घट्यो सुनको मूल्य

0
239

पुस १४,२०७९ काठमाडौँ, : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख एक हजार एक सयमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु। एक लाख चार सय छ ।

यसको मूल्य अघिल्लो दिन रु। एक लाख छ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु। २० ले घटेर रु। एक हजार तीन सय ८० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय नौ दशमलव ६२ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

SHARE