
देउखुरी, असोज २३ गते : दाङको लमही नगरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृतको रुपमा गेहेन्द्र बहादुर डाँगीलाई नगरपालिकामा कामकाज गर्न नदिन माग राख्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यले तालावन्दी गरेका हुन । नगरपालिकाको मुल गेटमा तालबन्दी गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृतको रुपमा देवेन्द्र श्रेष्ठ कार्यरत हुँदा हँुदै नगर प्रमुख उप प्रमुखले आफु अनुकलको अर्का प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गराएको बन्दै तालावन्दी गरिएको हो ।
लमही नगरपालिकाबाट प्रमुख प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रवहादुर डाँगी सरुवा भएपछि देवेन्द्र श्रेष्ठले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समाल्दै आउनु भएको थियो । लमही नगरपालिकाका नौ वटै वडाअध्यक्ष नगर प्रमुख उप प्रमुख वाहेकका सबै कार्यपालिका सदस्यले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
नगरपालिकामा धर्नाको कार्यक्रम सकेर आफुहरुको माग पूरा गर्न दवाव दिने उदेश्यले नगरपालिकामा तालावन्दी गरिएको नगरपालिकाका प्रवत्ता तथा वडा नं ७ का वडाअध्यक्ष मोहन गिरीले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र वहादुर डाँगीले जनप्रतिनिधि अनुकल काम नगरेको आरोप आन्दोलन पक्षको छ । नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मि योगीले कर्मचारी सरुवा प्रक्रिया संघीय सरकारले आवश्यकतााको आधारमा गर्ने भएकाले आन्दोलनको कुनै अर्थ नरहेको बताउँदै आउनुभएको छ ।







