Thursday, June 4, 2026

प्रदेश राजधानी कार्यान्यवनमा लुम्बिनी प्रदेश सरकारको उपलव्धी

0

मानसिंह विश्वकर्मा

देउखुरी, पुस १३ गते । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधनी कार्यान्वयनको विषयलाई मुख्य उलव्धीको रुपमा प्रस्तुत गरिएको छ ।

प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा यस विषयलाई मुख्य उपलव्धी रुपमा हेरिएको हो । प्रदेशको सरकारको गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञ देशकै नमूना अस्पताल निर्माण बजेट नीति अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय कार्यान्वयन गर्दा यस्ले सकरात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ ।

 

लुम्बिनी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सरकारले यातायातको विस्तार गरेको,स्वास्थ्य र शिक्षा क्षेत्रमा नमूनाका कामहरु गरेको उल्लेख गर्नुभयो । बर्तमान सरकारले पाँचबर्षे कार्यकालकै स्वामित्व लिन तयार हुनुपर्ने भन्दै उहाँले शुन्यबाट शुरु भएको प्रदेश सरकार र प्रदेश सभाका कामहरु अब सुविधा सम्पन्न र आफ्नै भवनबाट गर्ने गरी काम गरेको बताउनुभयो ।

सरकारका प्रवत्ता समेत रहनु भएका मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकारको पाँच बर्षे कार्यकाल राजधानी कार्यान्वयनमै रहेपनि भौतिक पुुुुर्वाधारको क्षेत्र र जनजीविकाका सवालमा गरेका कामलाई लिपीबद्ध प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जेष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ दाङका सस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले नयाँ र सबैको पायक पर्ने स्थानमा प्रदेशको राजधानी तोकेर हिम्मतका साथ काम गर्नु नै प्रदेश सरकारको मुख्य उपलव्धीको रुपमा आफुले लिएको बताउनुभयो ।

पीडितसँग झुटो आश्वासन बाँड्दै सरकार

0

हुमाकान्त पोखरेल
पुस ११,२०७९ गुल्मीः इस्मा गाउँपालिका –४ दोहोलीकी जिसी घर्तीको घर २०७८ असार ६ गतेको पहिरोले पूर्ण क्षति भयो । त्यसबेला ठुलो पानी परिरहेकोले घर भत्किएपनि दिउँसो भएकोले परिवारका सबै सदस्य बाँच्न सफल भए ।

घरको क्षतिपश्चात केही जनप्रतिनिधि र कर्मचारी घरमै आएर नयाँ घर बनाउनको लागि रकम उपलब्ध गराउने आश्वासन दिलाए । लगत्तै गाउँपालिकाबाट घर बनाउनका लागि चार लाख पाउनेगरी सम्झौता पनि भयो । सम्झौतापछि ३५ हजार नगद पनि प्राप्त भयो । त्यसपछि रकम आउने आशमा घर बनाउने काम धमाधम अगाडी बढाएपनि अहिलेसम्म बाँकी रकम नआउँदा उनी निराश बनेकी छिन् ।

‘सुरुमै ३५ हजार आएपछि बाँकी रकम आउने आश पलायो र घर बनाउन थालियो ।’ घर्तीले भनिन्, ‘ तर त्यसपछि एक रुपैँया पनि आएको छैन, सरकारले पैसाको लोभ देखाएर जबरजस्ती घर बनाउन लगायो ।’ घर बनाउनको लागि डेढ लाखमा घडेरी किनेकी उनलाई अस्थायी आवास निर्माणको लागि ५० हजार दिने भनिएपनि उक्त रकम पनि पाएकी छैनिन् । ‘नयाँ घरमा ढोका बसाल्ने र चर्पी छाउने बाहेकको सबै काम सकिएको छ, घर बनाउने ठेकेदार कर्मीहरुले पैसा मागिरहेका छन् । उनले भनिन्, ‘तर दिन सकेकी छैन ।’

सोही ठाउँकै कालिका घर्तीको घरमा दिनहुँजसो मजदुरहरु आउछन् र पैसा माग्छन् । तर कालिकाले दिन सकिरहेकी छैनिन् । मजदुरहरुले यत्तैकै पैसा मागेर र कालिकाले भएर पनि नदिएकी होइनन् । घर बनाएबापत मजदुरले घर्तीसँग पैसा मागेपनि सरकारले नदिदाँ मजदुरले समेत आफ्नो ज्याला पाउन सकिरहेका छैनन् ।

उनको घर ०७८ असार १८ गते राति परेको अविरल पानीसँगैको पहिरोले भत्केको हो । भत्किएलगत्तै पालिबाट सम्झौता गरेर काम अगाडी बढाएपनि सरकारले सम्झौताअनुसारको रकम नदिदा उनलाई सरकारमाथि विश्वास नै लाग्न छोडेको छ । ‘पहिरो पीडितमाथि सरकारले झुटो आश्वासन दिएको छ ।’ उनले भनिन्, ‘अहिले पटक–पटक पैसा माग्न आउँदा घरको भन्दा साहुको डर लागेको छ ।’

जिसी र कालिका त घर बनाएर पैसा नपाउनेमध्येका केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै जिल्लामा थुप्रैले घर बनाएर पनि रकम पाएका छैनन् । ०७८ पछाडी विभिन्न समयमा पहिरो वा अन्य प्राकृतिक कारणले पूर्ण क्षति भएका घर–परिवारलाई सरकारले आवास निर्माणको लागि चार लाख दिने निर्णय गरेको थियो ।

उक्त कार्यक्रमअन्तरगत जिल्लामा ३५८ जनाले सम्झौता गरेका थिए । तर तिमध्ये पनि १०१ जनाले पहिलो किस्ताको न्यूनतम रकम समेत पाउन सकेका छैनन् । चन्द्रकोटका कुल लाभग्राही २५ जनामध्ये २१ जना, रेसुङ्गाका ३२ मध्ये ३१, सत्यवतीका २८ मध्ये २७, रुरुक्षेत्रका ३१ मध्ये २४ जनाले मात्रै पहिलो किस्ताको रकम पाएका छन् । त्यस्तै कालिगण्डकीमा ३४ मध्ये ३१ र धुर्कोटका कुल लाभग्राही १२४ मध्ये ४९ जनाले मात्रै पहिलो किस्ताको न्यूनतम रकम प्राप्त गरेका छन् ।

छत्रकोटका कुल लाभग्राही १० जना कसैले पनि रकम पाएका छैनन् भने इस्माका १४, गुल्मीदरबारका नौ र मुसिकोटका ५१ जना सबैले पहिलो किस्ताको रकम पाएका छन् । मदाने र मालिकाबाट भने कसैले पनि मनसुनजन्य विपतको राहतका लागि सम्झौता नगरेको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए । पहिलो किस्ताबापत ५० हजार रकम दिने भनेपनि लुम्बिनी प्रदेशले १५ हजार रकम नपठाउदा पीडितले ३५ हजार मात्रै पाएको गिरीले बताए । यसरी राज्यले पहिलो किस्ता लगायत सबै किस्ता गरी कुल १४ करोड ३२ लाख पीडितलाई भुक्तान गर्न बाँकी छ ।

साथै अस्थायी आवासको लागि पनि ५० हजार दिने निर्णय गरेको थियो । तर अस्थायी आवासका लागि जिल्लाभरमा सात जनाले मात्रै २५ हजारका दरले भुक्तान लगेका छन् । अन्य ३३३ जनाले अस्थायी आवास निर्माणबापतको रकम पनि सरकारले दिएको छैन । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले आवश्यक नियमको अभावमा पीडितले रकम नपाएको प्रतिक्रिया दिए । ‘केन्द्रबाट प्रजिअले तोकेको प्राविधिकले मुल्याकंन गरेको घरलाई मात्र भुक्तानी दिने नियमावली बनाएको छ ।’ उनले भने, ‘तर हामीसँग आवश्यक जनशक्ति नै छैन ।’ प्राविधिकको बिषयमा कार्यालयले मन्त्रालयलाई पत्र पठाएपनि त्यसको सुनुवाई नहुँदा काममा ढिलाई भएको उनको भनाई छ ।

मानवअधिकारकर्मी टोपलाल अर्यालले सरकारले गम्भीर रुपमा मानव अधिकारको उल्लघंन गरेको आरोप लगाए । ‘दुई बर्षसम्म पनि भुक्तानी नदिनु सरकारको कमजोरी हो ।’ उनले भने, ‘पीडितले बनाएको घरको प्राविधिक मूल्याकंन गरी आवश्यक रकम भुक्तानी दिनुपर्छ ।’

चिदीचौर सवारी पार्किङमा परिणत

0

खबरमार्केट
पुस ७,२०७९ गुल्मीः सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदान अहिले सवारी पार्किङको रुपमा परिणत हुन थालेको छ । चिदिचौरमा अहिले सरकारी, सार्वजनिक र निजी सवारीहरु पार्किङ स्थलको रुपमा परिणत हुँदा समेत सरोकारवालाहरु मौन रहेको पाइएको छ ।

सवारी साध पार्किङ मात्रै नभई यहाँ सवारी साधन सिक्ने र सिकाउने काम समेत हुन थालेको छ । जसका कारण खेलमैदानको आचित्य समेत सकिन थालेको यहाँका स्थानीयहरुले जनाउँदै आएका छन् ।

पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकालेले सवारीधनीहरुले चिदिचौरमा पार्किङ गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिनुभयो । आफुहरुले चाहेर पनि हटाउन नसकेको र सर्वपक्षीय छलफलबाट पार्किङको स्थान तोकिने उहाँको भनाई छ ।

चिदीचौर खेलकुदाका लागि धेरै संभावन बोकेको ठाउँ भएकाले खेलकुदलाई असरगर्ने गरी केही काम र सवारी पार्किङ गर्न नहुनेमा जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिकले जोड दिनुभयो । चिदीचौरमा सवारी पार्किङ गर्न नहुने भन्दै अन्यन्त्र्र बिकल्प खोज्न पनि उहाँले आग्रह गर्नुभयो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चिदीचौर खेलमैदान भएकाले खेलकुदकै लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । खेलमैदान खेलकुद खेल्नका लागि भएको भन्दै सवारी पार्किङका लागि नभएको उहाँको भनाई छ ।


यता रेसुङगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले चिदिचौरलाई ब्यवस्थित गर्नका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।उहाँले चिदिचौरलाई वरपरबाट बार लगाई देख्नलायक बनाउन लागेको भन्दै चौरलाई पार्किङ गर्ने स्थलको रुपमा परिणत हुन नदिइने दाबी गर्नुभयो ।

 

गुल्मीको इस्मा २ मा वडा कार्यालयकाे भवन शिलान्यास

0

सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नं २ काे वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले साेमबार वडा कार्यालय भवनको शिलान्यास गरेकि हुन् ।

भ्याट बाहेक ८० लाख उन्चालीस हजार छपन्न रुपैयाँ लागतमा बन्ने दुई तले पक्की भवन २०८० बैशाख मसान्तभित्रै सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ ।
इस्मा गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष टीका बहादुर रेस्मीले कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयले सो जग्गामा भवन निर्माण थालेको छ ।

भवन निर्माणका लागि गुल्मीकै जाेग्मा विल्डर्सले ठेक्का प्राप्त गरेकाे छ ।

गाउँपालिका र जाेग्मा विल्डर्स विचकाे सम्झौता अनुसार यहि बैशाख मसान्त सम्म भवन निर्माण गरी सक्ने र आउदो असार मसान्तबाट कार्यालयको सेवा आफ्नै भवनबाट प्रभाह गर्ने लक्ष्यका साथ काम हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन ।
गाउँपालिकाका इन्जिनियर सुशील पन्थीका अनुसार वडा कार्यालयकाे भवन २ तले बन्ने जसमा ५ ओटा अफिसियल कोठा, १ ओटा हल, बरण्डा सहितको कार्यालय सञ्चालन सहज हुने गरी निर्माण हुने उनले बताए ।
शिलान्यासको क्रममा गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले सबै वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै सरल सहज र छिटो छरितो रुपमा नागरिकलाई सेवा प्रभाह गर्न तर्फ अग्रसर हुर्नु पर्नेमा जोड दिएका थिए । अध्यक्ष खण्डकाले जग्गा उपलब्ध गराउने मनकारि पूर्व वडा अध्यक्षलाई धन्यावाद दिए । वडाले आफ्नै भवनबाट सेवा प्रदान गर्दा नागरिक कर्मचारी जनप्रतिनिधि सबैलाई सहज र सरल हुने भएकाले समयमा निर्माण कार्य गर्न उनले निर्माण कम्पनीलाई आग्रह गरे

पदभार ग्रहण गर्दाको घोषण पूरा भएपछि सुबिधाको सवारी प्रयोग

0
छत्रकोट गाउँपालिकाको तस्बिर :तिलाचन पाण्डे

पुस ४,२०७९ गुल्मीः छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपश्चात पदभार ग्रहण गर्दा गाउँपालिकामा २ वटा एम्बुलेन्स नल्याएसम्म सरकारी सेवा सुबिधाको सवारी प्रयोग नगर्ने घोषण गर्नुभएको थियो ।

 

गाउँपालिकाले भन्सार छुटमा ३७ लाख ५१ हजार ४३६ रुपियाँमा २ वटा एम्वुलेन्स ल्याएपश्चात आफुले पदभार ग्रहण गर्दा गरेको घोषण पूरा भएपश्चात सरकारी सेवा सुबिधा वापतको सवारी प्रयोग गरेको पाण्डेको भनाई छ ।

 

गाउँपालिका भित्र श्रङगा प्राथामिक स्वास्थ्य केन्द्र रहेको एउटा एम्बुलेन्स बाहेक अन्य एम्बुलेन्स नहुँदा सहज रुपमा स्वास्थ्य क्षेत्रमा बिरामीहरुको सेवा प्रवाह गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।

थप दुई वटा एम्बुलेन्स खरिद पश्चात गर्भवती महिलाहरु र बिरामीहरुलाई सहज रुपमा एम्बुलेन्स उपलब्ध गराउन सकिने भएकाले आफूले सरकारी सेवा सुबिधा बापतको सवारी प्रयोग गरेको पाण्डेले बताउनुभयो ।

नयाँ २ वटा एम्बुलेन्स मध्ये एउटा श्रङगा प्राथामिक स्वास्थ्य केन्द्रको मातहतमा र एउटा खरज्याङ स्वास्थ्य चौकीको मातहतमा रहने गरि निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

पाण्डेले स्थानीय नागरिकको दैनिकीमा परिवर्तन नआएसम्म बिकास भएको भन्न नसकिने भन्दै दैनिकी परिवर्तन र आत्म निर्भर बनाउने गरी आफू लागेको बताउनुभयो ।गाउँपालिका भित्रका नागरिकहरुलाई ब्यवसायीक रुपमा कृषि र पशुपालन मार्फत आत्म निर्भर बनाउन सकिनेमा जोड दिनुभएको छ ।

सोही माध्यमबाट युवाहरुलाई स्वदेशमानै टिकाई राख्ने गरी आफूले दीर्घकालिन योजना बनाएको दाबी पनि गर्नुभएको छ । आफनो कार्यकालमा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी आफू लागेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको पाण्डेले बताउनुभयो ।

 

 

पाल्पाको रामपुरमा पहिलो पटक ‘मिस्टर एण्ड मिस पाल्पा’

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३ पुस : पाल्पाको रामपुर नगरपालिकामा ‘मिस्टर एण्ड मिस पाल्पा’ हुने भएको छ । बालबालिका तथा युवा उमेर समुहका व्यक्तिलाई लक्षित गरी ‘मिस्टर एण्ड मिस पाल्पा’ आयोजना गरिएको छ ।

यसअघि दुईवटा सिजन सन्चालन गरिसकेको पि प्रोडक्सनको आयोजनामा पाल्पा जिल्लालाई लक्षित गर्दै रामपुरमा कार्यक्रम हुने भएको छ । प्रतियोगितामा लिटिल, टिन र एडल्ट गरी तीन समुहमा छुट्टाछुट्टै मिस्टर र मिस पाल्पा छनौट गरिने पि प्रोडक्सनका संचालक प्रशान्त शाहले जानकारी दिनुभयो ।

 

मिस्टर एण्ड मिस पाल्पा अडिसन अन्तर्गत आउँदो पौष ९ गते शनिवार पहिलो अडिसन हुनेछ । त्यसपछि प्रत्येक शनिवार छनौट गरिनेछ । विद्यार्थीलाई मध्यनजर गर्दै शुरुका दिनमा बिहान र साँझ गरी दैनिक २ घण्टा कक्षा संचालन गर्ने र समय मिल्नेलाई दिउँसो पनि कक्षा दिन सकिने शाहले बताउनुभयो । पुस २५ गतेबाट शुरु हुने तालिम सहितको कार्यक्रममा १५ दिन पोखरा, काठमाडौका प्रशिक्षकबाट सिकाइसकेपछि प्रत्यक्ष प्रस्तुति र अनलाइनको शेयर भ्यु, लाइक माध्यमबाट मिस्टर र मिस ट्यालेण्ट पाल्पा छनौट गरिनेछ । तालिम सहितको कक्षामा सहभागी हुनका लागी रजिष्ट्रेशन फाराम भर्नुपर्नेछ ।

प्रतियोगितामा अडिसन राउण्डमा सहभागी हुन प्रवेश शुल्क रु एक हजार कायम गरिएको छ । यदी छनौट नभएमा प्रवेश शुल्क रकम सहभागीलाई फिर्ता हुनेछ । कक्षा समयावधिभर सिकाई र सहभागी हुदा फेसन डिजाइनका सामाग्री तथा कपडा सशुल्क मुल्यमा प्याकेजको व्यवस्था संस्थाले गर्नेछ ।

पाल्पामा पहिलोपटक आयोजना गरिन लागेको मिस्टर एण्ड मिस पाल्पा छनौटमा सहभागीलाई नेपाली सँस्कृतिको व्यवहारिक विकास देखि जुन क्षेत्रमा दख्खल राख्छन् त्यही क्षेत्रमा पोख्त गराउन नाच्न, गाउन, बोल्न, अभियन गर्न, फेसन डिजाइन, मेकअप, फोटोसुट तथा छोटा भिडियो क्लिप लगायतका दर्जनौ क्षेत्रका लागि तालिम समेत दिएर उनीहरुलाई जान्ने र केही नयाँ परिवर्तन ल्याउने गरी तालिम सहितको प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक शितल श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठ मिस वल्ड हेरिटेज नेपाल २०२२ चुनिन सफल भएपछि व्यवसायिक रुपमा अब्बल बन्न पनि सानैदेखि घर र बाहिरको व्यवहारिक जान्नुपर्ने भएकाले अहिलेका बालबालिकालाई नेतृत्व विकास गर्दै ढुक्क गरी बोल्न सक्ने बनाउन उनीहरुको चौतर्फी विकासको लागि आफ्नै गाउँठाउँमा मिस्टर एण्ड मिस पाल्पा कार्यक्रम ल्याएको बताउनुभयो ।

रामपुरको होटल संगम (बेझाड पेट्रोलपम्प अगाडी) मा पत्रकार सम्मेलन गरी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै भारतमा गएर मिस वल्र्ड हेरिटेज नेपाल २०२२ हुन सफल भएकाले यस्ता सम्मान र अवसरले आफ्नो सहित परिवार, ठाउँको ईतिहास रच्न सकिने भएकाले यस्तै प्रतियोगिता गर्न आफू हौसिएको बताउनुभयो ।

हिजोआजका बालबालिकामा धेरै प्रतिभा हुने भएकाले प्रतिभा पहिचान गरी आफ्ना सन्ततिका लागि राम्रो हुने यस्ता प्रतिष्पर्धामा सहभागी गराई मिस र मिस्टर पाल्पा बनाउन मिस वल्र्ड हेरिटेज नेपाल हुन सफल श्रेष्ठले आग्रह गर्नुभयो । आफुसंग लुकेर रहेका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागी गराउन सकिने अवसर रहेको आयोजकले जनाएको छ । अन्य स्थानमा गरिएको सिजनका आधारमा यस कार्यक्रम सम्पन्न १० लाख ११ हजार ३५० रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

 

पत्रकार खत्री उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट सम्मानित

0

२ पुष, गुल्मी ÷  गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा गुल्मीका क्रियाशील पत्रकार खत्री सम्मानित भएका हुन् ।

पत्रकारिता क्षेत्रबाट नागरिकको आवाज मुखरित गरेको, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जिल्लाका गरेका असल कर्मको प्रचारप्रसार गरेको तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको भन्दै सम्मान गरेको प्रतिष्ठानका सचिव भुवन भुसालले बताए ।

पत्रकार खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लाससिहत सम्मान गरिएको हो । प्रमुख अतिथि बिजीले पत्रकारिता क्षेत्रमा थप क्रियाशील र योगदानका लागि बधाई तथा शुभकामना दिएका थिए ।

गुल्मीको इस्मा गाउँपालिका–२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन् । खत्री हाल अनलाइन खबर र नेपाल टेलिभिजन लगायतका मिडियामा कार्यरत छन् ।

रामतुलसी माविको ५५ औँ वार्षिकोत्सव सकियो

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ पुस :
रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाको ५५ औ वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोह कार्यक्रम मनाइएको छ । विद्यालय स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा शुक्रवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।

अध्यक्ष पौडेलले विद्यालयको हालको गतिबिधिबारे जानकारी गराउनुहुदै समिति, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, सरोकारवाला सबैको साथ सहयोगले जिल्लाकै नमुना विद्यालयका रुपमा रामतुलसी मावि रहेको बताउनुभयो । वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले गर्नुहुदै रामतुलसीको आफु पुर्व विद्यार्थी, पुर्व सञ्चालक समितिमा रहेर पहिले देखि नजिकबाट चिनेको बिद्यालयको विकासमा पहिला वडा अध्यक्ष हुदा देखि चिन्तित रहेको उल्लेख गर्नुभयो ।

उहाँले रामपुरको समग्र विकासको निम्ति स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले रामपुरको रामतुलसी नमुना विद्यालय समेतलाई हुने गरी एउटा खेलमैदान व्यवस्थित तरिकाले निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रधानाध्यापक बालकृष्ण लम्सालले वार्षिक प्रतिवेदन पढेर सुनाउनुभएको छ । विद्यालयमा अहिले दुई हजार ४०४ विद्यार्थी रहेको र वार्षिक रु दश करोड बराबरको कारोबार रहेको प्रधानाध्यापक लम्सालले प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभएको छ । लेखा प्रतिवेदन लेखापाल हरिहर रेग्मीले प्रस्तुत गर्नुहुदै रु दश करोड ९३ लाख ७३ हजार ६५७ रुपैयाँ ९ पैसा बराबरको आम्दानी र रु सात करोड ५० लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको खर्च सुनाउनुभयो । दुईवटा स्कुल बस, विज्ञान प्रयोगशाला, सुबिधा सम्पन्न कक्षाकोठा, चमेनागृह, पर्याप्त खेलमैदान, पुस्तकालय रहेका छन् । विद्यालयले यसवर्ष छात्रावास स्थापना र स्कुल एम्बुलेन्स सुरु गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको अवसरमा विद्यार्थीद्वारा नृत्य तथा सन्देशमुलक नाटक, विभिन्न सिर्जना देखाइएको छ ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, अभिभावक, पत्रकार, सामाजिक राजनितिक धार्मिक क्षेत्रमा योगदान गर्नुहुने व्यक्तिलाई सम्मान पत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको छ । उत्कृष्ट शिक्षकतर्फ भरत घिमिरे, रोशन सारु, बमबहादुर विक, छबिलाल न्यौपाने, टिकाराम कंडेल, लेखनाथ रेग्मी, शान्ति थापा, प्रतीभा भण्डारी, चन्द्रप्रकाश भट्टराई, कल्पना सोमै, लक्ष्मी सुवेदी, किशोर रेग्मी, कार्यालय सहयोगी दलमाया आले सम्मानित हुनुभएको छ । असल अभिभावकतर्फ गिता पौडेल, सुरज रायमाझी, विन्दु लम्साल, तुल्सि घिमिरे, गुमिसरा सारु, शर्मिला सोति, मनकान्ति भुषाललाई सम्मान गरिएको छ ।

सामाजिक, राजनीतिक र धार्मिक क्षेत्रमा उत्कृष्ट व्यक्तित्वतर्फ दिवाकर भक्तिप्रसाद स्मृति अक्षयकोषबाट हिरण्यराज रेग्मी, रामनाथ स्मृति अक्षयकोषबाट गुरुप्रसाद रेग्मीलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट विद्यालयमा योगदान पुर्याउनुहुने सामुदायिक रेडियो रामपुरमा कार्यरत कर्मचारी तथा राष्ट्रिय समाचार समिति (रासस) का सुशीला रेग्मीलाई प्रशंसा पत्र तथा कदर पत्र, मायाको चिनो, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, रामपुर नगरपालिका शिक्षा अधिकृत बिकल काफ्ले, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, ब्रह्मकुमारी ईश्वरीय सरस्वती, भुतपुर्व विद्यार्थी मन्चका अध्यक्ष शालिकराम कंडेल, सम्मानित अभिभावक सुरज रायमाझी, सम्मानित व्यक्ति हिरण्यराज रेग्मी लगायतले बोल्दै विद्यालयको प्रगतीको कामना गर्नुभएको छ । सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेले स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

 

माध्यमिक शिक्षा परिक्षा एसईई २०७८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु सुप्रीम पराजुली, केशवराज क्षेत्री र बिराज भण्डारीलाई शिक्षक सम्झना घिमिरेले प्रोत्साहनस्वरुप नगद रकम प्रदान गर्नुभएको छ । साथै विद्यार्थीद्वारा विज्ञान प्रयोगशाला प्रदर्शनी कार्यक्रममा सहभागी अतिथिले अवलोकन गर्नुभएको छ ।

 

नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु

0

पुस १,२०७९ बाँकेः बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।

गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताउनु भयो । उहाँले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताउनुभयो ।

गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनुभयो ।

पालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ अध्यक्ष शाहले भन्नुभयो नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाँउपालिकाले भत्काउँदै जानेछ ।’

गाँउपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले बताउनु भयो । गाँउको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्येश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष शाहले जिकिर गर्नुभयो ।

अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ । उहाँले भन्नुभयो,बाँकी रहेका अनाधिकृत रुपमा बनाइएका घर टहरा समयसिमा भित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने बताउनुभयो ।

अन्तराष्ट्रिय फुटवल रंगशाला अलपत्र

0

तिलाचन पाण्डे
पुस १,२०७९ गुल्मीः गुल्मीमा निर्माणधिन लखन थापा अन्तराष्ट्रिय फुटवल रंगशाला निर्माण सपन्न नभई यसै अलपत्र परेको छ ।

जिल्लाको इश्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणधिन रंगशाला निर्माण सम्पन्न नभई अहिले गाडी सिक्ने स्थानको रुपमा परिणत भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको २ करोड ८० लाख रुपियाँमा माटो काटने, पर्खाल लगाउने र दुवो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौसंग सम्झौता भएको थियो । उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भएपनि अन्य काम भने यसै अन्यौलमै रहेको छ ।

माटो काट्ने,पर्खाल लगाउने र दुवो रोप्ने कार्य सम्पन्न भएपनि अहिले उक्त स्थान गाडी चलाउन सिक्ने ठाउँको रुपमा समेत परिणत हुन थालेको छ । रंगशाला नामाकरण दिइएको उक्त स्थानमा अहिले खाल्डाहरु परेका छन् र पर्खाल पनि भत्किदै गएको छ भने रोपिएको दुवोको पनि नाम निसाना नभई झार पलाएको छ ।


झण्डै १ अर्व लागतमा निर्माण सक्नेगरी १०५ मिटर लम्वाई र ६८ मिटर चौडाई रहेको रंगशालामा कभर्डहल र स्विमिङ पुल सहितको डिपीआर भएको थियो । रकम अभाबका कारण काम अलपत्र परेको राष्ट्रिय खेलकुद परिषद निर्माण शाखाका प्राबिधिक माधब देवकोटाले जानकारी दिए ।
रकम भएमा मात्र आफूहरुले काम अगाडि बढाउने भन्दै रकम नै नभएकाले आफूहरुले केही गर्न नसक्ने उनको भनाई छ ।
यता स्थानीय ६६ वर्षीय ओमबहादुर कुमालले रंगशाला बनाउने नाममा पहिले भएको चौरको नाम निसान हटाएको चौरलाई यता न उता बनाएको बताए ।

पहिले भएको चौरमा गाई बाख्रा चराउने र रातो माटो खनेर दशैमा घरलाई लिपपोत गरी चिटिक्क बनाउने स्थान नै हराएको उनको गुनासो छ । उनले रंगशाला नबन्दा राज्यको लगानी बालुवामा पानी जस्तै भएको भन्दै सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए ।

६५ वर्षीय कृष्णबहादुर कुमालले पहिले यहाँको रातो माटो खनेर मकैसरी साटेर खाएको अनुभव सुनाउँदै अव त्यी सबै कथा जस्तै भएको बताए । उनले न अव रातो माटो खन्न पाइने भयो न रंगशाला नै बन्यो भन्दै दुखेसो पोखे ।


सोही स्थानकी १५ वर्षीय कुशुम मुखियाले युवाहरुका लागि खेलकुद आवश्यक भएपनि रंगशाला निर्माणले गति लिन नसक्दा दुःख लागेको भन्दै छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।

यता इश्मा गाउँपालिकाले भने आफूहरुसंग रंगशाला निर्माणमा कुनै समन्वय नभएको जनाएको छ ।