
अजय खड्का
पौष १६,गुल्मी :रिटर्नि फेडेरेसन नेपालले आफ्नो प्रथम स्थापना दिवस फरक क्षमताका बिध्यार्थीहरुला शैक्षिक समाग्री बितरण गरि सम्पन्न गरेको छ ।
शनिवार रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित उपल्लो तम्घास माध्यमिक बिध्यालयमा रहेका २४ जना फरक क्षमताका बिध्यार्थीहरुलाइ शैक्षिक समाग्री र ३ जना आयाहरुलाइ न्यानो टोपि बितरण गरि प्रथम स्थापना दिवस सम्पन्न गरेको हो।
कार्यक्रममा प्रधानध्यापक पिन्कि घिमिरे भुसालले यसरि बिभिन्न संस्थाहरु सङ जोडिन पाउदा धेरै खुसि लागेको बताउदै शैक्षिक समाग्री बितरणको लागि धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष कृष्ण सुनारले भर्खर स्थापना भएको यो संस्थाले धेरै रचनात्मक कामहरु गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।उहाले यस्ता हरेक कामहरुमा नेकपा एमाले सधै साथमा रहेको बताउनुभयो । सुनारले उक्त बिध्यालयमा रहेका फरक क्षमताका बिध्यार्थीहरुलाइ पाटिको तर्फबाट बिभिन्न तवरले सहयोग रहने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

यस्तै रिटर्नि फेडेरेसन नेपालका उपाध्यक्ष महेन्द्र रायमाझीले यस्ता कार्यक्रमहरु आउने दिनहरुमा पनि निरन्तरजारि रहने बताउनुभयो । रिटर्नि फेडेरेसन नेपालका जिल्ला सचीव देवराज पाण्डेको सन्चालन र उपाध्यक्ष महेन्द्र रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा उपाध्यक्ष कृष्ण सुनार प्रधानध्यापक पिन्कि घिमिरे भुसाल पुर्व वडाध्यक्ष नारायण बराल मुक्ति समाज गुल्मिका अध्यक्ष दिपक सुनार वडा सदस्य दिपक थापा लगाएत उक्तसस्थाका अन्य पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।








