Thursday, June 4, 2026

रिटर्नि फेडेरेसन नेपालद्धारा फरक क्षमताका बिध्यार्थीहरुलाइ शैक्षिक समाग्री बितरण

0

अजय खड्का
पौष १६,गुल्मी :रिटर्नि फेडेरेसन नेपालले आफ्नो प्रथम स्थापना दिवस फरक क्षमताका बिध्यार्थीहरुला शैक्षिक समाग्री बितरण गरि सम्पन्न गरेको छ ।

शनिवार रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित उपल्लो तम्घास माध्यमिक बिध्यालयमा रहेका २४ जना फरक क्षमताका बिध्यार्थीहरुलाइ शैक्षिक समाग्री र ३ जना आयाहरुलाइ न्यानो टोपि बितरण गरि प्रथम स्थापना दिवस सम्पन्न गरेको हो।

कार्यक्रममा प्रधानध्यापक पिन्कि घिमिरे भुसालले यसरि बिभिन्न संस्थाहरु सङ जोडिन पाउदा धेरै खुसि लागेको बताउदै शैक्षिक समाग्री बितरणको लागि धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष कृष्ण सुनारले भर्खर स्थापना भएको यो संस्थाले धेरै रचनात्मक कामहरु गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।उहाले यस्ता हरेक कामहरुमा नेकपा एमाले सधै साथमा रहेको बताउनुभयो । सुनारले उक्त बिध्यालयमा रहेका फरक क्षमताका बिध्यार्थीहरुलाइ पाटिको तर्फबाट बिभिन्न तवरले सहयोग रहने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।


यस्तै रिटर्नि फेडेरेसन नेपालका उपाध्यक्ष महेन्द्र रायमाझीले यस्ता कार्यक्रमहरु आउने दिनहरुमा पनि निरन्तरजारि रहने बताउनुभयो । रिटर्नि फेडेरेसन नेपालका जिल्ला सचीव देवराज पाण्डेको सन्चालन र उपाध्यक्ष महेन्द्र रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा उपाध्यक्ष कृष्ण सुनार प्रधानध्यापक पिन्कि घिमिरे भुसाल पुर्व वडाध्यक्ष नारायण बराल मुक्ति समाज गुल्मिका अध्यक्ष दिपक सुनार वडा सदस्य दिपक थापा लगाएत उक्तसस्थाका अन्य पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।

आज वर्षा र हिमपातको सम्भावना

0
फाइल फोटो

पुस १६,०७९काठमाडौं : प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा शनिबार हल्का वर्षाको अनुमान गरिएको छ।

दिउँसो केही समय काठमाडौं आसपासका जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार देशभरको मौसम आंशिक बदली रहने छ।

 

साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने विभागको भनाइ छ।

 

अहिले काठमाडौं उपत्यका तथा तराईरमधेशमा हुस्सु र कुहिरो लागेको छ।

कोभिड-१९ को नया भेरिन्ट र रेबिजका बिषयमा जिल्लाको चासो

0

टोपलाल अर्याल
गुल्मी, १५ पुस

गुल्मी प्रशासन कार्यालय गुल्मीले कोभिड १९ को नयाँ भेरियण्टबाट बच्न सवैलाई अनुरोध गरेको छ ।

 

छिमेकी देशहरुमा कोभिडको नयाँ भेरियण्टका कारण ठुलो मानवीय क्षति सुरु भएकोले संभावित जोखिमबाट बच्न प्रसासले आग्रह गरेको हो । यो बिषयमा स्वास्थ्य मन्त्रालयले केहि दिन अगाडीनै सचेत बनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहिबार बिपद् व्यावस्थापनको क्षेत्रमा क्रियाशिल संस्था र व्यक्तिहरुसंग छलफल गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै सामाजिक दुरी कायम गर्न, माक्स, सेनिटाइजरको प्रयोग गर्न, भिड कम गर्न आवश्यक लक्षण देखिए स्वास्थ्य संस्थामा परिक्षण गर्न सवैको सक्रियता र सन्देश फैलाउने निर्णय गरेको छ ।

 

जिल्लाका १२ वटै पालिकाले कोभिड १९ को नयाँ भेरियण्टका बिषयमा अहिलेबाटै सचेततनामा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । त्यस्तै कुकुर वा बन्यजन्तुले टोकेमा तुरुन्त गुल्मी अस्पताल पुगेर रेबिज बिरुद्धको खोप लगाउने बिषयमा सामुदायिक सचेतना जगाउने निर्णय पनि बैठकले गरेको छ ।

 

कुकुर वा बन्यजन्तुले टोके घाउको उपचार मात्रै नभएर रेबिज खोप नलगाए व्यक्तिको ज्यान जाने र सोहि अवस्था गुल्मी दरवारमा भर्खरै देखिएकाले खोपमा प्राथमिकता दिन बैठकले सवैलाई आग्रह गरेको छ । कुकुरले टोकेपछि रेबिज खोपको उपलब्धता हुँदा हुँदै पनि मेडिकलको गैरजिम्मेवारी र सचेतनाको अभावमा गुल्मी दरवारमा एक  जना महिलाले ज्यान गुमाएको बिषय निकै दु:खद र सरकारको लागि लज्जाको बिषय भएको भन्दै नागरिक समाजका संयोजक पदमप्रसाद पान्डेय र पत्रकार महासघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

 

नागरिक कार्यक्रममा कोभिड १९ को नयाँ भेरियण्ट र रेबिजको बारेमा गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्या र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी गराएका थिए । कार्यक्रममा बिपद् व्यावस्थापनका विभिन्न बिषयमा पनि निर्णय भएको छ ।

 

शितकालिन बिपद् पुर्वतयारी प्रतिकार्य योजना अनुमोदन गर्नुका साथै मनसुनजन्य बिपद्बबाट प्रभावित नीजि आवास पुर्निमाण तथा पुर्नस्तापना ०७७ अनुसार पहिलो किस्ता लिएकाहरुलाई दोस्रो र अन्तिम किस्ता दिने निर्णय भएको छ ।

 

जसका लागि केहि नयाँ मापदण्ड बनेको प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले बताए । उनले मापदण्ड र प्राबिधिकका कारण केही समय भुक्तानीमा समस्या भएपनी अब नरोकिने बताए ।

प्रदेशबासीको लागि न्याय नै गरेको छु :मुख्यमन्त्री केसी

0
फाइल फोटो

मानसिंह विश्वकर्मा पुष १५ ,२०७९ दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यन्वयमा सबै प्रदेशबासीहरुलाई न्याय गरिएको बताउँदै हालको सरकारले निर्माण गरेको जगलाई सम्पन्न गर्ने दायित्व रहेको बताउनुभभयो ।

उहाँले नेपालको संविधानले एक पटकमात्रै प्रदेशको नाम र राजधानीको विषयमा प्रदान गरेकोले गर्दा हामीले प्रदेशबासीको समग्र हितका लागि एक पटक निर्णय गरेर कार्यान्वयनका लागि स्थायी मुकामबाट कार्य सञ्चालन गरी सकेकोल गर्दा सो कार्यन्वयनमा पूर्ण विस्वास गर्नका लागि प्रदेशबासीलाई अनुरोध गर्नुभयो ।

यस्तो कुरा मुख्यमन्त्री कलप्रसाद केसीले जिल्ला समन्वय समिति दाङद्वारा आयोजित स्थानीय पालिकाको सम्वनय बैठक तथा अन्तरक्रिया कार्यक्रममा गढुवा गाउाँलिकाको जंगलकुटीमा बताउनुभएको हो ।

नेपालको संघीय व्यवस्थालाई मजवुत बनाउनको लागि प्रदेशको संरचना बािलयो अधिकार र कार्यकारी बनाउनु पर्ने धारणा राख्दै संघीयताको पक्षधर लाग्नु पर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले कार्यन्वयमा लिएको राजधानीलाई समृद्ध बनाउनको लागि समम्वय गरी अगाडी बढ्नको लागि दाङ जिल्लाका जिल्ला समन्वय समिति लगायत सबैलाई अपिल गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा ७२ वटा कानून निर्माण भईकेको र कार्यन्वयनमा अगाडि बढेको बताउँदै १२ वटा कानुन निर्माणकालागि अगाडि बढेको बताउँदै त्यसका लागि आगामी प्रदेश सभाले छलफल गरी ऐन बनाउनेतर्फ अगािड बढेको बताउनुभयो ।

उहाँले स्थानीयतह पनि स्वायत्त सरकार भएकोले गर्दा नदीजन्य बस्तुलाई स्थानीयतहको विकासका लागि राजश्व लिई अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । उहाँले नगर प्रहरी गठन गरी आफैले चोरी निकासीलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

उहाँले कर्मचारी निजामति ऐन कर्मचारीहरुको मतभेद रहेकोले लग्न नसकिएको बताउँदै त्यसलाई अगाडि बढाउनको लागि फेरी सरकारले छलफल गरिरहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले वन ऐन निर्माण गरी नमूना योग्य कारणले गरेको बताउँदै त्यसलाई नेपालका अन्य प्रदेशले पनि त्यसलाई अनुकरण गरको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको आगामी सम्भावावना बारे बताउँदै लुम्बिनी प्रदेशमा प्रदेशभा १७ गते सपथ ग्रहण गराई १८ गते नै अधिवेशनको तयारी गरेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यकाल विवादरहित तरिकाले निर्वाह गरेको बताउनुभयो ।

 

घट्यो सुनको मूल्य

0

पुस १४,२०७९ काठमाडौँ, : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख एक हजार एक सयमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु। एक लाख चार सय छ ।

यसको मूल्य अघिल्लो दिन रु। एक लाख छ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु। २० ले घटेर रु। एक हजार तीन सय ८० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय नौ दशमलव ६२ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

कालीगण्डकीमा जनप्रतिनिधिले पदभार ग्रहण गर्दाको निर्णय नै अलपत्र

0

पुस १४,२०७९ गुल्मी : गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पदभारग्रहण गर्दाको निर्णय कार्यन्वयनमा समस्या देखा परेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपलिकाले पालिका भित्रका तीन हजार पाँच सय घरधुरीका १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो । तर पदभार ग्रहण गर्दाको निर्णय निर्णयमा मात्र सीमित भएको पाइएको छ ।
दीर्घकालिन रुपमा त्यसको प्रभाव र आफूहरुसंग रहने बजेटको बारेमा अध्ययन नै नगरी र सस्तो लोकप्रियताका लागि गरिने निर्णयले समस्या ल्याउने गरेको यहाँका जानकारहरुको भनाई रहेको छ ।

तीन हजार पाँच सय घरधुरीका लागि गरिने स्वास्थ्य बीमाका लागि तीन हजार ३५ का दरले हिसाव गर्दा बार्षिक एक करोड २२ लाख ५० हजार रुपियाँ खर्च हुने स्पस्ट देखिन्छ । तर पालिकाले अहिले यस आर्थिक बर्षका लागि स्वास्थ्य बीमा गर्ने भनेर ३० लाख रुपियाँ बजेटको विनियोजन गरेको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

लोकपिय्रताका लागि गरिने निर्णयले पालिकाबासी सबैका लागि स्वास्थ्य बीमा गर्ने कार्यकम हुन नसक्ने उनको तर्क छ ।
यता गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले विपन्नहरुका लागि मात्रै स्वास्थ्य बीमा गर्ने गरी आफूहरुले योजना बनाएको बताएका छन् । गरिब घरपहिचान कार्यक्रम मार्फत पहिचान भएकाहरुलाई स्वास्थ्य बीमा गरिदिने गरी अगाडि बढेको थापाको भनाई छ ।

तर गरिब घरपहिचान हुने कहिले र स्वास्थ्य बीमा हुने कहिले भन्ने पनि अन्योलमै रहेको छ । जसका लागि बनाउनुपर्ने कार्यविधि अर्थात कानून पनि अन्योलमै रहेको छ ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सस्तो लोकप्रियताका लागि निर्णय गर्ने प्रचलन बढ्दै गएको टिप्पणी गरे ।

जनताको बास्तबिक आवश्यकतालाई महशुस नगरी गरिने निर्णय कार्यन्वयनमा समस्या आउने उनको भनाई छ ।
आर्थिक अवस्था न्यून भएका परिवारहरुलाई लक्षित गरी ल्याउनुपर्ने कार्यक्रममा हुने खानेहरुको पनि सहभागिताले पालिकालाई थप आर्थिक भार हुने पाण्डेको तर्क छ ।

यस्ता लोकप्रिय निर्णयहरु गर्दा न्यून आय भएका परिवारलाई लक्षित गरी ल्याउनु पर्ने पाण्डेले बताए ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाले नगरिकहरुको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ भने रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका नागरिकहरुको न्यूनत्तम बिद्युत महशुल पालिकाले भुक्तानी गरिदिने भएको छ ।

धुर्कोट गाउँपालिकाले पालिका भित्रका कच्ची घरहरुको बीमा गर्ने नीति अनुसार बीमाको ५० प्रतिशत पालिकाले भुक्तानी गरिदिने छ । बिद्युतीय चुलोमा पनि ५० प्रतिशत अनुदान दिनेछ भने दलित परिवारका १० जना बिद्यार्थीहरुलाई एसईई पछिको तीन बर्षे प्रबिधिक शिक्षामा छात्रबृत्तिको ब्यबस्था गरेको छ भने अभिभाबक विहीन २० जना बिद्याथीहरुलाई कक्षा १२ सम्म निशुल्क रुपमा आवास सहितको ब्यबस्था गरी शिक्षा प्रदान गर्ने जनाएको छ ।

यस्तै छत्रकोट गाउँपालिकाले गाउँपालिकामा दुई वटा एम्बुलेन्स नल्याएसम्म सरकारी सवारी प्रयोग नगर्ने घोषण गर्नुभएका अध्यक्ष रामप्रसाद पाण्डेले एम्बुलेन्स खरिद पश्चात गत महिनााट सवारी प्रयोग गर्न लागेका छन् ।

कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले पदभार ग्रहण गर्दै गर्दाको तस्विर ः तिलाचन पाण्डे

कालीगण्डकीका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य

0

पुस१४,२०७९ गुल्मीः गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोडने गुम्दीखोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न यात्रुहरु बाध्य छन् ।

हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
वडा नम्वर ४ पुर्तिघाट र वडा नम्वर ६ खड्गकोटको सीमाना गुम्दीखोलामा पुल नहुँदा वडाहरु बीचको पनि सम्वन्ध टाढा जस्तो भएको स्थानीयहरुको भनाई रहेको छ ।

युवाहरु मोटरसाइकल लिएर वरपर गर्दा पनि मोटरसाइकल सहित आफूहरुको ज्यान पनि जोखिममा रहेको स्थानीय युवहरुको भनाई छ । स्थानीयहरुलाई पनि वरपर गर्न समस्या भएको बताउँदै बर्षायामको समयमा त खोला तर्न र वारी पारीको वडामा बिरामी पर्दा समेत समयमै जान नसकिने अवस्था रहेको उनीहरुले बताएका छन् ।

सो खोलामा पुल निर्माण गरिदिनका लागि स्थानीयहरुले स्थानीय सरकारसंग माग समेत गरेका छन् । सो खोला भएर घाँस दाउरा गर्न र बस्तुभाँउ चराउन जानका लागि हिउँदमा पनि समस्या भएको स्थानीयहरुको भनाई छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सो खोलामा पुल निर्माण गर्नका लागि डिपीआर तयार गरी सडक विभागमा पठाएको बताए ।

विभागसङग आफूले समन्वय गर्दै आएको भन्दै केही महिना भित्रैमा पुल निर्माणको ठेक्काको प्रक्रियामा जाने उनको दाबी छ । यो सङगै गाउँपालिका भित्र तीन वटा पक्की पुलहरु निर्माणका लागि आफूले पहल गर्दै आएको उनको भनाई छ ।
सडक विभागलाई घच्घच्याउने काम आफूले गरेको भएपनि परिणम भने आउन नसकेको थापाले बताए ।

 

 

लुम्बिनी प्रदेशका सांसदको शपथ पुस १६ मा

0

पुस १३,२०७९ दाङ : लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस १६ गते स्थायी राजधानी दाङमा हुने भएको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पुस १६ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।

 

प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्व नवलपरासीमा स्वागतद्वार निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

गुल्मीमा कुकुरको टोकाइबाट महिलाको मृत्यु

0

अनिल खत्री
१३ पुस, गुल्मी : गुल्मीमा एक महिलाको रेबिजका कारण मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले बताउनु भयो ।

शाहलाई एक महिना अगाडी गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ६ का कुमालटारीमा मंसिर ११ गते एक्कासी पछाडीबाट आएर कुकुरले हातमा टोकेको थियो । त्यसलगत्तै उनी रेबिज विरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदि स्थित एक निजि मेडिकलमा गएकी थिइन् ।

तर त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताउनु भयो । उनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराउनु भएको थियो ।

 

त्यहाँ उनलाई रेबिज लागेको संकाका कारण काठमाण्डौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको बुझिएको छ । काठमाडौंमा उपचारको क्रममा उनलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीर भरी फैलिएको पुष्टि गरेका थिए ।

 

उनको शरीर भरी फैलिएकाले उपचारको सम्भव नएपछि घरमा ल्याइएको थियो । उहाँको मंगवार मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अर्यालले बताउनुभयो ।

 

महिलाको रेबिजका कारण मृत्यु भएपछि अहिले त्यस स्थानका भुसिया कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य भइरहेको गुल्मीदरबार गाउँपालिकाले जनाएको छ । दुईदिनसम्म ५० वटा भन्दा बढि कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको अर्यालले बताउनुभयो ।

रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।

अन्दाजी २० वर्षीय युवा मृत फेला

0

पुस १३,२०७९ : दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। राजपुर गाउँपालिका(१ रसरी खोलास्थित रामेश्वरी सामुदायिक वनको ठूलोछेक्रा खोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।​

सोमवार दिउँसो करिब साढे ३ बजेतिर परिचय नखुलेका हेर्दा मधेशी मूलको जस्तो देखिने करिब २० वर्षका ती युवक मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ।

 

त्यसैगरी उनको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। ती युवकको सनाखत हुन नसकेकाले चिन्ने व्यक्तिलाई इप्रका गढवामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।