थिरता, यी विकास र समृद्धिका वाधक रहेको उनको विश्लेषण थियो । त्यसैले यसपटक उनले स्थीरताको नयाँ सुत्र खोजी गरे । त्यो थियो– वामपन्थी एकतामार्फत् राजनीतिक अस्थीरताको अन्त्य गर्ने, राष्ट्रिय उत्साह सिर्जना गरी समाजवादको आधार तयार पार्ने । त्यही ध्येयसहित २०७४ मा प्रचण्डले वामएकताको प्रस्ताव अगाडि सारे र एकता पनि भयो ।

२०७४ असोजमा वामगठबन्धन भयो । वामगठबन्धनले झण्डै दुईतिहाइ जनमत प्राप्त गरी फागुनमा केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बन्यो । सरकारले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्‍यो । तर, दुर्भाग्य त्यसमा समाजवादको सपना थिएन, समृद्धिको मार्गचित्र थिएन, वाम घोषणापत्रअनुसारका कार्यक्रम थिएनन् र जनतालाई उत्साहित पार्ने एजेण्डा र कार्यशैली दुवै थिएन ।

प्रचण्ड त्यतिबेला झस्किए– जतिबेला केपीले स्थीरता, समृद्धि र समाजवादका निम्ति एकता गरेका थिएनन्, आफ्नो प्रधानमन्त्रीको पद सुरक्षित गर्ने प्रयोजनका निम्ति नै वामएकतामा हस्ताक्षर गरेका थिए भन्ने तथ्य प्रमाणित हुँदै गयो । २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटनसम्म आउँदा ओलीले देशको स्वाभिमान र नागरिकको सपनामाथि चिसो पानी खन्याइसकेका थिए । देशमा फेरि प्रतिगमनको हावा चल्न थाल्यो । तर, लोकतान्त्रिक शक्तिहरू एकठाउँमा उभिए र लोकतान्त्रिक संविधानमाथिको खतरा तत्कालका लागि टर्‍यो ।

क्रान्तिकारी त्यो हो– जो लड्छ, बिस्तारै उठ्छ र धुलो टक्टकाउँदै फेरि अगाडि बढ्छ । माओवादीले पनि त्यही लय समात्यो । देशको कायापलट गर्ने, समाजवादको जग बसाल्ने सपनासहित गरिएको वामएकता धरापमा परेपछि प्रचण्डले आफ्नै बलबुतामा समाजवादको मार्गचित्र कोर्ने संकल्प गरे ।

२०७८ पुसमा सम्पन्न आठौं महाधिवेशनमा प्रचण्डले समाजवादी नेपालको नयाँ खाका प्रस्तुत गरे । ‘‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’’ नाम दिइएको उक्त दस्तावेजमा समाजवादप्रति प्रचण्ड अनुराग झल्किन्छ । उक्त दस्तावेजलाई लिएर देशभित्र र बाहिरसमेत जसरी बहसको थालनी भएको छ, त्यसकै वरिपरि समाजवाद संगठित गर्नसकिने आधारसमेत देखिन्छ ।

प्रचण्डले दस्तावेजमा २१ औं शताब्दीको समकालीन विश्वमा भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको बोलवाला रहेको र त्यसका विरूद्ध संघर्ष गर्दै राष्ट्रिय उत्पादनलाई संगठित गर्नुपर्ने कुरामा जोड दिएका छन् । प्रचण्ड दस्तावेजको निष्कर्ष छ– भूमण्डलीकरणको दुषित हावाबाट तेस्रो विश्व बँच्न सक्नुपर्छ, त्यसका लागि राष्ट्रिय उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र चाहिन्छ । हाम्रो समाजवाद हाम्रै विशेषताको हुन्छ, हाम्रै मौलिकताको हुन्छ । त्यसैको बलमा समाजवादको जग हाल्न सकिन्छ ।

प्रचण्ड साम्राज्यवादले विश्वव्यापी रूपमा खडा गरेका चुनौती छिचोल्न जलवायु परिवर्तन, उच्च तापमान वृद्धि, प्राकृतिक स्रोत साधनहरूको खण्डीकरणबाट प्रताडित देश र जनताको एकता जरूरी र सम्भव देख्छन् । त्यसकै आधारमा साम्राज्यवादविरूद्ध घेराबन्दी गर्न सकिने र नयाँ विश्व निर्माण गर्न सकिने उनको विश्लेषण छ । त्यसका लागि विश्वव्यापी बहस र नयाँ ध्रुवीकरणको पहल, राष्ट्रिय स्तरमा प्राकृतिक साधनस्रोतको राष्ट्रिय हितअनुकूल परिचालन र साम्राज्यवादी शक्तिले दोहन गर्नसक्ने खतराका निम्ति स्थानीय स्तरमा सुदृढ एकता आवश्यक छ । यसलाई उनले समाजवाद निर्माणको आधारबिन्दुका रूपमा परिभाषित गरेका छन् ।

दस्तावेजमा प्रचण्डले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी लगायतका क्षेत्रमा समाजवादको नेपाली मोडेल कस्तो हुने भन्नेबारे नवीनतम् दृष्टिकोण अघि सारेका छन् । राजनीतिक दृष्टिले समाजवादको शान्तिपूर्ण तयारीको सम्भावनालाई उपयोग गर्दै क्रान्तिकारी रूपान्तरणको परिस्थिति तयार पार्नुपर्ने उनको ठम्याइ छ । त्यसका लागि फेरि पनि महत्वपूर्ण सवाल हो– वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूको सुदृढ एकता । वास्तविक अर्थमा समाजवाद चाहने शक्तिहरूबिच एकता र ध्रुवीकरणका निम्ति माओवादी र प्रचण्डले जुन पहल लिएको देखिन्छ, त्यसले ढिलोचाँडो एकता र ध्रुवीकरणको कार्यभार पूरा गर्नेछ ।

पछिल्लोसमय प्रचण्डले आफू जीवनको उत्तरार्धतर्फ रहेको र अन्तिमपटक सरकारको नेतृत्व गरेर देशले सम्झिनलायक काम गर्ने इच्छा रहेको बताएका छन् । त्यसको अर्थ हो– उनी फेरि पनि सरकारको नेतृत्वमार्फत् समाजवादको जग बसाल्न चाहन्छन् । पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत दर्शन र विचारलाई सरकारमार्फत् कार्यान्वयन गर्न चाहन्छन् । तर, त्यसका निम्ति निर्वाचनमार्फत् व्यक्त हुने जनादेशमा समेत माओवादीको निर्णायक उपस्थिति र विजय आवश्यक छ। आशा गरौं– जीवनको उत्तरार्धमा समाजवादी नेपालको जग हाल्ने अवसर प्रचण्डले प्राप्त गर्नेछन्, आउँदो दशकमा समाजवादको जग बस्नेछ ।