पुरुष भलिबलमा गुल्मीको ऐतिहासिक जित

0
247

सागर भण्डारी
असोज ६,२०७९गुल्मी : ९ औँ राष्ट्रिय खेलकूद लुम्बिनी प्रदेश छनोट प्रतियोगितामा पुरुष भलिबल तर्फ जिल्ला भलिबल सघं गुल्मीले ऐतिहासिक जित हासिल गरेको छ ।

 

सुनवलमा सञ्चालन भइरहेको प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा पुरुष भलिबल तर्फ गुल्मीले रुपन्देहीको लामो विरासत तोड्दै जित हासिल गर्न सफल भएको हो ।

 

बिहिवार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जिल्ला भलिबल संघ रुपन्देहीलाई २–० को सेटमा पराजित गर्दै जिल्ला भलिबल संघ गुल्मीले उपाधि हात पारेको हो ।

 

लुम्बिनीप्रदेशका १२ जिल्लाका खेलाडी सहभागी रहेको उक्त प्रतियोगीतामा पहिलो चरणमा बाइ, दोस्रो चरणको क्वाटरफाइनल खेलमा जिल्ला भलिबल संघ प्युठानलाई २÷० ले प्रराजित गर्दै गुल्मी सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 

त्यस्तै जिल्ला भलिबलसंघ पाल्पालाई २÷० ले प्रराजित गर्दै फाइनल प्रवेश गरेको जिल्ला भलिबल सघं गुल्मी फाईनल खेलमा रुपन्देहीलाई २÷१ ले पराजित गर्दै प्रथम भएको हो ।

नवौँ राष्टिय खेल पोखरामा हुँदैछ । गुल्मीको समुह सदैव फाईनल खेलमा रुपन्देहीसगं पराजित हुँदै आएको थियो । तर यस वर्षभने गुल्मीको समुहले ऐतिहासिक जित हासिल गर्न सफल भएको छ ।

SHARE