Friday, June 5, 2026

नरैनापुरको बाढी प्रभावित क्षेत्रको प्रजिअ खत्रीद्धारा अनुगमन

0

बाँके, २५ असोज : अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

 

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल सहितको टोली भत्किन थालेको बाधको स्थलगत अनुगमन गरी तत्काल बाधको तटबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 

स्थानीयहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो । अध्यक्ष शाहले सिक्टाले बनाएको बाध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवी क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन सुझाव दिनु भएको थियो ।

 

स्थलगत अनुगमनमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी खत्रीलाई राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले बाध भत्किए हजारौ मानिसको ज्यान जान सक्ने भएकोले तत्काल उचित प्रबन्ध मिलाउन आग्रह गर्नु भएको थियो ।

निरन्तर रुपमा परी राखेको पानीका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराउनु भएको थियो ।

बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घरधुरीमा पूर्ण क्षति हुन पुगेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भएको थियो ।

पानी नपरे पछि गत साउनमा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि सरकारले कुनै प्रकारको राहात दिन नसकि रहेको अवस्थामा फेरी बाढी र डुबानको समस्याले स्थानीयहरुलाई झन पिडा दिएको बताउदै गाँउपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको थियो ।

नरैनापुरका जनताहरु संग कुरा गर्दै अध्यक्ष शाहले भन्नुभयो, स्थानीय सरकारको मापदण्डमा भए बमोजिम तपाइहरुलाई राहत प्रदान गरिने छ । राप्ती नदीको पानीका कारण नरैनापुर गाँउपालिका उपाध्यक्षको घर पनि डुबानमा परेको बताउदै प्रमुख जिल्ला अधिकारी खत्रीको निर्देशनमा बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माणको निर्माण सुरु हुने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्न पुगेको टोलीले नरैनापुरको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको जिन्सी शाखा प्रमुख भरत महतोले बताउनु भयो ।

पाण्डेको उम्मेदवारीले गुल्मेली जनता खुसी

0

हरि सुवेदी
गुल्मी, २४ असोज । नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख बाट फर्सुराम पाण्डेले आईतवार उम्मेदवारी दर्ता गरेसंगै गुल्मेली जनतामा खुसीको लहर छाएको छ ।

गुल्मेली जनताका लागि आशा र भरोसाका केन्द्रका रूपमा रहनुभएका पाण्डेको लामो राजनैतिक त्याग, समाजसेवी भावना र निष्ठाका कारण नेकपा एमालेले गुल्मी क्षेत्र नं. १ को प्रदेश ख बाट टिकट दिएको हो ।

पाण्डेलाई प्रदेशमा उठाउने एमालेको निर्णयले समग्र गुल्मेली जनताले अव गुल्मीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छन ।

पाण्डेको उम्मेदवारीले गुल्मी जिल्लामा नेकपा एमालेले विजय हासिल गर्ने कुरामा ढुक्क भएको स्थानीय वासिन्दाको भनाई छ ।

वि.सं. २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरि अभानेस्ववियुको दिल्ली नगर कमिटिको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गर्नुभएका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

२०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गर्नुभएका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्नुहुन्छ ।

गुल्मी काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका कुशलतापूर्वक सम्पन्न गर्नुभएका पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रिय सम्पर्क समन्वय कमिटिको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय महासचिव हुनुहुन्छ ।
गुल्मेली जनताले पाण्डे एक कुशल राजनीतिकर्मी मात्र नभएर समाजसेवी भावनाले ओतप्रोत नेता भएको भन्दै पाण्डेको जीत सुनिश्चित रहेको बताएका छन ।

विगत २५ बर्षदेखि उद्यमशीलता विकास र स्वरोजगार बन्ने प्रेरणा दिने अभियानमा लाग्नुभएका पाण्डेसंग स्थानीय श्रोत साधनलाई प्रयोग गरि सयौं उद्योग स्थापना र संचालन गरेको अनुभव समेत छ ।

लायन्स क्लव गुल्मीको अध्यक्ष भैसक्नु भएका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनताको माया र आशिर्वाद पाउनु भएको छ ।

सामाजिक सेवाकै क्रममा उहाँले आगलागी, बाढी पहिरो तथा विपदका अन्य घटनामा प्रभावित भएकाहरूको उद्धारका लागि तन, मन र धनले सहयोग गर्नुभएको छ ।

गुल्मीमा उहाँको उम्मेदवारीले गुल्मीका मतदातामाझ उत्साह बढाएको छ ।

सुत्केरीको उद्दारमा गाउँपालिका अध्यक्षको गाडी

0

रामकृष्ण कडेल

गुल्मी :  गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले सुत्केरी बोक्न आफू चड्ने गाडी पठाउनुभएको छ ।

 

केही दिन अगाडि स्थानीय स्वास्थ्य सस्थाबाट रिफर गरि गुल्मी अस्पताल तम्घास बाट समेत रिफर हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा अप्रेसन गरिएको सुत्केरी महिलालाई सोमबार एम्बुलेन्सले गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ उपल्लो हटिया ल्याउदै गर्दा ठुलाचौरमा बर्षाले हिलाम्मे सडकडमा एम्बुलेन्स अगाडि बढ्न सकेन  ।

 

त्यो कुरा गाउँपालिका अध्यक्ष थापालाई जानकारी हुनासाथ आफू चड्ने गाडी पठाएर सुत्केरी मुना श्रेष्ठलाई घरमा ल्याउन सफल भएको चालक गोबिन्द थापाले बताउनुभएको छ ।

 

स्मरण रहोस नवनिर्वाचित अध्यक्ष थापाले कार्यपालिकाको पहिलो बैठकबाट गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नु भएको थियो ।

खाडलको पानीमा डुबेर भण्डारीको मृत्यु

0

असोज २५,२०७९दाङ : तुलसीपुर उपमहानगरपालिका ६ स्थित हात्ती खौवा नजिकै खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १ बयालेकोट निवासी ४४ वर्षीय लुमप्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनलाई स्थानीयले खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बेवारिसे अवस्थामा हिँड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए।

गुल्मीमा गठबन्धनका उम्मेवारहरुद्वारा चुनावी प्रतिवद्धता सार्वजनिक

0

हुमाकान्त पोखरेल

असोज २५,२०७९ गुल्मीः गुल्मीमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । काँग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुले आ–आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विजयपश्चात जिल्लामा विकासको गति परिवर्तन गर्ने बताइन् । ‘अहिले जति पनि काम भएका छन्, सबैजसो सुस्त गतिमा छन् ।’ उनले भनिन्, ‘निर्वाचनपश्चात हामीले जिल्लाको मुहार फेरिने गरी विकासका काम गर्छौ ।’

पूर्व मन्त्री झाँक्रीले विकास गर्नका लागि नेतृत्व परिवर्तन गर्न आवश्यक रहेकोले गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिइन् । गठबन्धनकै तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका डाक्टर चन्द्र भण्डारीले गुल्मीलाई नमुना जिल्ला बनाउनको लागि संयुक्त गठबन्धन बनाएको बताए ।

‘पहाडी जिल्ला पनि विकासका दृष्टिकोणले नमुना बन्न सक्छ भन्ने उदाहरण देखाउनु छ ।’ नेता भण्डारीले भने, ‘त्यसका लागि गठबन्धनको जित आवश्यक छ ।’ आफ्नो अघिल्लो कार्यकालमा जिल्लामा विभिन्न स्थानमा सडक, पुल लगायतका योजना सुरु गरेको तर अपुरै रहेकोले उक्त योजनाहरुलाई पुरा गर्न आफुले उम्मेदवारी दिएको बताए ।

निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार सुदर्शन बरालले प्रदेश सरकार स्थिर तरिकाले संचालनका लागि बाम लोकतान्त्रीक गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताए । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका बरालले विगतमा नेकपा सरकार हुँदा केही प्रतिगामी तत्वले संसद नै विघटन गरेर समृद्धिको सपनामाथि कुठाराघात गरेको आरोप लगाए ।

क्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार एवम् नेपाली काँग्रेस लुम्बिनी प्रदेश उप–सभापति भुवन प्रसाद श्रेष्ठले जिल्लामा थुप्रै विकासका काम अलपत्र परेको बताए । ‘सिमटलटारीसम्म पुग्ने सडकमा अहिलेसम्म पुल छैन ।’ उनले भने, ‘पटक–पटक असफल भइसकेका व्यक्तिबाट समृद्धिको कुनै आशा छैन ।’ त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार बुद्धि जिसीले आफ्नो क्षेत्रबाट ०७४ मा निर्वाचित सासंदले पाँच बर्षे कार्यकाल समेत पुरा नगरी मतदातामाथि विश्वासघात गरेकोले आफुबाट त्यो गल्ति नहुने बताए ।

‘विगतमा संचालन गरिएका थुप्रै योजना अधुरै हुँदा प्रतिवद्धा समेत पुरा हुन पाएनन् ।’ उनले भने, ‘यसपटकको निर्वाचनपश्चात गठबन्धनको तर्फबाट गरिएका सबै प्रतिवद्धताहरु पुरा हुन्छन् ।’

जापानीज नागरिक ओकेबाजेको धुमधामले गरियो चौरासी पूजा

0

–सुशीला रेग्मी
असोज २४,२०७९ रामपुर (पाल्पा) जापानीज नागरिक काजुमासा काकीमी (ओकेबाजे) को चौरासी पूजा एवम् नागरिक अभिनन्दन समारोह पाल्पाको रामपुरमा भएको छ ।

 

तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी, पुर्वखोला, रम्भा, निस्दी गाउपालिका स्थित क्याम्पस, विद्यालय एवम् स्थानीय संघ संस्थाको आयोजनामा चौरासी पूजा भएको हो ।

 

जापानमा जन्मेर पनि नेपाली भुमिमा लामो समय देखि शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठुलो योगदान गर्नुभएका ओकेबाजेको योगदानको कदर गर्दै रामपुर नगरपालिका ८ एक्लेटार स्थित गंगा माविमा चौरासी पुजा तथा अभिनन्दन समारोह गरिएको हो ।

सहचन्द्र दर्शन एवं चौरासी पूजा मूल आयोजक समितिका अध्यक्ष एवम् गंगा माविका प्रधानाध्यापक देवराज देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । नेपाली परम्परा अनुसार ३० जना पुरोहितबाट पुजा गरिएको मुल पण्डित हरिप्रसाद खनालले जानकारी दिनुभएको छ ।

 

भुषालडाँडा माविका प्रधानाध्यापक सुन्दर श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । चौरासी वर्ष पुगेको उपलक्ष्यमा नेपाली परम्परा अनुसार पुजा गर्ने व्यवस्था मिलाएकोमा ओकेबाजेले सबैलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रमको अवसरमा मगरी संस्कृति कौरानाच समेत देखाएको छ । ओकेबाजेको पुजा तथा अभिनन्दनमा विभिन्न संघ संस्था तथा नागरिकको उत्साहजनक सहभागीता रहेको थियोे ।


को हुन् त ‘ओकेबाजे’

आजभन्दा तीन दशक अघि पहिलो पटक पाल्पा आउनुभएका जापानिज नागरिक काजुमासा कामीमी (ओकेबाजे) हालको पूर्वखोला गाउँपालिका वडा नं २ जल्पास्थित ढोलीमारामा पुग्नुभयो । उहाँका गाइडर (पैदलयात्राका सहयोगी) ढोलीमारा निवासी तिलक आलेमार्फत पुग्नुभएको थियो । एक हप्ताको बसाईका लागि पुग्नुभएका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्कनुभयो ।

 

ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनिय देखेपछि उहाँले उनीहरुको स्वास्थ्य उपचार, शैक्षिक क्षेत्रमा सहयोग गर्न थाल्नुभयो ।

“ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गैछन्, कोही भोकै छन्, औषधी नपाएर नागरिकहरु जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ” उहाँले भन्नुभयो । आर्थिक अभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाक लगायतको ओकेबाजेले सहयोग गर्न थाल्नुभयो ।

बिशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो वस्ती रहेको र गरिव, विपन्न परिवारका नागरिकहरु समस्यामा थिए । उनीहरुको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामा नै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा आउनुभयो ।

“मान्छे बिरामी अवस्थामा छ, साथमा उपचार गर्न खल्तीमा उनीहरु संग पैसा नभएको देखेपछि स्वास्थ्य उपचार सहयोग गर्न थाले, उनीहरुको जीवनरक्षा र पढ्नबाट वञ्चित बालबालिकालाई शिक्षाको मुल धार सम्म पु¥याउने दुर्गम गरिव विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ” ओकेबाजेले भन्नुभयो ।

उहाँले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा जिल्ला र नवलपरासीका विभिन्न क्षेत्रमा गरिरहनुभएको छ । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय ५० बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री, अक्षयकोष स्थापना सहयोग गर्नुभएको छ । दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधी उपचार सेवा सहयोग गर्नुभएको छ ।


शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, भवन निर्माण, आमा समुह लगायतका धेरै क्षेत्रमा ओकेबाजेको सहयोग छ । उहाँले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लव जापान, बाजिरा, ओके एसएस लगायत २० वटा संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ ।

उहाँलाई अहिले नेपाली भाषा मज्जाले आउँछ । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अंग्रेजीमा ओके ओके भनेका कारण उहाँको नाम ओकेबाजे रहन गएको हो । आफुलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुशी लाग्ने उहाँ बताउनुहुन्छ ।

जापानको टोकियो शहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुबा साइस्के काकीमी र आमा उमे काकीमीको कोखबाट जन्मनुभएका ओकेबाजे बाल्यकाल देखि नै सामाजिक काममा प्रेरित हुनुहुन्थ्यो ।

२८ वर्षको उमेरमा श्रीमती कियोको काकीमी संग विवाह बन्धनमा बाँधिनुभएका ओकेबाजेका एक छोरा र एक छोरी हुनुहुन्छ । स्नातक तह सम्मको औपचारिक अध्ययन गर्नुभएको छ । सन् १९८८ मा पहिलो पटक नेपाल भित्रनु भएका ओकेबाजे पैदलयात्राको लागि सोलुखुम्बुमा आउनुभएको हो । त्यहाँदेखि उहाँको नेपाल यात्रा सुरु भएको हो ।

उहाँले पाल्पावासीमा पु¥याउनुभएको योगदानको कदर गर्दै ओकेबाजेलाई दुई पटक सम्म नागरिक अभिनन्दन गरियो । विसं २०७० मा रामपुर नगरपालिकामा र ०७६ मा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकले संयुक्त रुपमा अभिनन्दन गरेका हुन् ।

मानार्थ नेपाली नागरिकताको अपेक्षा गर्नुभएको छ । त्यसको लागि प्रक्रिया अगाडी बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गृह मन्त्रालयमा सिफारिस गरिएको छ । आवासिय भिषा भने पाइसक्नुएको छ । जीवनको अन्तिम समय सम्म नेपालकै भूमीमा नै बिताउन मन छ । उहाँले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन भने आग्रह गर्नुभएको छ ।

विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठुलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिव, दुखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ । उहाँले यहाँका न्युन आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । यसरी काम गरेको २६ वर्षको समय बितेको उहाँलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योती दिने, औषधी उपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमुलक काम, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा ठुलो धनराशी खर्च गर्नुभएको छ ।
ओकेबाजेले जापानमा शिक्षण कार्यबाट सेवानिवृत्त लिएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा काम गरिरहनुभएको छ । गाउँ गाउँका गरिव, दुखी जनतालाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउनुभयो ।

“मलाई गरिव, दुखि जनता लागि सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, बेला बेलामा जापानमा जान्छु विभिन्न संस्था, व्यक्तिहरु संग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु” उहाँले भन्नुभयो । उमेर ढल्किदै गएपनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।

पाल्पाली र समग्र नेपालीको मायालाई आफुले कहिल्यै पनि भुल्न नसक्ने उहाँ बताउनुहुन्छ । सबैलाई हसाउने र खुशी पार्ने ओकेबाजे सबैका मन मनमा बस्न सफल हुनुभएको छ । ओकेबाजेले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

“अत्यन्तै सरल निस्वार्थ स्वभाव, गरिव दुखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समुहका मानिसलाई प्रभावित बनाएको छ” उहाँले भन्नुभयो ।

मलामी गएका १५ जना बेपत्ता

0

असोज २४,२०७९ : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्ने बताए।

 

यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन्। उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको शर्माको भनाइ छ।

गुल्मीमा छ सासंदको लागि ६६ जनाको उम्मेदवारी

0

हुमाकान्त पोखरेल
असोज २३,२०७९ गुल्मीः गुल्मीमा छ सासंदका लागि ६६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा दुई सासंदको लागि २४ र प्रदेश सभामा चार सासंदको लागि ४२ जनाको उम्मेदवारी परेको हो ।

 

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ को लागि ११ जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका चन्द्र भण्डारी र एमालेको तर्फबाट प्रदिप ज्ञवालीले मनोनयन दर्ता गराएका छन् ।

 

त्यस्तै हाम्रो नेपाल पार्टीबाट भुवनेश्वर अर्याल, नेपाल मजदुर किसान पार्टीबाट पदम रसायली लगायतले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणी पाण्डे लगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका धनेन्द्र कार्की र एमालेको तर्फबाट फर्सुराम पाण्डे लगायत १२ जनाले उम्मेदवारी दिएका छन् ।

 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को लागि १३ जनाको उम्मेदवारी परेको छ । जसमा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्ण विष्टले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ कै लागि हाम्रो नेपाल पार्टीबाट रामलाल पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ठाकुर प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज घिमिरे, मंगोल नेशनल अर्गनाइजेशनबाट पदम थापा मगरले मनोनयन दर्ता गराएका छन् । त्यस्तै तेजेन्द्र बहादुर महत, कमला पुन, देवराज पाण्डे, दामोदर भुसाल र केशर बहादुर थापाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

 

क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ को लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उप–सभापति भुवन प्रसाद श्रेष्ठ र एमालेको तर्फबाट केन्द्रीय परिषद् सल्लाहकार सदस्य डिल्लिराज भुसालले मनोनयन दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट विष्णु सारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेन्द्र विष्ट, जनता समाजवादी पार्टीबाट घनश्याम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नित्यानन्द पाण्डे, झविन्द्र पाण्डे, युवराज खरेल, सन्त बहादुर थापा र प्रेम बहादुर कुमालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका अमर केसीले जानकारी दिए ।

 

त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ मा नौ जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसी र एमालेको तर्फबाट जिल्ला संयोजक दिनेश पन्थीले उम्मेदवारी दिएका छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट कमल सिंजाली मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेन्द्र जिसी एवम् स्वतत्र रुपमा राजु विक, दुर्गा बहादुर विक, नरेन्द्र बहादुर अर्याल, बल बहादुर अधिकारी र बाबुराम कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

 

केन्द्रीय नेताबीच नै प्रतिस्पर्धा

प्रतिनिधिसभामा केन्द्रीय नेताबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर १ मा एमाले उप–महासचिव एवम् पूर्व मन्त्री प्रदिप ज्ञवाली र काँग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुने भएको हो । ज्ञवाली र भण्डारी ०६४ देखि एक आपसमा निर्वाचनमा भिड्दै आएका छन् । जसमा ०६४ मा ज्ञवाली, ०७० मा भण्डारी र ०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । उनीहरु दुवैजना आ–आफ्नो पार्टीमा केन्द्रमा पहुँच राख्ने नेता हुन् ।

 

 

क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री र एमालेको तर्फबाट पार्टी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्ट चुनावी मैदानमा छन् । ०७४ को निर्वाचनमा झाँक्रीले विष्टलाई जिताउनको लागि भूमिका खेलेकी थिइन् ।

 

तर यसपटकको निर्वाचनमा भने दुवैजना आम्मुने–सामुन्ने भएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे एमाले उप–महासचिव ज्ञवालीले जिल्लामा बाँकी रहेका केही योजना पुरा गर्न र राष्ट्रिय राजनीतिलाई सही ढङ्गले संचालन गर्नको लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे । एमालेकै सचिव विष्टले विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

 

त्यस्तै एकीकृत समाजवादीकी सचिव झाँक्रीले विकासमा फड्को मार्नको लागि नेतृत्व परिवर्तन गर्नुपर्ने भएकोले आफुले उम्मेदवारी दिएको बताइन् भने काँग्रेसका पूर्व केन्द्रीय सदस्य भण्डारीले गुल्मीलाई देशकै नमुना जिल्ला बनाउनको लागि आफुले उम्मेदवारी दिएको प्रतिक्रिया दिए । क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबिरुद्ध बागी उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

राप्ती किनारमा शव फेला

0

असोज २३,२०७९ : देउखुरीमा एक जनाको शव फेला परेको छ ।

 

राप्तीगाउँपालिका वडा नम्बर ३ का ५० वर्षिय गनेश्वर चौधरीको शव भेटिएको सशस्त्रप्रहरी बल नेपाल नं. २९ हेक्वाज्वालामाई गण भालुवाङका प्रमुख बिनोद केसीले जानकारी दिए ।

 

चौधरी शनिबार राप्तीनदिमादाउरा छोप्ने क्रममा वेपत्ता भएका थिए । चौधरीको शवलाई आइतवार बिहान सशस्त्रप्रहरी वल नेपाल नं. २९ हेक्वाज्वालामाइ गण भालुवाङ प्रहरी निरीक्षक धनन्जय केसीको नेतृत्वमा खटिएको विपद व्यवस्थापन टोलीले फेला पारेको थियो ।

 

शवलाई तीनकिलोमीटर पर बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

जनप्रतिनिधिले नै लगाए नगरपालिकामा ताला

0

देउखुरी, असोज २३ गते : दाङको लमही नगरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् ।

 

प्रमुख प्रशासकिय अधिकृतको रुपमा गेहेन्द्र बहादुर डाँगीलाई नगरपालिकामा कामकाज गर्न नदिन माग राख्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यले तालावन्दी गरेका हुन । नगरपालिकाको मुल गेटमा तालबन्दी गरिएको छ ।

 

प्रमुख प्रशासकिय अधिकृतको रुपमा देवेन्द्र श्रेष्ठ कार्यरत हुँदा हँुदै नगर प्रमुख उप प्रमुखले आफु अनुकलको अर्का प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गराएको बन्दै तालावन्दी गरिएको हो ।

 

लमही नगरपालिकाबाट प्रमुख प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रवहादुर डाँगी सरुवा भएपछि देवेन्द्र श्रेष्ठले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समाल्दै आउनु भएको थियो । लमही नगरपालिकाका नौ वटै वडाअध्यक्ष नगर प्रमुख उप प्रमुख वाहेकका सबै कार्यपालिका सदस्यले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

नगरपालिकामा धर्नाको कार्यक्रम सकेर आफुहरुको माग पूरा गर्न दवाव दिने उदेश्यले नगरपालिकामा तालावन्दी गरिएको नगरपालिकाका प्रवत्ता तथा वडा नं ७ का वडाअध्यक्ष मोहन गिरीले जानकारी दिनुभयो ।

 

प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र वहादुर डाँगीले जनप्रतिनिधि अनुकल काम नगरेको आरोप आन्दोलन पक्षको छ । नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मि योगीले कर्मचारी सरुवा प्रक्रिया संघीय सरकारले आवश्यकतााको आधारमा गर्ने भएकाले आन्दोलनको कुनै अर्थ नरहेको बताउँदै आउनुभएको छ ।