Thursday, June 4, 2026

पाण्डेको सपनाः बेरोजगारी समस्या अन्त्यका लागि

0

आकाश सुवेदी
गुल्मी, कात्तिक २० गते । गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ख बाट नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले गुल्मीको विकास नयाँ भिजनका साथ गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँले अहिलेसम्म परम्परागत रुपमा भैरहेको विकासले गुल्मीको आमूल परिवर्तन हुन नसकेको भन्दै आफू निर्वाचित भएपछि गुल्मीको विकासले नयाँ स्वरुप पाउने प्रतिवद्धता जनाउनु भयो ।

गुल्मीको मूख्य समस्या यहाँको बेरोजगारी रहेको बताउँदै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोड्न ‘एग्रो आर्मी’ को परिकल्पना अनुसार अघि बढ्ने बताउनु भयो ।

गुल्मी निर्वाचन क्षेत्र नं. १ ख अन्तर्गत छत्रकोट गाउँपालिकाको पल्लीकोट, हुँगा, बलेटक्सार लगायतका क्षेत्रमा घरदैलो गर्दै पाण्डेले मतदातासमक्ष कृषिमा आमूल परिवर्तन ल्याउन आर्मीको संरचना जस्तै युवाहरुको अलग कृषि बटालियन खडा गरेर कृषिमा आमूल परिवर्तन ल्याउने उद्घोष गर्नुभयो ।

पाण्डेले त्यसका लागि नयाँ भिजन ल्याउनु भएको छ । ‘ग्रामिण विकासको आधारः उत्पादन र बजार’ भन्ने नाराका साथ कृषिलाई उत्पादनसंग जोड्ने गरि प्रत्येक पालिकाका एक एकवटा उद्योगहरु स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मतदाताहरुसंग पाण्डेले अव विगतमा जस्तो भोट माग्न आउने र जितेपछि फर्केर नआउने विगतको परम्परा तोडिने विश्वास दिलाउँदै प्रत्येक घरका एकजनालाई रोजगारीमा जोडेरै छाड्ने उल्लेख गर्नुभयो ।

ग्रामिण बेरोजगारी अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोडेर गुल्मीको सम्मृद्धिमा योगदान दिने जिकिर गर्नुभयो ।

पाण्डेले घरदैलो गर्दैगर्दा मतदाताले अहिलेसम्म गुल्मीको विकास कछुवा गतिमा भएको भन्दै पाण्डेले ल्याएको नयाँ सोँच र भिजनको प्रशंसा गर्ने गरेका छन ।

उहाँले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पु¥याउने प्रतिवद्धता समेत जनाउनु भयो ।

यसैवीच गुल्मी क्षेत्र नं. १ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ । उम्मेदवारहरु मतदाताको घर घरमा पुगेर जनतासामु अव गुल्मीको विकासलाई नयाँ शिराबाट माथि उठाउने प्रतिवद्धता जनाउने गरेका छन ।

गुल्मी २ मा झाँक्रीलाई सहज बन्दै,एमाले प्रदेश कमिटी सदस्य गौतमले खुलेरै सहयोग गर्ने !

0
कात्तिक २० गुल्मी ।
गुल्मी २ कि प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार रामकुमारी  झाँक्रीलाई एमालेजन बाटै राहत मिलेको छ । उनलाई नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय गुल्मीमा उनले पत्रकार सम्मेलन मार्फत रामकुमारी  झाँक्रीलाई निर्वाचनमा सहयोग गर्ने जानकारी गराएका हुन्  ।  उनले भने “ मेरो एमाले प्रती कुनै गुनासो छैन तर एमाले उठाएको उम्मेदवार प्रती ठूलो गुनासो र आपत्ति छ , साथै गोकर्ण विष्ट तर्फ लक्षित गर्दै उनले थपे, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन सर्वोच्चमा जाने तर उहीँ पार्टीमा बसेर टिकट लिने र चुनाव लडने विष्टको नैतिक पतन भएको आरोप समेत लगाए ´´ । तत्कालीन नेकपा हुँदै एमाले पार्टी विभाजनमा गोकर्ण विष्टको हात रहेको बताउदै उनले एक पटक जिल्लामा सम्पुर्ण कार्यकर्ता ,जनता समक्ष आत्मालोचना गर्नु पर्ने बताए ।
त्यस्तै यता एकीकृत समाजवादीकी सचीव समेत रहेकी रामकुमारी झाँक्रीलाई सम्मान गर्दै यस पटक उनलाई जिताउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
कुनै राजनीतिक परिवार,धन सम्पत्तिका कारण नभई एक आन्दोलनले जन्माएको निडर नेतृ रहेको बताउदै यस पटक उनलाई चुनाव जिताउनु आफ्नो दायित्व रहेको समेत प्रष्ट पारे ।
पार्टीले कारबाही गरे के गर्नु हुन्छ भन्ने ? सञ्चारकर्मीको जिज्ञासामा उनले ,कारबाही गरे भोग्न तयार रहेको र कारबाही गरे पनि कुनै राजनीतिक दलमा रहेको सक्रिय राजनीति गर्ने उल्लेख गरेका छन् ।  गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन  । २०३९ सालमा तत्कालीन नेकपा माले बाट राजनीतिक यात्रा सुरु गरेका गौतमले २०४९ सालमा पाल्पा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति पदमा निर्वाचित भएका थिए ।
गौतम गुल्मी २ बाट प्रतिनिधि सभा सदस्यको लागि यस पटक जिल्ला बाट सिफारिसमा समेत परेका थिए ।

आगलागीबाट ३० लाख बराबरको क्षति

0
सांकेतिक तस्बिर

कात्तिक १९,२०७९संखुवासभा : संखुवासभाको खाँदबारी नपा १, डडाँरेमा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट डडाँरेका भविन कोइरालाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु अधिकारी खड्काले बताए। शुक्रबार राति भएको आगलागीबाट कोइरालाको घरमा रहेको सम्पूर्र्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक खड्काले बताए।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना र नगद जलेर नष्ट भएको पीडित कोइरालाले बताए। कोइरालाले सहयोगका लागि विभिन्न संघ संस्था र सरोकारवालासँग अनुरोध समेत गरेका छन्।

 

खाँदबारी नपाका दुईवटा दमकल, स्थानीय, नगरप्रहरी र नेपाल प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। आगो लाग्नुको कारण भने खुल्न सकेको छैन।

ललितपुर ३ का मतदाता भन्छन् : विकासप्रति प्रतिबद्ध नेत्रीलाई फेरि जिताउन आतुर छौँ

0

ललितपुर, १९ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केही उम्मेदवार दोहोरिएका छन् । यसअघिका निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता भुलेको भन्दै पुनः निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारसँग मतदाताले प्रश्नको भारी तेर्साउने गरेका छन् । उम्मेदवारको चर्को आलोचना र उनीहरुको कार्यशैलीप्रति टिप्पणी हुने गरेको छ ।

तर ललितपुर क्षेत्र नं ३ मा भने फरक अवस्था देखिएको छ । वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा रहनुभएका वर्तमान सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल घरदैलोमा पुग्दा मतदाताले प्रश्न नभई शुभेच्छा प्रकट गरिरहेका छन् । अघिल्लो निर्वाचनका क्रममा व्यक्त अधिकांश प्रतिबद्धता पूरा भई जनताले त्यसबाट प्रत्यक्ष लाभ आफूहरूले लिइरहेको र आगामी दिनमा जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेत्रीका रुपमा मन्त्री भुसालाई विजयी गराउन आतुर रहेको मतदाताको भनाइ छ ।

शुक्रबारदेखि औपचारिक रुपमा घरदैलो कार्यक्रम शुरु गर्नुभएका मन्त्री भुसालले आज ललितपुर महानगरपालिका वडा नं २३ र २४ मा मतदातासँग प्रत्यक्षरुपमा साक्षात्कार गर्नुभयो । घरदैलोका क्रममा मतदाताहरुले विकासप्रति प्रतिबद्ध नेत्रीलाई नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझावसहित निर्वाचनमा विजयी गराउन आतुर रहेको बताउनुभयो ।

शनिबार गठबन्धनका साझा उम्मेदवारका रुपमा उहाँले वाम–लोकतान्त्रिक पार्टी सम्वद्ध शिक्षक सङ्घसङ्गठन, मिलनवस्ती टोल सुधार संस्थाका पदाधिकारी, सम्पूर्ण तमु समाज ललितपुर र धापाहाइट विकास समाजसँग अन्तरक्र्रिया गर्नुभयो । सो क्रममा उहाँले आफू आगामी दिनमा जनअपेक्षा पूरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “म जनताको शीर झुक्न दिन्न”, उहाँले भन्नुभयो, “देश र जनताको स्वाभिमान सधैँ उँचो राख्नेछु ।”

ललितपुरवासीको गुणस्तरीय जीवन जीउन पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्न आफ्नो ध्यान केन्द्रित भएको उहाँको भनाइ छ । आफूले विगत पाँच वर्षमा ललितपुरको कला, संस्कृति, सम्पदाको प्रवद्र्धन र संरक्षणमा सक्दो सहयोग गरेको बताउनुभयो । ललितपुरलाई उत्कृष्ठ सहरका रुपमा व्यवस्थित गर्ने सुस्पष्ट योजनाका साथ आफू अगाडि आएको जनाउँदै उहाँले स्वच्छ पर्यावरणमा रम्न पाउने ललितपुरवासीको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताउनुभयो । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उहाँको दृढता छ ।

गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । मन्त्री भुसालले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सार्नुभएको छ । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

मङ्सिर १ गतेसम्म निरन्तर घरदैलो अभियान

आगामी मङ्सिर १ गतेसम्म सो क्षेत्रभित्र पर्ने सबै वडा तथा टोलमा उम्मेदवारसहितको घरदैलो कार्यक्रम आयोजना गरिएको छ । गठबन्धननको संयुक्त वडा परिचालन कमिटीले वडाभित्रका टोल र वस्तीको पहिचान गरी घरदैलोको रुट तयार गर्नेछ । त्यस्तै वडा निर्वाचन परिचालन कमिटीले मतपत्र, घोषणापत्र तथा उपलब्ध प्रचार सामग्रीसहित मातहतको टोल कमिटी परिचालन गरी नियमित घरदैलो कार्यक्रम गर्नेछन् ।

निर्वाचन प्रचारप्रसार तथा परिचालन समितिका अनुसार यही कात्तिक २० गते ललितपुर महानगरपालिका वडा नं २६ र २७, कात्तिक २१ गते ललितपुर महानगरपालिका वडा नं १०, कात्तिक २२ गते ललितपुर महानगरपालिका वडा नं २, कात्तिक २३ गते ललितपुर महानगरपालिका वडा नं २१ र २२, कात्तिक २४ गते ललितपुर महानगरपालिका वडा नं १३ र १४ तथा कात्तिक २५ गते ललितपुर महानगरपालिका वडा नं ३ मा घरदैलो कार्यक्रम हुनेछ ।

कात्तिक २६ गते ललितपुर महानगरपालिका वडा नं १५, कात्तिक २७ गते ललितपुर महानगरपालिका वडा नं २० र ५, कात्तिक २८ गते ललितपुर महानगरपालिका वडा नं ४, कात्तिक २९ गते ललितपुर महानगरपालिका वडा नं १८, कात्तिक ३० गते गोदावरी नगरपालिका वडा नं १२ तथा मङ्सिर १ गते ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा घरदैलो कार्यक्रम गर्ने कार्यतालिका छ ।

पछिल्लो ५ वर्षभित्र मन्त्री भुसालको पहलमा ललितपुरमा केके काम भए ?

–ग्वार्को, सात दोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाइओभरको अध्ययन सम्पन्न ।
–बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु ।
–पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)
–राजकुलो पुनः निर्माण तथा संरक्षण र सिँचाइ : भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्धि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्धि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ आदि ।
–झोलुङ्गे पुलहरूको निर्माण : बालकुमारी–ओखातबस्ती जोड्ने पुल, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने सांस्कृतिक पुलको पुनःनिर्माण ।
–सडक निर्माण तथा स्थरोन्नती (मगरगाउँ–वाइवाइ फ्याक्ट्री, अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत) –ललितपुर जिल्ला अन्तर्गगत डिभिजन सडक कार्यालयबाट भएका कामहरु ।
–नदी तथा पहिरो नियन्त्रणका कार्यहरू (धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायत)
–भूकम्पपछिको पुनःनिर्माण (खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू) ।
–महिला सशक्तीकरणका कार्यहरू : सुनाकोठी, खोकना, बुड्मति लगायत ।
–खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना ।
–खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण ।
–खानेपानी : बत्सलादेवी खानेपानी आयोजनामापÞर्mत सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ । फर्सीडोल, फंैचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण लगायत ।

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

0

कात्तिक १९,२०७९पाल्पा : पाल्पामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नपा(५ हिलामराङका ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग१६प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख २४९ नम्बरको बसले आज दिउँसो करिब २ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका(३ झुम्सामा ठक्कर दिएको थियो।

पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। घुम्ती सडकमा दुर्घटना भएको छ।

बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिप्रेसन अघि र पछिकि उनी 

0
परिवर्तनशिल समय सङसङै जीवन पनि परिवर्तनशिल छ। यही समय सगसगै मानिसले पनि सुनौलो गन्तव्यको यात्रा सुनिश्चित गरेको हुन्छ ।अनेक पहाडहरु फोर्दै विभिन्न सङ्ग्रहहरु सङ जुधै मनिस सफलताकाे शिखरमा पुग्छ ।त्यो सुनौलो यात्रा गर्दा आउने कठिन परिस्थिति सङ डटेर सामाना गर्छ । दृढ इच्छाशक्ति लगनशीलता मिहिनेत र  परिश्रमले प्राय व्यक्ति लक्ष्यमा पुग्छ भनि काेहि नराम्रो सङ बजारिन्छ ।त्यहि बाट पनि काेहि नयाँ उर्जा लिएर अगाडि बढ्छ काेहि त्यहि दलदलमै फसिरहेकाे हुन्छ ।
म आज मेरो परिबार ,समाज , साथी र म आफै लाइ हेर्छु अनि मुल्यांकन गर्छु ।हाम्रो परिबार ले हामी लाइ कुनै दिन पनि हार्न सिकाएन ।हामी राेएर,कराएर भए पनि हामी हाम्रो इच्छा आकङ्क्षा हरु पुरा गर्दै गयौं ।म बेला बेला झसकिन्छु अनि हेर्छु मेरो भविष्यलाई अनि साेच्छु मलाई कुनै दिन हार्नु पर्यो भने !
यस्तै सामान्य परिवारमा जन्मेकि छाेरीकाे कथा हाे।जिद्दी स्वभाव भने बच्चा देखिकाे नेै बानी  थियाे।उनलाई राेएर भए पनि हरेक कुरा जित्नु  नै पर्थ्यो  ।याे स्वभाव भने उमेर बढ्दै गए पनि घटेन। समय पनि सधै कहाँ एउटै हुन्छ र  सधै आफुले मात्र जित्छु भन्ने सोच राखेर पनि कहाँ हुन्छ र ! दुर्भाग्यबस उनलाई आफ्नो शैक्षिक यात्रामा हार्नु पर्यो।त्यो  हार मुटुमा बिझयाे  ।अौधि पीडा भयाे आफुले हार्नु पर्दा ।आफ्नो जीवन मा कालो बादल छाएको अनुभुति गरिन ।
रङिन सपना को फुलबारी सजाएकि उनी नैराशयतामै विवश हुन पुगिन्। मनमा डर र चिन्ता मात्र भरियाे। त्यो कुराले मानसिक तनाब दिन थाल्यो । म अब केही गर्न सक्दिन भन्ने कुरा साेच्न थालिन् ।म गर्न सकिन भने मलाई समाजले के भन्ला के साेच्ला भन्ने कुरामा पुगिन्।दिन बित्दै गए याे समस्या बढ्दै जान थाल्यो ।सुरुमा त याे समस्या कसैसग बताइनन्। जब याे समस्याले आफू भित्र भएका आशालाइ निराशामा बदल्न थाल्यो ,उनले याे कुरा परिवारमा बताइन् ।
परिवारमा याे कुरा बताएपछि उपचार गर्नु त टाढाको कुरा भयाे ,उनलाई परिवार भित्र नै लुकाउन थालियाे।खै  हाम्रो समाजले बुझ्न नसकेकाे हाे या हामीले बुझाउन नसकेका हौं ,मानसिक तनाव भएकाे व्यक्तिलाई डाक्टरकाेमा लग्नु हुदैन भन्ने साघुराे मानसिकता ।त्यहि साघुराे मानसिकताका कारणले उनले महिनौ सम्म उपचार पाइनन्। जसकाे कारणले दैनिक कुरामा असर पर्दै जान थाल्याे। उनी एकदम रुने गर्थिन। आत्मविश्वासमा कमि ,नैराशयता,एक्लाेपन, असुरक्षा,डर,र चिन्ताले घेर्न थाल्यो ।
महिनौ सम्म  यस्ता लक्षण देखिए पछि उनकाे उपचार गरियाे।मानसिक राेग विशेषज्ञ  डाक्टरका  अनुसार उनलाई डिप्रेेेसन भएको रहेछ।डिप्रेेसन भएको भन्दा हाम्रो समाजले किन पागलपनााकाे  नाम दिन्छ । त्यहि सोचका कारणले उनले  अौषधि खान मानिनन्।एकान्त ठाउँ मात्र मन पर्न  गर्थ्यो। आफुले  के गरेको आफैले थाहा पाउने थिईनन्। भावनात्मक साथ नपाउँदा पटकपटक आत्महत्याको प्रयास गरिन ।
त्यस समयमा उनलाई शारीरिक पीडा पनि थपिन पुग्याे।मानसिक तनाव भएकाे बिरामीलाई शारीरिक पीडा थपिदा सहिनसक्नु भयो । दिन्प्रति  दिन लक्षण हरु बढ्दै जान थाले पछि उनले डिप्रेेेसन पत्ता लागेकाे तनि महिना पछि मात्र औषधि  प्रयोग गर्न थालनी ।औसधि प्रयोग गरेको केहि दिन सम्म त केही प्रभावनै परेन। आफू ले के गरेकाे आफैले थाहा पाउने थिईनन्।बिस्तारै औसधि ले काम गर्न   थाल्यो आफू मा नयाँ सन्सार देख्न थालिन्।  त्यो  काहालि लाग्दो अवस्थाबाट  आफुमा नया उर्जा लाउन थालिन् ।अहिले उनकाे मानसिकतामा जुन  समस्या आफूमा  हुँदा आफुले जति पिडा सहुनु परेको थियाे ,त्यो समस्या अरु लाइ हुन नदिन हर कदम प्रयास गर्ने छु।
बढ्दो मानसिक तनावकाे याे त एउटामात्र उदाहरण मात्र थियो ।,घर ,परिवार  र समाजले याे कुरा नबुझदा मानिसले आफ्नो ज्यान पनि गुमाएका धेरै उदाहरण हामी सङ छन्न्।वास्तव नै  मानसिक  तनाव बढ्दो क्रम मा छ।
                                                      (लेखक प्रतिक्षा ज्ञवालि कक्षा १२ बुटवल )

अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित मन्त्री भुसालको घरदैलो शुरु

0

कात्तिक १९,२०७९ ललितपुर :  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार शुरु गर्नुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा साझा उम्मेदवार बन्नु भएकी उहाँले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित ललितपुरको ठैबदेखि घरदैलो कार्यक्रम शुरु गर्नुभयो ।

घरदैलो अभियानमा मन्त्री भुसालका साथमा ललितपुर क्षेत्र नं ३ (१)का प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन र (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ पनि सहभागी हुनुभयो । ललितपुर क्षेत्र नं ३ को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन दलहरुले निर्वाचन क्षेत्रभित्र घरदैलो अभियानलाई प्रभावकारी बनाउन संयुक्त सर्कुलर जारी गरेको छ ।

उम्मेदवार भुसालले आजै ललितपुर महानगरपालिका वडा नं ३ का महिला दिदीबहिनीसँग छलफल गर्दै आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउनुभयो । सो क्रममा उहाँले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताउनुभयो ।

आसन्न निर्वाचनलाई लक्षित गरेर उम्मेदवार भुसालले यसअघि नै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्नुभएको छ । उहाँले आसन्न निर्वाचनमार्फत जनअनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा रहेको र सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाउनुभयो ।

ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उहाँको दृढता छ । गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । मन्त्री भुसालले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा अर्थतन्त्र, पर्यावरण/वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा राखिएको छ । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

ललितपुरका अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने, ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने, रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने तथा हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रको स्तरोन्नति गरिने प्रतिबद्धतापत्रमा समावेश छ ।

प्रतिबद्धतापत्रमा स्वच्छ पर्यावरणमा ललितपुरवासी रमाउन पाउनुपर्ने, स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । आगामी पाँच वर्षभित्र निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, विकास निर्माणका निकायहरूबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने, गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने उल्लेख छ । कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिनेछ ।

स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन, महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका, महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम, स्थानीय युवाका लागि रोजगारमूलक तालिम, बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने तथा ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गरिने प्रतिबद्धता छ ।

आजदेखि आगामी मङ्सिर १ गतेसम्म सो क्षेत्रभित्र पर्ने सबै वडा तथा टोलमा उम्मेदवारसहितको घरदैलो कार्यक्रम आयोजना गरिएको छ । गठबन्धननको संयुक्त वडा परिचालन कमिटीले वडाभित्रका टोल र वस्तीको पहिचान गरी घरदैलोको रुट तयार गर्नेछ । त्यस्तै वडा निर्वाचन परिचालन कमिटीले मतपत्र, घोषणापत्र तथा उपलब्ध प्रचार सामग्रीसहित मातहतको टोल कमिटी परिचालन गरी नियमित घरदैलो कार्यक्रम गर्नेछन् ।

निर्वाचन प्रचारप्रसार तथा परिचालन समितिका अनुसार यही कात्तिक १९ गते लतिलपुर महानगरपालिका वडा नं १, २३ र २४,  कात्तिक २० गते ललितपुर महानगरपालिका वडा नं २६ र २७, कात्तिक २१ गते ललितपुर महानगरपालिका वडा नं १०, कात्तिक २२ गते ललितपुर महानगरपालिका वडा नं २, कात्तिक २३ गते ललितपुर महानगरपालिका वडा नं २१ र २२, कात्तिक २४ गते ललितपुर महानगरपालिका वडा नं १३ र १४ तथा कात्तिक २५ गते ललितपुर महानगरपालिका वडा नं ३ मा घरदैलो कार्यक्रम हुनेछ ।

कात्तिक २६ गते ललितपुर महानगरपालिका वडा नं १५, कात्तिक २७ गते ललितपुर महानगरपालिका वडा नं २० र ५, कात्तिक २८ गते ललितपुर महानगरपालिका वडा नं ४, कात्तिक २९ गते ललितपुर महानगरपालिका वडा नं १८, कात्तिक ३० गते गोदावरी नगरपालिका वडा नं १२ तथा मङ्सिर १ गते ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा घरदैलो कार्यक्रम हुने गठबन्धनले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिनुभएका भुसालले २०७४ सालको निर्वाचनमा विजयी भएपछि निरन्तर जनताको घरदैलोमा पुगेर जनतासँग साक्षात्कार गर्दै आउनुभएको छ । ललितपुरवासीको ससाना समस्यमा समाधानमा निरन्तर लाग्दै आउनुभएको मन्त्री भुसालको निरन्तरको पहलमा जनताले महसुस गर्ने गरी कला संस्कृतिको संरक्षण, विकास निर्माणका काम सम्पन्न भएका छन् ।

मन्त्री भुसालको पहलमा ललितपुरमा भएका कामहरूः
-ग्वार्को, सात दोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाईओभरको अध्ययन सम्पन्न ।
-बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु ।
-पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)
-राजकुलो पुनः निर्माण तथा संरक्षण र सिँचाइ : भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्धि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्धि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ आदि ।
-झोलुङ्गे पुलहरूको निर्माण : बालकुमारी–ओखातबस्ती जोड्ने पुल, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने सांस्कृतिक पुलको पुनःनिर्माण ।
-सडक निर्माण तथा स्थरोन्नती (मगरगाउँ–वाइवाइ फ्याक्ट्री, अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत) –ललितपुर जिल्ला अन्तर्गगत डिभिजन सडक कार्यालयबाट भएका कामहरु ।


-नदी तथा पहिरो नियन्त्रणका कार्यहरू (धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायत)
-भूकम्पपछिको पुनःनिर्माण (खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू) ।
-महिला सशक्तिकरणका कार्यहरू : सुनाकोठी, खोकना, बुड्मति लगायत ।
-खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना ।
-खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण ।
-खानेपानी : बत्सलादेवी खानेपानी आयोजनामापÞर्mत सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ । फर्सीडोल, फंैचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण लगायत ।

कालीगण्डकी नदीमा हामफाली हर्मिचौरका ३५ वर्षीय पाण्डे बेपत्ता

0

कात्तिक १९,२०७९ गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डेले कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका छन् ।

गुल्मी र स्याङजाको संगम स्थल रेप्कामा रहेको मोटरबल पुलबाट शुक्रबार दिउँसो कालीगण्डकी नदीमा हाम फाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

नदीमा हाम फाली बेपत्ता भएका पाण्डेको खोजी कार्यका लागि स्थानीय र प्रहरी परिचालन भएको र अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।

 

नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी कार्य जारी रहेको खरेलले बताए ।

 

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

0

कात्तिक १८,०७९ काठमाडौं : कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न ९नयाँ अन्न० को हवन गर्ने नेपाली परम्परा छ।

आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।

अहिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष गरिने चतुर्मास व्रत समापन गर्न हुने नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीलेले बताए।

पञ्चांगहरूमा शुक्रबार ३१ घडी ५९ पला एकादशी रहेको उल्लेख छ।

जनताका प्रिय नेता जिशी किसानहरुका समस्या सुन्न खेतबारी पुगे र मत मागे

0

कात्तिक १८,२०७९ गुल्मी : आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ ।

उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत माग्न र आफनो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा पुगेका छन् ।

गुल्मी क्षेत्र २ प्रदेश सभा २का गठबन्धनका साझा उम्मेदवार नेकपा माओबादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिशी भने किसानको खेतबारीमै पुगेर मतदाताहरुका गुनासा सुन्दै मत माग्नु भएको छ ।

किसानहरुको यो समय काममा ब्यस्त हुने समय हो । मदाने गाउँपालिकाको अग्लुङका किसान तथा मतदाताहरको साथमा सुख र दुःखमा रहेको भन्दै यस पटक आफूलाई मत दिनका लागि उहाँले आग्रह गर्नुभएको छ ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रका प्रतिनिधिले जनताको मत कदर नगरी बीचैमा जनतालाई अलपत्र पारेर गएको स्मरण गराउँदै जिशीले आफू पुरै कार्यकाल जनताको मतलाई कदर गर्दै जनतासंगै रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

यसक्षेत्रको बिकास,युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरी बाध्यात्मक अवस्थामा बिदेश पलायत हुनबाट रोक्ने गरी आफूले काम गर्ने बताउनुभयो ।

युवाहरुलाई स्वदेशमानै टिकाई राख्नका लागि आफूसंग धेरै योजनाहरु रहेको भन्दै युवाहरुको साथमा सधै आफू रहेको समेत उहाँले दाबी गर्नुभयो ।

सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट दिनेश पन्थी उम्मेदवार बन्नुभएको छ ।