कालीगण्डकी नदीमा हामफाली हर्मिचौरका ३५ वर्षीय पाण्डे बेपत्ता

0
158

कात्तिक १९,२०७९ गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डेले कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका छन् ।

गुल्मी र स्याङजाको संगम स्थल रेप्कामा रहेको मोटरबल पुलबाट शुक्रबार दिउँसो कालीगण्डकी नदीमा हाम फाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

नदीमा हाम फाली बेपत्ता भएका पाण्डेको खोजी कार्यका लागि स्थानीय र प्रहरी परिचालन भएको र अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।

 

नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी कार्य जारी रहेको खरेलले बताए ।

 

SHARE