कुटपिट गरी हत्याको आरोपमा ३ जना पक्राउ

0
379

कात्तिक १४,२०७७ कैलाली : कैलालीमा कुटपिट गरी युवकको हत्या भएको छ ।लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षका भरत तिमल्सिनाको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

SHARE